Sunday 3 December 2017

Some thoughts on Society III

By: Bikal Dhungel

एक जाना विद्वानले भन्थे, ९९% मानिश लाइ न बिज्ञान संग मतलब छ, न अध्यात्म संग । स्रिफ़ २ ओटा कुरा दिमागमा राखेर हिड्छ, कसरि पैसा कमाउने , कसरि सन्तान लाइ डाडा काँडा ढाक्न लगाउने । अनि येही २ ओटा चिज हासिल गर्न आफ्नो स्वास्थ को ख्याल गर्दैन। राम्रो संग खादैन , समयमा सुत्दैन , ब्यायाम गर्दैन , चिन्ता गर्छ अनि उसलाई रोग लाग्छ । अनि डाडा काँडा ढाके पनि, पैसा कमाए पनि त्यो पैसा फेरी स्वास्थ लाइ सुधार्नमा खर्चनु पर्छ । 
बिज्ञान , अध्यात्म , हेल्थ कन्सियसनेस , नन् भोइलेन्स र दिगो बिकाश को मिश्रण बाट मात्रै एउटा उज्वल भबिस्य को कल्पना गर्न सकिन्छ । कुनै एउटा पक्ष कम्जोर भए तेस्ले अरु सबै खत्तम पारिदिन्छ किनकि यो आँडबिक हतियारको युग हो, याँनथ्राक्स को युग हो , अरु बायोलोजिक उइपन को युग हो , ८ हजार वर्ष लगाएर बनाएको मानब सभ्यता १ मिनेटमा सदा को लागि खत्तम हुन सक्छ । मानिसले चीन को ग्रेट वाल बनाए, अन्तरिक्षमा जाने रकेट बनाए, औसधि पत्ता लागाए , आफै गुड्ने गाडी बनाए , सभ्यताको बिकाश गरे तर साथ साथै आफ्नो अन्त्य पनि आफै डिजाइन गरे । जब एउटा पागलको हातमा केमिकल वा बायोलोजिकल हतियार हुन्छ , १ मिनेटमा सारा बिस्व ध्वस्त हुन्छ । बिस्व राजनीति र बढ्दो कट्टर रास्ट्रबाद को नकारात्मक बिकाशले यो क्षण नजिकिदै गएको छ र एस्लाई रोक्ने तत्व अध्यात्म, बिज्ञान र अन्तरास्ट्रीय मनबताबादी नीति हो ।

__________________________-



भोट माग्न आउने नेता लाइ के प्रस्न गर्ने:
- गरिबी, घरेलु हिम्सा र अन्य सामाजिक समस्याका कारण बर्सेनि ९००० नेपालीले आत्महत्या गर्ने गर्छन । माओबादी युद्धमा १७ हजारको ज्यान गएको थियो, तेती संख्या अहिले हरेक १-२ वर्षमै भैरहेको छ । फरक येत्ति हो, तेतिबेला अरुले मार्लान कि भन्ने डर हुन्थ्यो, अहिले आफुले आफैलाई मार्लान कि भन्ने डर हुन्छ । जहाँ गरिबी छ, त्यहाँ हिम्सा हुन्छ । तेसैले, प्रस्न नम्बर १ - गरिबी निवारण , हिम्सा र सामाजिक समस्या हटाउन के गर्नु हुन्छ ? 

- अरु हजारौ नेपाली हरु चिनी को कारणले मरिरहेका छन् । अहिले नेपालीको प्रमुख मृत्युको कारण चिनीजन्य कुरा धेरै खाएर लाग्ने रोग डाएबिटिस, सुगर यित्यादी बाट हुन्छ । रक्सि, चुरोटमा जस्तै चिनी जन्य कुरामा पनि कर लगाइनु पर्छ । यो एक उहदरण मात्र हो तर जनता को स्वास्थ लाइ सिधै असर पार्ने कुरा हरु जस्तै प्रदुसण, धुलो , फोहोर पानि , फोहोर यित्यादी को व्यवस्थापन गर्ने नीति के छ, के गर्नु हुन्छ ? राजनीतिक परिबर्तन चाहियो भनेर मात्र हुदैन ,परिबर्तन लाइ लागु गर्ने नीति के छन् ? 

