Showing posts with label Cuba. Show all posts
Showing posts with label Cuba. Show all posts

Wednesday, 30 November 2016

क्यास्ट्रो र क्युबा

By: Bikal Dhungel 

यसै हप्ता क्युबा का नेता फिडेल क्यास्ट्रो को ९० वर्ष को उमेरमा मृत्यु भयो | संसार भरि बाट "महान नेता " को मृत्यु भएकोमा विभिन्न माध्यम बाट समबेदना प्रस्तुत गरियो | बिसेस गरि नेपाल बाट त नहुने कुरै भएन किनकि कम्युनिजम संसार बाटै फ्लप खाए पनि नेपालमा भने अझै यो प्रथा को गाथा खुब गाइन्छ | प्राय नेपाली राजनीतिक पार्टी कम्युनिस्ट म्यान्डेट लिएरै अगाडी बढेका छन् | राजनीतिमा उनीहरुकै हाबी छ | यो प्रथा लाइ राम्रो संग बुझे पनि नबुझे पनि , क्यास्ट्रो लाइ राम्रो संग चिने पनि नाचिने पनि , "एक योद्धा, महान नेता, " यित्यादी सब्द भने थुप्रै लेखिए.| 

कसैको मृत्यु हुदा समबेदना दिनु सभ्यता हो चाहे त्यो जस्तो सुकै मान्छे होस् | क्यास्ट्रो को मृत्यु प्रति समबेदना दिदै उनलाई कसरि मुल्यांकन गर्ने भन्ने कुरा प्रस ट्याउन चाहन्छु | कुनै पनि नेताको मुल्यांकन गर्न उनको स्वभाब , ब्यबहार भन्दा पनि उनले समाज र देश लाइ के प्रतिफल दिए भन्ने कुरा मा हुन्छ | उनले के outcome ल्याए भन्ने हुन्छ | उनले जनताको जिबन स्तर कति सहज बनाउन मदत गरे, के बिकाश गरे, यित्यादी पक्ष हरु महत्वपुर्ण हुन्छ | नेताको व्यक्तिगत जिबनी , बैबाहिक सम्बन्ध यित्यादी महत्वपुर्ण हुदैन किनकि सफल नेताको व्यक्तिगत जिबन कोलाहलपूर्ण हुन सक्छ | सबै डाक्टर स्वस्थ हुदैनन् , सबै अर्थासास्त्री धनि हुदैनन् तेसैगरी सबै सफल नेता सबै तिर उत्क्रीस्ट पनि हुन सक्दैनन् | जोन एफ केनेडी र बिल क्लिन्टन को जिबन व्यक्तिगत रुपमा कोलाहलपूर्ण रह्यो तर उनीहरुले आफुलाई सफल नेता को रुप मा प्रस्तुत गरेर देखाए |

