Sunday 3 December 2017

Some thoughts on Society I

By: Bikal Dhungel

चुनाबको मुखमा गफ नै भए पनि नेता हरुले धनिका चिल्ला गाडी कुदाउन येति लेनको बाटो बनाइदिन्छु , उति लेनको बनाइदिन्छु । सिंगापुर, अम्रिका , युरोप बनाइदिन्छु भनिरहदा सिंगापुर र यूरोपका सहरहरु चै कसरि जनतालाइ गाडीको प्रयोग कम गर्न लगाउने, कसरि सार्बजनिक सवारी बढी प्रयोग गर्न उत्प्रेरित गर्ने, साइकल चढ्न प्रेरित गर्ने, साइकल को बाटो बनाउने , Car-free क्षेत्र बढाउने , हरिया पार्क र सोसल रिक्रियेसनल सेन्टर बनाउने भन्ने कुरामा केन्द्रित छन् । डेनमार्क मा ८०% मान्छे हरु साइकल लिएर काममा जाने गर्छन । नेदरल्यांड्स मा मान्छेको र साइकलको जनसंख्या बराबर छ । मर्सिडिज, BMW, Porsche, Audi, Volkswagen जस्ता बिस्वका उत्क्रीस्स्ट कार बनाउने जर्मनीमा पनि ७५% मान्छेले साइकल चलाउछन् , ५०% जनता को सहर वा गाउँ भित्रको प्रमुख सवारी साधन नै साइकल हो ।
नेपालमा चै भारत लाइ गाली गरि गरि भए पनि ल्याएको तेल हालेर गाडी धेरै गुड़ाई बाताबरण प्रदुसित गर्नु लाइनै बिकाश भनिन्छ । साइकल चढदा सानो मान्छे भइन्छ । बरु धुवा धुलो खाने , फोक्सो भित्रै देशको माटो पुर्याएर राष्ट्रबादी बन्ने , तर साइकल नचलाउने ।
आजको स्थितिमा काठमाडौँ उपत्यकामा साइकल चलाउन असम्भब छ, तर अब बन्ने नीति पहिला बायु प्रदुसण कम गरेर जनता लाइ साइकल चढ्न प्रेरित गरि , तेसका लागि लाग्ने पुर्बाधार बनाउनु नै दिगो बिकाश हो | तेस्ले न दिनको ४ घण्टा जाम मा बस्नु पर्छ, न तेल को सर्टेज भो भनेर भारत लाइ गाली गर्नु पर्छ , गाडी किन्ने, पेट्रोल हाल्ने पैसा पनि बच्यो , स्वास्थ लाइ पनि फाइदा , दुइटा हातमा ४ ओटा लड्डु | 

_________________________

बुद्ध धर्म लाई फैलाउन नेपालले सिन्को पनि भाचेको छैन | बुद्धिजम लाइ फैलाएका भारती सम्राट अशोक ले हुन् जसका कारण बुद्धिजम आज श्रीलंका, म्यान्मार, थाईल्याण्ड, जापान , चिन यित्यादी देशमा प्रमुख धर्मको रुपमा चिनिन्छ | बुद्धले सिकाउनु भएको ज्ञान फैलाउन पहिलो नालान्द बिस्वबिद्यालय भारतमा स्थापना भएको थियो, भारत एउटा एस्तो देश हो जसको झन्डामै बुद्धिजम संग सम्बन्धित चक्र छ, जसको रास्ट्रीय चिन्न मै बुद्धिस्ट सम्राट अशोक को तिन मुखे सिह को चिन्न छ , जसले एउटा राज्य को नामनै प्राचिन बिहार गुम्बा को नाम बाट बिहार राखेको छ, बौद्ध धर्मको प्रमुख चार तिर्थस्थल हरु मद्धे तीन वटा भारतमा नै पर्छ, संग्युक्त रास्ट्र संघमा बिस्व योग दिबस (जुन बुद्धधर्म संग सम्बन्धित छ ) मनाउन प्रस्ताब लैजाने कुनै नेपाली नभई भारती प्रधानमन्त्री नरेन्द्र मोदी हुन्, अनि उसले भारत बुद्धको देश भन्न नपाउने ? भारतले बुद्धिजम को लागि येति धेरै काम गरि रहदा नेपालमा भने पबित्र लुम्बिनीमा खोलिएको बौद्ध बिस्व बिद्यालयमा ससस्त्र लडाकु YCL को क्याम्प राख्नेले कुन मुखले भारतको बिरोध गर्दै हिडेको ? बिस्वका सबै भन्दा धेरै बुद्धिस्ट हरु भएको देश मद्धे टप टेन मा पनि पर्दैन नेपाल , के फुर्ति लाऊछौ ? हिन्दु धर्मका सबै देवता हरु भारतका छन्, अनि नेपाल लाइ चै हिन्दु रास्ट्र बनाउनु पर्ने रे, भारतले बुद्ध को देश भन्दा उफ्रिने ? अरुको आंग को जुम्रा देख्नु अघि आफ्नो आंग को भैसी पनि हेर, चस्मा लाएर | बुद्ध को देश भन्ने अनि काम चै बुद्धले सिकाएको भन्दा ठिक उल्टो गर्दै हिड्न सुहाउछ ?

No comments:

Post a Comment