Sunday 28 March 2021

आयु बढाउने क्युबाली हरुको चोर बाटो

By: Bikal Dhungel

आधिकारिक तथ्य अनुसार क्युबाको औसत आयु ७९ वर्ष छ। संसारकै बिपन्न मुलुक मद्धेमा पर्ने ठाउँमा धेरै बिकसित मुलुकको भन्दा बढी आयु हुनु आफैमा अचम्म छ। सैद्दान्तिक भ्रातृत्वका आधारमा कतिले 'क्युबा बाट सिक्नु पर्छ', 'क्युबाको मोडेल लागु गरौँ' भन्नु स्वाभाविक हो किनकि यो झट्ट हेर्दा अचम्म लाग्ने नै कुरा हो। तर गहिरिएर हेर्दा भने तेस्मा कति पाटा समाबेस गरिएको छैन र क्युबन मोडेल लागु गर्नु सतही बुझाइ मात्र हो। सन् २०१८ को तथ्यांक अनुसार, सबै भन्दा धेरै औसत आयु जापानको (८५,३ वर्ष) छ भने सेन्ट्रल अफ्रिकन रिपक्लिक को सबै भन्दा कम (५४ वर्ष) छ। लडाई परेका वा कुनै किसिमका द्वन्द चलिरहेको देशमा औसत आयु कम हुने गर्छ किनकि हिम्सात्मक गतिविधिले मृत्यु को दर धेरै हुन्छ । हिम्सा रहित देश हरुको मात्र तथ्यांक लिने हो भने सबै भन्दा कम औसत आयु केन्या, म्यान्मार वा तान्जानिया को ६७ बर्सको हाराहारीमा छ । भन्नुको मतलब, सामान्य समयमा स्वास्थ क्षेत्रमा जतिसुकै खर्च गरे पनि औसत आयु ६७ देखि ८५ बर्सको बिचमा (वा १८ वर्ष) हुने गर्छ। स्वास्थ को लागि प्रति व्यक्ति प्रति वर्ष ९००० डलर खर्च गर्ने अमेरिकामा औसत आयु ८० वर्ष छ भने, २२०० डलर खर्च गर्ने दक्षिन कोरिया मा ८३ वर्ष र आधिकारिक तथ्यांक अनुसार ९०० डलर खर्च गर्ने क्युबामा ७९ वर्ष छ।
अमेरिकाको भन्दा १० गुना कम पैसा खर्च गरेर पनि उस्तै औसत आयु हुनुमा विभिन्न कारण छन्। पहिलो: क्युबन सरकारले स्वास्थकर्मी हरुलाई रिजल्ट राम्रो हुनु पर्छ भनेर पहिलै उर्दी जारी गरेको हुन्छ। राम्रै सोचेर तेसो भनेको होला, स्वास्थकर्मी हरुले हेल्चेकर्याइ नगरुन, गुणस्तरीय सेवा दिउन भनेर। तर रिजल्ट राम्रो नभए कारबाही पनि हुन्छ, तेसैले स्वास्थ कर्मी हरु लाइ डाटा म्यनिपुलेट गर्न इन्सेन्टिभ हुन्छ किनकि नतिजा राम्रो नभए कारबाहीमा परिन्छ। एउटा अध्यन अनुसार प्राय बाल मृत्यु ( under five mortality) लाइ Fetus Death/ फेटस डेथ (गर्भ मै मृत्यु) भएको भनेर डाटा बनाउने गरेको पाइयो। बाल मृत्यु दर धेरै हुनुले औसत आयु घटाउछ, तर बाल मृत्यु लाइ गर्भ मै मृत्यु भएको लेखेपछि यो Statistics मै आउदैन र औसत आयु लाइ घटाउदैन। यो एउटा कृतिम रुपमा आयु बढाउने चोर बाटो हो
दोस्रो: आमाको पेटमा अस्वस्थ बच्चा देखियो भने धेरैले गर्भपतन गर्ने गर्छन। यो समस्या संसार भरिनै हो। अस्वस्थ बच्चा अकालमै मर्ने सम्भावना पनि बढी हुन्छ। तेसैले क्युबन डाक्टर हरुले एस्तो स्थितिमा गर्भपतन गर्न हौसला दिने गर्छन ताकि तेस्ले आफ्नो तथ्यांकमा नकारात्मक असर नपारोस। फलस्वरूप संसारको सबै भन्दा धेरै गर्भपतन हुने देश हरुमा क्युबा पर्छ (श्रोत: https://pubmed.ncbi.nlm.nih.gov/19397182/ ) गर्भपतन धेरै केसमा लुकिछिपी गरिने हुदा प्राय देश हरुको तथ्यांक अनुमानित मात्र हुन्छ तैपनि तथ्यांक अनुसार क्युबामा हरेक १०० जना गर्भवती महिला मद्धे ४१ जनाले थेरापोइटिक गर्भपतन गराउछन्, मतलब डाक्टरको सुझाबले गरिने गर्भपतन (https://www.safeabortionwomensright.org/cuba-abortion.../)