१९५० को दसक को जनआन्दोलन पछि मृत्युको केहि वर्ष अघि सम्म क्यास्ट्रो ले एकल राज गरेर बसे , राजनीतिक रुपमा सक्रिय भए | तेसपछि पनि अहिले उनका भाई राउल क्यास्ट्रो ले सत्ता सम्हाली रहेछन | क्यास्ट्रो को करिब ५० वर्ष को सासनमा बिकाश भने केहि पनि भएन | अमेरिकाले लगाएको अर्थिक प्रतिबन्ध ( Embargo ) लाइ जति दोस दिए पनि अविकास को कारण भने उनीहरु आफै हुन् . अमेरिकाले प्रतिबन्ध लगाए पनि बाकि बिस्वले लगाएको छैन , बिकाश अमेरिका बिना पनि सम्भब थियो | 
" साम्राज्यबाद " को बिरोधि क्यास्ट्रो आफै साम्राज्यबादीका सन्तति थिए | उनका पिता एन्जेल क्यास्ट्रो स्पेनिस साम्राज्य बाट क्युबा आइ उखु खेति गरि बसेका ब्यापारी थिए. तानासाही Fulgencio Batista को सासन बिरुद्ध जनआन्दोलन मा क्यास्ट्रो को भूमिका प्रसंसनिय छ तर तेस पछि कम्युनिजम को नाममा उनि आफै तानासाही भएर राज गरिरहे | अस्ट्रियन अर्थासास्त्री Friedrich Hayak ले एक किताब लेखेका छन्, “The Road to Serfdom” अथवा नेपालीमा उल्था गर्दा " तानासाह/सामन्ती तर्फ को बाटो " जसमा हायेक ले भनेका छन् " कम्युनिस्ट हरु सुरुमा सामाजिक न्याय को नाम लिएर क्रान्तिमा उत्रंछन् , रगत बगाएरै भएर पनि सत्ता कब्जा गर्छन ( माओबादी ले जस्तै ) अनि जनता माथि आफ्नो सिद्दान्त लाद्न खोज्चन , जुन सम्भब हुदैन , अनि जसले उनीहरुले भनेको मान्दैनन तिनीहरुलाई मारिन्छ, लखेटीन्छ , फरक सोच भएकै कारण जेलमा हालिन्छ अनि ति सामाजिक न्याय बिरुद्ध लड्ने योद्धा हरु आफै तानासाही भएर निस्कनछन् | इतिहास साक्षि छ | स्टालिन लाइ रसियन हरु आफै तानासाही को रुपमा लिनछन् , उत्तर कोरियाका किम जोङ्ग उन अर्का तानासाही हुन् भने तेसै गरि आफ्नो कृसी क्रान्ति सफल बनाउने क्रममा ३ करोड मान्छे को ज्यान गइ सक्दा पनि त्यो नीतिले हुदो रहेनछ भन्ने नबुझ्ने अबुझ माओ जेडंग अर्का उदाहरण हुन् | माओ को मृत्यु पछि उनको ठिक उल्टो सिद्दान्त ( पुंजिबाद र खुला अर्थतन्त्र ) लिएर अघि बढेका देङ्ग जिआओ पिङ्ग ६० करोड मान्छे लाइ गरिबीको रेखा मुनि बाट बाहिर निकाल्न सफल भए र उनकै कारण चीन आज एउटा अमेरिका लाइ टक्कर दिने सक्तिसाली अर्थतन्त्र भएको छ |

माओ , स्टालिन, र किम जोङ्ग उन जस्तै आफ्नो भन्दा फरक सोच राख्ने लाइ जेलमा हाल्ने, देस निकाला गर्ने अर्का नेता हुन् फिडेल क्यास्ट्रो | व्यक्तिगत रुपमा उनलाई सफल नेता भन्दा गल्ति हुदैन किनकि उनले सोभियत संघ को आड मा क्युबा लाइ अमेरिकी पुंजिबाद बाट बचाए | तर तेस्ले क्युबाली जनता लाइ के दियो ? गरिबी र दरिद्रता . फरक विचार राख्ने त उनको सासन प्रति असन्तुस्ट दसौ लाख क्युबाली मर्न वा देस छोडी भाग्न बाध्य भए | बिस्व स्वास्थ सुचीमा क्युबा को स्थिति प्रसंसनिय भए पनि एक चौथाई नेपाली मूलका भुटानी नागरिक लाई बल प्रयोग गरि देश निकाला गरेर आज भुटान "Brutto National Happiness" को झुट जसरि फ़ैल्याउदै छ, क्युबा को स्थिति पनि तेस्तै तेस्तै छ | महत्वपुर्ण कुरा बढी बाच्नु हैन, जिबन स्तर राम्रो पार्नु हो . जहाँ औसत आयु लामो छ तर मान्छे ले स्वतन्त्रता, प्रजातन्त्र र मानब अधिकार को प्रयोग गर्न सक्दैन , आरामले बाच्ने अधिकार पाउदैन, बढी बाँच्नु को अर्थ रहदैन | 

क्युबा एक सानो देस हो , संसारको सबै भन्दा धनि देश को छिमेकि पनि हो | क्युबाले अमेरिकी पुंजिबाद अंगालथ्यो त आज सायद सिंगापुर, दक्षिन कोरिया वा पश्चिम जर्मनी हुन्थ्यो होला | यी तिन ओटै देसले अमेरिकी सहयोगमा तिब्र आर्थिक वृद्धि हासिल गर्न सफल भए . दृतिय बिस्व युद्ध पछि पश्चिम युरोपले पुंजिबाद , खुला अर्थतन्त्र र प्रजातन्त्र को मोडेल अपनाए भने पुर्बी युरोपले कम्युनिस्ट नीति | त्यो वर्ष ,जब कम्युनिजम को अन्त्य भयो र सोभियत संघ ढल्यो , पश्चिम यूरोप को बर्सिक आम्दानी पुर्बी युरोप को भन्दा औसत मा २५ गुना बढी रहेछ . आज दसौ लाख पुर्बी यूरोपेली पश्चिम युरोपमा काम गर्न गएका छन् र कतिले त कम्युनिजम लाइ प्रतिबन्ध नै लगाएका छन् | 



