Sunday 3 December 2017

Some thoughts on Society IV

By: Bikal Dhungel

मान्छेको सफलता कति धन कमायो भन्ने कुरा लाइ मात्र लिएर मुल्यांकन गरिन्छ । कति मान्छे त बाँच्नु को कारणनै पैसा कमाउन हो भन्ने सोचाइ राख्चन । सफलता लाइ मुल्यांकन गर्ने धन (Capital ) धेरै मद्धे एउटा मात्र पक्ष हो । जसरि एउटा बिद्यार्थीले स्कुलको परिक्षामा हिसाब बिसयमा १०० मा १०० ल्याएको छ तर बिज्ञान, सामाजिक शीक्षा, खेलकुद, जनसंख्या , भूगोल, अंग्रेजी मा १० वा २० वा ३० मात्र ल्याएको छ भने उ फेल हुन्छ , तेसरी नै वास्तविक जिबनमा कुनै व्यक्ति लाइ मुल्यांकन गर्दा आर्थिक स्थिति, स्वास्थ को स्थिति , सामाजिक सम्बन्ध, सामान्य ज्ञान, बिसेस ज्ञान, बौद्दिकता, स्वभाव, खुसि यित्यादी कुरा लाइ पनि समेट्नु पर्ने हुन्छ । यी सबै कुराको मिश्रण ले मात्र को कत्तिको सफल वा कसको जिबन सुखी भन्ने मुल्यांकन गर्नु उचित हुन्छ । तेसैले , धन केन्द्रित जिबन लाइ छोडेर Human Capital, Social Capital, Good Health, Inter-personal Skills, Wisdom, General Knowledge, Specialized Knowledge, Emotional Intelligence, Happiness and Satisfaction, Critical Thinking, Good Intentions मा पनि जोड दिनुस , किनकि कुनै एउटा को कमि ले अरु सबै पक्ष लाइ महत्वहीन बनाइदिन सक्छ |

_________________

जर्मनीमा स्नातक तहमा अर्थसास्त्र अध्यन गर्ने क्रममा एक जना पाको बिद्यार्थी पनि म संगै पढ्थ्यो । ७ वर्ष अगाडी संगै पढाई सकाएको थियौं, उसले सायद उमेरको कारणले होला , पढाइ सम्बन्धित काम पाएन । लामो समय सम्पर्क बिहिन भैयो र हालसालै फेरी सम्पर्कमा आइयो । बिगत ६ महिना देखि जर्मन कम्पनि Siemens को चीन स्थित कार्यालयमा Finance संग सम्बन्धित काम गर्दो रहेछ र चीन जानु अघि करिब ६ वर्ष सुपरमार्केटमा समान बेच्ने काम गरेछ । जर्मनीमा जर्मन हरुलाई नै बिश्वबिध्यालय जानु भनेको ठुलो कुरा हो । स्कुलको पढाई सकाएका करिब ३५% मान्छे मात्र बिस्वबिध्यालय जाने गरेको statistics ले देखाएको छ | तेसैले प्राय बिस्वबिद्यालय सकाएको मान्छे लाइ उचित काम पाउन तेती मुस्किल हुदैन । तैपनि काम नपाउञ्जेल मेरो कक्षाको साथि सानो काम ठुलो काम नभनिकन ६ वर्ष पसलमा समान बेच्ने काम गर्यो र अन्त्यमा राम्रो काम पायो । 

एक दिन आयरल्याण्ड को कर्क सिटि बाट डब्लिन जाने क्रममा बसको सिटमा संगै बसेको एउटा अति मिलनसार युबक संग परिचय भयो । " लन्डन को एउटा निजि बिद्यालयमा स्कुल बस चलाउने पार्ट टाईम काम गर्छु , खान बस्न पुग्छ , बाकि समय जब सर्च गरिराख्या छु, १ वर्ष भो " भन्यो । कुरा हुदै जादा थाहा भयो , मेकानिकल इन्जीन्यरिंग मा पीएचडी सक्काएको रहेछ । थेसिस, नासा को एउटा सानो प्रोजेक्टमा University of South Carolina मा काम गरेको रहेछ । ' टाइम लाग्छ, काम त पाइन्छ ढिलो चाडो ' भन्यो । आज उसले सायद आफ्नो क्षेत्र को काम पायो वा पाएन होला तर मन मा खुल्दुली भै राख्यो र नेपाल संग दाज्न मन लागि हाल्यो । नेपालमा १० पास गर्न पाको हुदैन , मार्केटिंग म्यानेजर कै जागिर चाहिन्छ , सानो काम हुदैन । निर्माण ब्यबसायी , कामदार पाइएन भनेर गुनासो गरिराख्या हुन्छन, उता नेपाली बेरोजगार भएर बसी राख्या हुन्छन । साबेल चलाउने काम नहुने , मेच मै बस्ने वाला चाहिने । मेच मै बस्ने काम पनि ८-१० हजार आउने नहुने, ५० हजार चाहिने । र एकैचोटी धेरै कमाउने आसमा दलाली , नेतागिरी गर्नेको हाबी छ । यूरोपमा सामाजिक सुरक्षाको सिस्टम राम्रो छ , कसैले पनि भोकै बस्नु पर्दैन, घरबारबिहिन हुनु पर्दैन , तर बेरोजगार व्यक्तिले खान बस्न बाहेक अरु खासै केहि एफोर्ड गर्नै सक्दैन, काम गर्नै पर्छ । जब सम्म काम गर्ने, जस्तो सुकै कामको पनि सम्मान गर्ने , छिटो धनि हुन नखोज्ने मानसिकता को विकास हुदैन, कसैले देस सिंगापुर बनाउछु , झिन्गापुर बनाउछु, स्मार्ट सिटि बनाउछु भन्ने भासन भासनमा मात्र सिमित हुन्छ । मानसिकता परिबर्तन गर्ने सामाजिक क्रान्ति पछि मात्र आर्थिक क्रान्ति सफल हुन्छ । सामाजिक र मानसिक क्रान्ति बिनाको आर्थिक क्रान्ति सम्भब छैन ।


