Friday 26 September 2014

असमानता कसरि उत्पन्न हुन्छ ?

By: Bikal Dhungel 

यो प्रस्न धेरै को मन मा खड्किएको कुरा हो. कोइ धनि, कोइ गरिब कसरि हुन्छन ? तिनीहरु बीच को अन्तर कसरि बढ्छ र असमानता कसरि यथावत रहन्छ र तेस्लाई अन्त्य गर्न के गर्नु पर्छ ? सुन्दा सजिलो जस्तो लाग्ने यी प्रस्न हरु जटिल छन्, नत्र भने बिस्व मा येति धेरै असमानता किन हुन्थ्यो. सिधा, सरल भाषा मा भन्न चाहन्छु असमानता कसरि उत्पन्न हुन्छ र एस्लाई उचित ढंगले कसरि घटाउन  सकिन्छ.

एक उदाहरण लिउं, २ परिवार जो भक्तपुर जिल्ला को एक गाउ मा बस्छन . एउटा को नाम मित्तल लिउ किनकि हामीलाई सम्झन सजिलो होस् (Laxmi Mittal, richest man in the UK), मित्तल धनि परिवार हुन्, अर्को को नाम आइते. आजको दिन जनवरी १, १९०० हो. मित्तल र आइते दुवै बराबर धनि छन्, दुवै को हात मा उत्तिकै पैसा छ, एउटा घर छ, एउटा खेत छ जसबाट उनीहरु दुवैलाइ छाक टार्न पुग्छ. आइते आधा दिन खेत मा काम गर्छ, बाकि सुत्छ वा गाउ का लफंगा हरुसंग गफ गर्छ, तास खेल्छ. मित्तल पनि आधा दिन काम गर्छ तर बाकि दिन उसले किताब पढछ. त्यो किताब मा डुंगा बनाउने तरिका सिकाइएको छ. ३ वर्ष यसै गरि चल्छ. आइते को जिबन तेस्तै हुन्छ, उ खेत मा काम गरेको गरेइ हुन्छ तर मित्तल ले तेती बेला डुंगा बनाउदै माझि हरुलाई बेच्दै थप आम्दानी गर्ने बाटो खोलिसकेको हुन्छ. तेस बाट आएको पैसा मित्तल ले बचत पनि गर्न सक्ने हुन्छ. अर्को २ वर्ष बित्छ, आइते जस्ता को तस्तै , मित्तल को आर्थिक स्थिति निकै सुध्रिएको देखिन्छ. अनि दुवै जना ले बिहे गर्छन, बुढेश काल को लागि साहारा चाहियो. अनि बच्चा हरु पनि जन्माउनु पर्यो. मित्तल ले बुढेश काल को लागि भनेर डुंगा बेचेर काफी पैसा जम्मा परि सकेको छ तेसैले उसले एउटा मात्र सन्तान जन्माउने निर्णय गर्छ. आइते को थप आम्दानी हुदैन, खेत को कमाई ले खान पुग्दैन तेसैले धेरै सन्तान भए बुढेश काल मा सन्तान ले आफुलाई पालछन् भन्दै आइते ले धेरै सन्तान जन्माउने निर्णय गर्छ र ५ ओटा बच्चा पाउछ. मित्तल को खेत पनि भएको, बचत पनि भएको हुदा उसको छोरा लै उसलाई पालना बुढेश काल मा गारो नहुने कुरा मा ऊ ढुक्क छ.

दुवै का बच्चा बच्ची ठुला हुन्छन. मित्तल ले आफ्नो छोरा लाई सहर को राम्रो स्कुल मा पढाउछ . तर आइते को धेरै परिवार हुदा खान धौ धौ हुन्छ, र उसले छोराछोरिलाई पनि गाउमा ज्याला गरि काम गर्न पठाउछ र तेसकारण उनीहरु सिक्ष्या बाट बन्चित हुन्छन. मित्तल को छोरा स्कुल सकेर क्याम्पस पढ्न बेलायेत जान्छ र उच्च सिस्छ्या हासिल गरि देश फर्कानछ र राम्रो जागिर पाउछ जसले उसको जीविकोपार्जन गर्न का साथै बचत पनि गर्न पुग्छ. आइते का छोरा छोरि ज्याला नै गरि जिबन चलाई रहेका हुन्छन र उनीहरुलाई जिबन चलाउन धौधौ नै परि रहेको हुन्छ. उनीहरु पनि बुवा ले जस्तै आफ्नो बुढेश काल मा कस्ट नहोस भनेर धेरै सन्तान जन्माउने निर्णय गर्छन. मित्तल को छोरा लाइ भने बौ को जस्तै एउटा मात्र सन्तान भए पुग्ने विचार आउछ र उसले तेसै गर्छ.

तेस्को ५ वर्ष पछि आइते र मित्तल दुवै को देहान्त हुन्छ. आइते को एउटा खेत ५ जना सन्तान, नाती नातिना को लागि बाडफाड गर्दा केहि पनि बाकि हुदैन र गाउ मा ज्याला गर्ने काम पनि नभएको हुदा उनीहरु सहर पस्न बाध्य हुन्छन. मित्तल को छोरा ले उसको सम्पति पाउछ, र तेस्ले उसलाई मनग्येइ पुग्छ. यसै गरि ४-५ पुस्ता पछि मित्तल क सन्तान धनि को रुप मा चिनिनछन्. तर आइते का सन्तान गरिबी मा झन् झन् धकेलिदै गएका हुन्छन जसलाई " Poverty Trap „ भनिन्छ. असमानता को मूल यो हो. ( Note: यो कथा बाट धेरै धेरै अरु  कुरा हरु derive गर्न सकिन्छ )

अब यो कथा लाई अलिक मोडौ, मानौ आइते का नाति नातिना लाइ गाउ मै काम गर्ने अवसर नभएको हैन, उनीहरु सहर पस्न बाध्यता थिएन. गाउ मै एक ठुलो कारखाना पनि थियो. तर कारखाना का मालिक आर्को जात वा धर्म को परेछ र उसले आफ्नै जात को मान्छे लाई मात्र काम दिन्छु भनेछ जसको कारण आइतेको नाती काइते निरास हुन पुग्यो र अन्त्यमा कि खेतबारी मै ज्याला गर्ने कि सहर पस्ने निर्णय लियो. त्यो कारखाना मा काम गर्न पाएको भए काइते को कमाई राम्रो हुन्थ्यो र उसले आफ्ना छोरा छोरि लै पनि राम्रो स्कुल मा पढाउ न सक्थ्यो. तर यो भॆधभाब ले काइते लाई त्यो मौका दिएन. एसको मतलब , कुनै पनि जातिय, धार्मिक अथवा रास्ट्रीय भॆधभाब ले असमानता झन् बढाऊछ. 

