Showing posts with label Budget. Show all posts
Showing posts with label Budget. Show all posts

Monday, 19 December 2016

Bitaranmukhi bajet kina khatara huncha ?

By: Bikal Dhungel

Yes barsa oli sarkar le 10 kharba ko bajet lyaye. Charcha paricharcha nikai vayo. ' paisa artha mantralaya ko daraj ma kuhiyayera rakhne haina ' vanne jasta tarka gari bitaran mukhi budjet lyaiyo, sath sathai lagani briddhi hune kaam, bikash ra sichya jasto chetra ma vane bajet ghataiyo. 2-4 jana artha sastri bahek arule yo budjet ko khulerai prasamsa gare tara tyo prasamsa ra tarif le ek din lakhau Nepali harulai ruhaune cha. Yes lekh marfat tyo kina hanikarak cha, ra bitaranmukhi budjet kina khatara huncha prasta paarna chahanchu.

Budjet lai saral sabda ma vanda harek manche ko ghar kharcha jasari taya garincha, budjet pani tehi ho tara euta singai desh lai euta ghar ko rup ma liyera. Euta samanya ghar ma aayeko aamdani, ghar kharcha, khana, padhai yityadi ma jancha, padhai ma kharcha garnu lagani garnu ho jasko fal swarup padhne manche le vabisya ma nokari gari thap aamdani garcha. Testai desh ko sandharba ma pani budjet lagani garne kaam haruma paryapta kharcha garema vabisya ma tesle desh ko aamdani badhaucha.

Nepal ma utpadan lagvag lagvag sunya cha. Utpadan sunya tara paisa ko matra badhi huda tesle mulya briddhi garaaucha ra jo garib cha, jasko aamdani chaina usle mulya briddhi khapna sakdaina. Short term ma vanda pani long term ma budjet ko yo chadatantra le durghatna lyaaucha, ra madhyam barga ko binash garcha.

Budjet ko ek udesya ho , sustainable development. Jasari ek garib tara bidwan bau le afu khai nakhai chora chori laai padhaucha ani voli parsi jaba ti chora chori padhera thulo manche hunchan, tyo pariwar garibi bata umkancha. Aauda pusta harulai sichya ko mahatwa thaha huncha ra uniharu garibi ko rekha muni farkane sambhawana nyuna huncha. Tara yedi tyo bau le afno purai aamdani harek din ko kharcha ma lagai sichya ma lagani nagarne ho vane aja ko din ta ramro hola tara vabisya andhakar huncha. Chyadik aananda ko lagi vabisya ko parbaha nagarne manche, pariwar, samaj ra muluk ko vabisya ujwal hudaina. Aba yehi udaharan desh ko budget ma lagu garda, chyadik rup ma budget andha dhunda rup ma baadda yo sal ta ramailo hola tara vabisya ma Nepali le garibi khepnu parcha.


Tesaile, tehi garib tara bidwan manche le jasto budjet vabisya ko lagi lagani ma kharcha garnu parcha, sip bikash ma lagaunu parcha ra sp le rojgari create garcha jasko fal swarup vabisya ma garib hatcha. Bitaranmukhi budget sasto lokpriyata ko lagi ho. Nepal ma paisa ko kami chaina. Legal rup ma barsik 6 arab dollor Remittance aaucha, illegal rup ma aaune rakam tyo vanda pani dherai cha tara yedi ahile kai jasto remittance khapat garne matra prayog garne ho, lagani, sip bikash ma prayog nagarne ho vane bitaranmukhi budget jasto yesle durghatana matra lyaucha.  

Wednesday, 8 June 2016

बजेट जात्रा, बिकाश र खोक्रो रास्ट्रबाद

By: Bikal Dhungel

( यो लेख कुनै राजनीतिक  पार्टी र व्यक्ति बिसेस प्रति लाच्छित गरिएको हैन ) 


