Tuesday 18 April 2017

१२ वर्षमा नेपाल फर्कदा

By: Bikal Dhungel 

अहिले जस्तै १२ वर्ष अघि पनि प्राय सबै नेपाली युवा को सपना बिदेस जाने नै हुन्थ्ये l तेस्मा पनि युरोप अमेरिकाका बिकसित मुलुक जना पाए झनै राम्रो मानिन्थ्यो l तिनै युवा को हुलमा पनि एक थिएँ l चाहिने कागजात बुझाएर भिसा पाउने आसमा बसिरहेको थिए, दुताबास बाट फोन आयो, " अन्तर्वार्ता दिन पर्सि उपस्थित हुनुस " l
पर्सि पल्ट गाउँको एक जना भाइ संग जुत्ता औपचारिक पहिरन मागेर लगाई दुताबास पुगें l एक जना कर्मचारीले कन्सुलरको कोठामा लग्यो l कन्सुलरले मेरो कागजात पल्टाउदै अंग्रेजीमा बस्नुस भनिन l उनको मुहार तेत्ति खुसि देखिन्नथ्यो l सुरुमै लाग्यो, मेरो भिसा स्वीकृत हुदैन l
उनले सोधिन् ' अध्यन को लागि भनेर आबेदन दिनुभएको रहेछ , जर्मनी नै किन, अरु देश पनि थिए ?'
 मैले सोझै भने " गुणस्तरीय शीक्षाको लागि, अमेरिका बेलायेतमा पढ्न  महँगो , त्यसैले 'l
' गुणस्तरीय िक्षा सिंगापुर , थाइलेडं मा पनि , जर्मनी मात्रै गुणस्तरीय िक्षा भएको देश हो ?'

अक्मक्किए l  किन तेही देस जान लाएको भन्नै सकिन l लाग्यो, अब मेरो भिसा लाग्दैन l

उनले फेरी थपिन् ' तपाइको बैंक खातामा पैसा पनि महिना अघि मात्रै जम्मा गरेको रहेछ , मलाई लाग्छ तपाइले दुताबासमा देखाउन मात्र जम्मा गर्नु भएको हो l '

मसंग कुनै उत्तर थिएनन् , चुपो लागेर बसिरहें l
उनले फेरी दोहोर्याएर भनिन " मलाई मनाउनुस , जर्मनी नै किन जान लाएको महिना अगाडी मात्र पैसा जम्मा गर्नुको कारण के हो ? "

सोचें,  येही मिनेटले मेरो भबिस्य तय गर्छ , मैले केहि बोल्नु पर्छ, मौका आउछ पर्खदैन l अनि बोलें
' जर्मन हरुले औसधि पत्ता लगाए , विभिन्न आबिस्कार गरे, बिज्ञान, साहित्य अरु क्षेत्रमा  धेरै योगदान दिए l त्यसैले मलाई पनि जर्मनी गएर अध्यन गर्न मन लाग्यो l तेस बाबजुद जर्मनीमा निसुल्क शीक्षाको व्यवस्था , मैले वर्ष जर्मन भासा पनि पढेको छु , अलि अलि बोल्न पनि सक्छु, त्यहाँ गएर थप पढ्ने इच्छा l जर्मनी जानै को लागि महिना अगाडी जग्गा बेचेको कारण बैंकको कागतमा त्यो देखिएको हो l '

"आबिस्कार अरु देसका मान्छेले पनि गरेका छन् नि " भन्दै उनले फेरी मतिर हेरिन l

के भन्ने के थाहै भएन l उनको मुहार निरास नै देखिन्थ्यो l उनि फेरी मेरो स्कुल कलेजको सर्टिफिकेट पल्टाउन थालिन् l चाहिं अरु केहि तर्क गर्न सक्छु कि भनेर सोचीरहें l

