हामि सबै कलाकार
By: Bikal Dhungel
हामि त सब कलाकार होनि यार
पढेको नाटक गर्छौं
काम गरेको नाटक गर्छौं
माया गरेको नाटक गर्छौ
ज्ञानी भएको नाटक गर्छौं
असल नागरिक बनेको नाटक गर्छौं
सुनेको नाटक गर्छौं
बुझेको नाटक गर्छौं
निदाएको नाटक गर्छौं
ब्यस्त भएको नाटक गर्छौं
सबै थाहा भएको नाटक गर्छौं
बाँचेको नाटक गर्छौं
नाँचेको नाटक गर्छौं
मनको पिंडा छोपी छोपी
खुलेर हाँसेको नाटक गर्छौं
हामी सबै कलाकार हौँ
राजेश हमाल हौँ , भुवन केसी हौँ
इमान्दार कम हौँ
कलाकार बेसी हौँ
मुकुण्डोले छोपिएको मान्छे
Dishonesty रोपिएको मान्छे
किच्च दांत , फिस्स जुँगा भित्र
झुटै झुट खोपिएको मान्छे
बच्चा हुँदा यो मुकुण्डो थिएन
समाजको रंगमंचमा उक्लेसी लगाएको
रोगि समाजको किताबमा अट्न
आफ्नो authentic-self भगाएको
हामि त सब कलाकार होनि यार
आ-आफ्नो विधामा Oscar को भागेदार