' नेपाल को बिकाश भएन
' भन्ने मान्छे को कमि छैन.
येस्मा केहि सत्यता पक्कै छ तर बिकाश हुदै नभएको पनि हैन. अबेवस्थित बिकाश धेरै भएको
छ. नेपाल ले Full Potential त प्रयोग गर्न सकेको छैन, तैपनि बिगत २५ वर्ष मा भएको बिकाश सन् १९९० आघि को ७५ वर्ष को भन्दा पनि धेरै छ.
एस लेख मार्फत नेपाल ले १९९० को तुलना मा सन् २०१० मा के के कुरा मा उल्लेखनिय बिकाश
हासिल गरेको छ, छोटकरी मा टेबल मा
देखाउन चाहन्छु:
Indicator
|
1990 AD
|
2010 AD
|
प्रति दिन १ अमेरिकी डलर
भन्दा कम कमाउने जनसंख्या को प्रतिसत
|
33.5%
|
19.7%
|
गरिबीको रेखा मुनि रहेका
जनसंख्या को प्रतिसत
|
42%
|
25.5%
|
आवस्यकता भन्दा कम तौल रहेका
मानिश को प्रतिसत
|
57%
|
38.6%
|
प्रायीमरी सिक्ष्या
(Primary Education) पाएका जन संख्या को प्रतिसत
|
64%
|
93.7%
|
१५- २४ वर्ष का मान्छे को
साछयारता दर ( Literacy Rate)
|
49.6%
|
86.5%
|
प्रायीमरीसिक्ष्या (Primary Level) मा प्रति
केटा को तुलना मा केटि हरुको संख्या.
|
0.56
|
1
|
संबिधान सभा मा महिला हरुको
संख्या
|
3.4%
|
32.8%
|
बाल मृत्यु दर ( प्रति १०००
जन्म ) (Infant Mortality Rate)
|
108
|
47
|
५ वर्ष मुनि का मृत्यु दर
( प्रति १००० जन्म )
|
162
|
56
|
मिजल्स को खोप लगाईएका
बालबालिका को प्रतिसत
|
42%
|
88%
|
मात्री मृत्यु दर. ( प्रति
१००,००० जन्म ) ( Maternal Mortality Rate )
|
850
|
229
|
स्वास्थ स्वयेम सेविका उपस्थित
भएको जन्म को दर.
|
7%
|
36%
|
लामखुट्टे को झुल भित्र
सुत्ने बच्चा हरुको प्रतिसत
|
48.2%(2005)
|
96.8%(2013)
|
खाना पकाऊन दाउरा प्रयोग
गर्ने मान्छे हरुको प्रतिसत
|
75%
|
68.4%
|
घर मा सोलार फोटोभोलटायिक
हुने को संख्या.
|
221,152(2009)
|
300,000(2012)
|
बन जंगल ले ढाकेको भूभाग
को प्रतिसत
|
37%
|
39.6%
|
सामुहिक बन को रुप मा संरक
छित भएको बन. ( प्रति मिलियन हेक्टर )
|
0.013
|
1.24
|
सफा पानी को स्रोत प्रयोग
गर्ने जन संख्या को प्रतिसत
|
46%
|
80.4%
|
Improved Sanitation प्रयोग
गर्ने जिन संख्या को प्रतिसत
|
6%
|
43%
|
स्लम (Slums) मा बस्ने व्यक्ति
हरुको संख्या
|
11,850(2000)
|
50,000
|
पिच गरिएको बाटो को प्रतिसत
|
37.7%
|
55%
|
सवारी साधन को संख्या
|
76,378
|
3,05,395
|
औसत आयु
|
55.05
|
67.10
|
टेलिफोन लायिन को संख्या
|
57,320
|
971,000
|
इन्टरनेट प्रयोग गर्ने मान्छे
को संख्या
|
50,000(2000)
|
26,90,162(2012)
|
मोबायिल फोन प्रयोग गर्ने
को संख्या
|
-
|
12,000,000
|
विदेश मा पढ्ने नेपाली बिद्यार्थी
को संख्या
|
Less than 100
|
91,519 (2013)
|
अर्थतन्त्र मा रेमिट्यान्स
को हिस्सा
|
17.5% (2007)
|
22%(2013)
|
रेमिट्यान्स प्राप्त गर्ने
घर (Households) को संख्या
|
23.4% (1995)
|
55.8%
|
खाने कुरा उपभॊग ( Food Consumption) ( ग्राम
प्रति व्यक्ति प्रति महिना )
चामल
आलु
कुखुरा
|
1622
900
30
|
2990
1631
132
|
आवस्यकता भन्दा कम खाने
कुरा खाने जनसंख्या को प्रतिसत
|
49%
|
22.5%
|
क्रिसी बाहेक अरु कम गर्ने
महिला वर्ग को हिस्सा.
