Sunday 3 December 2017

Some thoughts on Society V

By: Bikal Dhungel

८ कक्षाको करिकुलम हेर्दा त लाग्यो , हरेक नेपाली बिद्यार्थी एकैपटक आइन्सटाईन , सेक्सपियर र मेरी क्युरी हुनुपर्ने हो । संसारमा कहिँ नभएको शीक्षा नीति नेपालमा रैछ । किताबको भारि बर्साएर, टन का टन गृहकार्य दिएर बुद्धि बढ्ने भाको भए नेपालीले हरेक वर्ष ५ ओटा नोबेल पुरस्कार जितथे । लर्निङ्ग प्रोसेस स्लो हुनु पर्छ , धेरै स्ट्रेस भएको अवस्थामा नया कुरा सिक्न सकिन्न, शीक्षा को बेस्ट उपाए मिले सम्म लर्निङ्ग बाइ डुइंग हुनु पर्छ । शीक्षा नीति बनाउने ले लेटेस्ट रिसर्च फाईन्डीङ्ग लाइ इन्टिग्रेट गरेर बनाउनु पर्छ र इन्टर डिसीप्लिनरी टिचिङ्ग लाइ प्राथमिकता दिनु पर्छ । रियल लाइफमा यो बिसय, त्यो बिसय भन्ने हुदैन, धेरै कुरा को मिश्रण हुन्छ , जस्तै डाक्टरले औसधिमा मात्र ध्यान दिने तर रोग को बाताबरणीय, ब्यबहारिक, सामाजिक पक्ष लाइ नकार्ने हो भने कुनै प्रतिफल आउदैन । रियल लाइफ मा सबै कुराको मिश्रण हुन्छ । नीति बनाउनेले येस्मा ध्यान दिए कसो होला ?

____________________

टेक्सास को बाढी देखि लिएर सियरा लिओन को पहिरो सम्म लाइ भनेर पैसा माग्ने मगन्त नारायण हरु देखि हैरान भएको अवस्था । सकिन्छ भने आफु सहयोग गर्ने, सकिन्न भने नगर्ने तर एउटा संग मागी मागी अर्कोलाई दिन्छु भन्दै आफु बिचमा बसेर समाजसेवी हुन खोज्ने जमाना गए ।

___________________

भारती का छोरा आयरल्याण्ड का प्रधानमन्त्री  बने , नेपालीका छोरा भारती लाइ गाली गर्दै रास्ट्रबादी बने 

______________


No comments:

Post a Comment