Thursday 11 July 2019

असल छिमेकि

By: Bikal Dhungel



नेपालमा भन्ने गरिन्छ, ‘चीन र भारत जस्ता ठुला देशको बिचमा हामी छौँ, उनीहरुको तीब्र बिकाससँग सँगै हाम्रो त्यसै विकास हुन्छ, चीन को १ अरब मान्छे मध्ये १५ नेपाल घुम्न आइदिए भने पनि हाम्रो काया पलट हुन्छ’ आदि इत्यादी। धनी देस नजिक हुँदैमा हामि त्यसै धनी हुँदैनौ। अमेरिकाको नजिकै रहेका हाइटी र क्युबा अति गरिब छन् । किनकि आन्तरिक अर्थनीति, राजनीति र अन्य कुराले पनि धेरै फरक पर्छ। नेपालले अवैज्ञानिक र अप्रभावकारी नीति लिएर ढोंगी भएर बसिराख्ने हो भने भारत र चीन जति सुकै धनि भए पनि केहि फरक पर्दैन।

साथसाथै छिमेकि हरु असल भएनन् भने पनि हुदैन। नेपालको आर्थिक विकासमा आफ्नो घरेलु नीतिको साथसाथै भारत र चीनको उदारता र असल छिमेकि नीतिले पनि प्रभाब पार्छ। छिमेकि असल भएन भने के कस्ता समस्या भोग्नु पर्छ भन्ने कुरा बिगतको नाकाबन्दी, आन्तरिक मामिलामा संलग्नता र हस्तक्षेप बाट देख्न सकिन्छ। त्यसैगरी छिमेकि असल भयो भने बिगतका केहि राम्रा काम हरु पनि हुन्छन, जस्तै  त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल, पूर्व पश्चिम राजमार्ग, वीर अस्पताल, सिदार्थ राजमार्ग र कोशी बाँध बनाउन भारतले गरेको सहयोग र चीनको सहयोगमा बनेका हालको संसद भवन, राष्ट्रिय सभा गृह, भरतपुर क्यान्सर अस्पताल, बाँसबारी छाला जुत्ता र हरिसिध्दि इट्टा कारखाना इत्यादी ।

अन्तरास्ट्रिय रुपमा हेर्दा असल छिमेकि नभएको कारण धेरै युद्धहरु भएका र छिमेकि संग राम्रो मेलमिलाप हुदा सान्ति र आर्थिक समृद्धि भएका उदाहरण प्रसस्तै छन्। त्यस्तै एउटा कथा हो, पोल्याण्ड र यूरोपियन युनियन बिचको।

सन् १००० देखि १९४५ सम्मको यूरोपियन इतिहास हेर्ने हो भने कहिँ न कहिँ युद्ध नभएको बिरलै कुनै वर्ष होला । कतै न कतै  ठुला वा साना युद्ध चलिनै रहे । साम्राज्यहरु बने, ढले, फेरी बने, फेरी ढले र यो द्वीतीय विश्व युद्धको अन्त्य सम्म निरन्तर चली रह्यो। त्यसै कारण यूरोपको आन्तरिक सिमाना सयौं चोटी फेरबदल भयो, राजनीतिक अस्थिरता र युद्धले गर्दा आर्थिक विकास खासै उभो लाग्न पाएन ।  औद्योगिक क्रान्ति पछि पनि लडाई चलिरह्यो । झन् यसले त लडाईको रुप नै बदली दियो । पहिला प्राय युद्ध भाला र तरवारले हुन्थ्यो भने अब बन्दुक, बम र आणविक हतियारले हुन थाले । युद्धको रुप झनै ठुलो हुन थाल्यो । त्यसैका कारण प्रथम र द्वितीय विश्वयुद्धमा १० करोड मान्छेको ज्यान गयो, ठुलो धनजनको क्षति भयो ।

युद्धले गर्ने मानवीय र आर्थिक क्षति बारे गहिरो विश्लेषण गरेर द्वितीय विश्वयुद्ध पछि फ्रान्सेली विदेसमन्त्री रोबर्ट सुमान को नेतृत्वमा ६ देशः फ्रान्स, इटाली, नेदरल्यान्ड्स, बेल्जियम, लक्जेम्बर्ग र पश्चिम जर्मनी बीच एउटा आयोग गठन भयो जसको लक्ष अब युद्ध नगर्ने थियो । त्यही आयोगले ‘यूरोपियन कोल एण्ड स्टिल कम्युनिटी’ को गठन गर्यो । यसको प्रमुख उदेस्य एक–अर्काको कोल र स्टिल उत्पादन निगरानी गर्ने थियो । किनकि यी दुई तत्वको प्रयोग हतियार बनाउनमा हुन्छ र एक अर्काको निरिक्षण गरेर युद्ध हुन नदि दिगो शान्ति ल्याउने लक्ष लिएर यो संस्थाले काम थाल्यो ।  यही संस्था विस्तार हँुदै पछि २८ सदस्यीय यूरोपियन यूनियन बन्यो र एसको स्थापना काल देखि नै यूरोपियन मुलुकहरु बीच कुनै पनि युद्ध भएको छैन । आज २८ वटा सदस्य देशका नागरिकहरुलाई अर्को देशमा गएर बस्न, काम गर्न, पढ्न, ब्यापार गर्न कुनै रोकटोक छैन । यी देशहरु बीच भन्सार  तबचषाक पनि कतै लाग्दैन। समग्र रुपमा हेर्दा यूरोपियन युनियनमा शान्ति आउनुका साथ साथै यो नीतिले हरेक देशलाई आर्थिक रुपमा फाइदा गराएको छ । त्यसैको एउटा ज्वलन्त उदाहरण हो पोल्याण्ड ।

४५ बर्सको कम्युनिस्ट सासनमा माथि उठ्न नसकेको पोल्याण्डले यो प्रथा ढलेपछि थोरै समयमा ठुलै फड्को मारेको छ । विगत ३०० बर्सको इतिहासमा पोल्यान्डले धेरै पटक आक्रमण खेप्नु पर्यो, कहिले अस्त्रो–हंगेरियन साम्राज्यबाट, कहिले रुसीहरुबाट भने कहिले जर्मनहरु बाट ।  इतिहासको कति समयमा त पोल्याण्डको आधा भाग नै जर्मनी को हुन गयो । हालको दक्षिणी पोलिस सहर रोक्ल (Wroclaw ,जर्मनः ब्रेस्लाउ) एउटा ठुलो जर्मन सहर थियो जहाँ सन् १९३९ मा करिब ६,५ लाख जनसंख्या मद्धे ९७५ जर्मन थिए तर  युद्ध पछि सन् १९४६ मा केहि सय बाहेक सबै जना ठाउँ छोडेर जर्मनी तर्फ़ गए । सोहि वर्ष अन्य क्षेत्र बाट रोक्ल आइ त्यहाँ बसोबास गर्ने पोलिश को संख्या १७०,००० हुन पुग्यो । युद्धमा नाजीहरुले गरेको अपराधको कारण  पोलिशहरुले त्यहाँ बसोबास गर्ने जर्मनहरुलाई बदलाको भावनाले आक्रमण गर्छन कि भन्ने डर ले पोल्याण्ड बाट ठुलो संख्यामा एथ्निक जर्मनहरु भागेर गए । विभिन्न काल खण्डमा युद्धका कारण यत्रतत्र छरिएका पोलिशहरु द्वितीय विश्वयुद्ध पछि बनेको नया देशमा आउने क्रम बढ्यो । समग्रमा हेर्दा द्वितीय विश्वयुद्धमा मात्रै पोल्याण्डले ठुलो मानवीय र आर्थिक क्षति भोग्नु पर्यो । ६० लाखले ज्यान गुमाउनु पर्यो ।  लाखौ युअहुदिहरुलाई मारिएको कन्सन्ट्रेसन क्याम्प औश्वीच–बिर्केनाऊ पनि पोल्याण्ड मै छ । अन्य ग्यास च्याम्बरहरु  र क्याम्पहरु पनि छन् । युद्धपछि पोल्याण्ड सोभियत युनियनको नियन्त्रणमा गयो र कम्युनिजमको चंगुलमा फस्न पुग्यो । द्वन्दका हिसाबले त्यसपछिका ४५ वर्ष शान्तिपूर्ण नै रहे पनि खास प्रगति भने भएन ।