हरेक वर्ष बजेट भासन गरिन्छ , टिभीमा प्रसारण हुन्छ , मान्छे हरु बडो उत्सुक भएर सुन छन् | कर्मचारी लाइ तलब बढ्छ कि बढ्दैन भन्ने उत्सुकता, बृद्ध लाइ भत्ता बढोस भन्ने इच्छा , बिद्यार्थी लाइ महंगी नबढोस भन्ने चिन्ता | देशलाइ चाहिने सामान्य खर्चको किटानी गर्ने बाहेक बजेटको खास aim भनेको बिकाश हो | कुन क्षेत्र को बिकाशको लागि कति खर्च दिने भन्ने हो | तर जब यो वर्ष सकिन्छ , फेरी पनि समाचार आउछ " यो वर्ष बिकाश बजेट को २५% पनि खर्च हुन सकेन " | सकोस पनि कसरि , बाटो को उदाहरण दिदा, बजेट छुट्याई सकेपछि संसदमा छलफल हुदै ६ महिना बित्छ , तेसपछि बर्खा लाग्छ, पानि परेर काम हुदैन , अनि दसैँ आउछ , तिहार आउछ, कर्मचारी, कामदार जिल्लामा उपस्थित भैसक्दा अर्को १ महिना बित्छ अनि बाकी २ महिना कोदालो खनेर ५ खर्ब को विकास बजेट कसरि सक्याउने ? अरु क्षेत्र को कुरा गर्दा अर्थमन्त्री लाइ विकासका लागि येसो येसो गर्ने भन्ने चै थाहा हुन्छ तर ठ्याक्कै गर्ने कसरि भन्ने चै थाहा नहुदो रहेछ | तेसैले बजेट भासन मा जति सुकै खोके पनि हुने केहि नभएपछि आजकल मान्छे हरुले बजेट भासन लाइ बजेट जात्रा भन्ने गर्छन | चाहे त्यो ख प्र ( खड्ग प्रसाद ) ओली को बजेट होस् चाहे छबि लाल दाहाल को |


नेपालमा बिकाश किन भएन भन्ने १९८ तर्क गर्न सकिन्छ तर प्रमुख कारण हिस्टोरिकल लिगेसी नै हो | पृथ्बीनारायण साहा लाइ नुवाकोट हान्न पैसा भएन , बिसे नगर्ची ले हरेक देस बासि संग थोरै थोरै पैसा उठाउ, धेरै हुन्छ, एकीकरण सम्भब छ भनि सिकाइदिये | Modern Tax System को आइडिया दिए | राजा त्रिभुवन राना हरु संग कोट मागी मागी लाउथे , उनि संग कोट किन्ने हैसियत पनि थिएन तर ज्ञानेन्द्र सम्म आइपुग्दा राजसंस्था धेरै धनि देखियो | राजसंस्था धनि भयो तर जनता गरिब रहे |नेपाल गरिब हुनु को प्रमुख कारण नै non-inclusion हो |यो अविकास र गृह युद्ध को कारण हो जुन Daron Acemoglu James Robinson ले Why Nations Fail भन्ने किताबमा अन्तरास्ट्रिय अध्यन गरि किटानी गरेका छन् | आफ्ना आसेपासे केन्द्रित राज नै हो जसले ९८% जनता लाइ अध्यारोमा राख्यो | त्यो नीति Colonialism को extended part थियो | कंगो का तानासाही मोबुतु सेसे सेको ले भन्ने गर्थे "ग्रामीण भेग जोड्ने बाटो नबनाउ , बनायेउ भने उनीहरु तिमि भाको ठाउमा आउछन् , आन्दोलन गर्छन र तिम्रो राज सकिन्छ | नेपाली तानासाहीले तेही सिके , काठमाडौँ केन्द्रित सरकार थियो , तेस बाहिर अर्कै ग्रह थियो | दरबार तेही थियो , बिकाश तेही थियो, गाडी तेही थिए, स्कुल तेही थिए , बाकी देश अन्धकार थियो | अनि शासक लाइ एक मात्र डर थियो त काठमाडौँ उपत्यका भित्रकै सोसित जनता | भक्तपुरमा भक्तपुरे नेवार को डर थियो , उनीहरुलाई आर्मी क्याम्प ले घेरिदियो | सानोठिमी मा क्याम्प राखिदियो , सल्लाघारी , सुर्यविनायक , खरीपाटि , नगरकोट मा अर्का खोलि पुरै घेरिदियो | काठमाडौँमा हेर्ने हो भने पुराना नेवार बस्ति जहाँ जहाँ छन्, ति ठाउँ हरुलाई क्याम्पले घेरिएको छ | आज बस्ति बिकाश र जनसंख्या वृद्धि ले त्यो देख्न सकिन्न | र अर्को, बेलायेती ले Colonialism ताका प्रयोग गरेको नीति लियो | प्रमुख ग्रुप लाइ हातमा लिउ | नेवार भित्रका प्रमुख ग्रुप , श्रेष्ठ , बैद्य र जोशी लाइ हातमा लियो , शाक्य हरु त बुद्धिस्ट हुन् , झैझगडा गर्दैनन् , बाकि सबै सोसित भैराखे | ४७ साल पछि सिक्षा र Financial Sector मा केहि बिकाश भयो जसका कारण आज अर्थतन्त्र टिकी रहेको छ तर जब माओबादी युद्ध सुरु भयो , बिकास को काम ठप्पै रोकियो | तेही non-inclusion का कारण आज उठाइएका जनजाती आन्दोलन का माग हरु जायज छन् , लोकसेवा र राजनीतिमा प्राय एउतै जात धेरै हुनुको तर्क तेस जात ले गरेको प्रजातान्त्रिक आन्दोलनमा योगदान भनिन्छ तर त्यो ठिक हैन | प्राय सहिद हुनेमा जनजाती छन् , धर्मभक्त माथेमा, सुक्रराज सास्त्री , गंगालाल श्रेष्ठ यित्यादी | बिडम्बना , प्रजातन्त्र आइ सकेपछि पनि non-inclusion को issue लाइ सम्बोधन गरिएन जसले अर्को युद्ध ल्यायो |


