Tuesday 7 October 2014

बिद्यार्थी

By: Bikal Dhungel 

बुद्ध नेपाल मा जन्मिए
बुद्धु पनि नेपाल मै जन्मिए
पहिले शान्ति को क्षेत्र, अहिले क्रान्ति को क्षेत्र 
पहिले सत्यपथ, अहिले प्रचण्डपथ

गोलो गोलो अन्डा, पुलिस को डण्डा
रत्नपार्क को बाटो, पार्टी को झन्डा
किताब कापी पसल मै छ
ब्याग मा पर्चा र ढुंगा

सौचालय को ओरिपरि प्रेमिका को नाम
मोज गर्ने उमेर हो , जांड धोक्न जाम
बि ए, एम ए, पी एच डी, नाथे के काम
बिद्यार्थी को घैटो मा, कहिले लाग्छ घाम

पढोस गरोस विद्वान होस् भनि बौ ले पढ्न पठायो
छोरा बज्रस्वाँठ पढेर को ठुलो भाछ भन्दै पुस्तकालय जलायो
घांसी दरिद्री घरको तर बुद्धि कस्तो
यो बिद्यार्थी पढेलेखे भैकन पनि दिमाग एस्तो

रक्सि खाए अंग्रेजी आउछ, झ्याप भै जाच दिन आयो
कोइसन हेर्दा सेनटिफ्ल्याट , ट्वाँवाँवाँ परि गयो
चिट चोरी डीसटिंगसन् आउछ, पढेर के काम
फेल भए सर लाई नछोड, बजा ड्याम कि ड्याम

बिद्यानस्ट भनि कसम खाएछ
भएछ गिध्या नस्ट
पढनदास त बिदेस गएछ
डुकुलंठक पो नेपाल मा विद्वान भएछ.

World Children's Day र नेपाल को शीछ्या नीति

By: Bikal Dhungel

आज World Children's Day अर्थात् बच्चा बच्ची को दिन. उनीहरु लाई शीछ्या दि उज्वल भबिस्य को ढोका खोलिदिने हरेक अभिभावक तथा सरकार को पनि कर्तब्य हो. पढ्न, लेख्न चाहिने कपि र पेन्सिल , सबै लाई थाहा भएकै कुरा केहो भने हाम्रो देश मा कसैले एउटा कलम पनि बनाउन सकेको छैन. सुन्दा अचम्म लाग्छ जाबो एउटा काठ मा लिड हालेर तेस माथि एरेजर को टुक्रा जोड्न पनि अहिले सम्म कसैले सकेको छैन होला त ? तर साच्चिकै छैन. पेन्सिल को उदाहरण के संग जोड्न चाहेको भने, नेपाली बिद्यालय मा " हामी नै बिर, हामी नै बहादुर, सबै भन्दा राम्रो देश नि हाम्रो " भनेर पढाईन्छ. अरु देश को महत्व, सौन्दर्य र हामी लाई उनीहरुको कारण ले हुने फाइदा को बारे खासै उल्लेख हुदैन. भन्न खोजेको यो हैन कि हामी बिर भएर नि जाबो पेन्सिल बनाउन सकेनौ. भन्न खोजेको, बिर भएर , प्रकृति ले दिएको सुन्दरता ले मात्र अघि बढ्न सकिदैन र प्राकृतिक स्रोत लाई उचित ढंग ले चलाउन पनि सक्नु र सिक्नु पर्छ. शीछ्या पाएर तेस बाट केहि गर्न पनि सक्नु पर्छ. पेन्सिल मा फिर्ता आउ, हाम्रो देश मा पेन्सिल पनि बन्न सकेको छैन किनभने पेन्सिल बनाउन काठ चाहिन्छ, काठ विदेश बाटै ल्याउनु पर्ने हुन्छ किनकि "हरियो बन नेपाल को धन" तालु खुइलिएको जस्तो खुइलिसकेको छ. फेरी तेस्लाई ठिक्क तेइ साइज मा काट्ने मेसिन चाहियो, त्यो पनि हामी संग छैन, मेसिन जर्मनी बाट ल्याउनु पर्ला. काठ त काटियो तर तेस भित्र लेख्न क लागि हालिने "लिड" भनिने बस्तु जुन मेरो जानकारी अनुसार लिड नभई ग्राफाइट हो. ग्राफाइट को खानी चिन, भारत र दक्षिण अमेरिका मा छन् जुन लिनलाई तेही जानु पर्ने हुन्छ. तेस
पछि पेन्सिल को टुप्पो मा हाल्न चाहिने को लागि रबर चाहिन्छ जुन लिन को लागि पनि रबर कै खानी भएको ठाउँ मा जानु पर्यो, थाइलेडं अथवा श्रीलंका . अब त्यो रबर लाई पेन्सिल को टुप्पो मा जोड्न ब्रास चाहियो. तेस्को खोजि गरि, त्यो साइज मा काटी, काठ को पेन्सिल मा राखी रबर संग जोड्न पर्यो. येति सबै त भयो, तर अब त्यो ग्राफाइट को सिन्का लाई काठ भित्र छिराउने पो कसरि. तेस्को लागि फेरी कोइ जर्मन ले बिसेस मेसिन आविस्कार गरेको होला. त्यो लिन जर्मनी जानु पर्यो. अनि बल्ल बन्छ एउटा सिसाकलम जसले हामीलाई लेख्न सिकाउछ र हामी शीछित हुन्छौ अनि सुन्दर भबिस्य को कल्पना गर्छौ.