सन् १९९० मा कम्युनिजमको पतन पछि भने पोल्याण्डको आर्थिक विकाशले तिब्र गति लिन पुग्यो । यसमा प्रमुख भूमिका थियो, असल छिमेकि जर्मनीको । १९९० पछि पोल्याण्डको प्रमुख उदेस्य यूरोपियन युनियनको सदस्य हुनु थियो। तेसका लागि चाहिने राजनीतिक, भौतिक र आर्थिक आवश्यकताहरु सुधार्न ९० को दशकमा धेरै परिवर्तनहरु भए । जर्मनीसँग सिमाना जोडिएको कारण दुइ देशबीच व्यापार पनि बढ्यो । तैपनि यी दुइ देशबीच अन्तर भने आकास–पातालको नै थियो । राजनीतिलाई स्थिर बनाएपछि आर्थिक वृद्धि हासिल गर्न पूर्वाधार तयार भएपछि पोल्याण्डले झनै धेरै सहयोग पाउन थाल्यो र अन्त्यमा सन् २००४ मा यूरोपियन युनियनको सदस्य भयो । त्यसपछि पोलिशहरुलाई अरु देशमा काम गर्न जान कुनै रोकटोक भएन । फलस्वरुप लाखौ मान्छे अन्य यूरोपेली मुलुकमा काम गर्न गए । औसतमा सन् २००४ देखि २०१२ सम्म प्रति वर्ष ३ लाख पोलिशहरु बिदेसी रोजगारीका लागि बिदेसिए जसले आजको नेपालको जस्तै स्थिति झल्काउँछ । यूरोपियन युनियनमा आएदेखि हाल सम्म ३० लाख पोलिसहरु जर्मनीमा, १० लाख भन्दा बढी वेलायेतमा र १५–२० लाख अन्य मुलुकमा भएको अनुमान गरिन्छ । सन् २०१३ को तथ्यांक अनुसार देशको १४ प्रतिशत वयश्क जनसंख्या बिदेसमा रहेका जनाइएको थियो । येति ठुलो संख्यामा मान्छेले देश छोडेर जादा तेसका फाइदा बेफाइदा दुवै भएका छन् तर दिर्घकालीन रुपमा पोल्याण्डले यस बाट धेरै फाइदा लिएको देखिन्छ । सन् २००३ अगाडी त्यहाँ निकै मानिस वेरोजगार थिए । प्राय वेरोजगार हरु अन्य देस जाँदा देशभित्र रहेका मान्छेले रोजगारको अवसर पाए, विदेस गएकाले पठाएको रेमिटेन्सले सकारात्मक प्रभाब पार्यो, भौतिक संरचना बने, लगानी भयो र झनै धेरै रोजगारी सिर्जना भयो । अर्को तपÞर्m यूरोपियन विकाश कोषले यूरोप भित्रकै गरिव ठाउँहरुमा पुर्बधार विकाशको लागि भनेर अरवौ यूरो पोल्याण्डमा पनि खन्यायो ।  त्यहाँ थप बाटो घाटो, पुल, अस्पताल, विस्वविद्यालय र अन्य सामाजिक पुर्वाधारको निर्माण भयो । तेसो हुदा अब पश्चिम यूरोपेली मुलुकहरुका ठुला कम्पनि हरुले पनि ४ करोड जनसंख्या भएको पोल्याण्डलाई एउटा ठूलो बजारको रुपमा हेर्न थाले र त्यहाँ लगानी गर्न थाले । सिमेन्स, फोल्क्सवागन,  अल्दी, एडिडास, साप र अन्य कम्पनीहरुले लगानी गरे । त्यता ज्याला खर्च कम भएको हुँदा कति कम्पनीले त आफ्नो उत्पादन नै उता सारे । उत्पादन लागत कम हुदा सामानको मूल्य घट्यो, त्यसले पश्चिम यूरोपका उपभोगताहरुलाई पनि फाइदा गर्यो र पोल्यान्डमा रोजगारी सिर्जना गर्यो । रोजगारीको अवसर धेरै हुँदा त्यहाँ दिइने ज्याला पनि बढ्न थाल्यो । राजनीतिक र सामाजिक स्थिरता भयो भने लगानी गर्न मान्छे आउछन् र लगानीले रोजगारी सिर्जना गर्छ ।  रोजगारी बढ्दा कर्मचारीलाई त फाइदा हुन्छ नै , राज्यलाई पनि कर धेरै उठ्ने र करको दयारा बढ्दा त्यो पैसा फेरी अर्को भौतिक वा सामाजिक पुर्वाधारमा लगानी गर्न सकिन्छ र त्यसले थप फाइदा हँुदै गर्दा आर्थिक वृद्धि ल्याउने हो ।

उता यूरोपका धेरै सहरहरुमा पनि पोलिस मूलका आप्रवासीहरु राम्रो संग जम्न पायो । पसलहरु खुल्न थाले, पोलिस सुपरमार्केट खुल्न थाले, कपाल काट्ने देखि स्वदेशकै कुराहरु फस्टाउन पाए । अब रेमिटेन्स बाहेक, बिदेशमा बस्ने पोलिसले खानेकुरा आफ्नै स्वदेसी समान पाउने सुपरमार्केटमा गर्न थाल्यो, तेसो गर्दा बिदेसमा खाना लागि हुने खर्च पनि पोल्याण्ड आउने भयो किनकि ती सामान पोल्याण्ड बाटै जान्थे । अन्य यूरोपियन सहर बाट पोल्याण्ड जाने प्लेनहरुको पनि ठुलै वृद्धि भयो । राइन एयर जस्ता कम्पनीले सस्तोमा टिकट बेच्न थाले । सस्तो उडान धेरै हँुदा पोलिश मात्र हैन, अन्य मुलुकका नागरिक पनि पोल्याण्ड घुम्न जाने क्रम बढ्यो । त्यसले पर्यटनलाई झनै ठुलो मद्दत गरी झन् धेरै रोजगारी सिर्जना गर्नुका साथसाथै देशको पर्यटकीय महत्व अरुलाई बुझायो । सन् २०१८ मा २ करोड पर्यटक पोल्याण्ड घुम्न आए र तेस्ले अप्रतक्ष रुपमा करिब २० लाख रोजगारी सिर्जना गरेको अनुमान गर्न सकिन्छ । आर्थिक बिकाश सुस्त गतिमा हुन्छ । पोल्यान्डले आफ्नो तुलनात्मक लाभ कता छ त्यसमा ध्यान दिएर अघि बढ्यो । त्यसै एउटा कुरा थियो, अरु देशको भन्दा कम लागत वा निम्न ज्याला दर । स्वास्थ क्षेत्रको उदाहरण लिने हो भने  वेलायत, आएरल्याण्ड र अरु केहि मुलुकमा कुर्नुपर्ने समय निकै छ । आकस्मिक उपचार बाहेकका लागी उपचार पाउन कहिले कहिँ निकै समय लाग्ने गर्छ । पोल्याण्डले प्राइभेट क्लिनिकहरु धेरै स्थापना गरेर मेडिकल टुरिजममा ध्यान दियो । १–२ घन्टाको फ्लाइट लिएर सस्तोमा उपचार गर्न बर्सेनी हजारौ मान्छे पोल्याण्ड आउन थाले । प्लास्टिक सर्जरीको क्षेत्रमा पोल्याण्ड महत्वपुर्ण गन्तव्यको रुपमा स्थापित भयो । यूरोपमा सामाजिक स्वास्थ सेवा सिस्टम ले सौन्दर्यता सम्बन्धि सर्जरीहरु व्यहोर्दैन । त्यसको लागि आफ्नै खल्ती बाट पैसा तिर्नु पर्ने हुन्छ । त्यस्ता सेवाहरु प्राय महँगो हुन्छन । तर पोल्याण्डले तुलनात्मक रुपमा सस्तोमा यो सेवा उपलब्ध गराई झनै धेरै मेडिकल पर्यटक तान्न सफल भयो । सेवा क्षेत्रमा पनि कर्मचारी लागत कम भएको हुदा धेरै कम्पनीहरुले आफ्नो ग्राहक सेवा पोल्याण्डमै लान थाले । एप्पल कम्पनीको ग्राहक सेवाको ठूलो हिस्सा पोल्याण्डमै छ । त्यसै गरी अन्य क्षेत्रमा पनि लगानी र विकास भयो र पोल्यान्डले भरपुर फाइदा लिई आर्थिक विकास गर्यो । अर्कोतपÞर्m पोल्याण्डका कम्पनीहरुले सिमानापारि जर्मनीका भूमिमा कम्पनि सारे ताकि आफ्नो उत्पादनहरुमा ‘मेड इन जर्मनी’ लेख्न पाइयोस र बिस्व बजारमा राम्रो मूल्य पाइयोस । पोल्याण्डसंग जोडिएका  जर्मनीको पुर्बी भागहरु पनि तुलनात्मक रुपमा सस्तै छन् जसका कारण लागत तेती धेरै पर्दैन ।

(Source: Data extracted from World Bank Statistics, 2019)


