Friday 26 January 2018

Some thoughts on Society VI

By: Bikal Dhungel

म काम गर्ने टिममा एक जना बिग डाटा अनालिस्ट को खाँचो पर्यो । कम्तिमा ३ वर्ष अनुभब भएको, अर्थसास्त्र , हिसाब वा स्टाटिस्टिक्स मा मास्टर्स सक्काएको मान्छेले एप्लाई गर्न पाउने थियो। करिब १०० जना बाट छानिएर एउटा भारती मूलको ब्रिटिस नागरिक ले जागिर पायो । २८ वर्ष को मान्छे १० बर्से अनुबभ लिएर आएको रहेछ । पछि चिनजान हुने क्रममा मैले सोधी हालें, ' यु आर २८ येर्स ओल्ड, हाउ कम यु अलरेडी गट १० यर्स अफ एक्सपीरियन्स " । उसको भनाइको समराइज गर्दा १० वर्ष अगाडी इतिहास अध्यन गर्न इंग्ल्यान्ड को लिड्स बिस्वबिद्यालय भर्ना भएको रहेछ । १ सेमेस्टर अध्यन सकाउदा सोचेछ, “मलाई यो कुरा थाहा त भयो तर एसले मलाइ बाचुन्जेल जागिर दिन्छ ? यो कुरा लाइ Value मा कसरि परिणत गर्ने ? यो कुरा अरुले पनि पढ्न सक्छन । मलाई अरु कसैले यो सिकेको कुरा प्रयोग गरेर मासिक तलब दिनछन् ? मेरो ज्ञान ले के सिर्जना गर्छ ? मैले यो कुरा as a hobby पढे हुदैन ?” भन्ने कुरा सोच्दै , इतिहास पढेर जिबन धान्ने सपना देख्नु बेक्कार रहेछ भन्ने सोचेर उसले एउटा कम्पनिमा डाटा इन्ट्री गर्ने काम गर्न थालेछ । गर्दै जाँदा थप अरु स्किल सिक्न हिसाब र कम्प्युटर साइन्स को पार्ट टाइम अध्यन सुरु गरेछ । फुल टाइम काम गर्दै, त्यहाँ promote हुदै जादै, पार्ट टाईम पढ्दै गर्दा ८ वर्षमा उसले पढाई पनि सकेछ । ८ बर्से अनुबभ को आधारमा २ वर्ष लन्डन को इन्फोसिस कम्पनिमा सिनियर Data Analyst पनि भएछ ।