येति एउटा सिसाकलम बन्न कती जना को सिप, दुख, आइडिया चाहिएको रहेछ त ? हामी लाई प्रकिर्ती ले कस्तो मूल्यवान चिज दिएको रहेछ त. के ति व्यक्ति हरु हाम्रा देश का थिए ? ति मूल्यवान प्रकिर्तिक स्रोत हरु हाम्रै देश मा थिए ? तेसैले, पहिलो कुरा, हामी एक अर्का मा निर्भर छौ, र त्यस कारण हामीले बिस्व लाई एक भनेर शीछ्या प्रणाली मा समेट्नु पर्यो. दोस्रो कुरा, बिदेस र बिदेशी नागरिक, चाहे त्यो जहाँ सुकैको होस्, सम्मान गर्नु सिक्नु पर्यो. तेस्रो कुरा, पुर्खा बिर भएर हामीलाई तेस्ले राम्रो हुन्छ भन्ने छैन. काटेको , रेटेको, मारेको कुरा गरेर तेस्मा गर्ब गर्न सिकाउने नेपाल को प्रणाली ले राम्रा विचार र आविस्कार हरुको पनि शीछ्या दिनु पर्यो ताकी तेस्ले हरेक बच्चा को मन मा केहि सिक्ने, केहि गर्ने, केहि पत्ता लाउने रहर बढोस जसले एक दिन तेस्लाई यथार्थ मा पनि परिणत गर्न सक्नेछ. 

बिद्यालय मा जंगबहादुर को जिबनी पढाईन्छ तर आलेकजेन्डर फ्लेमिंग ले आविस्कार गरेको पेनिसिलिन को बारे कहाँ पढाईन्छ ? गर्मि मा आगो ताप्ने , जाडो मा चिसो ढुंगा मा सुत्ने (पागल ) राजा को बारे पढाईन्छ , ग्रामबेल को टेलिफोन, गुटेनबर्ग को प्रेस, डयिमलर को गाडी र तिनीहरु कसरि आविस्कार भए आदि यित्यादी कहाँ पढाईन्छ ? अनि देश बिकाश भएन भनेर हुन्छ ? स्याउ खान खोज्ने ले बकैना को रुख रोपेर मिल्छ ? नेपाल को शीछ्या नीति कुवा को भ्यागुतो हो, कुवाको बारे त राम्रै जानकारी गराउला तर तेस बाहिर पनि ठुलो र सुन्दर संसार छ भन्ने कुरा बुझ्नु पर्छ ....

Happy World Children's Day. Still, the situation of children especially in developing countries is tragic. Over 6 million children die every year due to lack of simple and affordable interventions. For most of the children in developing countries, the most dangerous day of their life is the day they were born. Nearly 3 million children die within a month after their birth according to WHO. In course of time, they are still vulnerable to diseases and exploitation. Investing in children and protecting them from any kind of natural and unnatural threat is a key to a good society.