आजका बहुदल बिरोधि हरुले प्रजातन्त्र आउनु अघि एस्तो एस्तो विकास थियो भने पनि आफ्नो पौरख बाट बनाएको कमै थिए, बिदेसीले दान दिएका चिज हरु धेरै थिए | भारतले त्रिभुवन विमानस्थल , बिर अस्पताल , त्रिभुवन राजमार्ग र सोभियत संघ संग मिलेर पूर्व पश्चिम राजमार्ग बनाइदिएको थियो | चिन ले ट्रली बस, सार्क भवन , राष्ट्रिय सभा गृह , बांसभारी जुत्ता कारखाना, हरिसिद्धि इट्टा भट्टा ग्रुप दियो | अमेरिकाले बालाजु औद्योगिक क्षेत्र बनाइदियो , कोका कोला जस्ता Western Brands नेपाल छिरायो | जापान ले टिचिंग अस्पताल , बि पी राजमार्ग र मेलम्ची आयोजना खोलिदियो | येसैगरि जर्मनी ले टीबी अस्पताल सहित विभिन्न देश ले थुप्रै दान दिए | दुर्भाग्य, राजनीतिक अस्थिरता र माओबादी आतंकले यी सबै कुरा ध्वस्त बनाइदियो | एक जीवित उदाहरण दिनुपर्दा , आज भन्दा २० वर्ष अगाडी यूरोप का ४ ओटा सहर सिधै पुर्याउने रोयेल नेपाल एर लाइन्स आज २ ओटा जहाज मा सिमित भएको छ | २० वर्ष पहिले लन्डन , फ्र्यांकफर्ट , र भियना जस्ता सहर काठमाडौँ बाट सिधै पुग्न सकिन्थ्यो | राजनीतिक भागबन्डा ले त्यो आज मिठो सपना को रुपमा मात्रै प्रस्तुत छ |


नेपालका अविकास का कारण non-inclusion बाहेक अर्को प्रमुख क्षेत्र सिक्षा हो | सरकारी स्कुल को दर्दनाक स्थिति हेर्नु पर्दा हरेक एस एल सी अनुतिर्ण हुनेको संख्या करिब ८५% | १०० मा ३२ अंक ल्याए पास भैंछ , " २७ सम्म आए पास गरिदिनु " भन्ने in-official system छ तैपनि ८५% फेल हुनु भनेको नीति को कमजोरी हो , बिद्यार्थी को हैन | ८५% गरिब बिद्यार्थी को भबिस्य माथि खेलबाड गर्नु एक नकारात्मक पक्ष हो भने अर्को पक्ष , एस्तो स्थिति हुदा निजि बिद्यालयमा पढ्ने माथि पुग्ने तर गरिब हरु गरिब नै रहने हुन्छ , उनीहरु Poverty Trap बाट उम्कनै सक्दैनन् र एसले आसमानता उत्पन्न गराउछ | एसको अन्त्य गर्न Financial Aspect तिर हेर्नु पर्ने हुन्छ | National Bureau of Statistics को डाटा अनुसार सरकारी बिध्यलायेमा नेपाल सरकार लाई प्रति बिद्यार्थी प्रति महिना करिब २८०० रुपिया खर्च लाग्दो रहेछ | निजि बिद्यालय तर्फा हेर्दा प्रति बिद्यार्थी प्रति महिना ११०० रुपिया मात्र लाग्दो रहेछ | भन्नुको मतलब , येदि सरकारले सरकारी बिद्यालय खारेज गरि ति सबै बिद्यार्थी लाइ निजि स्कुलमा पढ्ने पैसा नै दिने हो भने पनि फाइदा हुने रहेछ | तेस बाहेक निजि बिद्यालय को स्तर बढी हुने हुदा long term मा एसले गरिबी र असमानता हटाउने काम गर्छ | तर येसो भन्नु को मतलब निजि स्कुल सबै राम्रा छन् भन्ने पनि हैन , कमजोरी प्रसस्तै छन् | धेरै क्लास लिएर, धेरै गृहकार्य दिएर , पिटेर बिद्यार्थी राम्रो हुने हैन | नेपालको परिबेसमा पराए बिद्यार्थी लाइ सिक्षक देखि डर लाग्छ , तेसैले बिद्यार्थीले सिक्षक लाइ मन्पराउदैनन | „ You never learn from people you dont like " | अर्को पक्ष , नेपाल को संधर्ब मा गणित , बिज्ञान, अंग्रेजी घोक्न सक्ने सबै राम्रा बिद्यार्थी , नसक्ने कम्जोर भन्ने प्रबिर्ती हाभी छ | बिद्यार्थी हरुमा आफ्नो आफ्नो खुबी हुन्छ , कला हुन्छ , त्यो कला र खुबी लाइ प्रोत्साहन दियियेमा त्यो नै सिक्षा हो | सबै जना गणित मै राम्रो हुनु पर्छ भन्ने छैन , गायनमा, चित्रकलामा वा मेकानिकल कुरा मा पनि हुन सक्छ | यूरोपका Waldorf Schools हरु बिस्व मै उत्क्रिस्त हुनुको कारण पनि तेही हो | त्यहाँ बिद्यार्थी लाई आफै सोच्न सिकाइन्छ, सेल्फ लर्निङ्ग लाई प्राथमिकता दीइन्छ | तेस बाहेक अन्तरास्ट्रिय मानबताबादी धारणा मा आधारित सिक्षा दीइन्छ | हाम्रा पुर्खा बहादुर, हाम्रा ले येति देश जितेका थिए , त्यहाँ त्यहाँ कब्जा गरेका थिए भन्ने जस्ता तत्व ले बिद्यार्थी को मस्तिस्क लाइ घमण्डी र अहंकारी बनाउछ र उसको सोचाइ narrow बनाइदिन्छ |