सन् १९९० ताका गाउँमा पहिलोपल्ट टिभी आएको थियो l अर्जेन्टिना जर्मनी बीच बिस्वकप फुटबलको फाइनल खेल प्रसारण गरिएको थियो l थुप्रै मान्छे जम्मा भएका थिए l चाहिं सानै भएको हुदा सेतोले गोल हान्छ कि निलोले हान्छ भन्नेमा उत्सुक थिएँ l खेल निकै घमासान थियो l त्यस्तैमा अर्जेन्टिनाका खेलाडीले जर्मन खेलाडी रुडी भ्योलर लाइ लडायो जर्मनी लाइ पेनाल्टी हान्ने अवसर दिइयो l तेस पेनाल्टी लाइ जर्मनीका आन्द्रेयास ब्रेमे ले गोलमा परिणत गरिदिए अन्त्यमा जर्मनीले तेस्रो पटक बिस्वकप जित्यो l तेही बेला देखि जर्मनी भन्ने देस रहेछ भन्ने बुझें l

तेती बेला युरोपबाट सिधै नेपाल पुग्न सकिने भएकोले पनि होला, ९० को ताका भक्तपुरमा खुब पर्यटक आउथे भक्तपुर दरबार स्क्वाएर पर्यटकले भरिभराउ हुन्थ्यो l सनिबार को दिन स्कुल छुट्टि हुदा कहिले कहिँ भक्तपुर गएको बेलामा पर्यटक संग बोल्न मज्जा लाग्थ्यो l भक्तपुर तिर चल्ने मर्सिडिज बेन्ज को मिनिबसहरु पनि जर्मनी बाटै ल्याएको रहेछ l सन् १९६०  १९७०  को ताका बेलायेत, फ्रान्स, पश्चिम जर्मनी बाट निकै मान्छे मिनिबस लिएर बाटै बाटो भारत , नेपाल तर्फ आउने गरेको रहेछ कतिले ति मिनिबस भारत नेपाल तिरै बेचेर प्लेनमा फर्किने क्रम प्रचलित रहेछ l यो क्रम लाइ 'हिप्पी ट्रेल' को नाम पनि दिइएको रहेछ l पछि इरान अफघानिस्तान तिर युद्द परेको कारण त्यो बाटो बन्द भएको रहेछ l त्यसरी बच्चै देखि यो देश को नाम सुनिरहेको हुनाले मलाइ पनि तेतै जाउ जाउ लागेको हुन सक्छ l

तिनै कुरा मनमा खेल्दै थिए , कन्सुलरले फेरी निन्याउरो स्वरमा भनिन 'अहिले लाइ जान सक्नु हुन्छ, हामी खबर गर्छौ' l

उनको भनाइ पछि पक्का भएँ, अब भिसा अस्विकार हुन्छ l  चिन्तित मुद्रामा घर फर्किएँ l
साथि भाइले सोधे ' अन्तरबार्ता कस्तो रह्यो ? '

'खास राम्रो भएन , भिसा नदिने पक्का जस्तो ,  बुढी सारै सिरि थि l येत्रो दुख गरेर वर्ष भाषा पढेको , जाने भयो, नेपालमा बस्ने फिटिक्कै मन छैन' भनें l

एउटा साथीले मदिरा सेवन गरे चिन्ता हट्ने सल्लाह दियो , तर खाई हाल्न चै आँट आएन l - दिन चिन्तै चिन्तामा बिते l बरू पिंडाका सब्दले भरिएका कविता लेखें , लेख लेखें l त्यस पछि एक दिन फोन आयो

 ' तपाइको भिसा लाग्यो, लिन आउनुस 'l

अनि खुसि को सिमानै रहेन , कसलाई भनौ कसलाई भनौ जस्तो भो l तुरुन्तै दुताबास पुगे, राहदानीमा 'अध्यन को लागि ' भनेर स्टिकर  टासिएको थियो l भासा को कक्षा   दिनमा सुरु हुने रहेछ, तुन्रुन्तै जानु भन्ने आदेस थियो l सिधै टिकट लिन जानु पर्ने भयो, किनमेल गर्ने पनि फुर्सद थिएन, पर्सि पल्ट कै टिकट मिल्यो अन्त्यमा एकाबिहानै त्रिभुवन विमानस्थल छोडेर जर्मनीको फ्र्यांकफर्ट  तर्फ लागें l