आजको Job मार्केट पहिलाको जस्तो छैन । पहिला एउटा व्यक्ति कुनै ठाउँमा काम गर्थ्यो र जिबन भर तेही काम वा पेशा अङ्गाल्थ्यो । आज Competition कडा छ । नलेज भएर हुदैन , किताब घोकेर हुदैन, इन्फर्मेसन को थुप्रो लाएर हुदैन | आजको जमाना , कुन बेला कुन समय कस्तो इन्फर्मेसन चाहिए कहाँ हेर्ने र त्यो इन्फर्मेसन लाइ कसरि प्रोसेस गरि value create गर्ने भन्ने कुरा महत्वपुर्ण छ । बिग डाटा भनेको पनि तेही हो । आजको जमानामा जसले जसरि भए पनि value create गर्छ, तेस्ले जागिर को चिन्ता लिनु पर्दैन तर जसको ज्ञान र इन्फर्मेसन बाट कुरा नया value create हुदैन , उ बिस्वब्यापिकरण को पराजित तत्व हो । तेसैले, आजको शीक्षा नीति परिणत गर्नै पर्ने हुन्छ । वर्ष भरि किताब घोक्न लाएर परिक्षाको एक दिनमा लेख्न लगाए घोकन्ते बिद्यामा बोर्ड फस्ट बाबुराम भटराई हरु त जन्मिनछन् तर गुगल को CEO सुन्दर पिचाई जन्मिन्नन, Mark Zuckerberg जन्मिन्नन , बिल गेट्स जन्मिन्नन । आज बच्चा हरुलाई शीक्षा दिने तरिका उनीहरुलाई समस्या को समाधान आफै निकाल्न सिकाउने हो । आज जे जति आविस्कार भएका छन् , त्यो सबै समस्या हरु बाटै भएका छन् । सन् २००५ मा एउटा अमेरिकी युबक ले आफुले खिचेको भिडियो साथी लै देखाउन खोजेछ तर त्यो साथी अर्को सहरमा बस्ने हुदा भिडियो कसरि देखाउने भन्ने कुराको समाधान खोज्न थालेछ । इन्टरनेट को जमाना भएकोले सबैले आफ्नो भिडियो अपलोड गर्न मिल्ने एउटा पेज बनाउन खोज्दा तेही युबक ले अरु २ जना संग मिलि youtube भन्ने पेज बनायो जहाँ हामी अहिले करोडौ भिडियो हेर्न पाउछौ । स्रिफ १ वर्ष भित्रमा youtube उनीहरुले गुगल लाइ १.६ अरब डलर मा बेचे । तेही समय ताका ebay बाट समान खरिद बिक्रि त गर्ने तर आर्थिक कारोबार गर्न समस्या भएकै कारण Paypal को जन्म भयो , समस्या बाटै ।र तेसै गरि नै आजका ठुला ठुला कम्पनि हरुको जन्म भएको छ, Microsoft, IBM, Google, Cisco, Amazon, Apple, HP, Intel, Oracle, Adobe, eBay, Intuit, Netflix, Yahoo, Tesla यित्यादी । ५० वर्ष अगाडी मात्र नामो निसाना नभएका यी कम्पनि हरुको आजको बिस्व अर्थतन्त्र धान्नु को साथ साथै अनगिन्ति पैसा जम्मा पारेका छन् । केहि दसक अगाडी मात्र स्थापना भएको Apple कम्पनि ४० हजार वर्ष को मानब इतिहास कै सबै भन्दा धनि भएको छ, जसको हातमा करिब १ हजार अरब डलर (1 trillion $) छ र यो एउटा देस भएको भए , साउदी अरब , स्विजरल्याण्ड र रुस भन्दा धनिमा गनिन्थ्यो । माथि उल्लेखित कम्पनि हरु टेक्नोलोजी का Pioneer हुनु का साथ साथै समय को माग अनुसार चलेका हुन् । समय को माग अनुसार चल्नु महत्वपुर्ण छ | समय र परिबर्तन लाइ जित्न खोज्दा रोमन साम्राज्य ढल्यो, समय अनुसार चल्न नसक्दा सन् १९५०, ६० ताका अमेरिका को सबै भन्दा सम्पन्न Detroit सहर जहाँ ठुलो मात्रामा कार उत्पादन गरिन्थ्यो, जुन ठाउँ सम्पन्नता को पर्याबाची सब्द भनेर बुझिन्थ्यो , त्यो ठाउँ आज अमेरिकाको दोस्रो क्रिमिनल र बिपन्न ठाउँमा गनिन्छ किनकि उनीहरु समय अनुसार चल्न सकेनन । नाताबाद र कृपाबाद ले ग्रसित Detroit को Car Industry पनि पतन हुने क्रममा गयो | आज बिस्व को technology hub भनेर चिनिने सिलिकन भ्याली जसरि अघि बढ्दै छ, समय अनुसार नचल्ने हो भने त्यो पनि अर्को Detroit हुनेछ ।

तेसैले, परिबर्तन गर्ने कसरि ?

माफ गर्नुस, सिद्धि नरसिंह मल्ल को जिबनी र नेपाली को कथित बिरता पढेर ' nice to know ‘ बाहेक केहि पनि हुदैन । आजको बिस्व, बिज्ञान, टेक्नोलोजी , Big Data, Artificial Intelligence , Globalisation , Humanity, Environmentalism Positivity को बिस्व हो । जसले यी चिज लाइ अंगालछ , त्यो सफल हुन सक्छ, जसले नकारछ, त्यो पराजित तत्व हो ।