Non-inclusion, Low quality education बाहेक अरु थुप्रै कारण छन् बिकाश नहुनुमा तर अहिले लाई ति सबै कुराको छलफल यो लेख मत्फत उतार्न सम्भब छैन | तर बिकाश महत्वपुर्ण छ तेसैले आर्थिक वृद्धि अपरिहार्य छ | दक्षिण कोरिया , ताइवान , सिंगापुर र चिन ले बिकाश गरे भन्ने आज थाहा नभएका कोहि नहोला तर उनीहरुको नीति केके थिए त्यो अध्यन गरेको भए नेपाल ले तिनै नीति रिफाइन गरि आफ्नो परिबेसमा adapt हुने गरि लागु गरिनु पर्थ्यो | बिकाश भयो भने फाइदा हुन्छ भन्ने मात्र हैन बिकाश भएन भने तेस्ले अरु धेरै समस्या ल्याउन सक्छ भन्ने कुरा बुझ्नु जरुरि छ | किनकि जहाँ गरिबी छ, त्यहाँ हिम्सा हुन्छ , जहाँ फोहोर छ त्यहाँ रोग फैलिन्छ , जहाँ भेद भाब छ त्यहाँ दंगा हुन्छ , अविकसित र गरिब ठाउँ गृहयुद्ध को उर्बर भुमि बन्छ | आज युद्ध मा होमिएका सबै देश गरिब र अविकसित देस नै छन् |तेसैले, आर्थिक बिकाश नेपाल को नम्बर एक प्राथमिकता हुनु जरुरि छ | नेपाल ले बजारीकरण , खुला अर्थतन्त्र र मानब बिकाश मा जोड दिनु जरुरि छ | नेपाल सरकार ले ५०० खरब कै बजेट ल्याए पनि येदि मानब विकास कम छ र दक्ष जनसक्ति छैनन् भने त्यो केहि काम लाग्दैन | बाटो बनाउन पैसा भएर पुग्दैन , Engineering Skills चाहिन्छ, ग्रामीण भेगमा स्वास्थ्य सुबिधा पुर्याउन पैसा ले मात्र हुदैन , डाक्टर , नर्स, अन्य स्वास्थ्य कर्मी हरु र मेडिकल infra-structure पनि चाहिन्छ | येति लाख टुरिस्ट भित्रयाउछु भनेर त्यहाँ पैसा पोखेर पुग्दैन , तेस बिषयको बिज्ञ पनि चाहिन्छ | लुम्बिनी वर्ष मनाउने भनेर नेता जी हरुले रिबन काट्नु भो , ५ लाख टुरिस्ट भित्रयाउ छु भनेर भासन गर्नुभो , पैसा पनि खर्च गर्नुभो तर management skill नहुदा त्यो लागु हुन सकेन र १ लाख टुरिस्ट मात्र आए जति त हरेक वर्ष आइरहेका थिए |