फ्र्यांकफर्ट विमानस्थलमा झरेपछि सुटकेस लिनु पर्ने, समय कम भएको कारण अरुलेनै सुटकेस किनिदिएको कारण आफ्नो सुटकेस कुन हो कुन हो थाहै भएन l सबै जनाले आफ्नो आफ्नो सुटकेस लिइ सकेपछि अन्तिममा डर मानि मानि एउटा निलो सुटकेस ताने, अर्कैको पर्ला विदेशमा पाइला टेक्न नपाउदै प्रहरीको फन्दामा परिएला भन्ने डर लाग्यो l तर स्नर खोलेर हेर्दा महेश दालमोठको पुरिया देखेपछि 'मेरै रहेछ ' भन्ने पक्का भयो l

बिदेस आइयो, अब सपना पुरा गर्न कति गारो हुने हो थाहा थिएन l अंग्रेजी अलि अलि बोल्न जान्या थियो यहाँ फेरी अर्कै भाषा बोल्नु पर्ने , अनि तेही भाषामा अध्यन गर्नु पर्ने l नेपाली ब्याकरण पनि राम्रो संग नआउने मलाई यो कुरा चुनौतिपूर्ण थियो तर पनि नगरी सुखै भएन l 'जाँचमा पास नभए भिसा बढ्दैन ' भनेर अरुले तर्साइदिए l हुन पनि तेही नियम रहेछ, जो पढ्न भनेर आएको तर पढ्न सक्दैन, त्यो कुनै बेला फर्कनुपर्ने रहेछ l नेपाल फर्किनु परे जग्गा बेचेर बिदेस आएको पैसा पनि झ्वाम, अनि कुन मुख लिएर गाउँ फर्कने भन्ने सारै चिन्ता थियो l दुख गर्नै पर्ने रहेछ भन्ने थाहा भयो l

जर्मनीमा स्नातक तहमा अध्यन गर्नको लागि पहिला जर्मन भाषामा दक्ष हुनु जरुरि , तेसपछि जर्मन भाषा मै वर्ष तयारी कोर्स गर्नु पर्ने हुन्छ जसलाई 'स्टुडियनकोलेग' भनिन्छ l स्टुडियनकोलेग मा ठाउँ पाउनका लागि दिनुपर्ने प्रबेस परिक्षा कस्टकर हुने गर्छ l त्यो पास गरेपछि उच्च शीक्षाका लागि आबेदन दिनु पर्ने हुन्छ . कतै बाट स्वीकृति भएमा अनि बल्ल बिस्वबिद्यालयमा पढ्न पाइन्छ , जर्मन भाषा मै l बिस्वबिद्यालय को शीक्षा सारै चुनौतिपूर्ण हुन्छ l दुर्भाग्यबस अध्यन गर्न भनेर आएका ५०% बिद्यार्थी मात्र बिस्वबिद्यालय छिर्न सकेको तथ्यांकले देखाएको l छिरेका मद्धे पनि करिब ६०% ले उतिर्ण हुन नसकेको अवस्था रहेछ l भन्नुको मतलब, पढाइ सक्काउने सम्भावना करिब २५-३०% मात्र रहेछ  l उतिर्ण हुन नसक्दा धेरै नेपाली लाइ स्वदेस फर्काइदिएको पनि देखियो l कोहि कोहि स्पेन , पोर्तुगल जस्ता मुलुक तिर भागेको पनि देखियो l तेसैले, दुख नगरी सुखै भएन l