सन् १९९० मा पोल्यान्डको कुल गार्हस्थ्य उत्पादन करीव ७० अर्ब अमेरिकी डलर मात्र थियो तर अन्तरिक सुधार र  यूरोपियन युनियनमा आएपछि सन् २००८ मा त्यो बढेर ५४० अर्ब हुन पुग्यो। सन् २००८ को आर्थिक मन्दी पछि केहि टकराव आएपनि सन् २०१८ को अन्त्यमा अर्थतन्त्र करिब ६०० अरब पुग्यो । प्रतिव्यक्ति आय दर  सन् १९९२ मा २००० डलर जति थियो भने आज १५,००० डलर जति पुगेको छ, मतलब अर्थतन्त्र र औसत प्रतिव्यक्ति आएदर झन्डै ७ गुनाले बढेको छ । अर्थशास्त्र वा हिसाबको नियम  ‘द रुल अफ ७२’ अनुसार बर्षिक ६ प्रतिशत आर्थिक वृद्धि भएमा अर्थतन्त्र डबल हुन १२ वर्ष लाग्छ वा १० वर्षमा डबल बनाउन बर्सिक ७,२ प्रतिशत वृद्धि हुनु पर्छ। २० बर्समा ६ गुना ठुलो बनाउनु सानो कुरा अवस्य हैन।  बलियो अर्थतन्त्र भएकोले आज पोल्याण्डको ज्याला दर पनि निकै बढीसकेको छ ।  यूरोपियन युनियनको औसत कमाइको ७० प्रतिशत पुगिसकेको छ, जसको कारण विपरित बसाइसराई (रिभर्स माइग्रेसन) सुरु भैसकेको छ ।  अर्थात, अरु देश सरेका पोलिश हरु पनि देश फर्केर तेहीं काम गर्न थालेका छन् । देस भित्रै विदेशको जतिनै कमाइ हुने भएपछि किन विदेस बसी राख्ने भन्दै आफ्नो शीप देशमै प्रयोग गर्दा त्यसले अर्थतन्त्र झनै माथि लैजाने सम्भावना देखिन्छ र कुनै दिन पोल्याण्ड र अन्य यूरोपियन देशमा ज्याला उत्तिकै हुने सम्भावना छ । अहिले नै तिब्र आर्थिक विकासका कारण कामदारको अभाव भएको देख्न सकिन्छ जसका कारण एसिया र अफ्रिकी मुलुकका मान्छेहरु पोल्याण्ड जाने क्रम बढ्दो छ ।  हालसालै मात्रै पोल्याण्डले यूक्रेन बाट १० लाख कामदार लैजाने सम्झौता गर्यो । पहिले कम्युनिस्ट सासन पद्दति भएका मुलुक मध्ये सबै भन्दा पहिले विकासशील मुलुक बाट अति विकसित मुलुक हुने पोल्याण्ड पहिलो देश पनि हो । अहिले त्यहाँ सामाजिक खुला अर्थव्यवस्था छ भने ४५ वर्ष कायम भएको कम्युनिस्ट व्यवस्थालाइ पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । कम्युनिस्ट चिन्ह अंकित लुगा लाएर सार्वजनिक स्थलमा हिड्नुलाई पनि गैरकानुनी मानिन्छ । पोल्याण्डको सफलता आफ्नो आन्तरिक  नीतिका कारण  मात्र नभई जर्मनी, स्क्यानडीनाभियन र अन्य युरोपियन मुलुकहरु जस्ता असल छिमेकि संगको सहकार्यले आएको हो । जर्मनी र अन्य मुलुकले धेरै पोलिस त्यहाँ जादा हाम्रो संस्कृति, राष्ट्रियता धरापमा पर्छ भनेर तगारो लगाएको भए त्यो सम्भब हुदैन थियो । दुवै जनाको हितमा भएको खुला अर्थनीति नलिएको भए यो अवस्था आउने थिएन । कुनै पनि देशको अर्थतन्त्र एउटा बिन्दुमा पुगेपछि अन्तराष्ट्रिय सहकार्यले मात्र अगाडी बढ्न सक्छ । १९५० पछि यूरोप र उत्तर अमेरिकाको बिकास पनि उदार अन्तरास्ट्रियकारणले सम्भब भएको हो । एक आपसमा व्यापार बढ्दा ति दुई देसबीच शान्ति पनि बढ्छ । त्यही कारणले आज युरोपियन युनिनन भित्र लडाई हुने सम्भावना न्युन छ । पोल्याण्डले जस्तै पहिला राजनीतिक स्थिरता कायम गरि आफ्नो गन्तव्य तय गरि तेही अनुसार निरन्तर रुपमा अर्थतन्त्र सुधार्दै, समय अनुसार उचित ढंगले चल्दै, आफ्नो तुलनात्मक लाभ (Competitive Advantage) हेर्दै अगाडी बढेमा १०–१५ वर्षमै पनि ठुलो फड्को मार्न सकिन्छ ।

Sunday 16 June 2019

Travel Diary, Cuba

By: Bikal Dhungel

क्युबाको नाम नसुनेको कमै मान्छे होलान् । चाहे राम्रो कामले होस् या नरामे कामले होस्संचार माध्यममा आइ रहने देश सबैलाई थाहा हुन्छ र मानिसहरु त्यहाँ जान उत्सुक हुन्छन् । क्युबाको नाम कहिले कहाँ कसरी सुनियो थाहा छैन तर फिडेल क्यास्ट्रोको क्रान्तीका बारेमा धेरै सुनिन्थ्यो । क्यास्ट्र महान व्यक्ति हुन् भन्ने पनि परेको थियो । हुन त नेपालमा जसले जे गरे पनि महान भनिन्छ । हिट्लरलाई पनि महानठूलो मान्छे भन्ने धेरै थिए । अहिले पनि छन् । अझ एक जना नेताले त जर्मनी गएको बेलामा त्यहाँको मन्त्रीहरुसँगको भेटघाटमै हिट्लर जस्तो महान व्यक्तिको देशभनेर मन्त्रीहरुलाई अचम्ममा पारिदिएछन् । हिट्लरले के गरेको थिए उनका कारण भएको द्वितीय विश्वयुद्धमा ९ करोड मान्छे मारिएको ठूलो जनधनको क्षति भएको कुरा नबुझी त्यसै महान ! त्यो विषय छुट्टै हो । तर क्युबा कम्युनिष्ट विचारधारा मान्ने हरुको लागी तिर्थस्थल हुन सक्छ । कसैको लागी नर्क हुन सक्छ र कसैको लागी रोचक पर्यटक स्थल हुन सक्छ । क्युबालाई रोचक पर्यटक स्थलको रुपमा हेर्नेमा म पनि पर्छु । त्यहाँको जीवनकम्युनिष्ट सासनइतिहाससंस्कृतिआदि कस्तो रहेछ भन्ने जिज्ञासा मलाई पहिले देखि थियो । यो साल त्यहाँ घुम्न जाने इक्षा भएर १४ दिनको लागी त्यता कुदियो । यो लेख मेरो १४ दिने भ्रमणको क्रममा देखेको र लागको कुराहरुको अभिलेख हो । क्युबा भ्रमणका क्रममा जे देखेँ त्यहि लेख्दै छु । 

डब्लिनबाट एयर क्यानडाको विमान चढेर म टोरोन्टो तिर उडेँ । त्यहाँ ४ घण्टा कुर्नुपर्ने थियो । हवाना जाने गेटमा पुगेपछि त्यहाँ हरेक गेटमा आइप्याडहरु राखिएको रहेछ । त्यहीँ बसेर चलाउन मिल्ने । मान्छेहरु त्यहिँ अग
ाडि बसेर चलचित्र हेरेर बसेका थिए । जाने बेला आउनै लाग्दा टाउको १८० डिग्री घुमाएर हेर्दा प्राय विदेशी भएको देखियो । क्युबाली जस्तो देखिने खासै त्यति थिएनन् । हुन त क्युवा वहुजातीय देश हो । त्यहाँ स्पेनका र गोरा गरेर ६० प्रतिशत छन् भने १० प्रतिशत काला र ३० प्रतिशत मिश्रित जातीका र केहि एशियाली छन् । त्यसैले क्युवाली कस्ता हुन्छन् भनेर ठ्याक्कै भन्नै सकिन्न । बरु मलाई चाहिँ गहुँगोरो देखेर अरुले क्युवाली भन्ने ठानेका हुनसक्छ भनेर मनमनै सोचेँ । जाने हरुमा क्युवाली नहुनु पनि स्वभाविकै हो किनभने क्युवाली नागरिकलाई अपवाद वाहेकका अवस्थामा देश छोडेर जान प्रतिवन्धित गरिएको छ । त्यसेले सधैँका लागी देश छोडेर जाने बाहेक अरुले विदेश जाने कुरा असम्भव जस्तै हो । फिडेल क्यास्ट्रोको कम्युनिष्ट शासन आएपछि दशौँ लाख क्युवाली डुङ्गामा ७० मील टाढा अवस्थित फ्लोरिडा गएका थिए । मायामी र टाम्पाफ्लोरिडामा क्युवालीहरुको बाक्लो बस्ती छ । तर उनीहरुलाई भ्रमणको लागी क्युवा फर्कन भने सहज छैन । अमेरिकाले क्युवा जान र त्यहाँ पैसा पठाउन पनि लामो समय परिवन्ध लगाएको थियो । ओबामाले त्यसलाई केहि फुकुवा गरेपनि ट्रम्पले फेरि कडा गरे । तर नाकाबन्दी लगाए पनि साँच्किै नाकाबन्दी भने त्यो होइन । चारै तिर खुला समुद्रा भएकोले सामान लैजान ल्याउन गाह्रो छैन । क्युबाको आयात निर्यातक्यानाडामेक्सिकोयुरोपरसिया र एसियासँग हुन्छ ।