तेसै गरि आइते को अर्को नाति खाइते पल्लो गाउको एक अर्को कारखाना मा गएछ र काठ ओसार्ने काम गर्छु भनेछ. ति कारखाना का मालिक जातीय भॆधभाब गर्ने खालका मान्छे त रैनछन् तर उनले खाइतेलाई काम दिन आक्मक परेछन् किनकि खाइते सारै दुब्लो देखिन्थ्यो किनकि गरिबी को कारण ले उसले पेटभरि खान पौदैनाथ्यो. तेइ कारण ले उसले गरम काम गर्न नसक्ने देखिन्थ्यो. तेसैले, त्यहाँ पनि उ चिन्तित भएर घर फर्कियो. तर ति दिलदार मालिकले खाइते लाई अर्को हलुको काम दिए. खाइतेले काम सुरु गर्यो र ऊ सारै मेहेनत का साथ् काम गर्न थाल्यो. दुर्भाग्य बस, काम गरेको ४ दिन पछि उसलाई काम मा रहेको एउटा फलामको किला बिझ्यो र Titanus भयो. र उसले काम गर्न नसक्ने भयो. नेपाल का बिकट ठाउँ हरुमा जहाँ बच्चा हरु भेला हुन्छन, त्यहाँ खोप लाउने काम गरिन्छ, प्राय त्यो ठाउँ बिद्यालय हुने गर्छ र स्वास्थकर्मी हरुलाई हाम्रो भौगोलिक बनोट को कारण ले घर घर मा गएर खोप लौन सम्वाब हुदैन. तेसैले जो स्कुल जादैन , Meningitis, Malaria, Titanus यित्यादी को खोप बाट बन्चित हुन्छ जसका कारण उसलाई रोग लाग्ने सम्भावना बढी हुन्छ. र एसले माथि उल्लेख गरिएको घटना जस्तै ति बालबालिका को भबिस्य मा पनि नकारात्मक असर पर्छ जसले उनीहरुलाई Poverty Trap बाट उम्कनै दिदैन. तेस्रो Lesson : स्वास्थ सुबिधा बाट बन्चित हुनु असमानता को अर्को कारण हो.

नेपाल एक गरिब मुलुक हो, नेपालले चाहेर पनि कति कुरा गर्न सकी रहेको हुदैन. हुम्ला मा स्याउ छ, तेस्लाई काठमाडौँमा ल्याउनु पर्छ भनेर सबैलाई थाहा छ तर ल्याउने चै कसरि कसैलाई थाहा छैन. पहाडै पहाड मा घुमाउदै हुम्ला सम्म पुर्याउनु पर्ने बाटोको लम्बाई मेची देखि महाकाली सम्म हुन्छ. हामीसंग भएको थोरै पैसा ले त्यो बाटो बनाउन सम्वाब हुदैन. र स्याउ ल्याउन का लागि अरबौ खर्च गर्नु पनि efficient हुदैन. प्लेन मा ल्याउनु महँगो पर्न आउछ तेसैले स्याउ विदेश बाटै ल्याउनु फाइदा देखिन्छ. सहर मा बस्ने मान्छे लाई त्यो स्याउ हुम्ला बाट आयो कि विदेश बाट, तेस्को मतलब हुदैन, गरिब मुलुक मा जहाँ सस्तो पाउछ त्यो किन्ने प्रबिर्ती हुन्छ. तेसैले हुम्ला मा जति स्याउ भए पनि तेस्को उपयोग गर्न सकिएको छैन तर त्यो स्रिफ भौगोलिक कारण ले नै हो र हुम्ला का मान्छे ले कस्टकर जिबन बिताउन बाध्य छन्. यो भन्नु को कारण, नेपाल को भूगोल बिकाश नहुनु को प्रमुख कारण हो र एसले पहाड मा बस्ने मान्छे लाई सहर वा तराई मा बस्ने भन्दा गरिब र असमान बनाएको छ.

आइतेको नातिले यो कुरा बुझेको छ कि सिक्ष्या ले मान्छे को जिबनस्तर बढाऊछ तेसैले ऊ अब उसको बच्चा हरुले भबिस्यमा दुख नपाउन भनेर उनीहरु लाई उच्चसिक्ष्या दिलाउन चाहन्छ. तेस्को लागि उ तराई मा बसाई सर्न राजी हुन्छ. सुरु मा उनीहरुसंग पैसा हुदैन र छोरा छोरि लाई सरकारी स्कुल मै भए पनि पढाउने निर्णय गर्छ. पहिलो दिन छोरा स्कुल बाट आयेसी खाइतेले सोध्छ, " आज के पढ़ेउ त छोरा ?" - " आज त सर नै आउनु भएन ड्याडी ". तेसै गरि १ हप्ता स्कुल जादा कुनै दिन पनि सर आउनु भएन. तेस पछि सर आउनु भएछ तर केटा केटिलाई खेल्न जाउ भनेर आफु चिया खाएर बस्नु भएछ, अनि २ बजे नै छुट्टि दिनु भएछ. तेसरी १ वर्ष बित्यो, तर ७०% पनी सर आउनु भएन, आको दिन पनि पुरै पढाउनु भएन. त्यो देखेर खाइतेले छोरा स्कुल जानुअघि भनेछ, "आज पनि सर आउनु हुदैन होला, भैगो, म संगै काम गर्न हिन“. तेसरी उसको छोरा पनि कहिले काम मा जानी, कहिले पढ्न जानी गर्दा गर्दै एस एल सी को जाच आएछ. खाइते को छोरा ले गेस पपेर पढेर जाच दिन गएछ तर दुर्वाग्यबस उ फेल भयो. गाउका अरु बिद्यार्थी हरु जो निजि बिद्यालय मा पढेका थिए उनीहरु पास भए. उनीहरु पछि क्याम्पस गए, राम्रो जागिर पाए, तर खाइते को छोरा फेरी ज्याला गरेर नै जिबन गुजारा गर्न बाध्य भयो. मतलब, सिक्ष्या नीति ले असमानता लाई निरन्तरता दी रहेको छ. जब सम्म सिक्ष्या को क्वालिटी सप्रदैन, जब सम्म सिक्ष्यक ले बिद्यार्थी को भबिस्य संग खेलबाड गर्छन, असमानता जारी रहन्छ.

बिस्वभरि नै असमानता एक जटिल समस्या हो. बिस्व को २०% मान्छे हरु संग ६०% भन्दा बढी सम्पति छ र १ अरब भन्दा बढी मान्छे अत्यन्त गरिबी को रेखा मुनि पर्छन. तथ्यांकले जनाउछ कि हरेक दिन खान नपाएर मात्र करिब १५ हजार मान्छे को ज्यान जान्छ, हामीसंग बिस्व भरिका मान्छेलाई प्रसस्त खाने कुरा हुदा हुदै पनि.