|
18.9%
|
19.9%
|
प्रति 100,000 व्यक्ति ट्युबरकुलोसिस लाग्ने संख्या
|
460
|
244
|
प्रति 100,000 व्यक्ति ट्युबरकुलोसिस
बाट मृत्यु हुने संख्या
|
43
|
22
|
( Source: Data collected from the statistics of Ministry of Health, Department of Urban Development, Ministry of Education, Ministry of Finance, National Bureau of Statistics, World Bank Statistics, Department of Industry, Ministry of Energy )
थोरै भए
पनि केहि सकारात्मक बिकाश भएका छन् र प्राय बिकाश स्वास्थ क्षेत्र मा भएको
देखिन्छ. एसको एक कारण, देश को Bright and the Brightest बिद्यार्थी हरु स्वास्थ क्षेत्र मा जाने गर्छन. र
अन्तरासट्रीय समुदाय ले पनि स्वास्थ र सिक्ष्या क्षेत्र मा बढी सहयोग गर्ने भएको
हुनाले यो सफलता हासिल गर्न सम्भव भएको हो. सन् १९९० को तुलना मा नेपाल ले औसत आयु
१० वर्ष ले वृद्धि गरेको छ. यो एउटा सफलता को चिन्न हो,
तैपनि अर्को तिर बाट हेर्दा
धेरै बच्नु मात्र महत्वपूर्ण हैन, स्वास्थ को राम्रो अवस्था हुनु पनि महत्वपूर्ण छ. कुनै
व्यक्ति लामो समय बाँचछ तर दोस्रो व्यक्ति ले उसको हेरचाहर गर्नु पर्नेछ भने
अर्थतन्त्र को लागि यो राम्रो हैन, किनकि ति हेरचाहर गर्ने व्यक्ति ले अरु Productive काम मा
आफ्नो समय दिन पाएनन्.
पश्चिमी मुलुक हरुमा यो समस्या जटिल बनेको छ. १) एकातिर उनीहरुको रेखदेख गर्ने मान्छे को आवस्यकता पर्यो , २) अर्कोतिर उनीहरु लै दिनु पर्ने स्वास्थ सेवा को मूल्य निक्कै बढ्दै गएको छ ३) जन्म डर घट्दो भएको हुदा बूढापाका हरुलाई दिनु पर्ने पेन्सन दिन सक्ने छ्यमतामा कमि आएकोले बुढेसकाल मा गरिबी को संख्या बढ्दै गएको छ. नेपाल मा पनि यो समस्या उत्पन्न हुन थालेको छ.
आर्थिक बिकाश को क्षेत्र मा भने नेपाल ले खासै उपलव्दी हासिल
गर्न सकेको छैन. थोरै आर्थिक वृद्धि भएको छ तर जनसंख्या पनि वृद्धि भएको हुदा Per
Capita Terms मा धेरै परिबर्तन आएको छैन. अर्थतन्त्र को २२% Remittance ले धानेको
नेपाल मा कुनै दोस्रो मुलुक मा आर्थिक संकट आउन साथ नकारात्मक असर पर्छ . र Research ले के देखाएको
छ भने कुनै पनि गरिब मुलुक को अर्थतन्त्र १०% ले घटेको खण्डमा त्यहाँ गृह युद्ध हुने
सम्भावना १००% ले बढ्छ. नेपाल को केस मा Remittance मा ५०% ले कमि आउनु भनेको अर्थतन्त्र
१०% ले घट्नु हो र उपयुक्त कदम नचाले गृह युद्ध को स्थिति नआउला भन्न सकिन्न. अहिले
को data अनुसार, विदेश मा काम गर्न जाने मान्छे प्राय गरिब परिवार कै छन्, तेसैले Remittance आएको पैसा को ७०% सामान्य
बस्तु को खपत गर्दै मा प्रयोग हुन्छ. लगभग ५% मात्रै नेपाल मा लगानी हुने पायिएको छ.
लगानी बढ्दा रोजगारी को सिर्जना हुन्छ र तेस्ले आर्थिक स्थिति सुध्रिड पार्छ, तर यो बुझ्नु जरुरि छ कि, Remittance एक मुस्ठ आउदैन, भन्नु को मतलब, हरेक परिवार ले यो पैसा सानो भन्दा सानो काम
मा मात्र लगानी गरिरहेका छन्. Financial Systems को राम्रो बिकाश भए यो थोरै थोरै पैसा लाई pooling गर्न
सकिन्छ जसले ठुलो परिबर्तन ल्याउन सक्छ.