एयर क्यानेडाकै अर्को उडानमा टोरोन्टो बाट हावाना तर्फ उड्यो । करीव साढे ३ घण्टाको उडान थियो । विमानकी परिचारिकाहरुले पेय दिएर पर्यटकका लागी भर्नु पर्ने फाराम वितरण गर्दै थिई । त्यहाँ आफ्नो व्यक्तिगत विवरण र कति नगद बोकेको छ भनेर लेख्नु पर्ने थियो । क्युवा जाने प्रवेशाज्ञा नचाहिने देशका नागरिकहरुले सो फाराम भर्नुपर्दो रहेछ र त्यसमा विमानस्थलमै आगमन र प्रस्थानको छाप लगाइने रहेछ । फाराम लिए पनि विवरण भर्न कलम नै थिएन । सबै कुरा अनलाईन गर्ने बानैअरु कोहिसँग पनि कलम थिएन । त्यसपछि विमानस्थलमा भरौँला भनेर बगरी तिर कोचेर सुतेको थिएँ । मेरो सिटको छेउमा एक पोल्याण्डका वृद्ध र एक जापानी युवती थिई । जापानी युवती सुतेर उठ्दा हात निदाएछ । उसले आफूले फाराम भर्न नसकेर मलाई भरिदिन अनुरोध गरी । मैले हुन्छ भनेर मानेपछि आफ्नो राहादानी मतिर दिई । उसकै कलमले आफ्नो पनि भरेँ ।

विमानस्थलबाट सहर जान २० किमी रहेछ । ती जापानी युवतीलाई पनि सँगै लगेर ट्याक्सी भाडा बाँडौँला भनेर उसलाई सहर कसरी जान्छौभनेर सोधेँ । उसले उसको पति लिन आउने कुरा बताइ । विमान अवतरण गरेपछि अध्यागमन जाँचमा पुग्दा साह्रै लामो लाम देखियो । नेपालमा स्काउटले लाउने जस्तो सर्टपाइन्ट लाएर टन्नै प्रहरीहरु राहदानी जाँच्न बसेका थिए । साह्रै ढिलो काम गर्ने । एक घण्टा जति लाम बसेपछि बल्ल पालो आयो । राहादानी अघि राखेर होलाभनेँ । अधिकारीले काम गर्दै थिए । मैले जर्मनीमा अर्थशास्त्रको अध्ययन गर्ने क्रममा १ वर्ष स्प्यानिस भाषा पनि पढेको थिएँ । अंग्रेजी बाहेक अर्को पनि एउटा भाषा पढ्नै पर्ने भन्ने थियो । मैले स्प्यानिस छानेको थिएँ । त्यो बेला अलिअलि बोल्न सक्थेँ । अहिले धेरै बिर्सिएछ । तैपनि ३४ घण्टा पढेको थिएँ । त्यसले भनेको कुरा बुझ्न सजिलो भयो । विमानस्थलको प्रहरीले राहादानीमा गुलावी रंगको अध्यागमनको छाप लाएपछि बाहिर आइयो । सँगै घुम्ने भनेर पोर्चुगलबाट आएको साथी सुशील स्याङताङ चाहिँ ४५ घण्टा अघि आइसकेर विमानस्थलमा बसिरहेको रहेछ । उसले खाना ल्याएको स्याउ चाहिँ फलफुल ल्याउन पाइँदैन भनेर विमानस्थलमा जफत गरेछन् । पोर्चुगलबाट नेपाली राहादानीमा प्रवेशाज्ञा मिलेको भएपनि विमानस्थलमा अलि बेर उसलाई केरकार गरेको कुरा सुनायो । बाहिर आयौँ । ट्याक्सी चालकको लाम थियो ।  
अमिगोट्याक्सी ?भन्दै एउटा आयो । 
होटेल सम्म पुगेको पैसा सोध्दा ३० सियुसि भन्यो । 
क्युबामा दुईवटा मुद्रा छन् । एउटा देशभित्र चल्ने मुद्रा र अर्को पर्यटकहरुले प्रयोग गर्ने मुद्रा । देश भित्रै चल्ने मुद्रालाई क्युवन पेसो भन्छन् । त्यो विदेशीले पाउँदैनन् । देशभित्र सामान किन्दा क्युबन पेसो प्रयोग हुन्छ । पर्यटक र विदेशीले प्रयोग गर्ने चाहिँ कन्भिर्टिबल पेसो (सियुसि) रहेछ । १ सियुसि बराबर १ युरो रहेछ । सुरुमा १ डलर बराबर १ सियुसि भएपनि पछि उनीहरुले क्रितृम रुपमा डलरको भाउ घटाएर १ सियुसि बराबर ०,८८ डलर बनाइदिएछन् । क्यानेडियन डलरको जति नै । वास्तवमा चाहिँ १ क्यानेडियन डलर बराबर ०.८५ अमेरिकी डलर जति हुन्छ । तर त्यो कुरा मलाई मतलबै भएन । १ युरो बराबर १ सियुसि । त्यसैले पर्यटकले किन्दा सबै पसलहरुमा सियुसिले तिर्नु पर्ने । क्युबालीहरुले पछि साँट्दा चाहिँ १ सियुसि बराबर २५ क्युबन पेसो दिने रहेछ । तर त्यो साँट्नको लागी क्युवाली नागरिकता चाहिने रहेछ । भन्नुको मतलब कुनै एउटा सामान क्युवालीहरुलाई १० पेसो पर्छः अर्थात २५० गुना बढि । मेरो व्यक्तिगत विचारमा त्यो ठीकै हो । क्युबालीहरुको मासिक तलब सियुसिमा भन्दा १७१८ सियुसि वा १८ युरो वा १८०० देखि २००० नेपाली रुपैयाँ जति हुँदो रहेछ । त्यसैलेस्थानीय मुल्यमा किन्दा पर्यटकले पुरै सुपरमार्केट नै किन्न सक्ने । त्यसैले पर्यटकलाई धेरै तिराउने नीति अन्तर्गत छुट्टै मुद्रा लागु गरिएको रहेछ । 
विमानस्थलबाट २० किमी टाढा रहेको सहर जान ३० सियुसि तिरेर ट्याक्सीमा गइयो । बाटो राम्रो थियो । धेरै गरीब हुन्छ भन्ने सोचेको भन्दा भिन्नै थियो । ६ लेनको बाटो हेर्दा त्यस्तै लाग्यो । होटेल अघि लगेर ट्याक्सीले ओरालीदियो । ट्याक्सी बाट ओर्लेपछि फेरि होटेल  अगाडि नै भएको अरु ट्याक्सी चालक पनि, ‘अमिगोट्याक्सी ?भनेर सोध्दै आए ।

Line to buy Bread

Evening time in the sea, Gulf of Mexico

Breakfast with live Music

Plaza de la Revolution. Che Guevara in the Background

The Victory Tower in Plaza de la Revolution


होटेलमा चेकइन गरेर सुन्त गइयो । विहानैदेखि हल्ला खल्ला हुने रहेछ । तल आएर नास्ता खान बसियो । बफे नास्तामा ८४ व्यञ्जन नै थिए । आँपअम्बा र तरभुजा टन्नै पाइने हुँदा ती प्रसस्तै थिए । प्रत्यक्ष संगित सहितको नास्ता थियो । गित सुन्दै नास्ता खानुको मज्जा नै अर्कै आउने रहेछ । जीवन कै सब भन्दा ठूलो नास्तोको दर खाएर भुँडी हल्लाउँदै जमिन्दार जसरी हावानाको हावा खान निस्कियो । पुरानो हावाना साँच्चैको पुरानो रहेछ । भक्तपुरको पुरानो गल्ली जस्तोअझै फोहोर । हरेक घरको ढोका ढोकामा मान्छे बसेका । नबसे पनि के गर्ने न टिभी हुने न कम्प्युटरन नै अरु केहि । त्यसैले उज्यालो हुने वित्तिकै सबैको बास नै घर बाहिर सडकममा । हामीलाई सबैले देख्ने बित्तिकै अमिगोह्वेर आर यु फ्रम ?भन्थे । कसैलाई सिंगापुर भनियोकसैलाई फ्रान्स भनियोकसैले चाहिँ अमिगोमेक्सिको ?भनेर आफै भन्थे । सि! सि !भनेर अघि बढिन्थ्यो । दोश्रो दिन चाहिँ हावानाको ३५ डिग्री घामले छाला डढेर कालै भइसकिएको थियो । एउटाले अमिगोइन्डिया नमस्ते !सुद्द भन्यो । चोकै पिच्छे सामान मिलाइदिने का ताँतीपर्यटक देख्दै वित्तिकै १० जनाले घेरी हाल्ने । होटेलसिगारइन्टर्नेट कार्डतरुनीआदि मिलाइदिन्छु भनेर हैरान गर्ने । स्प्यानिस र अंग्रेजी दुबैमा भन्ने । नो! नो!भन्दै भाग्नु पर्ने । पहिलो दिन करीब ५९८१ पटक नाइ भनियो होला । फेरि होटेल मिलाइदिनेवाला होटेल साहु पनि हैन । उसले होटेल देखाइदिएर कमिसन खाने रहेछ । ती होटेल फेरी हामीले आफ्नै आँखाले देखिरहेका होटल नै हुने ! 
Banana Chips, Available Everywhere