५० वर्ष अगाडी हाम्रै हैसियतका देस हरुका नीति अध्यन गरि तेस्लाई नेपाली समाजमा adapt हुने गरि लागु गरिनु पर्छ | इस्ट एसिया , ब्राजिल , बोत्स्वाना र अन्य अति तिब्र बिकसित मुलुक र क्षेत्र हरुले लिएका नीति येस्प्रकार थिए :
- अन्तरास्ट्रिय ब्यापार मा ब्युरोक्रेसी घटाएको
- साना मझौला उध्यॊग लाइ मार्केट इन्ट्री खुकुलो पारिनु
- National Enterprises हरुको निजीकरण
- Powerful Institutions हरुको स्थापना
- डाटा कलेक्सन गर्ने प्रमुख सरकारी कार्यालय हरुको स्थापना
- बचत गर्न उत्प्रेरित गर्ने नीति नियम
- Ressource Allocation market mechanisms हरुको हात मा छोडदिनु
- अन्तरास्ट्रिय समुदाय बाट टेक्नोलोजिकल ज्ञान सिक्ने र लोकल context मा लागु
- गुणस्तरीय सिक्षा मा तिब्र लगानी
- आफ्नो देस मा नभएका बिज्ञ हरु बिदेस बाट लेराउनु
- Financial sector लाइ stable बनाउने
- माइक्रो क्रेडिट स्किम मा ऋण दिने
- सेयर बजार को स्थापना
- मुद्रा नीतिमा कडा निगरानी
- Financial sector मा कडा निगरानी
- Accounting Standards को नियम बनाउनु
- Competition Policy को स्थापना
- भौतिक पुर्भाधार मा तिब्र लगानी
- प्रकिर्तिक स्रोत भएका क्षेत्र लाइ बिसेस प्राथमिकता
- क्रिसी क्षेत्र को आधुनिकीकरण
- बिदेसी टेक्नोलोजी भित्र्याउदा कर नलाग्ने बेवस्था आदि यित्यादी ….


के नेपाल ले यी नीति ल्याएको छ ? अन्तरास्ट्रिय बजार मा समान निर्यात गरि बिदेसी मुद्रा संकलन मा अग्र कम्पनि हरुलाई सरकारी तर्फ बाट सहयोग छ ? निजीकरण लाइ प्राथमिकता दियियेका छन् ? संघ संस्था हरु पावरफुल छन् ? Research Institutes हरु पर्याप्त मात्रामा छन् ? नेपाल को मुद्रा नीति उपयुक्त छ ? निगरानी मा छ ? Financial sector मा निगरानी छ ? Regulate गरिएका छन् ? Accounting Standards लागु गरिएका छन् ? कर व्यवस्था viable ? भौतिक निर्माण strategic ? क्रिसी क्षेत्र आधुनिक छ ? लेटेस्ट टेक्नोलोजी को प्रयोग गरिन्छ ? यी प्रस्न हरु बारे सार्बजनिक बहस हुनु जरुरि छ |


बजेट ले ति कुरा लाइ ध्यान दिएको देखिन्न , नत्र आज अति कम मानब बिकाश भै आधा जनसक्ति खाडी मुलुक गैरहनु परेको अवस्थामा सिक्षा र Vocational Training को लागि बजेट घटाउनु ले सरकार को अपरिपक्वता र बिसयगत knowledge नभएको देखाउछ |


