Sunday 3 December 2017

Some thoughts on Society II

By: Bikal Dhungel

बुद्ध नेपालमा जन्म्या भनेर भन्दै हिड्ने तर बुद्ध उपदेश लाइ खुट्टाले कुल्चिदै अरुलाई सामाजिक संजालमा नानाथरि गालि , आरोप लाउदै हिड्ने हनु हरुले कुन नैतिकताले बुद्ध हाम्रो भानिराको? जिबनमा कति ओटा बुद्ध धार्मिकग्रन्थ पढेका छौ ? बुद्ध भनेको के हो थाहा छ ? दलाइ लामा लाइ " आतंकबादी, तँलाई लामा, पश्चिमा एजेन्ट" यित्यादी लेख्दै गालि गर्ने विद्वानले आफुलाई बुद्ध संग जोड्नु पाखण्ड हो । आफु राम्रो बाटो हिड, नसके अरुलाई अपमान नगर

_______________________

नेपाली मिडियाको काम पनि भ्रम फैलाउने र अरुको नराम्रो लेख्ने बाहेक केहि भएन । जनता नि तेस्तै , जे भने नि पत्याको छ, पछि लाग्या छ, आफै सोचविचार गर्नु छैन । पछि लाग्नै परे पनि राम्रो मान्छे को लाग्नु, रिसी कमला, खगेन्द्र संग्रौलो को पछि लाग्या छ , आलुपांडे कुरा गर्या छ, अनि कसरि हुन्छ ?

______________________

औसत मानिस आफुलाई भन्दा अरुलाई राम्रो संग चिन्दछ । अरुको कमजोरी र गल्ति प्रति उसलाई ज्ञान हुन्छ तर आफ्नो कमजोरी वा आफ्नो स्ट्रेन्थ थाहा हुदैन । अरु प्रति येति फोकस हुन्छ कि आफ्नो बारे कहिलेइ सोचेको हुदैन , तेसैले प्राए मान्छे लाइ सोध्नुस , तपाइको इक्षा के हो, जिबनमा के गर्न चाहनु हुन्छ , के कुराले तपाइलाइ लामो समय खुसि बनाउन , धेरै लाइ थाहै हुदैन । तेस्को प्रतिफल , आफुले आफैलाई राम्रो संग नचिन्दा, आफ्नो स्ट्रेन्थ , कमजोरी थाहा नहुदा उ पढाइ, ब्यबसाय , जब् यित्यादी मा असफल भैरहन्छ । एसको मतलब यो हैन कि मानिश जिबनको सबै पक्षमा सफल हुनु पर्छ, तर अरुको गल्ति र कमजोरी केलाएर बस्ने समयमा निस्वार्थ रुपमा आफ्नो कमजोरी सुधार्ने, भबिस्य बारे सोच्ने गरे तेस्को फाइदा उ आफैलाई मात्र हैन, परिवार, समाज , देश र बिस्व लाइ नै हुन्छ ।

No comments:

Post a Comment