फिडेल क्यास्ट्रोले सत्ता हात पारेपछि क्युवा जान कम्युनिष्ट मित्रराष्ट्रहरु बाहेक अरु देशका नागरिकलाई प्रतिबन्ध थियो । व्यापार पनि खासै हुँदैन थियो । १९९१ सम्म सोभियत संघ बाट वर्षेनी सहयोग टन्नै आउने हुँदा त्यसको आधारमा अर्थतन्त्र चल्थ्यो । सन् १९९१ मा सोभियत संघ आफै ढलेपछि त्यो सहयोग आउन पनि बन्द भयो । त्यसकारण क्युवाको अर्थतन्त्र साह्रै कम्जोर हुँदै गयो । गाडि गुडाउन तेल किन्न सकेनन् । पसलहरु रित्तिँदै गए । भोकमरीको स्थिति आयो । पेट भोको भए क्रान्ती वा रक्तक्रान्ती हुन्छ भन्ने फिडेल क्यास्ट्रो र कम्युनिष्ट नेतालाई पक्कै थाहा थियो । त्यसैले अर्थतन्त्रलाई नीजिकरण नगरी भएन । कम्युनिष्ट सिद्धान्तले मात्र हुँदो रहेनछ । क्रान्तीका वाक्यहरु खान मिलेन । त्यसैले अर्थतन्त्र केहि खुकुलो गरियो । पर्यटनलाई बढावा दिने गरी केहि भौतिक पुर्वाधार विकास गरियो । पूँजीवादको जति सुकै विरोध गरे पनि पूँजी विना केहि नहुने रहेछ । पूँजी भनेको पैसा मात्र हैन । पूँजी भनेको लगानी हो वा सामान हो जसको प्रयोग गरी पैसा कमाउन सकिन्छ । डक्टरको पूँजी उसको शीप हो जसको प्रयोग  गरेर उसले धन कमाउँछ र विरामीलाई निको पार्छ । लुगा सिउने मसिन पनि पूँजी हो । पूँजीवादको विरोध गर्नु पैसाको विरोध गर्नु हो । डक्टरलाई शीप प्रयोग नगर भन्नु हो । पूँजी विना देश चल्दैन । कट्टर माक्र्सवादी र साम्यवादीहरु पनि पैसाले मातेर हिँडेको उदाहरण धेरै छन् । सन् १९९१ मा क्युवामा ५ लाख पर्यटक आएका थिए भने सन् २०१५ मा ५० लाख आए । यो क्रम बढ्दो छ । सन् २००८ मा फिडेल क्यास्ट्रोले सत्ता छोडेपछि उनका भाइ राउल क्यास्ट्रोले साशन गर्न थाले । फिडेल भन्दा राउल क्यास्ट्रो उदार थिए । अर्थतन्त्रमा उदार हुँदाहुँदै अहिले धेरै क्षेत्रमा खुला हुँदै गएको छ । पर्यटन अर्थतन्त्रको सबै भन्दा ठूलो हिस्सा ओगटेर बसेको छ । तैपनि त्यहाँ बाट उठ्ने राजश्व भने सबै जनता तिर पुग्न सकेको छैन । असमानता अति छ । गरीवी अति छ । जो पर्यटन सम्बन्धी पेशामा आवद्ध छउसको कमाइ धेरै हुन्छ । त्यसैले नै बाटोमा सिगार बेच्ने देखि तरुनी मिलाइदिने सम्म काम गर्न सबैजना हात धोएर लागी परेका छन् ।  

People just sitting idle

A typical car in Cuba

Street Vendor selling Mangos


रात्रीबस चढेर स्यान्टियागो डे क्युवा तिर कुदियो । हावाना कटेपछि लोकमार्गमा ठाउँठाउँमा जाँच हुने रहेछ । बाटाको दुै छेउमा उखु खेती टन्नै थियो । उखु धेरै हुने भएकोले क्युवालाई सुगर बोल अफ द वल्र्डपनि भन्छन । नरिवलआँपअम्बाआदिका रुख पनि टन्नै हुन्थे । रातको १२ बजे पनि लोकमार्गमा आनन्दले मान्छेहरु हिँडि रहेका देखिन्थे । कोहि साइकल कुदाउँदैकोहि घोडाले तान्ने ढेलामा जाँदैकोहि त्यत्तिकै पलेटी कसेर बस्दै आउने जाने गाडिलाई बाइबाइ गर्दै । स्यान्टीयागो मा होटेलमा पुगी आराम गरियो । त्यहाँ चाहिँ इन्टर्नेट नचल्ने रहेछ । तर होटेल अगाडि नै एउटा सार्वजनिक पार्कमा हटस्पट थियो । कार्ड किनेर चलाउन गइयो । अब हपअन हपअफ बस लिएर एक चक्कर सहर भ्रमण गर्नु प¥यो अनि विस्तारै राम्रो राम्रो ठाउँमा जानु प¥यो भनेर साइट सिइङ बसलेखेकोमा चढियो । चालकलाई क्वान्तो क्वेस्तो (कति पैसा)?भनेर सोधेको, ‘त्रेस (तीन) भन्यो ।यति सस्तो पर्यटक साइट सिइङ बस पनि कहिल्यै देखेको थिएन । ३ सियुसि दिइयो । ड्राइभर खुसी भएर हात नै मिलायो । छतमा गएर बसियो । १०१५ मिनेट पछि पो थाहा भयो । त्यो पर्यटक बस नभएर स्थानीय बस रहेछ । मान्छेको भिडभाड भयो । खास भाडा त्यसले ३ क्युबन पेसो भनेको रहेछ । हामीले ३ सियुसि दियौँ । १०० गुना बढि पैसा पाउँदाको खुसी हुँदैन हामी अन्तिम विसौनी सम्म गयौँ । नओर्ली फेरि त्यही बाटो फिर्ता आयौँ । सबै साइट नभए पनि धेरै कुरा देखियो । साझा बसमा जो पनि चढ्दछ । किलिन्डरले २ रुप्प्ेको टिकट काट्दछ । ...। लास्ट सिटमा मायाका एक जोडीरिङरोड घुम्छन् नओर्ली तीनचोटीभनेको जस्तो भयो ।

स्यान्टियागो क्युवन क्रान्त्रीको प्रमुख ठाउँ रहेछ । त्यो फिडेल क्यास्ट्रो र जोसे मात्रीलाई मृत्यु पछि गाडेको ठाउँ पनि रहेछ । त्यहाँ गइयो । जाँदा आर्मीको परेड चलिरहेको थियो । परेड सकेपछि हामीलाई जान दिने भन्ने कुरा भयो । ठाउँ यसो हेर्दा निकै राम्रो थियो । जताततै फुलहरु रोपिएका सफा पार्क पनि बनाइएको र त्यस पछाडि ठूलो अर्को चिहान । ऐतिहासिक ठाउँको सूचीमा पर्दो रहेछ । एउटा रिक्सा चालकले ५ सियुसि दे म तिमीहरुलाई २ घण्टा मुख्यमुख्य ठाउँमा लगिदिन्छुभनेर प्रस्ताव राख्यो । त्यो टन्टलापुर घाममा के हिँडिरहनु भनेर रिक्सा लिइयो । चालक उरन्ठ्याउलो परेछ । बाटोमा केटीहरु देख्नासाथ बिस्तारै लगेर जिस्काउँथ्यो । कसैलाई, ‘आँप खान्छस् ?भन्थ्यो भने कसैलाई, ‘बिहे गर्छेस् ?भन्थ्यो । हामीले यी केटी जिस्किाउँदा पिटाइ खाएको खण्डमा चाहिँ हामी बचाउन आउन सक्दैनौँ नि ! भनेर भन्यौँ । के मान्थ्यो डाम्नो ! 

एक ठाउँमा भरखर विश्वविद्यालय बाहिर आएका छात्रहरुको समूहलाई भन्यो, ‘येचिका बोनिताज ! मसँग जान्छौ यहाँ सिंगापुरबाट आएका धनी पर्यटकहरु पनि छन् ।  हामीले त्यसलाई सिंगापुरबाट आएको भनेका थियौँ । नेपाल भनेको कसैलाई थाहा नहुने रहेछ । बोनितास्हरुले त सि (जान्छौँ)पो भने । अनि रिक्सा रोकेर तिनीहरु भएको ठाउँमा गयो र केके कुरा ग¥यो । हामीले हुँदैन भनेपछि बल्ल आयो ।  तिमीहरुले राम्रो मौका गुमायौ ।भन्छ फेरी । ह्वीस्की फ्याक्टरइन्डिपिन्डेन्स पार्कअरु ठाउँहरुमा लगिदियो र अन्तिममा मैले एउटा राम्रो रेष्टुरेन्ट देखेको छु तिमीहरुलाई लगिदिन्छुखाना खाउमलाई चाहिँ एउटा बियर भए पुग्छ ।भन्यो । ल हुन्छ भनेर गइयो । त्यसलाई बियर किनी दिएर अघि भनेको १० सियुसि दिन लाग्दा त २ घण्टा भनेको २ घण्टा ४० मिनेट भयो । ५ सियुसि थप्न पर्छ ।पो भन्यो । अब ५ सियुसिको लागी के किचकिच गर्नु गरि खा भनेर दिएर पठायौँ । खाना चाहिँ सहि नै थियो । राम्रै ठाउँमा ल्याएछ । 
Cemetery of Fidel Castro, Santiago de Cuba 