पहिलो सन्देस : येति पढेको छु भनेर पढ्ने हैन, पढेको कुरा लाइ value मा परिणत गरेर आफु र समाज लाइ कसरि फाइदा पुग्छ भनेर पढ्ने हो । value creation कसरि गर्ने भनेर पढ्ने हो । पढाई itself भन्दा skills महत्वपुर्ण छ । आजको युगमा आफ्नो रोजगार सुरक्षित गर्ने हो भने आफुले सिकेको कुराले के value create गर्छ भन्ने हो । सुरुमा लेखेको युबकले इतिहास अध्यन गरि सकेर तेही क्षेत्रमा काम गर्छु भनेर हिडेको भए सायद उ बेरोजगार भएर बस्न पनि सक्थ्यो तर समयको माग र आफ्नो इच्छा अनुसार चलेको भएर आज उ संग मास्टर्स डिग्री को साथ साथै १० बर्से अनुबभ र बर्सिक तलब ८० हजार यूरो दिने Data Analyst को जागिर पनि छ । सामाजिक शीक्षा, इतिहास को जानकारी हुनु जरुरि छ, तर आजको युग लाइ चाहिने दक्ष जनसक्ति तयार पार्न बिस्व अर्थतन्त्रमा के भैरहेको छ, आफु संग भएको क्षमता लाइ प्रयोग गरेर यो कम्पिटिसन को युगमा कसरि अगाडी बढ्ने भन्ने सोच्नु पर्छ । भारतले Bangalore र अरु क्षेत्र लाइ IT Learning and Practicing Hub बनाएको नतिजा, आज Microsoft र Google को CEO भारती मूलका छन्, ४०% भन्दा बढी कर्मचारी भारती छन् । आज बिस्व बाट सबै भन्दा धेरै रेमिटेन्स भित्रिने देस भारत हो जहाँ बर्सिक ७५ अरब डलर भित्रन्छ ।

दोस्रो सन्देस : शीक्षण संस्था हरु घोकन्ते बिद्या बाट पर जानु पर्छ । इन्फर्मेसन freely available छन् , कहाँ हेर्ने, कसरि प्रोसेस गर्ने र कसरि इन्टरप्रेट गर्ने भन्ने कुरा महत्वपुर्ण छ । साथ साथै, यो दुनिया मा ७.५ अरब मान्छे बस्छन । कुनै पनि क्षेत्र , राजनीति होस् वा अर्थसास्त्र, वा एउटा टेक्नोलोजी firm, धेरै मान्छे को team work ले चल्छ । तेसैले, आफु मात्र कसरि सफल हुने भन्ने हैन, आफ्नो टिम , वा कम्पनि वा देस जे सुकै होस्, कसरि सफल होस्, धेरै मान्छे को team work ले कसरि अगाडी बढ्ने भन्ने कुरा स्कुल हरुले सिकाउनु पर्छ । क्लास को First Boy/Girl लाइ तारिफ गर्दै बाकी चै looser बनाउने हैन, आफ्नो आफ्नो दक्षता प्रयोग गरि पुरा क्लास लाइ नै जिताउनु पर्छ |
पोखरीमा सिमित माछा छ तर ५ जना छुट्टा छुट्टै माझि छन् भने सबैले आफुले सकेको जति माछा मार्छ र कुनै दिन सबै माछा सकिदा सबै भोकै बस्छन | तर सबैले एक अर्का को बारे पनि सोच्ने हो भने कसरि माछा को संख्या बढाउने ताकि पछि सबै माझि लाइ धेरै माछा मिलोस भन्ने हुन्छ । यो प्रोसेस लाइ बाताबरण सिक्षा मा Tregedy of the commons भनिन्छ । Individualistic भावना ले व्यक्ति चल्छ तर कम्पनि, समाज र देस चल्दैन । आफु मात्र बन्न खोज्ने मानसिकता ले कुनै एक व्यक्ति लाइ धनि बनाए पनि Collective Prosperity ल्याउन गारो हुन् | तेसैले, team work मा फोकस गरौँ, Collective Prosperity मा फोकस गरौ, समय अनुसार चलौं, खोक्रो रास्ट्रीयता त्यागौ , समय को माग बुझौ , बिस्वमा के भैरहेको छ हेरौ, बिज्ञान र टेक्नोलोजी को सम्मान गरौ , आफु बस्ने पृथ्बी लाइ सम्मान गरौ , तेसो गरे कसो होला ?