असमानता को सुरुवात तब भयो जब हाम्रा पुर्खा हरुले क्रिसि को आविस्कार गरे. Hunting and Gathering Society का बेला मानिशहरु एकछाक अथवा एक दिन का लागि मात्र अन्य जनावर मारेर खान्थे, अनि फेरी अर्कै ठाउँमा जान्थे, आहारा खोज्न धेरै हिडी रहनु पर्ने हुदा उनीहरु आफु संग केहि पनि नलिकन हिद्द्ठे तेसैले कसैको पनि सम्पति भन्ने कुरा हुदैनाथियो, सबै बराबर हुन्थे. तर जब Hunting and Gathering गर्न छोडेर जब उनीहरु एउटा ठाउँ बनाएर एउतै ठाउँमा क्रिसि गर्दै बस्न थाले, त्यहाँ कार्य बिभाजन हुन थाल्यो, अनि कामदार र खेत धनि भनेर बर्गिकरण हुन थाल्यो, अनि खेतधनि हरुले कामदार लाई सोसण गर्न थाले र उनीहरु धनि हुन थाले, एसले धनि र गरिब भन्ने चिज को आविस्कार गर्यो. येसरी मानब समाज बढ्दै गयो र त्यो गाउ, क्षेत्र हुदै संसार भरि नै छरियो, अनि तेस्ले तेरो र मेरो क्षेत्र भन्ने कुरा को बिकाश गर्यो. कसले ठुलो पर्खाल बनाउने, कसले राम्रो हतियार बनाउने यित्यादी कुरा हुन थाल्यो र मानब हरु एक अर्का संग लड्न थाले र अर्का को समान, बस्तु र जनावर प्रति आफ्नो अधिकार जमाउन खोज्न थाले. यसै गरि बिगत ५-६ हजार वर्ष मा धेरै युद्ध भयो. तैपनि असमानता को दृस्टी ले हेर्दा करिब ४०० वर्ष अगाडी सम्म पनि सारा संसार लगभग उत्तिकै गरिब वा धनि थियो. Per Capita Income को हिसाब ले हेर्दा, सन् १५०० भन्दा अगाडी करिब एक हजार वर्ष सम्म संसार को सबै भन्दा धनि क्षेत्र हाल को चिन थियो भने तेस पछि बिस्व ब्यापार को आधार मा नेदरल्यांड्स सबै भन्दा धनि थियो कि भन्ने आर्थसास्त्री हरुको अनुमान छ. तर Industrialization पछि भने यूरोपेली मुलुक हरु स्वात्तै माथि पुगे तर बाकी बिस्व भने जस्ता को तस्तै बस्यो. विविन्न आविस्कार क कारण युरोप धेरै माथि पुग्यो र तेस्ले असमानता लाई थप वृद्धि गर्ने काम गर्यो. तर युरोप भित्रै पनि धनि र गरिब बीच असमानता उत्पन्न गरायो र तेस्ले कार्ल मार्क्स / कम्युनिजम को जन्म दियो. मार्क्स ले एस्तो असमानता राम्रो हैन तेसैले देश मा भएको सम्पति जत्ति सबै मान्छेलाई बराबर रुप मा बाढ्नु पर्छ भने. सुरुमा त सबैलाई यो आइडिया राम्रो लाग्यो तर समय बित्दै जादा कम्युनिजम त खतरनाक हुने रैछ, एसले त सबै सखाप पार्ने रैछ भन्ने कुरा पुस्टि भयो. यो कुरा लाई फेरी गहिरो रुप ले बुझौ कि कम्युनिजम किन घातक हुन्छ. एसको लागि अर्को उदाहरण लिउ.

एउटा देश छ जहाँ २ जना मान्छे बस्छन. मित्तल र आइते. मित्तल दुख गरेर काम गर्छ र महिना को ३००० रुपिया कमाऊछ. आइते अल्छि छ र काम गर्न जादैन. कम्युनिजम को नीति सबैमा उत्तिकै बाड फाड गर्ने हो. भनेको मतलब, देश को ३००० रुपिया मा मित्तल ले १५०० पायो, आइते ले १५०० पायो. अनि मित्तल ले सोच्छ, " म दुख गरेर ढाड खुस्काइ काम गर्ने, अनि आधि त्यो अल्छि आइते लाई दिनु पर्ने ? " कुरा ठिकै हो. अनि आइते ले सोच्छ, " मलाई कामै नगरी १५०० आइराछ, म किन बेक्कार मा दुख गर्ने ? " त्यो कुरा पनि ठिकै हो. अनि मित्तल पनि काम गर्न जादैन, र देश मा एक पैसा पनि बाकी हुदैन र दुवै जना भोकै बस्नु पर्ने हुन्छ. अब यो केस मा त्यहाँ को सरकार ले intervene गर्छ र भन्छ " तिमीहरु दुवै जना काम गर्न गएनौ भने म गोलि ठोकदिन्छु " . र उनीहरु दुवै जना काम गर्न त जानछन् तर कामचोर भै बिस्तारै गर्छन, जसले गर्दा Productivity घट्छ र बिस्तारै बिस्तारै देश को आर्थिक अवस्था नै डामाडोल हुन्छ, र तेस्ले भॊकमरी ल्याऊछ किनकि एउटा ले सोच्छ , " अर्को ले काम गरि हाल्छ नि म किन धेरै गर्ने, अर्को ले पनि सोच्छ, " खान, बस्न सबै बाड्ने हो क्यारे, अरुले काम गरेकै छन्, म बिस्तारै गर्छु " हो तेस्ले समानता त ल्यायो तर सबै लाई उत्तिकै गरिब बनायो र यो कुरा सरकार ले बुझेर हरेक कुरा मा कडा कन्ट्रोल गर्न थाल्यो . आम मानिस स्वतन्त्रता चाहन्छ र कसैले पनि आफ्नो व्यक्तिगत जिबन वा रोजगार मा हस्तक्ष्यप गरेको हेर्न चाहदैन, तर कम्युनिजम मा सरकार ले राम्रो काम नगर्ने लाई कारबाही गर्ने क्रममा सरकार आफै तानासाही भएर निस्कन्छ. र बिस्तारै मानिस हरु सरकार को बिरुद्ध बोल्न थालछन्, अनि गोप्य व्यक्ति हरुको प्रयोग गरि मारकाट हुन थाल्छ, तेसैले संसार का जति पनि कम्युनिस्ट नेता थिए जो पहिले समानता को नारा ले सत्ता मा आए, सबै बिस्तारै तानासाही भएर निस्केका छन्. उदाहरण को लागि हामी उत्तर कोरिया, रसिया का लेनिन र स्टालिन अथवा चिन का माओ लाई हेर्न सक्छौ. कम्युनिजम ले उभो गति मा नलैजाने कारण ले नै चिन , रसिया र धेरै अफ्रिकी मुलुक हरुले यो सिद्दान्त लाई त्यागी सकेका छन्.

अर्को तिर हेर्दा कम्युनिस्ट देश मा येस्ता पेसा पनि हुन्छन कि जहाँ मान्छे हरु प्राय बेरोजगार हुदैनन्, जस्तै डाक्टर. अब मानौ डाक्टर ले काम त राम्रोसंग गर्ला तर उसले त्यो सिप सिक्न को लागि भनेर ५,,७ वा त्यो भन्दा बढी वर्ष बिताएको हुन्छ, तर बराबर बाड्ने कारण ले उसले एउटा कनडाक्टर ले जति कमाऊछ तेती नै कमाऊछ. तेसो हो भने उसले ७ वर्ष लाएर किन डाक्टरी पढ्ने ? यो उदाहरण बाट के प्रस्ट गर्न खोजेको हो भने, सत प्रतिसत समानता हुनु हुदैन, त्यो ठिक पनि हुदैन. अल्छि गर्ने आइते भन्दा दुख गर्ने मित्तल ले बढी पैसा कमाऊनै पर्छ. एस प्रकार को असमानता राम्रो पनि हो. हाम्रो नीति भनेको Fairness हुनु पर्छ, सत प्रतिसत समानता हैन. असमानता केहि हद सम्म राम्रो हो र स्वार्थ पनि केहि हद सम्म राम्रो हो किनकि एसले नै बिस्व लाई चलाई रहेको छ. स्वार्थ ले बिस्व कसरि चल्छ भनेर बुझ्न अर्को उदाहरण लिउ: एउटा चिया पसले बिहान ४ बजे उठेर चिया बेच्छ. उसले चाडै उठ्ने, पानी ल्याउने, दाउरा बाल्ने, दुध ल्याउने अनि चिया पकाउने भएको कारण ले बिहान अरु मान्छे ले तातो चिया को आनन्द लिन पाउछन्. तर त्यो चिया पसले ले अरुलाई सबेरै चिया खुवाएर समाज सेवा गर्छु भनेर दुख गरेको हैन, उसले पैसा कमाउनको लागि दुख गरेको हो, तर तेही पैसा कमाउने क्रम मा अरुले पानी तेस्को फाइदा लिन सके र चिया पसले र ग्राहक दुवै खुसि भए. त्यो स्वार्थ ले दुवैलाई फाइदा गरायो. बिल गेट्स ले संसार का मानिस ले कम्प्युटर चलाउन पाउन भनेर कम्प्युटर आविस्कार गरेको हैन, पैसा कमाउन लाई हो, तर तेस्ले हामीलाई पानी फाइदा पुर्यायो, लाखौ लाई रोजगारी दिलायो र उसले पैसा पनी कमायो. कसैले केहि फ्याक्ट्री खोल्छ वा पसल खोल्छ भने त्यो आफ्नो स्वार्थ पुरा गर्न को लागि हो, तर तेस्ले अरुलाई पनी फाइदा पुर्याउछ . बिल गेट्स को उदाहरण किन दिएको भने उ संसार को सबै भन्दा धनि मान्छे हो, उ बिस्व का १०० ओटा देश भन्दा पनी धनि छ, पुरै नेपाल भन्दा पनी धनि छ. तर उसले कसैलाई लुटेर पैसा कमाएर असमानता बढेको हैन, उसले आफ्नो Creativity प्रयोग गरेर तेस्मा जिबन बिताएर, दुख गरेर कमाएको पैसा हो र कोइ कसैले पनी बिल गेट्स ले त्यो पैसा नहुने संग बाड्नु पर्छ भन्छ भने त्यो गलत हो. तैपनि बिल गेट्स ले आफ्नो ९९% सम्पति सामाजिक कार्य मा दिने भन्ने बाचा गरेको छ र दिएको पनी छ. एसको मतलब केहो भने, हामीले जो कोहि धनि व्यक्ति लाई हेर्छौ र " यो येति धनि छ, अर्को येति गरिब छ " भन्छौ तर जसले केहि राम्रो काम गरेर पैसा कमाएको छ, त्यो असमानता खराब हैन, किनकि खुल्ला प्रतिस्पर्धा मा आधारित अर्थतन्त्र जसलाई हामी Social Market Economy / Market based Economyभन्छौ येस्मा एउटा लाई गरिब नबनाई कन अर्को धनि हुन सक्छ जसलाई हामी Economic Growth को संज्ञा दिन्छौ

