Sunday 3 December 2017

केहि सिकौ

By: Bikal Dhungel 

सन् १९७३ मा तेल निर्यात गर्ने अरब रास्ट्र हरुले इजरायल लाइ समर्थन गरेको कारण यूरोपियन र अमेरिकी मुलुक हरुमा तेल निर्यात गर्न प्रतिबन्ध लगाए जसलाई १९७३ ओइल क्राइसिस भनेर भनिन्छ । त्यो क्राइसिस केहि समयमा हल गरियो तर तेल निर्यात गर्ने मुलुक हरुमा निर्भर हुनु परेको र निर्भरताले ल्याएको समस्याका कारण तेती बेला तेल बाहेक अरु उर्जा तर्फ़ सोच्न सुरु गरियो । ग्रिन इनर्जी अर्थात् सोलार, बायु इनर्जी र हाइड्रो तर्फ़ व्यापक रुपमा लगानी गरियो, खोज गरियो । त्यो नीतिको कारण आज डेनमार्क जस्तो मुलुक ले ४०% उर्जा Renewable sources बाट उत्पादन गर्छन , बेलायेतले आफ्नो अर्थतन्त्रमा बर्सिक ३० टेरावाट (३ करोड मेगावाट) Green Energy उत्पादन गर्छ । यूरोपियन मुलुक हरुको नीति १००% ग्रिन इनर्जी प्रयोग गर्ने तर्फ़ हो किनकि यो बाताबरणको लागि खराब हुनु को साथ साथै साउदी अरेबिया, रसिया जस्ता तानासाही मुलुक बाट निर्यात गर्नु पर्दा धेरै बिसयमा मन नलागी नलागी पनि political compromise गर्नु पर्ने हुन्छ । 

तर एसको पोइन्ट केहो भने, कुनै पनि क्राइसिस बाट केहि सिक्नु । 
नेपालमा भुइचालो आयो, अब गर्ने गर्ने भनियो तर त्यो टपिक तेसै बिलायो , न केहि सिके, न केहि भयो । नाकाबन्दी भयो, निर्भरता घटाउने भनियो , कसरि गर्ने, के नीति ल्याउने भन्दा भन्दै त्यो पनि बिर्सियो । 

३० लाख नेपालीले रेमिटेन्स पठाउछन् जसमा २-३ लाख कतार मा बस्छन । रेमिटेन्स को ८५% प्रतिसत पैसा खपत मात्र गरिन्छ , उत्पादन मूल्य काममा खर्च गरिन्न, तेस्ले मूल्य वृद्धि गरि रेमिटेन्स नपाउने मान्छे लाइ मारमा पार्नु बाहेक अरु केहि पनि गरेको छैन । तर अहिले कतार लाइ गरिएको नाकाबन्दी पछि त्यहाँ भएका नेपाली हरु मारमा परेका छन् । दसौ हजार बेरोजगार भएका छन् । रेमिटेन्स ८५% खपत मात्र गर्दा अहिले जब त्यो आउन बन्द भयो, त्यो मान्छे स्वत गरिबी को रेखा मुनि खस्छ । तेसैले, यो क्राइसिस बाट केहि सिकौ । बार्षिक ७ अरब डलर रेमिटेन्स बाट सम्भब भएको लगानी वा capital formation मा प्रयोग भए भबिस्य मा जस्तो क्राइसिस भए पनि चिन्ता गर्नु पर्दैन । येस्पाली पनि केहि सिक्दैनन भन्ने थाहा हुदा हुदै पनि हनुमान जी को कृपाले केहि सिकुन भन्ने आसा चै छ ।

No comments:

Post a Comment