त्यहाँ पनि हावाना जस्तै घरमा केहि गर्ने चिज नहुँदा सबै मान्छे पार्क तिरबाटो तिर आएर बस्दा रहेछन् । होटेल अगाडिको पार्कमा बच्चाहरुलाई कराते सिकाउँदो रहेछ । त्यो हेर्दै इन्टर्नेट चलाएर बसेको । फेरि अर्का २ जना केटीहर आएर गफ चुट्न थाले । फाट्टफुट्ट अंग्रेजीफाट्टफुट्ट स्प्यानिस कुरा गर्दा तिनीहरु चाहिँ अलि मिजासिलो नै लाग्यो । त्यत्तिकैमा फेरि अर्को काले आएर हुलमा मिसियो, ‘माइ नेम इज सर्गेयोभन्न थाल्यो । कुरा हुँदै जाँदा एउटीले पिउन जाउँ यहाँ नजिकै एउटा राम्रो पब छ !भनी । ल जाउँ भने जाउँ भनेर पब गइयो । काले पनि पछि पछि लागेर आयो । तर काले आएको राम्रो भयो । किनकी त्यसले चाहिँ अंग्रेजी र स्प्यानिस राम्रो बोल्ने रहेछ । नबुझेको खण्डमा उसले बुझाइदिने गर्न थाल्यो । पब गइइो । केटीहरु टनाटन खाना मगाएर भैँसिले घाँस निल्या जस्तो निलिरहेका थिए । अनि ककटेल मगाएबियर मगाएमाछाओलिभआदि टन्नै मगाए । राउल क्यास्ट्रोका नातिनीहरु हुन कि क्या हो यिनीहरुयहाँका मान्छेले पाउरोटी किन्न पैसा छैन । पबमा ड्याङका ड्याङ खाइरहेका छन् त ! खै भगवान जानुन्भनेर सुशील स्याङतेनले भन्यो । पछि विस्तारै बियरको नसा लाग्न थालेपछि एउटीले भनी, ‘मसँग रात बिताको १५ सियुसि मात्रै लिन्छु ल !

हैटतिमीहरु त्यस्तो केटी पो ! ल भैगोनोग्रासियास् ! त्यस्तो हो भने तिमीहरु घरतिर लागे हुन्छ ।भन्यौँ । अनि त, ‘हैनठीकै छ । अलिकति घटाउँला नि ! १० गरौँ ?भन्छे । मसँग त्यसको लागी पैसा पनि छैनरुची पनि छैन भनेको त ल ठीकै छ तलाई विश्वास गर्छु । पैसा आज नभए भोलि दिए पनि हुन्छ ।ये बाबा ठाकुरेयिनीहरुले त नछोड्ने भए भनेरल अब हामी होटेल तिर जान्छौँ भन्यौँ ।  बिल मगाइ । बिल ५१ सियुसिको आयो । हामीले अलग गर्नेहाम्रो मात्र बिल लिएर आउ भनेको, ‘कहाँ हामी यत्रो बिल तिर्न सक्छौँ !भनेर किचकिच गर्न थाले । कालेले दुईटा बियर खाएकोहामी २ जनाले ३३ वटा वियर र चिप्सबाकि सबै दुईटी तरुनीले माछा र केके खाएर बिल बढाए । ल ठीक छ । यहाँ किचकिच गर्नुभन्दा बिल तिरौँ अनि जाऔँ । यिनीहरुसँग त्यत्रो पैसा हुने कुै भएन भनेर बिल तिरेर बाहिर निस्कियो । फेरि त्यहाँ ट्याक्सीमाजाउँ भने । ठीकै छ १० मिनेटको उकालो झ्याप मुद्रामा के हिँड्नु भनेर गइयो । ओर्लिने बेलामा फेरि हामीलाई ५ सियुसि देऊ! भन्छन् । किन नि भनेको, ‘घर सम्म ट्याक्सीमा पुग्नु प¥योभन्छन् । त्यो हाम्रो समस्या हैन । आदियोस् भनेर होटेलभित्र छिरियो । राती १२ बजे पनि ३२ डिग्री । होटेलको एसि बन्द गरेर गइएको थियो । गर्मीले के सुत्न सकिन्थ्यो । फ्रिजबाट अर्को रक्सी निकालेर चिरिप्प पारियो ।

सान्टियागो दे क्युबा नजिक धेरै रमणीय स्थलहरु छन् । क्यारेबियन सिको न्यानो हावा चल्दो रहेछ । ग्वान्टेनामो भन्ने ठाउँ पनि राम्रो रहेछ । अमेरिकी सेनाले त्यहाँ नजिकैको किनारामा आतंकबादीहरुलाई राख्ने जेल बनाएको छ । तर त्यसबाहेक ग्ग्वान्टेनामो एउटा जिल्ला हो । स्यानिटयागो बाट ट्रिनिडाड सहर जाने दिन दिउँसोतिर बाहिर हिँड्दा एउटा करीब ७० वर्षको बुढो ह्वेर आर यु फ्रम ?भन्दै आयो । भुगोलको प्राध्यापक थिएँ । अहिले अवकासप्राप्त भएँ भनेको हुनाले यसले चाहिँ नेपाल भन्यो भने पक्कै चिन्छ भनेर नेपालभनियो । साँच्चिकै थाहा रहेछ । भकाभक गफ चुट्न थाल्यो । अलिअलि राजनीतिक गफ पनि भयो । प्राय क्युवालीहरु राजनीतिक गफ गर्न डराउँछन् किनकि हामी जासुस पनि हुन सक्छौँ । तर त्यो प्राध्यापकले खुलेरै गरी राखेको थियो । उसको भनाइमा सबै क्युवालीहरु राजनीतिक व्यवस्थाबाट आजित भएको र मौका मिले देश छोडेर जाने बुझियो । पेन्सन कति आउँछ प्राध्यापकज्युको भन्दा १० सियुसि (नेपाली १००० रुपैयाँ) भन्यो । सामान्य मान्छेको त त्यति पनि आउँदैन रे । करीब २०– २५ मिनेटको कुरा पछि, ‘तिमीहरु मलाई सहयोग गर्न सक्छौ ?भनेर विनम्र भाषामा भन्यो । कस्तो सहयोगभनेको २ पेसो जति छ  त्यति देऊभन्यो । ल त ल भनेर हिँडियो । २ घण्टापछि झोला लिएर बसपार्क जान लागेको फेरि अर्को खैलेलाई समातेर गफ दिँदै रहेछ । त्यसलाई पनि मुर्गा बनाउने भयो भनेर हिँडियो । 

फेरि रात्री बसमा ट्रिनिडाड सहर तिर लागियो । बस कुरेर बसेको अरु देशका पर्यटकसँग हल्का कुरा भयो । एउटाले मलाई यस्तो यस्तो भयोभनेर कहानी सुनायो । अर्कोले आफ्नै कहानी सुनायो । कुरा बुझ्दै जाँदा सबै जना हामी जस्तै गरि मुर्गा बन्दा रहेछन् । ठगिँदै रहेछन् । पर्यटकहरुलाई ठग्ने परम्परा यहाँ पनि उत्तिकै रहेछ । ट्रिनिडाड तिर कुदेको चिनियाँ बसमा एसि त थियो तर अतिनै चिसो पारिएको थियो । जाडो भयो । एसि बन्द गर भनेर चालकलाई भन्दा बन्द गर्ने स्वीच नै बिग्रेको रहेछ । बसभरि मान्छेहरु कठ्याङ्ग्रिएर बसेका थिए । बाहिर ३३ डिग्री हुँदा बस चढ्ने बेलामा एकसरो गन्जी र कट्टु मात्रै लाइएको थियो । ज्याकेट नै चाहिने भयो । अर्को विसौनी सम्म जाडो थेग्नै नसकिने भयो । म पनि बाठो ! बसको सिटको खोल निकालेर ओढेँ । अलिअलि  भएपनि न्यानो दियो । अरुले देखेर एक पछि अर्को गरेर नक्कल गरेछन् । बसबिसौनी सम्म आइपुग्दा यसो पछाडि हेरेको त सेतो खोल भित्रका सबै जना फूलबाट बाहिर निस्किन तयार भएर बसेका चल्लाहरु जस्तो देखिए । 

