Tuesday 28 August 2018

यो कसको देश हो II

By: Bikal Dhungel 

लभ नै नपरी ट्रेजिडी पर्ने प्रेम चरो हरुको देस हो यो
१५१ वर्षका जुँगे हरु बिद्यार्थी नेता हुने देस हो यो 
२ क्लास पनि नपढेका औंठा छाप हरु कोट टाई ढल्काउदै कोट कै बेज्जत गर्ने नेता हरुको देस हो यो 
पचास वर्षमा २० किलोमिटर दुरीमा भको मेलम्ची ल्याउन नसके पनि ग्रेटर नेपाल चाहियो भन्ने सम्राट असोक हरुको देस हो यो 
नेपालमा भए चै डाक्टर इन्जिनएर नै चाहिने, बिदेसमा बस्ने भएचै जे गर्ने लाइ भएपनि छोरि दिन तयार ससुरा बा हरुको देस हो यो 
देश भित्र चै जनजाती लाइ हेप्ने तर बेलायेतिले दुताबासमा जनजातिको कदर गर्दै आर्मीमा देको सम्मान थाप्न जान आफु तम्सिने बाहुन हरुको देस हो यो 
देशमा इसाई लाइ गर्नु गाली गर्ने तर इसाइकै देश जान घरखेत बेची दुताबासमा भिसा माग्न जाने मगन्तु हरुको देस हो यो 
आफ्नो गाउँ छोडेर जिन्दगीमा कतै नगएको भएपनि ' नेपाल संसारकै सबै भन्दा राम्रो देश हो ' भनेर किट्टान गर्ने बिस्वयात्री हरुको देश हो यो
पुजिबाद को बिरोध गर्ने, समाजबाद र खाओबाद चाहियो भन्ने तर कट्टर पुजीबादी देस अमेरिका, बेलायेत, जापान र अस्ट्रेलिया नै जान खोज्ने राजनीतिमा पोख्त हरुको देस हो यो 
दिउस दिउस धर्म संकृति र हिन्दु राष्ट्र माग्दै आन्दोलनमा, राती राति भैसीको मम को झोल संग धर्मसंस्कृति को जगेर्ना गरिदिने बाल बाबु पण्डित हरुको देस हो यो
ट्रली बस को फोटो हाली यितिहास झल्काउन खोज्ने तर जमानामा आफैले किलिँडर लाइ झुक्याई झुक्याई भाडा नतिर्ने गरेको र ट्रली डुब्न योगदान पुर्याएको बिर्सिने म जस्तो चतुरे हरुको देस हो यो

Saturday 25 August 2018

यो कसको देस हो?

By: Bikal Dhungel 



..........यो कसको देस हो?...........

दिउस दिउस भारत लाइ गाली गर्ने , राती राती भट्टीमा हिन्दि गीत घन्काउदै चिरिप्प पार्ने Twakendra हरुको देश हो यो

कागले कान लग्यो भनेर कसैले हल्ला फैलाउदा सारौटेको गुण भत्काउन हनुमान कट्टु लाउदै कुदने डुकु हरुको देश हो यो

नारि दिबस र भाइ टिकामा आफ्नो दिदि बहिनिको फोटो हाली सहभागी जनाउने तर बाँकी दिन अरुको दिदीबहिनी लाइ चै फिट्टू पनि सम्मान नगर्ने मानबअधिकारकर्मी हरुको देस हो यो

बागमती लाइ धार्मिक पबित्र मान्ने, स्नान गर्ने तर घर गयेसी तेइ खोलामा ढल बगाइदिने धर्मभक्त हरुको देश हो यो

धर्म परिबर्तन गराउने लाइ चै देश निकाला गर्नु पर्छ भन्ने तर चोरी, गुन्डागर्दी, बलात्कारी गरि धर्म फाल्ने हरुलाई चै धर्मगुरु मान्ने हरुको देस हो यो