बिस्तारै स्तुडियनकोलेग  पनि सकियो, बिश्वबिद्यालय मा अर्थसास्त्र को अध्यन को लागि सिट पनि मिल्यो l पहिलो दिन शीक्षकले भन्नुभयो ' तपाइहरु पूर्ण रुपमा बिद्यार्थी हुनु हुन्छ , पूर्ण रुपमा भनेको हप्तामा १५ घन्टे क्लास बाहेक ४० घण्टा स्वयम् अध्यनमा बिताउनु पर्छ' l  त्यो सुनेर फेरी डर लाग्यो l १५ घण्टा क्लास, ४० घण्टा स्वयम् अध्यन, अलि अलि काम अरु कुरा हिसाब गर्दा सुत्न को लागि हरेक दिन घण्टा मात्र बाकि हुनेरहेछ l नेपालमा परिक्षाको दिन अगाडी पढ्न सुरु गर्ने बानि लागेको थियो , हप्ता को ४० घण्टा पढ्नु सानो कुरा थिएन तर त्यो नगरी नहुने रहेछ l अध्यन, ग्रुप वोर्क, असाइनमेन्ट यित्यादी गर्दा ४० घण्टा कम्तिमा पनि आवस्यक पर्ने रहेछ l तेसैले, त्यो पनि नगरी सुखै भएन l
महान बक्सर मोहमद अलिले भनेको कुरा याद आयो ' हिम्मत नहार, आज तड्पिउ बाकी जिबन बिजेता भएर बाँच ' l स्नाकोत्तर सक्किन्जेल सम्म वर्ष तड्पिनु पर्ने भयो l बिस्तारै जब अध्यन गर्ने, बिज्ञ का कुरा सुन्ने, सिक्ने बानि लाग्यो, त्यो नै नसा हुदो रहेछ l त्यो तड्पाई नै सुन्दर आनन्दित लाग्ने रहेछ l  किताब बिना बाच्नै नसक्ने हुने रहेछ, हरेक दिन  बिहान ज्ञान को भोक लाग्ने रहेछ, अनि तेही भोक मेटाउन पुस्तकालय जाउँ जाउँ लाग्ने रहेछ l

काम सुत्ने बाहेक घरनै पुस्तकालय हुन थाल्यो l आउदा वर्ष घन्टे सुताईमा तेही पुस्तकालयमै बिते l पढाइ संगै भाँडा माझ्ने, बाटो सफा गर्ने, सिसि उठाउने , फ्याक्ट्रीमा भारि बोक्ने, मिसिन चलाउने सबै काम गरियो समय गएको पत्तै भएन l  

पढाइ पनि सकियो, युरोपको बिश्वबिद्यालयमा अध्यन गर्ने सपना पुरा भयो तर त्य पछि पनि अरु चुनौती आइरहे l समय परिस्थिति अनुसार आइरहने चुनौतीहरुको सामना गर्नु विजय हासिल गर्नु  नै जिबन रहेछ l  पढाइ पछि रोजगारी को राम्रो अवसर मिल्यो l परिश्रमको फल मिठो हुने रहेछ l कामको व्यस्तता को बिचमा सोच्दा , त्रिभुवन विमानस्थल बाट भुइँ  छोडेको पनि १२ वर्ष भैसकेछ l १२ वर्षमा खोला पनि फर्कन्छ भनेझै १२ दिनकै लागि छुट्टि मिलाएर नेपाल जाने पक्का भयो l

काठमाडौँ विमानस्थलमा झर्दा नेपाल अर्कै देस भैसकेको रहेछ l मैले चिनेको १२ वर्ष अगाडीको नेपालमा थुप्रै सकारात्मक नकारात्मक परिबर्तन देखें l १२ वर्ष अगाडी जुन बाटोमा साँझ पख हिड्दा बाघ आउलाकि भन्ने डर हुन्थ्यो, त्यहाँ ट्राफिक जाम हुने भएछ l चर्पीको संख्या भन्दा मोबाइल फोन को संख्या बढी भएछ l १२ वर्ष अघि बिदेस जान लाखमा बेचेको जग्गाको भाउ करोड पुगेछ l १२ वर्ष अघि गाउँमा सबैले गाइ पाल्थे, अहिले घरपालुवा कुकुर पाल्दा रहेछन l  १२ वर्ष अघि बिदेस जाने भन्ने ठुलो कुरा हुन्थ्यो, आज घरधुरी बाट जाना बिदेसमा बस्ने कुरा सामान्य भैसकेछ l त्यस्ले रेमिटेन्स पनि निकै बढाएको रहेछ l त्यसैले पहिला पहिला कृषिप्रधान भनिने देस नेपाल अहिले रेमिटेन्सप्रधान देस भएछ l
काठमाडौँको धुलोले एक दिन मात्र सहर परिक्रमा गर्दा मान्छे बिरामी पर्ने रहेछ l - ठाउँ बाहेक १२ वर्ष अगाडी जुन सडक थियो तेही नै रहेछ, गाडी को मात्रा जनसंख्या वृद्धिले भौतिक पूर्वाधार ध्वस्त हुने क्रममा रहेछन l
काठमाडौँको  धुलोले बिरामी परेको अवस्थामा भेट्न आएको एउटा साथी ले भन्दै थियो ' नेपाल बन्दैन, पहिला जस्तो थियो उस्तै , झन् झन् खत्तम हुदै l - जान बिदेस गका छन् , घर ठड्याका छन् , तेत्ति हो, नेताले नेपाललाइ स्विटजर्ल्याण्ड बनाउने कहिले कहिले ' l