Riding Ricksha in Santiago de Cuba

Geography Professor asking for 1 Peso



ट्रिनिडाड झरेर होटेल बस पार्क नजिकै भएको हुनाले ट्याउसी चढिएन । नक्सामा २३ ब्लक मात्र देखिएको थियो । तर ३५ मिनेट हिँड्दा पनि छैन त होटेल ! बाटोको नाम सोध्दै गइयो । अन्त्यमा त निकै पर रहेछ । पर्यटक आउँदैनन् भनेर परको होटेललाई पनि नक्सामा नजिकै देखाइ दिएर राखेको पो रहेछ । साढे १ घण्टाको संघर्ष पछि बल्लबल्ल भेटियो । होटेल भनेको त एउटा घर पो रहेछ । हैटफेरि डुबायो यिनीहरुले !भनिठानेको तर भित्र छिरेपछि चाहिँ खुबै राम्रो लाग्यो । ३ वटा कोठालाई लिएर होटेल बनाएकी रहिछिन् बुढि माउँले । कोठाहरु ५ तारे होटेलको भन्दा कम थिएन । धेरै सफा र धेरै राम्रो बगैचा । नास्तामा पनि ८४ व्यञ्जनको । घरभरि आँपको रुख भएको हुँदा आँपको जुस जति खाए पनि हुने । छाद्न आउञ्जेल पिउन हुने । त्यति राम्रो घरमा खाजा सहित प्रति रातको १५ डलस मुल्य थियो । तैपनि यो देशमा पइला पाइलामा ५२ घुस्सा ५३ ठक्कर खाएको हुँदा विश्वास लागेन । दाल मे कुछ काला हे ! यसले जाने बेलामा केहि न केहि मिलेनपुगेन भनेर बढि पैसा माग्छे भन्ने ढुक्क भएर पहिला सहरको सयर गरेर आउनु प¥यो भनेर फेरि उही सब भन्दा राम्रो हनुमान कट्टु र गञ्जीको पहिरनमा बाहिर निस्कियौँ । ट्रिनिडाड अरु सहर भन्दा भिन्नै थियो । ऐतिहासिक क्षेत्र र आवासिय क्षेत्र छुट्टे भएको हुँदा सफा थियो । युरोपियन शैलीमा बनाएको हुँदा स्पेनको कुनै ठाउँमा पुगेको जस्तो भान हुन्थ्यो । सैनिक संग्राहलयकोलोनियल टावर सेन्टरर हिस्टोरिक टाउन घुम्न लायकका थिए । सैनिक संग्राहलयमा छिरेको १ पेसो लाग्थ्यो । दिएह हेर्न लागियो । माथि टावरमा गएपछि पुरा सहर र क्यारेबियल सागर देखिँदो रहेछ । अर्को ब्लक क्रान्तीको बारेमा छुट्टै रहेछ । डाँकुहरुले गरेको हमला देखि क्रान्तीको योजना र चे ग्वेभाराको भूमिकाका बारेमा धेरै तस्वीरहरु मुर्ती र त्यहाँ प्रयोग भएको बमबारुदमिसाइलहरुको अवशेषलाई राखिएको थियो । त्यत्तिकैमा त्यो ढोकामा कुरेर बसेकी कर्मचारी आएर, ‘ऊः त्यो फोटो चाहिँ मुख्य क्रान्तीकारी भध्ये एक मात्र महिलाको हो ।भनेर देखाई । राम्रोभन्दा अरु पनि त्यहाँ केके छन् त्यसको व्याख्या गर्दै गई । १५ मिनेट जति लेक्चर छोडी । हामी बुझे पनि नबुझे पनि ए..एगर्दै हिँड्यौँ । ढोका बाहिर जाने बेलामा चन्दा मागी । संग्राहलयलाई त अघि नै तिरिसकेका थियौँ । ऊ आफ्नै लागी रे ! ल भनेर २ सियुसि दिइयो । खुशीले झ्याप्प अँगालो हाली र त्यसपछि आजलाई किनमेलको सुची बनाउन थाली होली । त्यहाँ घुमिसकेर भोलि पल्ट होटेल छाड्ने दिन । सुशीलले भन्योबाथरुममा त पानी त छैन त ! तुरुरुरु तुर्किन्छ मात्रैमु ..लौ मा¥यो । पानीको अभाव नै अभाव । कम्युनिष्ट देशमा कहिले केको अभाव हुन्छ थाहै नहुने । ट्याङ्करले पानी ल्याउन बिर्से जस्तो छ । तैपनि हल्का फुल्का मुखसुख धुन चाहिँ पुग्यो । आँपको जुस चाहिँ जति खाए नि हुनेपानी चाहिँ छैन । ड्रिन्क म्यान्गो जुस सेभ वाटरभनेर लेख्न मात्रै बाँकि थियो ।  अर्को अचम्म भयो । चेक आउट हुने बेलामा बढिले थप पैसा माग्ली भनेको मागिन । उल्टो मिनिरल वाटर दिएर गेट सम्म बिदा गर्न सुद्द आइ । यसको होटेलले चाहिँ ट्रिप एड्भाइजरमा राम्रो प्रसंशा पाउने भयो मेरो तर्फबाट । 
बसबिसौनीमा एउटा काउब्वाइ शैलीको लुगा लगाएको केटो आयो । तिमीहरु कहाँ जाने?भनेर सोध्यो । हामीले आफू जाने ठाउँ भनेपछि बसमा जति पैसा पर्छ त्यतिमा नै ट्याक्सीमा मिलाईदिन्छु जान्छस् भन्यो । त्यति मात्रै हो भने जान्छु भनेँ । ट्याक्सी भएको ठाउँमा लग्यो । सन् १९८४ मोडेलको फोल्क्सवागेन रहेछ । थोत्रो न थोत्रो र लैजाने चालक अर्कै रहेछ फेरि । अंग्रेजी नजान्नेस्प्यानिसमा कुरा गर्नु पर्ने । यात्रा सुरु गरियो । समुद्रमा एकछिन रोकाएर साइट सिइङ गरौँ भनेर ५ मिनेट बाहिर निस्केको फेरि गाडि स्टार्ट नै भएन । डुबाउने भयो यसले भन्ठानेको एक्कासी कसरी कसरी स्टार्ट भयो । अल्लाहले हाम्रो कुरा सुने जस्तो छ । 

त्यो बुढो पपनि त्यहि ड्याङको मुला रहेछ । तरुनी देख्यो कि हर्न बजाउने । केके भन्ने । उमेर सोध्दा ७३ भन्यो । हेर्दा ५० वर्ष जस्तो थियो । कम्युनिष्ट क्रान्तीमा लड्न सरकारले २४ दशक अगाडि अंगोला पठाएको रहेछ । हातमापेटमा गोली लागेको खत देखायो । अर्काको देशको लागीतैपनि एउटा सिद्धान्तको लागी मर्न किन त्यहाँ मुन्ट्या त ?भन्दा सरकारले जहाँ भन्छ त्यहिँ जाने हो । कमान्डान्टे फिडेल क्यास्ट्रोले पठाएपछि जानै पर्छभन्छ । यहाँ बस्न राम्रो छ त ?भनेको छैनपाए भने सबै टाप दिने हो । मेरो नि एउटा छोरा अमेरिकामाअर्को कहाँ ।भनेर तक्मे बुडोको डायलग दियो । नभन्दै एकछिनमा मोबाइल फोनमा घण्टी बज्यो । मलाई उठाउन भन्यो । फोनमा मिगेलफ्लोरिडालेखेको देखियो । हो रहेछ । फोन त आयो । गाडि चलाई राखेको छ । एक हातले फोन गर्दै अर्को हातमा चुरोट । स्टेरिङमा समाउँदै बेला बेलामा चुरोट तान्दै त्यो ओभरटेक गर्न नपाउने सडकमा थोत्रो गाडीले ट्रकलाई उछिन्दै कुदाउँदैछ । अन्तेष्ठि यतै गरिदिन्छ कि क्याहो यसले भनेर विस्तारै लग भन्यौँ । के कुरा सुन्थ्यो ! पछि मुत्र विसर्जन गर्न भनेर गाडि रोक्यो । स्टार्ट बन्द नगरभनेर आदेश दिएँ । फेरि स्टार्ट भएन भने यो जंगलको बीचमा अलपत्र पर्छ । म एउटा कुरा भन्छु मान्छस् ?भन्यो । के कुरा भन !भनेको, ‘मन दुखाउँछस् होला !भन्छ । दुखाउँदैनसोध्न त पैसा पर्दैन !भनेँ । यसले पक्कै अरु थप पैसा माग्छ भन्ठानेको त मलाई एउटा गन्जी दिन्छस्त्यहि लाको वाला भए नि हुन्छ । तसँग अर्को होला नि झोलामा ! कम्युनिजमको लागी ज्यान दिएर लागेको योद्धाको लागी केहि गर्दा तलाई नि गर्व हुन्छ ।भन्छ फेरि । ल ल दिउँला भनियो । अन्तिममा गन्तव्यमा चाहिँ पु¥यायो । स्याङतेनले सुटकेसबाट गन्जी दियो । मख्ख पर्दै दारा बाहिर निकालेर हाँस्दै गयो । बेलुका त्यहि गन्जी लाएर डेटिङ गयो होला । 
Taxi Driver asking for T-Shirt


यस्तै यस्तै अरु केहि ठाउँमा घुमघाम सकी क्युबाबाट बिदा भइयो । विमानस्थलमा अध्यागमन जाँच गर्ने ठूलो लाम थियो । काउण्टर २४ वटा खुल्ला थिए । मान्छे चाहिँ धेरै । एउटा पोशाक र तक्माधारी प्रहरीले मान्छेको लाम नजिकै बसेर कुन काउण्टरमा जाने भन्दै थियो । केहिबेर कुरेपछि म पनि अगाडि सर्दै गए । म भन्दा अगाडि सायद ५६ जना थिए होलान् । तक्माधारी प्रहरी त, ‘तिमीहरुसँग चानचुन पैसा होलात्यो विदेशमा चल्नै हैन । सटहीमा पनि नोट मात्र साँट्छ । चानचुन मलाई दिन सक्छौ ?भनेर दाँत देखाउँदै मुस्कान दियो । अरुले चाहिँ दिए । कसैले नोट नै पनि दिए । मसँग चाहिँ चानचुन बाँकि थिएन । त्यसैले दिएन । तर एक पोशाक र तक्माधारीले नै खुल्लमखुल्ला पैसा मागेको देखेर चाहिँ तीनछक नै परियो । क्युबाली जमिनमा अन्तिम तीनछक त्यहि भयो । भित्र आइयो । विमान चढियो अनि, ‘रेशम फिरिरिरेशम फिरिरिउडेर जाउँ कि गुडेर जाउँरेशम फिरिरिभयो । उडेरै जाउँ आजलाई ।

संसारको एक मात्र कम्युनिस्ट वा साम्यवादी देशको यात्रा बाट धेरै कुरा सिकियो। यो राज्य व्यवस्थाले समानताको वकालत गर्छ तर बास्तबिकतामा जता ततै असमानता छ। थियोरीमा सबै जना समान तर बास्तबिकता सबैजना उत्तिकै गरिब र बराबर। तेही गरिबी र असमानताले चरम कालोबजारीको ऐना देखाएको छ। पाइला पाइलामा कालोबजारी, सब्द सब्दमा कालोबजारी। सरकारी निकाए, अस्पताल, बजार, सबै तिर कालोबजारी। भन्ने बेलामा सबै समान तर गरिबीले आफ्नो इमान जमानको धज्जी उडाउदै बर्दी लाएर हात थाप्ने भएपछि त्यो समानता र सिद्दान्तले के हुन्छ ? 