CIA को एक गोप्य सूचना अनुसार केहि क्याथोलिक पादरी हरुलाई मृत्यु संस्कार कति पटक भए भनेर गोप्य रुपमा लेख्न लगाईएको थियो, जसमा गर्भपतन गरिएका र ५ वर्ष मुनिका मृत्यु भएका हरु जोड्दा हरेक १०० जना मद्धे ७० जनाको मृत्यु संस्कार गरिएको पाइएको थियो। यो तथ्यांक सिमित क्षेत्रको मात्र भएको हुनाले एस्लाई समग्र रुपमा लागु भने गर्न मिल्दैन। तर एस बाट के प्रस्ट हुन्छ भने, अकाल मै मर्ने सम्भावना भएका हरुलाई गर्भ मै तुइयाइदियेर तिनीहरु लाइ गणना मै नल्याउदा तेस्ले पनि औसत आयु माथि राख्न मदत गर्छ
तेस्रो: आर्थिक रुपमा कम्जोर भएको हुदा प्राय क्युबन हरु एक ठाउँ बाट अर्को ठाउमा जादा हिडेरै जाने, साइकल बढी चलाउने हुदा उनीहरु सरिरिक रुपमा एक्टिभ नै हुन्छन, तौल बढ्न पाउदैन र तेस्ले स्वस्थ रहन मदत गरेको छ। औसत रुपमा गाडी हरुको संख्या पनि कम भएको कारण सडक दुर्घटना पनि न्युन छ जुन अरु देशहरुमा मृत्यु को प्रमुख कारण हो।
चौथो: फ्याट, कोलेस्टेरोल, चिनी, प्रोसेस्ड मिट युक्त खाने कुरा तेता पाइदैन। पश्चिमी देश हरुमा सबै भन्दा धेरै अकालमा मृत्यु हुने कारण क्यान्सर, कार्डियो भास्कुलर रोग, स्ट्रोक हुन् । र तेस्को मुख्य कारण पनि यिनै खानेकुरा हुन् । तेस्तो खाने कुरा क्युबा मा निकै कम प्रयोग हुने हुदा तेस्को कारण मृत्यु पनि कम हुने गर्छ।
पाँचौं: मौसम राम्रो र धेरै घाम लाग्ने हुदा भिटामिन डी प्रसस्त मात्रामा प्राप्त हुने गर्छ। विभिन्न अध्यन हरुका अनुसार भिटामिन डी र आयु को सम्बन्ध सकारात्मक छ। मौसम राम्रो हुने, धेरै घाम लाग्ने देश हरुमा मानसिक रोग, आत्महत्याको दर पनि कम छ। क्युबामा धेरै सार्बजनिक पार्क हरु छन्, बिहान, दिउसो, राती जुन सुकै समयमा पनि सार्बजनिक पार्क हरुमा घाम तापेर, नाचगान गरेर, हसिमजाक गरेर बसिरहेका बुडा, बुडी, बच्चा, तरुना सबै मान्छे प्रसस्तै देख्न सकिन्छ। एसले पनि आयु लामो राख्नमा मदत गरेको छ ।
तेस्रो ,चौंथो र पाचौं नेपालमा पुरै लागु गर्न संधर्ब मिल्दैन, यहाँ अर्कै कनटेक्स्ट छ / तेसैले क्युबन मोडेल अनुसरण गर्नु अघि दुवै पाटोको अध्यन गर्नु जरुरि छ। केहि कुरा सिक्न सकिन्छ, जस्तै चौथो र पाचौं तर अरु कुरा लागु गर्न सकिन्न /
तानासाही मुलुक हरुको तथ्यांक प्राय बिस्वसनिय हुदैन। २००२ को चुनाबमा सद्दाम हुस्सेनले १००% भोट ल्याएर जितेका थिए, उत्तर कोरियाका किम जंग इल ले पनि ९९,९% भोट ल्याउथे र क्युबा कै राउल कास्त्रोले २००८ को चुनाबमा ९९,४% भोट ल्याएका थिए । यो झुट हो। भोट जस्तै अरु तथ्यांक पनि धेरै हद सम्म झुटा हुने गर्छन। प्रजातन्त्रमा त्यो गारो कुरा हो किनकि अपोजिसन पार्टी हुन्छन, संस्था हरु हुन्छन, प्रेस हुन्छ र monitoring गर्ने निकाय हरु हुन्छन। बलियो प्रजातन्त्र भएको देशमा डाटा म्यनिपुलेट गर्न असम्भब वा निकै गारो हुन्छ। तेसैले राम्रो र प्रमाणित आधार हरुबाट मात्र सिक्ने गरौँ।