- स्वास्थ र सामाजिक समस्या हटाएपछि बल्ल बिकाश हुन सुरु हुन्छ । तेसैले सुरु कसरि गर्नु हुन्छ ? पुंजी को वृद्धि कसरि गर्नु हुन्छ ? पुंजी वृद्धि नभैकन, भएका कलकारखाना बन्द गरेर बृद्ध भत्ता, बेरोजगार भत्ता बाडछु भनेर हुदैन । एकादेशमा एउटा भेडाको हुलमा भेडा कै खाल ओढेर स्याल आएछ र सबै भेडाको अगाडी भासन गरेछ , " मलाइ चुनाबमा भोट देउ, म तिमीहरुलाई जाडोको लागि ओढ्ने दिन्छु " , एउटा भेडा ले अर्को लाइ सोधेछ , " एसले ओढ्ने चै कहाँ बाट ल्याउछ ? " , अर्को भेडाले भनेछ, " हाम्रै छाला काढेर बनाउने हो " । यो २-३ कक्षा को एउटा कथा मात्रै । कोहि नेता ले म स्मार्ट सिटि बनाउछु , म यो बनाउछु उ बनाउछु भन्दा, प्रस्न गर्नुस, तेस्मा लाग्ने पुजी कहाँ बाट ल्याउनु हुन्छ ?

___________________________

बिस्वका १०० धनि तत्व मद्धे ६९ ओटा कम्पनि हरु छन् भने ३१ ओटा मात्रै मुलुक हरु रहेका छन् । स्विजरल्याण्ड , नर्वे र रसिया भन्दा Apple कम्पनि धनि छ , Samsung दुबाई भन्दा धनि छ , Toyota भारत भन्दा धनि छ । पुंजिबाद को बिरोध जसले जति गरे पनि पुंजी निर्माण , आबिस्कार र बिस्व अर्थतन्त्र धान्ने यिनै कम्पनि हरु हुन् । IBM को Deep Mind, Apple को Face Recognition र Tesla को डाइभर बिना गुड्ने गाडी केहि उदाहारण हुन् । एस्ता ठुला ठुला कम्पनि माथि पुग्नुमा कुनै एउटा व्यक्ति को भन्दा पनि धेरै मान्छेको सामुहिक योगदान हुने गर्छ र तेस्को कारण specialized उच्च शीक्षा हो । आजको जमानामा ९३% जनताले निम्न माध्यमिक स्तरको शीक्षा पाएका छन् भनेर फ़ुर्कियेर हुदैन । रोजगारी , बिसेसग्यता , आविस्कार हासिल गर्न specialized नलेज चाहिन्छ । त्यो बिसेस सिप हासिल गर्न र प्रयोग गर्न उर्बर भुमि बनाइदिने काम नीतिनियम बनाउने व्यक्ति, संस्था र राजनीतिक पार्टी हरुको पहिलो प्राथमिकता हुनु पर्छ । हामि संग सम्भावना मात्र छ भनेर बसेर हुदैन । सम्भावना छ भन्ने तर केहि नगर्नु सुनको कचौरा लिएर ५ पैसा भिख माग्न बस्नु जस्तै हो |

____________________________

चाहे जो जुनसुकै पार्टीको होस्, भत्क्या पार्टी , चुच्चे पार्टी , फुच्चे पार्टी , आफु नबनी समाज, कम्युनिटी , देश एस्तो बनाउछु उस्तो बनाउछु भन्ने सपना नबाडनुस । आफु कुनै क्षेत्रको बिज्ञ भए मात्र राजनीति गर्न सुहाउछ । खोक्रो दिमाग, खोक्रो रास्ट्रबाद, खोक्रो कसम, खोक्रो सपनाको कुनै महत्व हुदैन । यो बिज्ञान, प्रबिधि , पुंजिबाद, भरचुअल रियालिटी , मेसिन लर्निङ्ग, सस्टेनेबल डेभलपमेन्ट को जमाना हो , ढुसी परेका सिद्दान्त, झुट र भ्रमको हैन । एक मात्र अजेंडा बिकाश हो । बिकाश को निम्ति मेरो केहि सल्लाह सुझाब दिन चाहन्छु , कृपया यी केहि लेख गम्भीरतापूर्ण पढ्नु हुन अनुरोध गर्दछु , तेसो गरे कसो होला ?

___________________________

भाई टिका/दाइ टिका मा आफ्नो दिदि बहिनि लाई जस्तो सधै अर्काको दिदि बहिनि लाइ पनि सम्मान गर्ने गरे लैंगिक हिम्सा नै हुदैन थियो कि , तेसो गरे कसो होला ?

No comments:

Post a Comment