असमानता का कारण हरु जस्तै सिक्ष्या, सरकारी नीति, भूगोल , व्यक्तिगत जिबन सैली यित्यादी लाई छोडेर अन्त्य मा हेरौ, असमानता किन नराम्रो हो र एस्लाई घटाउन के गर्न सकिन्छ.

असमानता किन नराम्रो हो भने, येदि आइते का छोरा छोरिको आम्दानी भैदेको भए उनीहरुले देश लाई केहि कर पनी तिर्थे, र त्यो देशले तेइ पैसाले बाटो , सिक्ष्या वा अन्य ठाउँ मा प्रयोग गर्न सक्थ्यो. आइते का छोरा छोरि ले सिक्ष्या नपाउदा उनीहरुको Talent पनी खेर गयो. न उनीहरुको दिमाग मा क्यान्सर को औसधि पत्ता लाउने सक्ति थियो कि, न उनीहरुले पानि बाट चल्ने गाडी को आविस्कार गर्थे कि. तेस्रो कुरा उनीहरुलाई विविन्न खोप हरु नलगाईएको हुनाले रोग लाग्ने सम्भावना पनी बढी भयो र तेस्ले क्षेत्र वा देश लाई नै असर पर्ने भयो. रोग बारे जानकारी नहुदा पनी रोग लाग्ने सम्भावना बढ्यो, तर यो रोग सरेर धनि मान्छे लाई पनी सर्ने भयो. रोग ले धनि गरिब , जात , देश भाषा केहि पनी भन्दैन, यो फैलिएपछि निरन्तर रुप मा फैलिन्छ र महामारी ल्याउन सक्छ. सबै भन्दा खतरनाक कुरा , जहाँ कुनै जात वा वर्ग लाई समान मौका दियिएको छैन, सोसन गरिएको छ, त्यहाँ कुनै न कुनै दिन बिद्रोह को ज्वाला मुखी फुट्छ फुट्छ, अनि हजारौ वा लाखौ ले आफ्नो ज्यान गुमाउनु पर्छ. समान अवसर भैदिएको भए नेपाली हरु नेपाली कै बिरुद्ध मा उठेर १४००० को ज्यान जादैन थियो होला र ६०००० ले अनाथ हुनु पर्दैन थियो होला. असमानता कै कारण ले सक्तिसाली Roman Empire ढलेको छ, असमानता ले थुप्रै अरु युद्ध हरु निम्त्याएको छ.

गरिबी र असमानता दुइ वटा जोडिएको कुरा हो , तेसैले असमानता को कुरा गर्दा गरिबी को पनी कुरा आउनु स्वाभाबिक हो. गरिबी र असमानता घटाउने कसरि ? एस्लाई घटाउन हामीले जो अवसर बाट पिडित छ, उसमा ध्यान केन्द्रित गर्नु पर्ने हुन्छ. गरिबी हटाउनु हाम्रो उदेस्य हुनु पर्छ अनि असमानता आफै कम हुन्छ. सबै भन्दा पहिले मान्छे स्वस्थ हुनु पर्यो, तेस्को लागि उसले चाहिने आहार पाउनु पर्यो. येसैको लागि भनेर भारत ले ३० अरब डलर को Nutrition Program अघि ल्याएको छ ताकी सबै ले सरिर लाई चाहिने पोस्टिक आहार पाउन. नेपाल को संधर्ब मा पनी यो पहिले पाइला हुन्छ किन भने " बच्चा लाई स्कुल पठाऊ" भनेर मात्र पुग्दैन, उसले खाली पेट मा पढ्न पनी सक्दैन र भोको पेट ले Cognitive Abilitiesमा पनी असर पुर्याउछ. तेसैले, पहिला स्वास्थ, अनि खाना, अनि मात्र सिक्ष्या, तेस पछि हामीले रोजगारी मा कुनै पनी तरिका को भेदभाब अन्त्य गर्नु पर्ने हुन्छ नत्र उसले पाएको सिक्ष्या को पनी कुनै मतलब हुदैन. येति भनि सक्दा तपाई हरुको मन मा लागि सकेको होला, भन्न त सजिलो छ तर एसको लागि पैसा चै कहाँ बाट आउछ.

हो, एसको लागि ऋण लिनु पर्यो. नेपाल मा पैसा नभाको हैन, पैसा प्रसस्त छ तर मान्छे हरु ऋण दिन तयार छैनन् किनकि त्यो फिर्ता आउने हो कि हैन ठेगान छैन. येस्ता गरिबी निवारण का प्रोग्राम मा बिदेसी संघ संस्था हरुले पनी मद्दत गर्ने प्रतिबद्दता जनाएकै छन् तर नेपाल सरकार आफ्नै संबिधान बनाउने, र कुर्सि जोगाउने ध्याउन्न मा ब्यस्त हुदा सिरियस समस्या हरु तिर सोच्नै पाको छैन. कुनै पनी बिदेसी ले आएर हाम्रो समस्या सुल्झाई दिदैन, हामी आफैले सुल्झाऊनु पर्छ. तेसका लागि हामी संग नीति हुनु पर्छ. गरिबी निवारण का लागि हामीले अहिले ऋण गरेर पैसा लिदा २० वर्ष मा त्यो पैसा को लगानी सजिलै उठ्छ.

हामी संग २ ओटा अप्सन छन्, कि हामीले अहिले जे जस्तो छ तेस्लाई तेत्तिकै छोड दिनु पर्छ तर तेसो गर्दा यो समस्या हामी संग अर्को ५०० वर्ष सम्म पनी यथावत रहन्छ. कि हामीले अहिले ऋण लिएर तेस्को ब्याज तिरेरै " Human Capital अर्थात् व्यक्ति को सिप मा लगानी गर्नु पर्यो , वा सिक्ष्या प्रणाली मा लगानी गर्नु पर्यो जसले हामीलाई २०-३० वर्ष मा यो ऋण चुक्ता गर्न मद्दत गर्छौ र तेस द्वारा यो ऐतिहासिक समस्यालाई सदा को लागि समाधान गर्छौ. कुन अप्सन छान्ने हो त्यो हामी मा भर पर्छ.