सिछ्या को क्षेत्र मा पनि नेपाल ले सफलता हासिल गरेकै हो तर
पनि गुणस्तर सिछ्या मा भने नेपाल चुकेको
छ. पढ्न लेख्न जानेर मात्रै हुदैन. आजको आवस्यकता भनेको Specialized Knowledge हो जसले
कसैलाई रोजगारी दिन सकोस. आज करिब २७ लाख नेपाली ले इन्टरनेट को प्रयोग गर्छन. तर येदि
यो स्रिफ़ मनोरंजन को लागि मात्र प्रयोग हुने हो भने तेस्ले अर्थतन्त्र मा कुनै सकारात्मक बिकाश ल्याऊदैन . इन्टरनेट मार्फत ज्ञान हासिल गर्न
सकिन्छ. जस्तै माछा पालन कसरि गर्ने, असत्रिच पालन कसरि गर्ने, लुगा सिउने देखि घडी बनाउने सम्म सबै सिप इन्टरनेट मार्फत सित्तै
मा सिक्न पाईनछ.
बिस्वका धेरै नामुद बिस्वबिद्यालयहरुले इन्टरनेट मार्फत निसुल्क सिक्ष्या
दिन थालेका छन्. येस्तै गरि इन्टरनेट मार्फत फोटोग्राफी को तालिम लिन सकिन्छ, विभिन्न पुस्तक पढ्न सकिन्छ र जहाँ स्वास्थ
सुबिधा पुग्न सकेको छैन त्यहाँ इन्टरनेट मार्फत बिरामी ले धेरै टाढा बसेको डाक्टर संग
कुरा पनि गर्न सक्छ. कमप्युटर क्षेत्र को बिकाश ले बिस्व मा धेरै सकारात्मक परिबर्तन
हरु ल्याएका छन् तेसैले एसको उचित प्रयोग गर्न सके सबैलाई फाइदा हुन्छ. नेपाल ले पनि
येस्मा सोच्नु आवस्यक छ.
आजको युग Globalized युग हो. एउटा मान्छे ले जहाँ पनि लगानी
गर्न सक्छ, संसार मा नेपाल मात्र एउटा देश हैन, लगानी गर्दा रोजगारी उत्पन्न हुने र तेस्ले
अर्थतन्त्र लाई सहयोग गर्ने भएको हुदा लगानी गर्ने मान्छे लाई भगवान मान्ने देशहरु
धेरै छन्. त्यहाँ नेपाल मा जस्तो लगानीकर्ता लाई जुत्ता को माला लगाउने, कालो मोसो दलदिने र संसार बाट कुहियी सकेको
मार्क्सबाद र लेनिनबाद को सिद्दान्त खोक्दै
' सोसक ' वर्ग को संज्ञा दिईदैन. नेपाल बाहेक (र 2-3 केहि अरु मुलुक) संसार
का सबै मुलुक ले बुझी सकेका छन् कि आफुलाई सामाजिक न्याय को लागि लड्ने नायक भनेर प्रस्तुत
गर्दै हिड्ने हरुको हेतु स्रिफ येही नारा मात्रै
खोक्दै आफ्नो जागिर पक्का गर्ने मात्रै हो. उनीहरुले जनता को आर्थिक स्तर मा सुधार
ल्याउन चाहदैनन्, त्यो ल्याउने capability पनि उनीहरु संग छैन.
बिकाश Capitalism ले नै गर्दा भएको छ. ६० करोड जनता लाई गरिबीको रेखा बाट माथि उठाउने Capitalistic नीति लिएको चीन एउटा उदाहरण हो. यो कुरा आजका
मार्क्सबादी र लेनिनबादी भनौदा हरुले बुझेका छैनन् र ? पक्कै छन्, तर उनीहरुलाई थाहा छ कि सामाजिक न्याय को
भासान फुकी रहदा जनता ले तालि ठोकछन् र उनीहरुको गद्धी रही रहन्छ. अनि अर्को चुनाब
आउछ अनि उनीहरु भन्छन ' सोसक वर्ग ले काम गर्न दिएन ' . आज को जनता ले के बुझ्नु जरुरि छ भने, आर्थिक बिकाश, र पुजिबाद नै गरिबी हटाउने साधन हो. आर्थिक
बिकाश को लागि लगानी कर्ता हरु भित्र्याउनु जरुरि छ , बिदेसी टेक्नोलोजी भित्र्याउनु जरुरि छ.
नेपाल को बिकाश को पहिलो पाइला ( राजनीतिक इस्थिरता ) देख्न
चाहनु हुन्छ भने तेस्तो पार्टी लाई भोट दिनुस जसले कुनै उद्योगी संग चन्दा माग्दैन, जसले लगानी भित्याउने बाताबरण को सिर्जना
गर्छ, जो सडे गलेका सिद्दान्त
मा भन्दा आज को युग को आवस्यकता मा ध्यान दिन्छ. अनि मात्र बिकाश को सम्भावना
छ. र अन्त्य मा, बिकाश ले अन्य सामाजिक समस्या हरु को हाल
गर्ने छ भन्ने पनि बुझ्नु जरुरि छ. जहाँ गरिबी
छ, दुख छ, त्यहाँ हिम्सा हुन्छ हुन्छ, तेसैले, बिकाश नै सान्ति पनि हो.
No comments:
Post a Comment