नेपालले स्विकार्नु पर्ने एउटा कुरा के हो भने हामी बिपन्न मुलुक हौ , हामी गरिब छौ | जब म नेपाली अखबार हरु पढ्छु , नेपाली हरुको कुरा सुन्छु , नेपाल त बिस्व कै सबै भन्दा महत्वपुर्ण र धनि मुलुक हो कि भन्ने लाग्छ | बास्तबिकता ठिक उल्टो छ | आफ्नो घमण्डता , अहंकार मा अड्किनु भन्दा यथार्थता बुझ्नु जरुरि छ | नेपाल एसिया कै सबै भन्दा गरिब देस हो | अफघानिस्तान भन्दा पनि गरिब , अफघानिस्तान जहाँ युद्ध चलिरहेछ | अनि जब सारा भारती नै काम गर्न नेपाल आउने जसरि सिमा मा पर्खाल लगाउने कुरा सुन्छु , हास्न मन लाग्छ | पर्खाल लगाए बेफाइदा कसलाई हुन्छ ? नेपाल को अर्थतन्त्र भारत को अर्थतन्त्र को ०.% | भन्नुको मतलब १०० ओटा नेपाल बराबर एउटा भारत हुन्छ, अर्थतन्त्र को आधारमा | अनि आज भारत प्रति रिस उठे सिमामा पर्खाल लाउने ले भोलि चिन ले निहू खोज्यो भने सगरमाथा मा गस्ती गर्न जान्छौ ? हात्ती र कमिला को जोक्स झैँ | सानो र अति बिपन्न मुलुकले अन्तरास्ट्रिय समुदायमा अति बिकसित वा सक्तिसाली मुलुक झैँ सम्मान खोज्नु मृगत्रिस्ना मात्रै हो | ७८% खाद्यान्न आयात गरिने मुलुक लाइ पत्रपत्रिका मार्फत गालि गर्नु मुर्खता हो | राजनीतिक समस्या diplomatically सुल्झाउने हो | तेती गर्ने बुद्धि छैन त सिक्षामा लगानी गर | समस्या समाधान गर्न पर्खाल हैन झनै धेरै business links बढाउनु पर्छ | एक अर्का संग ब्यापार गर्दा मित्रता बढ्छ , inter-dependency बढ्छ | मित्रता र inter-dependency बढ्दा युद्ध हुने सम्भावना कम हुन्छ , तेसैले ब्यापारले सान्ति ल्याउछ | ब्यापार नै सान्ति स्थापना गर्ने एक प्रमुख टुल हो | छिमेकि देस हरुलाई गाली गर्न बन्द गर | -४ जना मान्छे वा राजनीतिक पार्टी खरब भयो भन्दैमा पुरै देस लाइ गाली गर्न मिल्दैन | छिमेकि देश हरुलाई गाली गरेर खोक्रो रास्त्रबाद झल्काउनु आजको जमानामा पाखण्ड हो |


आजको युग बिस्वब्यापिकरण को युग हो | ग्लोबलाइजेसन लाइ रोकेर रोकिन्न | रास्त्रबादी हरुको युग सकिएको छ | तर नेपालको परिबेसमा आफुलाई रास्त्रबादी भन्ने कम्युनिस्ट हरुले बिर्से जस्तो लाग्छ कि कम्युनिजम ले रास्त्रबाद लाइ पुरै नकारछ | कम्युनिस्ट सोभियत संघ को राष्ट्रिय गान अन्तरास्ट्रिय थियो | दृतिय बिस्व युद्धमा कम्युनिस्ट हरुले त कट्टर रस्त्रबादी हरु बिरुद्ध लडेर जित हासिल गरेका थिए | तेसैले बिदेसी diplomats हरु नेपाल आउदा झुक्किने गर्छन | नेपाली कम्युनिस्ट पार्टी हरु आफुलाई कम्युनिस्ट भंचन तर नीति अर्को लिन छन् | पार्टी कार्यालय को भित्तामा माओ , लेनिन , स्टालिन का फोटो झुन्डिएको देखिन्छ | बिदेसी पाहुना आउदा ति फोटो झिक्चन रे भन्ने पनि सुनिन्छ | पार्टीको नाम कम्युनिस्ट भए पनि लोकतान्त्रिक , बहुदलबाद र प्रजातन्त्र मा विश्वास छ भने त्यो राम्रो हो तर अझै कम्युनिस्ट म्यान्डेट पुरा गर्छु भनेर लाग्ने हो भने तेस्ले देश लाइ अझै अन्धकारमा धकेल्छ | कम्युनिस्ट हरुकै उच्च पिता कार्ल मार्क्स जन्मिएको देस जर्मनी मा कम्युनिस्ट पार्टी लाइ प्रतिबन्ध लगाइएको छ | ४० वर्ष कम्युनिस्ट सासन भोगेका पोल्याण्ड र केहि पुर्बी यूरोपेली देश हरुमा खुला स्थानमा कम्युनिस्ट चिन्न भएका लुगा लगाएर हिडेमा २ वर्ष कैद सम्म सजाए हुन्छ |


पुजिबाद लाई नकार्नु कम्युनिस्ट हरुको अबुझ्ता हो | पुजी बिना बिकाश सम्भब छैन | पुजी (Capital) भनेको के हो ? पुजी भनेको त्यो चिज हो जसको प्रयोग गरि आम्दानी गरिन्छ | लुगा सिउने मान्छे को लागि उसको कल पुजी (Physical Capital) हो किनकि उसले कल को प्रयोग गरि आम्दानी गर्छ | डाक्टर को लागि उसको सिप नै पुजी हो | एस्तो कुनै पनि किसिम को सिप लाइ Human Capital भनिन्छ | पैसा पनि पुजी हो जसलाई Financial Capital भनिन्छ किनकि हामी पैसा लगानी गरेर थप अरु पैसा कमाउन सक्छौ | तेसैले, पुजिबाद को बिरोध गर्नु लुगा सिउने लाइ कल को प्रयोग नगर , डाक्टर लाइ बिरामी नजाच वा सिप को प्रयोग नगर भन्नु हो | पुजीबादी खुला अर्थतन्त्र अंगालेर तिब्र आर्थिक बिकाश गरि आधा अरब भन्दा बढी मान्छे लाइ गरिबीको रेखा मुनि बाट निकाल्ने मुलुक चिन हो | माओ को कम्युनिजम ले त Agricultural Reform का कारण ३० करोड मान्छे को ज्यान गएको थियो , करोडौ कुपोसन का सिकार भएका थिए | तर जब Deng Xiaoping ले पुजीबादी नीति लिएर अघि बढे, बिकाश को क्रम सुरु भयो | आज GDP को आधार मा चिन बिस्व मा सबै भन्दा धनि मुलुक भएको छ | Deng Xioping पछिका पराए सबै राष्ट्र प्रमुख हरु: Zhou Enlai, Zhao Ziang, Jiang Zemin, Wen Jiabao, Xi Xingping ले उही नीति लाइ निरन्तरता दिए, आर्थिक बिकाश |