र अन्त्य मा सुरुवात कसरि गर्न सकिन्छ भन्ने कुरा बंगलादेश का अर्थासास्त्री र नोबेल पुरस्कार बिजेता मोहमद युनुसले देखाई सकेका छन्. कोइ गरिब ले आफ्नै सानो ब्यापार गर्न खोजे पनी बैंक ले उसलाई ऋण दिदैन किनकि ऊ संग ऋण लिन का लागि चाहिने Security हुदैन. तेस्तै गरिब लाई छानेर मोहमद युनुस ले माइक्रो क्रेडिट भनिने, थोरै भन्दा थोरै ऋण दिन थाले. त्यो पैसा ले गरिब हरुले सानो सानो काम गर्न थाले जस्तै घडी बनाउने पसल खोल्ने हुन्छ कि, जुत्ता सिउने हुन्छ कि, समान बेच्ने हुन्छ कि , तरकारी खेति गर्ने हुन्छ कि , चिया पसल खोल्ने हुन्छ कि जसो गरेर जीविकोपार्जन गरि आफ्नो जिबन स्तर सुधारे र छोरा छोरि लाई पढाउन सफल भए. र बिस्तारै त्यो ऋण पनी तिरे. ति माइक्रो क्रेडिट लिएर सुरुवात गर्ने मान्छे का छोराछोरि आज ठुलो ठुलो ठाउँ मा पुगेका छन्. माइक्रो क्रेडिट ले दसौ लाख मान्छे लाई गरिबी को रेखा बाट उचालेको छ र आज यो प्रक्रिया बंगलादेश मात्र नभई बिस्व भरि नै फैलिएको छ. एसले गरिबी निवारण का साथ साथै असमानता पनी घटाएको छ.

अर्को कुरा, एसले सान्ति ल्याएको छ. रोजगार नहुदा गरिब हरुले पेट पाल्न का निम्ति चोरेर, लुटेर पनी खानु पर्ने हुन्थ्यो होला, तेस्ले हिम्सा उत्पन्न गर्थ्यो होला र धेरै को ज्यान पनी जान्थ्यो होला तर रोजगारी ले त्यो सबै कुरा हुन बाट बचाएको छ. तेसैले नै मोहमद युनुस लाई अर्थशास्त्र को नभई सान्ति को लागि नोबेल पुरस्कार दियिएको थियो किनकि रोजगारी ले सान्ति स्थापना गर्यो.


माथि उल्लेख कुरा हरु मा सुधार गरे र तेही अनुसार को नीति ल्याए धेरै हद सम्म असमानता घटाउन सकिन्छ.  

Monday 22 September 2014

मुल्यबृद्धि किन हुन्छ ?

By: Bikal Dhungel 



मूल्यवृद्धि नेपाल को एक प्रमुख समस्या हो जसले सबै स्तर को मान्छे को जिबन मा प्रभाब पार्छ. बिशेस गरि गरिब दिन-दुखि लाई यो जिबन र मरण को बिषय हुन्छ. तैपनि नेपाल सरकार ले येसको समाधान गर्न को लागि केहि कदम चालेको जस्तो देखिन्न र मुल्यबृद्धि लाई राम्रो संग बुझेको जस्तो पनि देखिदैन. गत हप्ता साझा सवाल मा येस बिषय मा बहस गरियो तर एक ले अर्का लाई दोस लाउने बाहेक केहि छलफल भएन. तेसैले, यो लेख मार्फत छोटो र सरल रुप मा भन्न चाहन्छु, मुल्यबृद्धि के हो.

आर्थशास्त्र अथवा अंग्रेजी मा Economics ले भन्छ: मूल्य २ ओटा तत्व ले निर्धारण गर्छ, माग (Demand) र आपूर्ति (Supply) . कुनै पनि चिज को माग धेरै छ तर आपूर्ति कम छ भने तेसको मूल्य बढी हुन्छ र ठिक उल्टो कुनै पनि चिज को माग थोरै छ तर आपूर्ति धेरै छ भने तेसको मूल्य कम हुने गर्छ. उदाहरण को लागि, हिरा को आपूर्ति कम छ तेसैले मूल्य बढी हुन्छ र नुन को आपूर्ति धेरै छ तेसैले मूल्य पनि कम नै हुने गर्छ. धेरै मात्रा मा हिरा आपूर्ति गर्ने हो भने तेसको मूल्य पनि घट्दै जानेछ. तेसैले, माग र आपूर्ति को नियम बुझ्नु मूल्य वृद्धि लाई बुझ्ने पहिलो पाइला हो. दोस्रो कुरा, हामीले समान को मूल्य कसरि निर्धारण गरिन्छ भन्ने बुझ्नु पर्ने हुन्छ. यो सामान्य छ, त्यो समान बनाउन लागेको खर्च जस्तै ठोस पदार्थ का मूल्य, कामदार को ज्याला, ढुवानी खर्च, सरकार लाई बुझाउनु पर्ने कर र अन्त्य मा त्यसबाट लियिने नाफा लाई मध्यनजर गरेर समान को बजार मूल्य तोकिन्छ.