___________________

काठमाडौँको मिनभवन स्थिति इपीएस स्कुलमा कक्षा ४ पढ्दा एउटा दिबस सर भन्ने हुनुहुन्थ्यो, सारै कडा । होमक नगरे, हल्ला गरे बाँसको लट्ठीले गुप्ताङ्गमा हिर्काउथे , तेसैले उनको पिरेड सुरु हुनु अघि पायीट भित्र एउटा किताब छिराएर तेस्माथी बस्नु पर्थ्यो । अर्का एक जना कुमार सर , सबैको फेभोरेट किनकि वहाँ सबैलाई माया गर्नुहुन्थ्यो , पिट्नु हुन्न थियो, तेसैले वहाको बिसय पढीरहुँ जस्तो लाग्थ्यो , त्यो पिरेड आइ रहोस जस्तो हुन्थ्यो । तर दिबस सर को चै कहिलेइ नआओस भन्ने हुन्थ्यो ।

नेपाली समाजमा 
परिवारमा पनि तेस्तै हुने गर्छ । कसैको छोरा छोरि बौआमा संग नजिक हुन्छन, र एउटा very co-operative सम्बन्ध कायम हुन्छ तर कसैको डर त्रास को सम्बन्ध हुन्छ, बच्चा हरु बौ आमा संग बोल्नै डराउने । डर त्रासमा हुर्किएका मान्छे पछि जिबनमा सफल भएको प्राय देखिदैन तर सम्बन्ध co-operative हुने हरु प्राय खुसि र सफल हुन्छन । 


नेपालमा हाभी रहेको तर्साएर पढाउने काम गलत हो । आफुलाई डर लाग्ने, आफुलाई मन नपर्ने व्यक्ति बाट केहि पनि सिकिदैन । तेसैले त एउतै कुरा सरले १० चोटी भन्दा बुझेको हुदैन , तेइ कुरा साथिले सिकायो भने एकैचोटी बुझिन्छ । येही त्रास को कारण कयौ नेपाली पढाई प्रति चासो दिदैनन , पढ्न मनपराउदैनन र स्कुल जाने कुरा धेरैलाइ मन पर्दैन । साना बच्चा हरुलाई रुवाउदै स्कुल लागिरहेको द्रिस्य हरेक बिहान ९ बजे धेरै देखिन्छ । दुर्भाग्यबस पढाई प्रतिको घृणा ले तेस व्यक्ति को भबिस्य अन्धकार तिर धकेलिन पुग्छ , र साथ साथै समाज र देशको पनि । उच्च शीक्षा बिना कुनै पनि समाज माथि उठ्न सक्दैन । कुनै पनि बच्चा लाइ उच्च शीक्षा प्रति प्रेरित गर्न पहिला शीक्षा प्रतिको मोह बढाउन सहयोग गर्नु पर्छ र शीक्षा प्रति मोह कुटेर , गालि गरेर , उसको कमजोरी प्रति खिल्ली उडाएर हैन, उसलाई माया गरेर, सानो प्रगतिको पनि प्रसंसा गरेर गर्न सकिन्छ । सबै बच्चा एउतै रफ्तारमा जादैनन् , कोहि छिटो सिक्चन , कोहि ढिलो । ढिलो सिक्ने भन्दैमा कम्जोर भन्ने हैन । Albert Einstein ६ वर्षको हुदा मात्रै राम्रो बोल्न सके । England को एउटा बच्चाको सपना लेखक हुने थियो तर धेरैले उसको लेख मन्पराइदियेनन । एक दिन एकजना ले उसको लेखको प्रसंसा गरिदियो , तेसबाट उत्प्रेरित भै तेस व्यक्तिले झन् मेहेनत गर्न थाल्यो र पछि उ सारा बिस्वले चिन्ने लेखक Charles Dickens भयो । एस्ता भबिस्यका Albert Einstein र Charles Dickens नेपाली समाजमा थुप्रै छन्, तेसैले उनीहरु सफलताको उचाइमा उड्नु आघि नै पखेटा काटिदिने काम नगरौं । 

No comments:

Post a Comment