By: Bikal Dhungel
स्विटजर्ल्याण्ड मा भुइचालो ले होस् या अरु कुनै प्रकिर्तिक प्रकोप ले होस्, देश को कुनै विमानस्थल काम गर्न नसक्ने अवस्था मा राजमार्ग का विभिन्न ठाउँ मा दुइ ओटा लेन छुट्याउने सानो पर्खाल झिकी तेस्लाई तुरुन्तै विमानस्थल को रुपमा प्रयोग गर्न सकिने गरि बनाइएको छ | लुजान भन्ने सहरमा आणविक हतियार प्रयोग भै युद्ध भएको खण्ड मा सहर का सबै मान्छे अट्ने बंकर छ जहाँ केहि समय को लागि पुग्ने खाने कुरा पनि राखिएको छ | एस्तो स्थिति त नआउला तैपनि उनीहरु तयारी अवस्था मा छन्. |
स्विटजर्ल्याण्ड मा भुइचालो ले होस् या अरु कुनै प्रकिर्तिक प्रकोप ले होस्, देश को कुनै विमानस्थल काम गर्न नसक्ने अवस्था मा राजमार्ग का विभिन्न ठाउँ मा दुइ ओटा लेन छुट्याउने सानो पर्खाल झिकी तेस्लाई तुरुन्तै विमानस्थल को रुपमा प्रयोग गर्न सकिने गरि बनाइएको छ | लुजान भन्ने सहरमा आणविक हतियार प्रयोग भै युद्ध भएको खण्ड मा सहर का सबै मान्छे अट्ने बंकर छ जहाँ केहि समय को लागि पुग्ने खाने कुरा पनि राखिएको छ | एस्तो स्थिति त नआउला तैपनि उनीहरु तयारी अवस्था मा छन्. |
अब भुकम्प को खतरा रहेको काठमाडौँ को एक द्रिस्य कल्पना गरौ | ९ रेक्टर स्केल को भुकम्प गयो | घना बस्ति भएको असन मा २ लाख मान्छे पुरिएको अवस्था |अरु ठाउँ मा ३ लाख को मृत्यु | बिर अस्पताल, टिचिङ्ग अस्पताल , पाटन अस्पताल सबै भत्केको हुनाले घाइते हरुको बाटो मै उपचार | विभिन्न ठाउँ मा पुल भत्किएर नदि थुनिदा धेरै भाग डुबान मा | बिजुली को तार हरु बाटो मा लड्दा जहाँ सुकै करेन्ट लाग्ने खतरा | जमिन भासिदा खाने पानि आउन बन्द | फोहोर पानी खादा झाडा पखाला को बिगबिगी हुने पक्का | १४ लाख मान्छे घरबार बिहिन | बाटो सबै भत्किएका घर हरुले थुनिएको | त्यो दिन राति मुसलधारे पानि को बर्षा | काठमाडौँ का नाका हरु सबै बन्द हुदा खाने कुरा को व्यापक आभाब | भारत र चिन ले हवाई मार्फत खाने कुरा खसाल्दा भएको दंगा मा ४०० को मृत्यु | पेट पाल्न लुटपाट, चोरी डकैति सामान्य | औसधि को अभाब , स्वास्थकर्मी हरुको अभाब | बुढा, बृद्ध, असक्त , अपाङ्ग र टुहुरा बालबालिका को अवस्था नाजुक | एक्कासी जाडो बढ्दा हजारौ घरबार बिहिन को मृत्यु | Cannibalism को घटना सामान्य |फोहोर पानी, मरेका जनावर र लास हरुको कारण व्यापक रोग फैलिएको र महामारी को उत्पन्न | बैदेसिक सहायता ले ४ महिना पछि राहत | बाटो खुलाइएको | बाकी रहेका सबै मान्छे अन्य ठाउँ तिर पलायन | ध्वस्त काठमाडौँ को अस्तित्व नै खत्तम |
इटाली को पम्पेइ भन्ने एक ठुलो र बिजी सहर मा करिब २ हजार वर्ष अगाडी ठुलो ज्वालामुखी जादा पुरै सहर एकैछिन मा ध्वस्त भै १६००० मान्छे पुरिएका थिए | प्रकिर्तिक प्रकोप जहाँसुकै जतिसुकै बेला पनी आउन सक्छ | तेसबाट बच्न हामी तयारी अवस्था मा हुनु जरुरि छ |
अहिले को नेपाल को आवस्यकता प्रकिर्तिक प्रकोप बाट कसरि बच्ने, नोक्सानी हुन बाट कसरि जोगिने भन्ने हो | अनि गरिबी निवारण हो, आर्थिक बिकाश हो, सिक्ष्या हो, समृद्धि हो |पहिले यी समस्या हल गरेपछि मात्र अरु तिर सोच्ने हो | छोडदिम संबिधान का कुरा | संबिधान आवस्यक छ तर भोको पेट मा प्रजातन्त्र टिक्दैन |जहाँ भोको पेट छ, जहाँ दुख छ, जहाँ दरिद्रता छ, त्यहाँ हिम्सा हुन्छ हुन्छ | जहाँ समान बेबाहार हुदैन, त्यहाँ दंगा हुन्छ हुन्छ | जहाँ सिक्ष्या छैन, त्यहाँ संबिधान एक कागज को खोस्टा मात्र हो जसलाई कसैले पालना गर्ने छैनन् | येही खोस्टा बनाउन हामीले ५ वर्ष समय शिवरात्री को आगो मा स्वाहा पारि सकेउ र आवस्यक काम मा ध्यान दिएनौ | जुन दिन त्यो प्रकिर्तिक प्रकोप साच्चिकै आउछ नत रक्षा गर्ने पशुपतिनाथ नै बाकी रहन्छन नत त्यो कागज को खोस्टा ले खान दिन्छ.
No comments:
Post a Comment