प्रकिर्तिक प्रकोप

By: Bikal Dhungel

स्विटजर्ल्याण्ड मा भुइचालो ले होस् या अरु कुनै प्रकिर्तिक प्रकोप ले होस्, देश को कुनै विमानस्थल काम गर्न नसक्ने अवस्था मा राजमार्ग का विभिन्न ठाउँ मा दुइ ओटा लेन छुट्याउने सानो पर्खाल झिकी तेस्लाई तुरुन्तै विमानस्थल को रुपमा प्रयोग गर्न सकिने गरि बनाइएको छ | लुजान भन्ने सहरमा आणविक हतियार प्रयोग भै युद्ध भएको खण्ड मा सहर का सबै मान्छे अट्ने बंकर छ जहाँ केहि समय को लागि पुग्ने खाने कुरा पनि राखिएको छ | एस्तो स्थिति त नआउला तैपनि उनीहरु तयारी अवस्था मा छन्. |

अब भुकम्प को खतरा रहेको काठमाडौँ को एक द्रिस्य कल्पना गरौ | ९ रेक्टर स्केल को भुकम्प गयो | घना बस्ति भएको असन मा २ लाख मान्छे पुरिएको अवस्था |अरु ठाउँ मा ३ लाख को मृत्यु | बिर अस्पताल, टिचिङ्ग अस्पताल , पाटन अस्पताल सबै भत्केको हुनाले घाइते हरुको बाटो मै उपचार | विभिन्न ठाउँ मा पुल भत्किएर नदि थुनिदा धेरै भाग डुबान मा | बिजुली को तार हरु बाटो मा लड्दा जहाँ सुकै करेन्ट लाग्ने खतरा | जमिन भासिदा खाने पानि आउन बन्द | फोहोर पानी खादा झाडा पखाला को बिगबिगी हुने पक्का | १४ लाख मान्छे घरबार बिहिन | बाटो सबै भत्किएका घर हरुले थुनिएको | त्यो दिन राति मुसलधारे पानि को बर्षा | काठमाडौँ का नाका हरु सबै बन्द हुदा खाने कुरा को व्यापक आभाब | भारत र चिन ले हवाई मार्फत खाने कुरा खसाल्दा भएको दंगा मा ४०० को मृत्यु | पेट पाल्न लुटपाट, चोरी डकैति सामान्य | औसधि को अभाब , स्वास्थकर्मी हरुको अभाब | बुढा, बृद्ध, असक्त , अपाङ्ग र टुहुरा बालबालिका को अवस्था नाजुक | एक्कासी जाडो बढ्दा हजारौ घरबार बिहिन को मृत्यु | Cannibalism को घटना सामान्य |फोहोर पानी, मरेका जनावर र लास हरुको कारण व्यापक रोग फैलिएको र महामारी को उत्पन्न | बैदेसिक सहायता ले ४ महिना पछि राहत | बाटो खुलाइएको | बाकी रहेका सबै मान्छे अन्य ठाउँ तिर पलायन | ध्वस्त काठमाडौँ को अस्तित्व नै खत्तम |

इटाली को पम्पेइ भन्ने एक ठुलो र बिजी सहर मा करिब २ हजार वर्ष अगाडी ठुलो ज्वालामुखी जादा पुरै सहर एकैछिन मा ध्वस्त भै १६००० मान्छे पुरिएका थिए | प्रकिर्तिक प्रकोप जहाँसुकै जतिसुकै बेला पनी आउन सक्छ | तेसबाट बच्न हामी तयारी अवस्था मा हुनु जरुरि छ | 

अहिले को नेपाल को आवस्यकता प्रकिर्तिक प्रकोप बाट कसरि बच्ने, नोक्सानी हुन बाट कसरि जोगिने भन्ने हो | अनि गरिबी निवारण हो, आर्थिक बिकाश हो, सिक्ष्या हो, समृद्धि हो |पहिले यी समस्या हल गरेपछि मात्र अरु तिर सोच्ने हो | छोडदिम संबिधान का कुरा | संबिधान आवस्यक छ तर भोको पेट मा प्रजातन्त्र टिक्दैन |जहाँ भोको पेट छ, जहाँ दुख छ, जहाँ दरिद्रता छ, त्यहाँ हिम्सा हुन्छ हुन्छ | जहाँ समान बेबाहार हुदैन, त्यहाँ दंगा हुन्छ हुन्छ | जहाँ सिक्ष्या छैन, त्यहाँ संबिधान एक कागज को खोस्टा मात्र हो जसलाई कसैले पालना गर्ने छैनन् | येही खोस्टा बनाउन हामीले ५ वर्ष समय शिवरात्री को आगो मा स्वाहा पारि सकेउ र आवस्यक काम मा ध्यान दिएनौ | जुन दिन त्यो प्रकिर्तिक प्रकोप साच्चिकै आउछ नत रक्षा गर्ने पशुपतिनाथ नै बाकी रहन्छन नत त्यो कागज को खोस्टा ले खान दिन्छ.