यो लेख मा रास्त्रबाद को कुरा किन आयो भने रास्त्रबाद खतरनाक चिज हो | एसले २ पटक बिस्व युद्ध गराएको छ, कयौ युद्ध गराएको छ र गराईरहनेछ | आजको युगमा दुइ देश बीच पर्खाल हैन पुल बनाउनु पर्छ | नेपाल जस्तो देश जसको अर्थतन्त्र को २९% हिस्सा नै रेमिट्यान्स छ र करिब आधा हिस्सा रेमिट्यान्स ले धानेको छ, तेस्तो देस ले रास्त्रबाद को नारा खोक्दै पर्खाल लगाउनु आफ्नै खुट्टामा बन्चरो हान्नु हो | धनि वर्ग ले त मरिचमानले जस्तो  प्लेन बाटै समान ल्याएर भएपनि गुजारा गर्ला तर गरिबले सक्दैन | पहिले गरिब नै मर्छ | सिमा क्षेत्रमा समस्या छ त सुल्झाउनु पर्यो नि , राजनीतिक समस्या सुल्झाउन नसक्ने हरुले parliament मा बसी रहनुको तुक छैन | र पर्खाल लगाए पनि तेस्ले समस्या हट्दैन | अमेरिकाले मिलिटरी गार्ड सहित वाच गरेको पर्खाल हुदा हुदै पनि लाखौ मेक्सिकन हरु अमेरिका आइरहेका छन् |बर्लिन को पर्खालले पुर्बी जर्मन हरुलाई पश्चिम जर्मनी आउन रोकेन | राजनीतिक समस्या Diplomacyले सुल्झाउने हो , पर्खाल ले, बन्दुक ले, गोलि गट्ठा ले हैन |आगो निभाउन आगो मा ज्वालामुखी हालेर हुदैन , आगो पानि ले मात्र निभ्छ |


बिकाश बजेट र रास्त्रियता लाइ एकै साथ जोड्नु को कारण के हो भने यी तिन कुरा नेपाली संधर्ब मा जोडिएका छन् | येसपालीका बजेट म्यानेज गर्ने दुवै तत्व विकास बिरोधि छन् | कम्युनिस्ट ले विकास हुन दिदैन किनकि उनीहरुले विकास का प्रमुख स्रोत हरुलाई मान्दैनन , तेस्लाई सामन्ती प्रथा को रुपमा लिनछन् , तेस बिरुद्ध लढ़छन् , रगत बगाउन तयार हुन्छन , सिद्दान्त को लागि मर्न सम्म तयार हुन्छन | ( I will not die for my beliefs because I might be wrong: Bertrand Russel ) | नेपालमा भएको पनि तेही छ जस्तै माओबादी युद्ध | उनीहरुले सत्ता कब्जा त गरे तर असल सरकार दिन सकेनन किनकि रगतको आहाल बाट सत्तामा पुगेका क्रान्तिकारी हरुले अरुको भलो सोच्दैनन् , जंगल बाट आएका हरुले विकास हैन देशनै जंगली बनाइ दिनछन् | तर पनि तिनै कम्युनिस्ट भन्न रुचाउने हरु हरेक वर्ष कट्टर पुजीबादी देश अमेरिका जान डीभी भरछन् , सके सम्म पुजीबादी देश हरु , यूरोप र जापान नै जाउ भंचन , उत्तर कोरिया , क्युबा जान चाहन्छु भन्दैनन |