येस मद्दे कुनै पनि चिज, ज्याला, ढुवानी अथवा अन्य कुरा मा मूल्य घटाउन सकियो भने पुरै सामान को मूल्य घटाउन सकिन्छ तसर्थ धेरै बिक्रि गराउन सकिन्छ. अमेरिकी र यूरोपेली कम्पनी हरुले भारत र बंगलादेश जस्ता देश हरुमा उत्पादन गराउनु सामान को मूल्य घटोस र फाइदा बढोस भनेर नै हो किनकि अमेरिका मा उत्पादन गर्नु भन्दा बंगलादेश मा उत्पादन गर्दा कामदार र अन्य खर्च कम हुन्छ र त्यो सामान ढुवानी गरेर फेरी अमेरिका नै पठाउनु धेरै सस्तो हुन आउछ. येही कारण ले हालसाल नाइक, वाल्मार्ट , ग्याप, जारा जस्ता ठुला कम्पनी हरु सामान बंगलादेश मा उत्पादन गरि अन्य ठाउँ मा निकासी गर्ने गर्छन.
अब नेपाल को सन्धर्व मा फर्केर आउदा, नेपाल आयात मा निर्भर देश हो. यहाँ आउने प्राय सामान विदेश बाट आयात गर्नु पर्ने हुन्छ. तरकारी कै उदाहरण लिनु पर्दा विदेश बाट भित्रिने तरकारी मा ढुवानी खर्च बढी हुने हुन्छ, साथसाथै आयकर पनि तिर्नु पर्ने हुदा मूल्य बढ्ने गर्छ. तेसैले स्वदेश भित्रै उत्पादन बढाउनु भनेको मूल्य कम हुनु र जनता ले राहत पाउनु हो. येसले बाताबरणमा पनि सकारात्मक असर पार्छ. येति भन्दा भन्दै यो पनि बुझ्नु जरुरि छ कि स्वदेश मै उत्पादन हुनु भन्ने बित्तिकै मूल्य कम हुने अवस्य हैन. कुनै सामान अरु देश ले सस्तो र भरपर्दो उत्पादन गर्न सक्ने हुन्छ जसलाई अर्थसास्त्र मा 'कमपाराटिभ आडभानटेज' भनिन्छ. स्वदेश मै कम मूल्य मा उत्पादन गर्न सिप चाहियो, तेसका लागि चाहिने संरचना हरु बनाउनु पर्यो, नियम बनाउनु पर्यो र बजार लाई नियन्त्रण गर्ने निकाए हुनु पर्यो. बजार पनि नियम अनुसार नचले येसले समस्या हरु उत्पन्न गराऊछ. एक जल्दो बल्दो उदाहरण हो " स्पेकुलेसन् " जसको ठेट नेपाली सब्द मलाई थाहा भएन. स्पेकुलेसन् को उदाहरण दिनु पर्दा , हामीलाई थाहै छ कि अरु बेला भन्दा दशैं को बेला खसी को बिक्रि धेरै हुन्छ र मूल्य पनि बढी पर्छ. अब मानौ कि एक जना व्यक्ति ले काठमाडौँ भित्रिएका सबै खसी किनिदियो र गोठ मा ल्याएर राखिदियो. बजार मा खसी नपाएर दशैं को मुख मा मान्छे हरु खसी खोज्दै हिड्न थाले र पाए देखि तेसको लागि बढी मूल्य पनि तिर्न तयार भए. अनि त्यो लुकाउने मान्छे ले गुप्त रुप मा बढी मूल्य मा खसी बेच्न थाल्यो र नाफा कमाउन थाल्यो. यो स्थिति मा सरकार ले तेस्तो व्यक्ति लाई कारबाही गर्न नसक्दा साधारण जनता मार मा अवस्य पर्ने भए. यो नियत ग्यास मा पनि देख्न सकिन्छ. कोहि बिक्रेता ले ग्यास लुकाएर बढी मा बेचेको कुरा बेला बेला मा सुन्न मा आइन्छ. मूल्य वृद्धि को कारण तेही हो. अमेरिका को मोर्टगेज बजार अर्थात् घरजग्गा किनबेच मा धेरै भन्दा धेरै स्पेकुलेसन् को कारण ले २००७ मा बिस्व भरि नै आर्थिक मन्दी आएको थियो. स्पेकुलेसन् आफै मा खराब भने हैन, येदि हामीलाई थाहा छ कि भोलि पानी पर्नेछ र पसल जान सकिदैन भने हामी आजै खानेकुरा किन्छौं . यो पनी एउटा स्पेकुलेसन् हो. स्पेकुलेसन् भनेको सिधा अर्थ मा बुझ्दा अनुमान हो. तैपनि २-४ जना मान्छे ले कारणबस भोलि को साटो आज सामान किन्दैमा त्यो सामान को मूल्य तत्काल बढ्दैन. तेसैले एस्तो स्पेकुलेसन् ले अरु मान्छे लाई मार मा पार्दैन. तर येदि कसैले आफु फाइदा खान को लागि मौका को फाइदा उठाई अरु मान्छे लाई समस्या मा पार्छ भने त्यो गलत हो. नेपाल मा येस्ता खालका फाइदा खान को लागि गरिने स्पेकुलेसन् ग्यास, तेल, चिनी, चामल र अन्य खाद्द्य बस्तु हरुको बजार मा देखिन्छ.

मूल्य वृद्धि को अर्को प्रमुख कारण नेपाल को भौतिक पुर्बाधार हो. सुनकोशी मा आएको पहिरो ले चिन बाट आयात गरिने सामान ठप्प भएको छ किनभने चिन को सामान आउने राजमार्ग तेही मात्र एक हो. येसको मतलब, आपूर्ति मा कमि हुनु र माथि उल्लेख नियम अनुसार मूल्य स्वत बढ्नु. बाटो बन्द भएर सामान नआउदा बढेको मूल्य को कारण हामीले बिक्रेता लाई गाली गरेर तेसको अर्थ हुदैन. मानौ म एक आलु बिक्रेता हुँ र प्रति किलो १० रुपिया मा बेच्दै आएको छु. आज बिहान सुन कोशी मा पहिरो गयो र सामान आयात हुन पाएन. रेडियो टीबी मार्फत जनता ले त्यो कुरा थाहा पाए तेसैले भोलि वा पर्सि को लागि समेत मसंग आलु किन्न आए. ३ जाना मध्धे एउटा ग्राहक ले भन्छ " म १ किलो आलु लाई १० को साटो १५ रुपिया दिन्छु, अर्को ले भन्छ म २० दिन्छु र तेस्रो ले भन्छ म २५ दिन्छु " , म र सायद तपाई पनी तेही २५ दिने ग्राहक लाई बेच्नु हुनेछ. यो स्थिति मा कसैले त्यो बिक्रेता लाई महंगी को दोष दिएर हुदैन, महंगी उसले ल्याएको हैन, महंगी पहिरो को कारण ले भएको हो. येदि सरकार ले चिन बाट आउने अर्को बैकल्पिक बाटो निर्माण गरिदिएको भए एक ठाउँ मा पहिरो जाने बित्तिकै तेसरी मूल्य वृद्धि हुदैनथ्यो किनकि सामान अर्को बाटो बाट पनी ल्याउन सकिन्थ्यो. प्राकृतिक प्रकोप जस्तै, द्वन्द, राजनीतिक अस्थिरता र दुइ देश बीच को झगडा पनी हुन्छ. नेपाल को चिन वा भारत संग लडाई परेको खण्ड मा नेपाल जाने सामान अनिश्चितकालिन रोक लगाउन सक्छन जसले नेपाल मा भोकमरी को सिर्जना गराऊन सक्छ.

सन् १९७३ मा तेल निर्यात गर्ने राष्ट्र हरुको संगठन ओपेक ले इजरायल लाई समर्थन गरेको निउ मा पश्चिमी मुलुक हरुमा तेल निर्यात मा रोक लगाएको थियो जसले युरोप र अमेरिका को अर्थतन्त्र मा नकारात्मक असर परेको थियो. त्यो घटना ले तेल मा निर्भर हुने क्रम घटाउन यूरोपेली मुलुक हरुमा ग्रीन इनर्जी प्रति को लोकप्रियता बढाईदियो. येसले के जनाउछ भने २ देश बीच को द्वन्द वा दुस्मनी ले पनी महंगी द्वारा साधारण जनता लाई मार मा पार्छ.

