Saturday 12 January 2019

Dont believe in Luck

By: Bikal Dhungel

भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने गरौँ । कसैले ' तिमि त कस्तो लक्की, यो मान्छे, त्यो मान्छे, फलानोको छोरो त लक्की भन्यो कि रिस उठ्छ । चिठ्ठा पर्नु लक हो, डीभी परेर अमेरिका जान पाउनु लक हो, फिल्ममा सुनिल शेट्टी ले जस्तो गोलि खाएर पनि बाच्नु लक हो । तर हाड खियाएर, दिमाग खियाएर, बाउन्न घुस्सा तिर्पन्न ठक्कर खाएर पाएको सफलता लक हैन।मान्छेले अरुले गरेको दुख देख्दैन, सफलता वा असफलता मात्र देख्छ। " हॆहॆहॆहॆहॆहॆ, साथिहरुको लागि यो हात सलाम हो, दुस्मनको लागि फलाम हो " भनेको कडा डाइलग देख्छ, तर त्यो सुटिङ्ग गर्दा , क्यामरा म्यान ले कट र एक्सन भन्दा राजेश हमालले तेही कुरा १३४ चोटी भन्नु परेको कुरा देख्दैन । अनि सिधै क्या लक्की, फिल्म त हिट भयो भन्छ। अर्काको मेहेनत र परिश्रम लाइ लक को ट्याग लगाइदियेर पन्छिन खोज्छ । आसिर्बाद दिदा पनि "भाग्यमानी भएस" भनेर दीइन्छ, कर्मशिल भएस भनेर दीइन्न । कर्म गर्ने, दुख गर्ने सबै सफल हुदैनन् तर बिना दुख र कर्म कमै मात्र सफल हुन्छन। भाग्यमा विश्वास गर्ने संस्कृति बन्द गर्नु पर्छ, संसारको सबै भन्दा धनि मान्छेको छोरा छोरि भएर जन्मने बिल गेट्सका सन्तानले पनि उसको १% सम्पति मात्र पाउछन् किनकि ९९% सम्पति उसले सिक्षा, स्वास्थ र अन्य कुराको लागि बिस्व भरि डोनेट गरेको छ। र उसको छोरा छोरीले पनि कर्म नै गर्नु पर्छ। भाग्यले साथ दिन्छ कि भनेर ढुकेर बस्नु सट्टा कर्म गर्दै जाउँ र कसैलाई आसिर्बाद दिदा भाग्यमानी भएस भनेर हैन, भाग्यमा विश्वास नगरेस, कर्ममा गरेस भनेर दिउँ है ?

No comments:

Post a Comment