अर्कोथरी तत्व कट्टर रास्त्रबादी छ | रास्त्रबादी दुइ थरिका हुन्छन | एकथरि आफु बस्ने ठाउँ , क्षेत्र वा रास्ट्र को हित चाहने तर सान्ति, मानबता र अन्तरास्ट्रिय भ्रातृत्व लाइ सम्मान गर्ने रास्त्रबादी जसलाई अंग्रजी लाइ Patriotism पनि भन्न सकिन्छ | एसको एक उदाहरण बेलायेत को स्कटल्याण्ड को Scottish National Party हो जुन एउटा Social Democratic पार्टी को रुपमा प्रस्तुत छ |अर्काथरी कट्टर रास्त्रबादी हरु छन् जो ' बाहिरका मान्छे लाइ मेरो देसमा आउनु दिनु हुदैन, बस्न दिनु हुदैन , भएका लाइ लखेट्नु पर्छ भन्ने हरु जसलाई सान्ति को मतलब हुदैन , अन्तरास्ट्रिय सम्बन्ध को मतलब हुदैन | अंग्रेजीमा एस्ता कट्टर हरुलाई Nationalists भनिन्छ | कुनै दुइ देश बीच येस्तै कट्टर बादी हरुको झगडा भए युद्ध नै हुन्छ | यूरोपमा एसले २ ओटा बिस्व युद्ध गरायो , ८ करोड मान्छे को ज्यान गयो, करोडौ घाइते भए | नेपालमा यिनै हाबी छन् | धनि र गरिब देस दुवै मा कट्टर रास्त्रबाद खतरनाक हुन्छ किनकि एसले भएको बिकाश पनि युद्धका कारण ध्वस्त गर्छ |


विकास का लागि नकारात्मक रास्त्रियता किन नराम्रो हो ? किनकि मानबता, स्वतन्त्रता र प्रजातन्त्र अपरिहार्य छ | औद्योगिकरण यूरोपमा नै किन सुरु भयो ? अन्य ठाउँ मा किन भएन ? किनकि औद्योगिकरण अगाडी सामाजिक बिकाश गरियो , उर्बर भुमि तयार परियो जसलाई हामी Age of Enlightenment भन्छौ | बडो मानबताबादी नीति नियमले हरेक मान्छे लाइ सोच्ने स्वतन्त्रता दियो , आफ्ना विचार राख्न पाउने स्वतन्त्रता दियो , छिमेकि मुलुक का बुद्धिजिबी हरु संग छलफल गर्ने, सिक्ने बाताबरण तयार पार्यो | पृथ्वी ले सुर्य लाइ घुम्छ भन्दा मृत्यु दण्ड दिने समाज मानबता र प्रजातन्त्रमा केन्द्रित भयो | जब मान्छेले स्वतन्त्रता पाए, आविस्कार गर्न सके अनि औद्योगिकरण सम्भब भयो | ति Age of Enlightenment का बेलाका महान विचार हरु फिलोसोफेर हरु जस्तै Jeremy Bentham, John Stuart Mill, Rene Descartes हरुले आफ्ना कृति हरुमा उतारेका छन् जुन सबैले पढ्न सकिन्छ | तेसैले नेपालमा पनि बिकाश अघि एस्ता Social and Philosophical aspects हरुलाई reform हुन दिनु पर्छ |



आजको युग सान्ति को युग हो , माया , अन्तरास्ट्रिय मित्रता,    मानबताको युग हो | येही नै हाम्रो आदर्स हुनु पर्छ|  येदि हामी यी सिद्दान्त अंगालछौ त Sustainable Development सम्भब छ नत्र हाम्रो अन्त्य निश्चित छ | बिस्वका महान व्यक्तित्व हरु जसलाई आज हामि पुजा गर्छौ, उनीहरुले मानबता बादी नीति लिएका थिए , रास्त्रबादी हैन | नेल्सन मण्डेला जसले सान्ति को बाटो अपनाई Apartheid अन्त्य गर्न सके, महात्मा गान्धी जसले घाम नाअस्ताउने साम्राज्य लाइ घुडा टेकाए , एल्बर्ट स्वैज्जर जसले रेड क्रस को स्थापना गरे र कयौ एस्ता मानबता बादी व्यक्तित्व हरु जो आज पनि अरुको सेवा मा लागेका छन् | बिकाश अघि नेपाल लाइ तेस्ता महान व्यक्तित्व हरुको खाचो छ जसले non-violent रुप मा परिबर्तन ल्याउन सपना देख्छ , जस्तै ४ महान सहिद हरु जो आज हरेक प्रजातन्त्र प्रेमी नेपाली को अनुहार हरुमा हासीरहेका छन् | अनि त्यो गीत को याद आउछ ... " हेर न सहिद हरुलाई , नेपाली को अनुहार मा हासिरहेको , उनको बास स्वर्ग लोक मा जहाँ उनि बाँची रहेको , जहाँ उनि बाँची रहेको " ( https://www.youtube.com/watch?v=VAW2G_5YDYs ) |