मूल्य वृद्धि को कुरा गर्दा सरकार को नीति लाई छोड्न सकिन्न. मूल्य भनेपछि पैसा को कुरा आउछ, पैसा को मामिला हेर्ने सरकारी निकाय राष्ट्रबैंक हो. सबै बैंकहरुको आमा राष्ट्रबैंक. मुद्रा नीति राम्रो नहुदा तेसको असर अर्थतन्त्र माथि पर्न जान्छ. हुन त राष्ट्रबैंक राजनीतिक हस्तछेप बाट पर नै हुन्छ तर केहि हद सम्म भने राष्ट्रबैंक मा पनी राजनीतिक प्रभाब परेकै हुन्छ. राष्ट्रबैंक को प्रमुख नीति आर्थिक वृद्धि मा सहयोग पुर्याउने र स्थिरता ल्याउने हो जसको अर्थ यो हैन कि राष्ट्रबैंक ले जति भन्यो तेती पैसा छाप्न पाउछ. राष्ट्र बैंक का अर्थशास्त्री हरुले आर्थिक वृद्धि वा गिरावट को आधारमा अर्थतन्त्रमा कति पैसा पठाउने वा कति पैसा फिर्ता लिने निर्णय गर्छन. अर्थतन्त्रमा धेरै वृद्धि हुदा तेस्लाई "ओभरहिटिंग" हुन नदिन राष्ट्र बैंक ले ब्याजदर बढाउने गर्छ र आर्थिक मन्दी भएको बेलामा लगानी बढाऊन प्रेरित गर्न ब्याजदर घटाउछ. लगानी बढ्दा रोजगारी सिर्जना हुन्छ. तर बास्तविकता मा ठ्याक्कै कति पैसा छाप्ने भन्ने कुरा सजिलो छैन. युरोप र अमेरिका का नोबेल पुरस्कार पाएका अर्थसास्त्री हरुले गरेको हिसाब पनी सत्प्रतिसत मिल्दैन किनकि अर्थ तन्त्र मा प्रतेक दिन धेरै लेनदेन, र व्यापार हुन्छ जुन ठ्याक्कै कति ले घट्यो कति ले बढ्यो येकिन गर्न गारो हुन्छ. तैपनि नेपाल राष्ट्रबैंक यो काम मा असफल नै भएको देखिन्छ. अर्थशास्त्र को साधारण नियम अनुसार आर्थिक वृद्धिदर भन्दा बढी पैसा छाप्दा देश मा भएका बस्तु ( गुड्स एंड सर्भिसेस ) जत्ति का तत्ति हुने तर पैसा को मात्रा बढ्दा तेस्ले मूल्य वृद्धि गराऊछ. येसको थोरै फाइदा हरु छन् तर धेरै बेफाइदा हरु पनी छन्. येस किसिम को मूल्य वृद्धिलाई "इन्फ्लेसन" भनिन्छ. येस प्रकार को मूल्य वृद्धि बुझ्न का निम्ति 'इन्फ्लेसन' के हो बुझ्नु पर्ने हुन्छ, र तेसका लागि यो एक उदाहरण लिउँ, एउटा देश मा एक गोठाला छ र उसको एउटा गाई पनी छ, र त्यो देश मा १०० रुपिया छ. यो भन्नु को कारण त्यो गाई को मूल्य १०० रुपिया हो. अब मानौ त्यो देश ले अर्को १०० रुपिया पनी छाप्ने निर्णय गर्यो. तर गाई त एउटा मात्रै छ, बढेको छैन. भन्नु को मतलब बस्तु बढेको छैन, तर पैसा को संख्या मात्र बढ्यो, र त्यो गाई को मूल्य २०० भयो. यो उदाहरण मा पैसा मात्र बढी छापेर केहि पनी फरक परेन. त्यो देश धनि भएन. अब मानौ त्यो गाईले बाच्छो पायो, र २ वर्ष पछि त्यो बाच्छो ले पनी दुध दिन थाल्यो र उसले आम्दानी गर्ने हुदा र बस्तु को संख्या बढेको हुदा राष्ट्रबैंक ले अर्को ५० रुपिया छाप्यो किनकि त्यहाँ बस्तु पनी धेरै छ. यो भन्नु को मतलब त्यो देश मा एउटा बाच्छो को आर्थिक वृद्धि भयो र त्यो देश हिजो को भन्दा धनि भयो. एकछिन को लागि मानौ कि माथि उल्लेख गरिएको गोठाला छिमेकि देश मा बस्छ, र उसको तलब ले आफ्नै ठाउँ मा सामान किन्छ. एउटा मात्र गाई हुदा उसको तलब १० रुपिया थियो तर दुइटा गाई हुदा उसको तलब मा पनी वृद्धि भएर १५ रुपिया हुन गयो. उसको तलब बाट उसले छोराछोरि को भबिस्य को लागि भनेर ५ रुपिया बचत गर्दै आएको थियो. मानौ त्यो देश को राष्ट्रबैंक ले कुनै कारण बस पैसा को मात्रा १० गुना ले बढाईदियो. तेसो गर्दा त्यो गोठाला को तलब पनी १० गुना ले बढेर १५० त भयो तर तलब बढेपछि उसले उपभोग गर्ने सामान को पैसा पनी तेही अनुसार बढ्यो. तेसैले झट्ट हेर्दा त कुनै समस्या देखिएन तर अब अर्को प्रस्न उठ्छ कि उसले हिजो १५ रुपिया तलब पाएको बेलामा जुन ५-५ रुपिया बचत गरेको थियो, त्यो पैसा ले उसले अब सामान किन्न सक्दैन किनकि मूल्य १० गुना ले बढेको छ. भनेको मतलब, उसको बचत सखाप भयो. तेसैले इन्फ्लेसन ले हिजो ऋण लिएर आजको पैसा मा तिर्ने मान्छेलाई त राम्रै होला तर एउटी बुढी आमा जसले जिबन भरि दुख गरेर बुढेसकाल को लागि बचत गरेर राखेकी थिन, उनको बचत सबै ध्वस्त भयो. तेसैले इन्फ्लेसन ले जहिले पनी गलत व्यक्ति लाई असर पार्छ.

यो एउटा सजिलो उदाहरण मात्रा भयो, तर बास्तभिक जिबन मा इन्फ्लेसन कम्प्लीकेटेड छ किनकि मूल्य वृद्धि एउतै गति मा हुदैन. येदि मान्छे को तलब पनी ५% ले बढ्ने हो, मूल्य वृद्धि पनी ५% ले हुने हो र मान्छे ले बिगत मा बचत गरेको पैसा को ब्याज दर पनी इन्फ्लेसन जति छ, तेती प्रतिसत नै पाउने हो भने मूल्य जति वृद्धि भए पनी तेस्ले कुनै असर पार्दैन. तर बास्तबिक जिबन मा मूल्य सबै तिर एउतै गति ले बढ्दैन, तलब पनी सबैको बढ्दैन, र बेरोजगार, बिद्यार्थी र काम गर्न नसक्ने अन्य वर्ग हरु मूल्य मात्र बढ्दा मार मा पर्ने हुन्छन. इन्फ्लेसन को कारण ले अर्जेन्टिना, जिम्बाब्वे र अन्य मुलुक ठुलो संकट मा परेका थिए . जिम्बाब्वे मा गन्नै नसकिने मात्रा मा पैसा छापेको हुनाले र तेस्ले पैसा को मूल्य अथवा किन्न सक्ने शक्ति ( पर्चेजिंग पावर ) घटेको हुदा सरकारी कर्मचारी लाई तलब पनी नगद नभई जिन्सी मा दिने गरिएको थियो, १ अरब जिम्बाब्वे डलर को एउटा नोट हुने गर्थ्यो . इन्फ्लेसन ले इतिहास मा युद्ध पनि  निम्त्याएको  छ. १९२० को दसक मा बिस्व आर्थिक मन्दी हुदा जर्मनी मा अति इन्फ्लेसन हुदा तेस्ले मध्यम बर्गीय मानिश हरुको बचत सबै खत्तम पारिदियो, र लाखौ मानिश बेरोजगार भए जसको कारण उनीहरु उघ्र हुन पुगे र तेस्ले हिटलर को जन्म दियो. हिटलर कै कारणले पछि दृतिय बिस्व युद्ध हुदा ८ करोड भन्दा बढी मान्छे ले ज्यान गुमाउनु पर्यो र धेरै धनजन को छ्यति भयो.