यूरोपियन युनियन संग बर्सिक ३५० मिलियन भिक् लिएर यूरोपियन युनियन लाइ नै गालि गर्ने राजनीतिक बिस्लेसक हरुको देश हो यो

अरुको देशको नागरिकता पाउन बर्सै पिच्छे डीभी हाल्ने तर आफ्नै देशको मान्छे लाइ 'आयातित नागरिक' भनि नागरिकता दिन हुदैन भन्ने खोक्रे राष्ट्रबादी हरुको देस हो यो

तराईमा जन्मेको बुद्ध हाम्रो हो भनि झ्याली पिट्ने तर तराइका सामान्य जनता लाइ "धोति " भनि गाली गर्ने डाम्ना हरुको देस हो यो

Arrange Marriage गरेर ल्याको २ दिनमा ‘ love of my life’ भनेर फेसबुक status हाल्ने तर जिन्दगि भरि हेरचाह गरेका आमा बाबु लाइ बृद्ध आश्रम मा भर्ना गर्दिने जोइटिंगरे हरुको देस हो यो

आफ्नो गाउँ छोडेर जिन्दगीमा कतै नगएको तर ' नेपाल संसारकै सबै भन्दा राम्रो देश हो ' भनेर किट्टान गर्ने बिस्व यात्री हरुको देश हो यो

अरु देशको सफा खोला नाला हरु अगाडी बसेर फोटो खिचाउने तर आफ्नो देसमा राजधानी कै बीचबाट बग्ने खोलामा गु मात्रै बग्दा पनि कानमा जेल हालेर बस्ने प्रकिर्ती प्रेमी हरुको देश हो यो

गाउँमा खेतबारी बाँझो राखेर काठमाडौँ आउने तर आफै बस्ने घर अगाडी हिलो हुदा धान रोपेर सरकार लाइ गाली गर्ने हली गोठाला हरुको देस हो यो

४७% बच्चा कुपोसन को सिकार हुदा बाल नदिने तर गणेसको मूर्तिले दुध खायो रे भनेर हल्ला चल्दा गाग्रीका गाग्री दुध ढुंगामा खन्याउन जाने गोबर गणेस हरुको देस हो यो

अरु देसले हेप्यो भनेर बम्किने तर धेरै पैसा दान दिनछन् कि भनि संग्युक्त राष्ट्र संघमा अति निम्न स्तरको देश हरुको सुचीमा राख्न लगाउने मगन्त नारायण बुढाथोकी हरुको देश हो यो

बिकास बजेट चै २५% पनि खर्च गर्न नसक्ने तर बिकाश भएन भनेर गोरु ब्याउदा पनि ३०% कर छेराउन खोज्ने कर प्रसाद ओली हरुको देस हो यो

ज्यान बचाउने नर्स हरुलाई मासिक तलब ५-७ हजार भन्दा नदिने तर कतिको ज्यान लिएर साम्सद मन्त्रि बनेका हरुलाई ११ पुस्ता सम्मलाई पुग्ने तलब सुबिधा दिने बिल गेट्स हरुको देस हो यो

बर्सौ सम्म निर्दोषको ज्यान लिएर प्रधानमन्त्री भएका हरुलाई चै १० किलोको फूलमाला ओढाउने, गरिबका बच्चाको ज्यान जोगाउन अनसन बसेका डाक्टर लाइ चै 'Fool' भन्ने मेडिकल माफिया हरुको देश हो यो

घरको झ्याल बाट बाहिर हेर्दा गौरी शंकर हिमाल, से फोकसुन्ड़ो र आमा दब्लम देख्न सकिने तर पनि टिभी खोलि हत्या, हिम्सा, र लुटतन्त्रका समाचार हेर्न रुचाउने बुद्धु हरुको देस हो

यो देस हरिबंस, कुलमान र सन्दुक रुइट को पनि हो । यहाँ बि पी , किसुनजी र पासांग लाम्हो पनि थिए, तैपनि हिम्साकै राजनीति गर्ने हरुको टट्टू बन्न रुचाउने लम्फु हरुको देस हो यो....