कुरा ठिकै होला तर अर्थसास्त्री भएको नाताले तथ्यांक हेर्न मन लागि हाल्यो l केहि हुदै नभएको पनि हैन रहेछ l संयुक्त रास्ट्रसंघको विभिन्न अंगका तथ्यका अनुसार नेपालमा २५ वर्ष अगाडी ४२% जनता गरिबीको रेखा मुनि रहेका थिए भने आज त्यो घटेर २३% मा पुगेको रहेछ l २५ वर्ष अगाडी २५ वर्ष मुनि का मान्छेको साक्षरता करिब ५०% थियो भने आज त्यो करिब ९०% मा पुगेको रहेछ l २५ वर्ष अगाडी नेपालीको औसत आयु ५५ वर्ष भन्दा कम थियो भने आज त्यो बढेर ७० नाघेको रहेछ l औसत आयु बढ्नुले स्वास्थ, शीक्षा भौतिक पूर्वाधारमा भएको बिकास जनाउछ l हो, जुन गतिमा बिकाश हुनु पर्ने थियो , त्यो भएको छैन, तर हुदै नभएको पनि हैन l भोलिको बिकाश आजका स्वस्थ शीक्षित जनतामा भर पर्ने भएकोले यो कुरालाइ सकारात्मक रुपमा लिनु पर्छ l

सकारात्मक पक्षको साथसाथै नकारात्मक पक्ष पनि धेरै देखें l पहिलो , सामाजिक संजालको उचित सदुपयो गर्न नसक्दा त्यसले पार्ने असर जस्तै नकारात्मक झुठा भ्रम फैलाई जनतामा त्रास उत्पन्न गराउने, सामाजिक संजालमा कुनै व्यक्ति को चरित्र हत्या गर्ने यित्यादी l दोस्रो, सहरी क्षेत्रमा  मोटर गाडी जनसंख्या अति वृद्धि तर तेही अनुसारको भौतिक पूर्वाधार तयार नहुनुले बाताबरण  प्रदुसण मानब स्वास्थमा हुने असर जसका कारण बर्सेनि हजारौ नेपाली हरुको ज्यान गइरहेको l तेस्रो, अन्तरास्ट्रिय बजारमा जस्तै नेपालमा पनि 'फ्याट' (चिल्लो) चिनी जन्य खाने कुराको व्यापक प्रयोग , जसका कारण सुगर डायबिटिस जस्ता रोगको व्यापक वृद्धि l १२ वर्ष अगाडी खान नपाइ मरेको खबर सुनिन्थ्यो , आज धेरै चिनी जन्य बस्तु खाने गरेकोले मृत्यु भएको सुनिदो रहेछ l १२ वर्ष अगाडी कुपोसन ले मान्छे मरेको कुरा सुनिन्थ्यो आज चिल्लो खानेकुराको प्रयोगले तौल बढी भइ तेस्ले अरु रोग ल्याएको कारणले मृत्यु भएको कुरा सुनिदो रहेछ l १२ वर्ष अगाडी बिख भन्नासाथ खतरनाक भन्ने बुझिन्थ्यो, आज सबै भन्दा खतरनाक कुरा चिनी 'फ्याट' भएछ l