अब आजको नेपाल को परिबेस मा फिर्ता आउँ. ३० लाख भन्दा बढी नेपाली विदेश मा बसछन्. तिनीहरु बाट हरेक महिना/वर्ष पठाइने पैसा जसलाई रेमिटान्स भनिन्छ, त्यो व्यापक रुप मा बढी रहेको छ. नेपाल को अर्थतन्त्र को एक चौथाई भन्दा बढी पैसा रेमिटान्स भित्रने गर्छ. बढी रेमिटान्स भित्रनु भनेको मान्छे को हात मा बढी पैसा हुनु हो. तर दुर्भाग्यबस 'गुड्स एंड सर्विसेस ' को मात्रा भने थोरै मात्र बढेको छ. येसको असर , माथि उल्लेख गरिएको उदाहरण जस्तै, भएको सामान को भाउ बढ्ने मात्र हो. येदि मान्छे हरुको हात मा पैसा धेरै र त्यो पैसा लगानी गरेर तेस्ले रोजगारी सिर्जना गरेर बस्तु को मात्रा पनी बढेको भए तेस्लाई आर्थिक वृद्धि भन्न मिल्थ्यो, तर बस्तुभाउ जत्ति का तत्ति, पैसा मात्रै धेरै हुदा त्यो पैसा महंगी ले खाईदिन्छ तर मान्छे को जिबनस्तर जति बढ्नु पर्ने हो, तेती बढ्दैन. पैसा हुन्जेल मान्छे ले सामान महंगै तिरेर पनी खरिद गर्न सक्छ तर जब उ संग पैसा हुदैन, उ ठुलो समस्या मा पर्छ. तेसैले, जब खाडी मुलुक हरुमा भौतिक संरचना बनाउने काम सकिन्छ र नेपाली कामदारहरुको आवस्यक पर्दैन, त्यो दिन नेपाल र नेपाली ठुलो समस्या मा पर्छन. सामान को भाउ घट्न समय लाग्छ तर हामीलाई कतिपय बस्तु दिनहु रुप मा चाहिन्छ र त्यो खरिद गर्ने अवस्थामा हामी हुदैनौ. तेसैले बैदेसिक रोजगार एक 'टाईम बम' पनी हो. आजकै संधर्ब मा हेर्दा पनी जुन परिवार को सदस्य विदेश बाट पैसा पठाऊछन्, उनीहरुलाई महंगी ले तेत्ति असर पारेको छैन, तर जो गरिब छ, जसले नेपालमै मजदुरी गरेर खानु पर्छ, उसको जिबन निकै कस्टकर छ. बैदेसिक रोजगार ले उसलाई झन् चपेटा मा पारेको छ.

मुल्यबृद्धि को अर्को पाटो जनसंख्या वृद्धि हो. नेपाल को जनसंख्या ३ करोड को हाराहारी मा पुगी सकेको छ. खाने मुख धेरै तर बस्तु को मात्रा जत्ति को तत्ति हुदा सामान को मूल्य बढ्नु स्वभाविक हो. बढी मान्छे हुदा खेति गर्ने जमिन मा घर बनाइएका छन्, बाटो घाटो बनाइएका छन् तर खाद्यान्न को माग भने बढी रहेको छ. नेपालमा मात्रै हैन, यो बिस्व भरि नै ठुलो संकट को रुप मा उत्पन्न भएको छ. ७ अर्ब जनसंख्या तेसमाथि व्यापक आर्थिक वृद्धि भएका मुलुक हरु जस्तै चिन, भारत, दक्षिण अफ्रीका , ब्राजिल यित्यादी मुलुक हरुको खाद्यान्न को मूल्य बढाउनु मा ठुलो हात छ. चिन ले बिगत ३० वर्ष मा लगभग ६० करोड मान्छे लाई गरिबी को रेखा बाट माथि उचालेको छ. चिन आज अमेरिका पछि को दोस्रो ठुलो अर्थतन्त्र हो र येसले महंगी बढ्नु मा के असर पार्छ भने, चिनिया नागरिक धनि हुदै जादा उनीहरुले बढी खाद्यान्न को माग गर्छन, र चिन को जनसंख्या १ अरब भन्दा बढी हुदा तेस्ले बिस्व बजार मै सामान को मूल्य बढाईदिन्छ र अरु गरिब देश हरु जुन छन्, त्यहाँ का मानिश ले एकाएक खाद्यान्न त्यो मूल्य मा किन्न सक्ने अवस्था मा हुदैनन्. चिन बाट चामल को माग धेरै आएको, र आफ्नो देश को किसान हरुले बढी मूल्य पाउने हुदा भियतनाम , इन्डोनेसिया यित्यादी का किसान हरु चामल निर्यात गर्न उत्सुक भए. र आफ्नै देश मा सबैलाई खान नपुगेको हुदा ति देश का सरकारले चामल निर्यात मा रोक लगाइदियो. भारत ले पनी चामल निर्यात मा रोक लगाइदियो जसको असर नेपाल मा पनी पारेको थियो तर नेपाल सरकार को आग्रह मा भारत ले नेपाललाई चामल निर्यात गर्न दिएकाले हलुको भएको छ. तेसैले, बिस्व को राजनीतिक र आर्थिक स्थितिले पनी नेपाल मा मूल्यवृद्धि गराऊछ.

मूल्य वृद्धि का यी सबै कारण हरु हुन. कुनै मा हामीले चाहेर पनी केहि गर्न सक्दैनौ, कुनै मा सक्छौ. अब अन्त्य मा हामी अथवा हाम्रो सरकार ले येसको नकारात्मक असर पर्न बाट रोक्न के गर्न सक्छ त ?

- देश भित्रै  उत्पादन मा जोड दिनु पर्यो ताकी हामी संग पैसा को संगसंगै सामान वा बस्तु को पनी वृद्धि होस्.

- सरकार ले बजार व्यवस्था गरिदिनु पर्यो जस्तै कोहि किसान ले आफ्नो तरकारी बजार मा ल्याऊछ भने उसले बिक्रेता ' होलसेलर ' लाई बेच्दा त्यो होलसेलर ले कति सम्म नाफा खाएर उपभोगता लाई बेच पाउने, तेसको सिमा तोक्दिनु पर्यो ताकी उपभोगता मारमा नपरुन.

- खुल्ला प्रतिस्पर्धा हुनु पर्यो ताकी येदि कसैले हामीलाई महँगो मा सामान बेचछ भने हामी अर्को बिक्रेता को मा जान सकौं.

- स्पेकुलेसन को केस मा सरकार ले निघ्रानी गर्दिनु पर्यो ताकी कसैले कुनै अवस्था को फाइदा उठाई जनता लाई असाधारण रुप मा मूल्य वृद्धि गराई मार मा पार्न नसकोस.

- बन्द, हड्ताल र कुनै पनी तरिका ले बजार र किन बेच को प्रक्रिया मा नकारात्मक असर पार्न दिनु भएन. हो प्रजातान्त्रिक मुलुक मा सबैले आफ्नो विचार राख्न पाउछ र आफ्नो स्वतन्त्रता पाउछ तर उसले अरुको स्वतन्त्रता मा हानी पुर्याउनु पाउदैन. आफ्नो माग पुरा गर्न को लागि नेपाल बन्द गर्ने, राजमार्ग अबरुद्ध गर्ने, तोडफोड गर्ने यित्यादी काम को अन्त्य हुनु पर्यो.

- ठुलो स्तर मा सरकार ले कुनै पनी ठाउँ मा जाने सडक को बैकल्पिक मार्ग को स्थापना गरिदिनु पर्यो. बिशेसगरि २० लाख भन्दा बढी मान्छे बसोबास गर्ने काठमाडौँ उपत्यका जोड्ने २ ओटा मात्र राजमार्ग हुनु प्रकिर्तिक प्रकोप को बेला खतरनाक साबित हुन सक्छ. यो हामीलाई सुनकोसी को पहिरोले देखाई सकेको छ.

- लगानी को स्थिति को सिर्जना हुनु पर्यो. यो भनेको राजनीतिक स्थिरता नै हो. राजनीतिक स्थिरता नहुदा नत नेपाली हरुले नै लगानी गर्छन, नत बिदेसी ले नै. झन् भएको क़लकारखाना पनी बन्द हुदा तेस्ले झनै बढी महंगी ल्याऊछ.

- जनसंख्या वृद्धि मा नियन्त्रण ( सिछ्या , परिवार नियोजन )


यी ८ ओटा कुरा अनुसार जादा मूल्य वृद्धि धेरै हद सम्म रोक्न सकिन्छ.