अर्को तर्फा कोरियाली इतिहास हेर्ने हो भने कोरियन युद्ध अगाडी दक्षिन कोरिया भन्दा उत्तर कोरिया आर्थिक रुपमा सम्पन्न र सक्तिसाली थियो | दक्षिन कोरियाले पुजीबादी नीति लियो र ४० वर्षको अन्तरालमा संसार कै एक गरिब राष्ट्र बाट बिस्व को टप २० अर्थतन्त्र भित्र पस्न सफल भयो | आज दक्षिन कोरियाली ब्र्याण्ड हरु Samsung, Daewoo, LG र अन्य बिस्वमै प्रख्यात छन् भने कम्युनिस्ट उत्तर कोरिया एसिया कै गरिब देश मद्धेमा पर्छ , र तानासाही भएर निस्केको छ , Friedrich Hayak ले “The Road to Serfdom” मा भने जस्तै |

मृत्यु पछि फिडेल क्यास्ट्रो को बारे विभिन्न लेख निस्किए , पछि किताब निस्केलान , उनको महान क्रान्ति लाइ पुज्यनीय बनाउन हजारौ वा लाखौ सब्द हरु खर्चिन पर्ला तर एक सफल नेताको प्रस्तुत गर्न सब्द हैन , अंक चाहिन्छ , लि कुआन इउ (Lee Quan Yew) जस्तो | जब उनले सिंगापुरमा राज गर्न सुरु गरे , त्यहाको औसत बर्सिक आम्दानी ४०० अमेरिकी डलर को हाराहारी मा थियो , जब उनले ३५ वर्ष पछि सत्ता छोडे , हरेक सिंगापुरी नागरिक को औसत बर्सिक आम्दानी ५० हजार डलर थियो | तेही दुइ अंक नै काफी भयो लि क़ुआन इउ को मुल्यांकन गर्न | यिनै दुइ अंक भित्र बयान गर्न नसकिने इतिहास लुकेको छ . सफल नेता भनेको लि क़ुआन इउ जस्तो हुनु पर्छ | 
क्यास्ट्रो लाइ सफल कम्युनिस्ट नेता भनेर पनि भन्न नमिल्ला किनकि कम्युनिस्ट ले सबै भन्दा ठुलो सत्रु मान्ने “Class Struggle” उनले आफ्नै देश बाट हटाउन पनि असफल भए | क्यास्ट्रो आफैले धनिले खेल्ने खेल भनि चिनिने गल्फ मनग्य रुपमा खेली पछि सबै गल्फ कोर्समा बुल्डोजर लगाउन आदेस दिए पनि क्युबा मा Class Struggle अझै यथावत छ | एका तर्फ़ राजनीतिक पहुच भएको धनि वर्ग छ भने अर्को तर्फ़ पर्यटन ब्यबसाय चलाउने मध्यम वर्ग छ भने अर्को तर्फ़ २ छाक खान धौ धौ पर्ने र खुला आकाश मुनि तारा गन्दै  सुत्नु पर्ने बाध्यता भएको गरिब को सबै भन्दा ठुलो वर्ग छ | जनआन्दोलन को ६० वर्ष पछि उही स्थिति यथावत रहनु क्यास्ट्रो को व्यक्तिगत र क्युबाको समग्र हार हो | हो , असमानता पुजीबादी देशमा पनि ब्यापक हुन्छ तर पनि पुजीबादी अमेरिकाको गरिब मान्छे पनि बिस्वको औसत व्यक्ति भन्दा धनि छन् | पुजीबादी जर्मनीको कसैले पनि सिक्षा र स्वास्थ को सुबिधा बाट बन्चित हुनु पर्दैन , आफ्नो स्वतन्त्रता को अभ्यास गर्न बाट डराउनु पर्दैन , विचार राख्दा जेल परिएला भन्ने डराउनु पर्दैन, उत्तर कोरिया र क्युबा मा जस्तो | फिडेल क्यास्ट्रो एक तानासाही थिए जसले एउटा धेरै सम्भावना बोकेको मुलुक लाइ बिकाश को उज्यालो बाट रोकेर अन्धकारमा राख्न सफल भए | आउने दिन हरुमा क्युबा ले त्यो अन्धकार लाइ पन्छाई आर्थिक वृद्धि को बाटो लेओस | क्यास्ट्रो को आत्माले चिर सान्ति पाओस | लाल सलाम