१२ दिनको बसाइमा धेरै मानिस  कुनै न कुनै प्रकारको मानसिक रोग बाट ग्रस्त भएको खबर प्रसस्त सुनें l  धेरैले आत्महत्या पनि गरेका रहेछन l यो रोग अहिले अन्तरास्ट्रिय रुपमा पनि ठुलो चिन्ताको बिषय बनेको l  नेपालमा पनि 'निराशा (स्ट्रेस) ' , 'तनाव (डिप्रेसन )', 'उच्च तनाव' (हाइपर टेन्सन) , 'बाइपोलार डीसअडर' जस्ता रोग व्यापक रहेछ दुर्भाग्य बस तथ्यांकका अनुसार प्रति वर्ष आठ हजार नेपालीले  तेसका कारण आत्महत्या गर्ने रहेछन l १२ वर्ष अगाडी द्वन्द चलिरहेको थियो, अरुले मार्लान भन्ने डर हुन्थ्यो , आज आफैले आफैलाई मार्लान भन्ने डर हुदो रहेछ l

समग्रमा हेर्दा यी सबै कुराको प्रमुख जड अविकास गरिबी नै हो l बिकाले देश लाइ फाइदा गर्छ भन्दा पनि बिका भएन भने तेस्ले हिम्सा, भेदभाब, रोगब्याद जस्ता समस्या को समाधान निकाल्न मुस्किल बनाउछ भन्ने कुरा महत्वपुर्ण किनकि जहाँ गरिबी , त्यहाँ हिंसा अवस्य हुन्छजहाँ फोहोर , झिंगा भन्किनछ, त्यहाँ रोग अवस्य फैलिन्छ l समस्या सुल्झाउनको लागि त्यसके जड केहो बुझ्नु जरुरि हुन्छ l साथीले भनेझै देश बिकाश नेताले गर्ने हैन, नेताले सहि बाटो मात्र देखाउने हो l बिकाश जिम्मेवार नागरिकले आफ्नो आफ्नो क्षेत्रमा योगदान दिएर गर्छ l डाक्टर, इन्जिन्यियर , िक्षक, समाजसेवक, अर्थसास्त्री , सिकर्मी, डकर्मी, अन्य धेरै पेशाका जिम्मेवार नागरिकको सामुहिक योगदानले हुने हो देश विकास l नीति निर्माणकर्ता नेताको काम नेपाली जनतालाइ उचित बाटो देखाई समृद्धि दिगोबिकास प्रति उत्प्रेरणा गर्ने हो l आफै एक उदाहरण बनि शान्ति, प्रेम मनबता को भावना फैलाउने हो l कुनै पनि सफल मुलुकको उदाहरण हेर्दा पुरै एक पुस्ताले गरेको दुख योगदानका कारण आज मुलुक विकसित भएका छन् जस्तै सिंगापुर   पश्चिम जर्मनी l हामीले पनि त्यही बाटो अपनाउनु जरुरि l हो, नेपालले आगामी वर्षमा आइफ़ोन बनाउन नसक्ला तर स्थिरता शान्ति कायम राखी  आइफ़ोन बनाउने कारखाना  चीन बाट नेपालमा सार्न 'एप्पल'  लाइ मनाउन सक्छ l केहि नेताले बेला बेलामा भनेझै १० वर्षमा सिंगापुर स्विटजर्ल्याण्ड नबन्ला तर एउटा सत प्रतिसत िक्षित देश बन्न सक्छ, गरिबीको रेखा मुनि रहेका जनता  २३बाट झारेर % मा पुर्याउन सक्छ, प्रदुसित बाताबरण पुरै निर्मुल पार्न सक्छ , विभेद हटाउन सक्छ, एउटा शान्त समृद्ध मुलुक बन्न सक्छ l अर्को १२ वर्षमा नेपाल फर्किदा यी सपना पुरा होस् l जय नेपाल