उचित राज्य व्यवस्था लगाएर आफुले सक्दो प्रयास गर्दा गर्दै पनि कोहि दुर्भाग्यबस गरिब हुन्छ भने त्यो उसको दोस हैन। कोहि गरिब भएर जन्मिन्छ भने त्यो उसको गल्ति हैन। तर त्यो व्यवस्था राम्रो हैन, एसले राम्रो गरेको छैन भने आँखा अगाडी प्रस्ट हुदा हुदै पनि अझ तेही लाद्न खोज्नु, झुटको खेति गरेर अरुमाथि सैद्द्तान्तिक दासत्व थोपर्नु चै गल्ति हो। क्युबाको बेवस्था झुट नै झुटमा चलेको छ। के ठिक के बेठिक सोच्न नदिकन, संसारमा के भै रहेछन थाह हुन नदिकन , सोसित मानसिकता लादेर फलस्वरूप आज त्यहाँका मान्छे हरुले राम्रो संग खान पनि पाइरहेका छैनन्। १-२ पेसो ले भनेर बिदेसी संग हात जोड्नु परेको छ। १९९१ सम्म रुस को दानले चलेको व्यवस्था रुस आफै तेही झुटो सिद्दान्तको सिकार भएर ढलेपछि अरु पुजीबादीको दान र दया बाट चलेको छ। यो त्यहाँ बस्ने जनताको दोस कदापी हैन। गरिबी र अभाबले मान्छेको रुप र स्वभाब बदलदिन्छ। दोस सिद्दान्त लाद्ने सोसक वर्गको हो। दोस बिदेसमा बसेर त्यो फेल्ड सिद्दान्तमा होस्टेमा हैंसे गर्ने भिजिलान्ते हरुको पनि हो। मार्क्सबाद लाइ आफु अनुकुल गलत ब्याख्या गरेर आफ्नो आफ्नो फाइदा र अहंकार प्रति संसार डोर्याउन खोज्ने र तेही दलदलको बीचमा खोक्रो अन्तरास्ट्रियबादी भासन छाँटदै दरिद्रतालाई अविरल बनाउने हरुको पनि हो। येस्ता डबल स्ट्यानडरड़ बोकेका भिजिलान्ते हरुको रुप कहिले स्टालिनको नामले हुन्छ भने कहिले पोल पोट, कहिले माओ, कहिले अरु अन्धभक्त दुखि आत्मा हरुको। म क्युबाको जनताको बिरुद्धमा बोलिरहेको छैन, उनीहरुको पक्षमा बोलिरहेको छु किनकि क्युबन हरु दासत्व बाट माथि उठ्न चाहनछन्, पुंजी चाह छन्, र यो डर र साम्यवाद बाट सदाको लागि बिदा चाहन्चन। तेसैले नै २२ लाख मान्छे ज्यानको बाजी लाएर समुन्द्रमा हाम्फाले, सुखी र सम्पन्न जिबनको खोजीमा जुन मिठो दासत्व बाट पर छ। यो पहिलो पल्ट ६० वर्ष अगाडी भयो। ६० वर्ष मातृभूमि बाट अलग हुनु र भावनाको ज्वाला लाई मुठीमा बाँधेर आत्मसात गर्नु र अघि बढ्नु महानता हो किनकि हरेक प्राणी स्वतन्त्र हुने प्रयत्न गर्छ। 

यो दुखि कथा सुन्न नचाहने तैपनि यो व्यवस्था लाइ अमुर्त्य ठान्ने जनार्दन हरुले केहि प्रस्नको उत्तर मनमनै दिनु पर्छ, 'के मैले यो सिद्दान्तको मुर्त्य रुप देखेको छु ? येस्तै एक मुलुकमा १ हप्ता बिताएको र त्यहाँ भिजेको छु ? यो बेबस्था ४५ वर्ष लागु गरेका सबै मुलुक हरुले एस्लाई फेरी किन लात हानेर फाले ? तेती मात्र हैन, एस्लाई किन प्रतिबन्ध नै लगाए ? यो बेवास्था किन ढल्यो ? बर्लिन वाल किन भत्कियो ? र लोकतन्त्र मान्ने भए नाम चै किन कम्युनिस्ट रहीरह्यो ?
माओको कथित क्रिसी क्रान्तिमा ३ करोड मान्छे किन मरे, स्टालिनको तेस्तै क्रान्तिमा डेड करोडले किन बलि दिनु पर्यो ? झुटै झुटले अडिएको क्रेमलिन किन ढल्यो ? डेंग जियाओपिङ्ग जस्ता दुरदर्सि ले के हासिल गरे ? १ अरब मान्छे लाइ गरिबीको रेखा मुनि बाट माथि उचाले। साम्यवादी हरु सामन्ती प्रथा बाट स्वतन्त्रता कायम गरेको नाटक लाइ पुस्टि गर्न खोज्चन तर जताततै त्यो फेल खाएको जिबन्त उदाहरण हरु छरिएका छन्। डेंग ले पुंजीबाद बाटै गरिबी हटाएको, असमानता कम गरेको, दरिद्रता र भेदभाब हटाएको प्रमाण आकास जस्तै छर्लंग छ तर त्यो सिद्दान्तको दलदलमा फसेका मृतआत्मा हरुलाई पक्ष्याउन गारो भैरहेको छ। किनकि यो मृतआत्मा सत्यको खोजीमा छैन, सृफ आफ्नो झुटलाई सत्य साबित गर्ने कतै कुनै तर्क बाकि छन् कि त्यो खोज्दै छ, अध्यारो कोठामा कालो बिरालो खोजे जस्तै। डेंग जियोपिङ्ग पछि जोजो आए, तिनले दुर्दर्सि सोचे, सिद्दान्तमा अडिग रहेनन्, यथार्थमा उभिएर कर्म गरे। ति थिए असल उन्नति रोज्ने योद्दा हरु, ज्होउ इन्लाई, लि झियाननियान, यांग सान्ग्कुन, जीयांग जेमिन, हु जिन्ताओ र जी जिन्ग्पिंग र भबिस्यमा जोजो आउछन्, तिनलाई यो अमर बाटो पक्ष्याउनु बाहेक अरु कुनै विकल्प छैन, किनकि राजनीति आफ्नो लागि गर्ने हैन, समाज देसको राम्रोको लागि गर्ने हो, चाहे त्यो आफु हारेर किन नहोस, समाज र देसले जित्नु पर्यो। र यो टिक्ने सिद्दान्त आज साम्यबाद हैन, सामाजिक खुला अर्थतन्त्र, बजार र पुजिबाद हो, सोसल मार्केट इकोनोमी हो।

जहाँ फोहोर हुन्छ, त्यहाँ झिंगा भंकिन्छ, जहाँ गरिबी हुन्छ त्यहाँ दरिद्रता हुन्छ, जहाँ असमानता छ, त्यहाँ दंगा हुन्छ। यी प्रकिर्तिक नियमलाई जस्तो सुकै सहयोगी र मिठो भावना लिएर आएको माइकलाल ले पनि परिबर्तन गर्न सक्दैन।
यो लेख कसैलाई प्रभावित गर्न, परिबर्तन गर्न लेखिएको हैन। सबैलाई आफ्नो आफ्नो सोच्न सक्ने क्षमता भगवानले देको छ, त्यो प्रयोग गर्नु पर्यो। तर त्यो प्रयोग गर्ने गिदी पुग्दैन भने अरुले लादिदिएको तर्कमा ठेकुवा गर्न पाइदैन र आफ्नो गलत बुझाइको सिकार अरुलाई बनाउन पाइदैन। क्युबा एउटा ल्याबोरेटोरी को मुसा हो, रिजल्ट छर्लंग हुदा हुदै पनि थप अरु मुसा लाइ ल्याबमा ल्याएर अनगिन्ति एक्स्पेरिमेंट गर्नुको न तुक छ न कसैलाई अधिकार छ..."

This is also a Taxi by the way 

Everywhere Castro and Revolution


Normal Route Bus made from a truck 

Military Museum in Trinidad