By: Bikal Dhungel
यो प्रस्न धेरै को
मन मा खड्किएको कुरा हो.
कोइ धनि, कोइ
गरिब कसरि हुन्छन ? तिनीहरु
बीच को अन्तर कसरि बढ्छ र
असमानता कसरि यथावत रहन्छ र
तेस्लाई अन्त्य गर्न के गर्नु
पर्छ ? सुन्दा सजिलो
जस्तो लाग्ने यी प्रस्न हरु
जटिल छन्, नत्र भने
बिस्व मा येति धेरै असमानता
किन हुन्थ्यो. सिधा,
सरल भाषा मा भन्न
चाहन्छु असमानता कसरि उत्पन्न
हुन्छ र एस्लाई उचित ढंगले
कसरि घटाउन सकिन्छ.
एक उदाहरण लिउं,
२ परिवार जो भक्तपुर
जिल्ला को एक गाउ मा बस्छन .
एउटा को नाम मित्तल
लिउ किनकि हामीलाई सम्झन सजिलो
होस् (Laxmi Mittal, richest man in the UK), मित्तल
धनि परिवार हुन्, अर्को
को नाम आइते. आजको
दिन जनवरी १, १९००
हो. मित्तल र आइते
दुवै बराबर धनि छन्, दुवै
को हात मा उत्तिकै पैसा छ,
एउटा घर छ, एउटा
खेत छ जसबाट उनीहरु दुवैलाइ
छाक टार्न पुग्छ. आइते
आधा दिन खेत मा काम गर्छ,
बाकि सुत्छ वा गाउ का
लफंगा हरुसंग गफ गर्छ, तास
खेल्छ. मित्तल पनि
आधा दिन काम गर्छ तर बाकि दिन
उसले किताब पढछ. त्यो
किताब मा डुंगा बनाउने तरिका
सिकाइएको छ. ३ वर्ष
यसै गरि चल्छ. आइते
को जिबन तेस्तै हुन्छ, उ
खेत मा काम गरेको गरेइ हुन्छ
तर मित्तल ले तेती बेला डुंगा
बनाउदै माझि हरुलाई बेच्दै
थप आम्दानी गर्ने बाटो खोलिसकेको
हुन्छ. तेस बाट आएको
पैसा मित्तल ले बचत पनि गर्न
सक्ने हुन्छ. अर्को
२ वर्ष बित्छ, आइते
जस्ता को तस्तै , मित्तल
को आर्थिक स्थिति निकै सुध्रिएको
देखिन्छ. अनि दुवै
जना ले बिहे गर्छन, बुढेश
काल को लागि साहारा चाहियो.
अनि बच्चा हरु पनि
जन्माउनु पर्यो. मित्तल
ले बुढेश काल को लागि भनेर
डुंगा बेचेर काफी पैसा जम्मा
परि सकेको छ तेसैले उसले एउटा
मात्र सन्तान जन्माउने निर्णय
गर्छ. आइते को थप
आम्दानी हुदैन, खेत
को कमाई ले खान पुग्दैन तेसैले
धेरै सन्तान भए बुढेश काल मा
सन्तान ले आफुलाई पालछन् भन्दै
आइते ले धेरै सन्तान जन्माउने
निर्णय गर्छ र ५ ओटा बच्चा
पाउछ. मित्तल को
खेत पनि भएको, बचत
पनि भएको हुदा उसको छोरा लै
उसलाई पालना बुढेश काल मा गारो
नहुने कुरा मा ऊ ढुक्क छ.
दुवै का बच्चा बच्ची
ठुला हुन्छन. मित्तल
ले आफ्नो छोरा लाई सहर को
राम्रो स्कुल मा पढाउछ . तर
आइते को धेरै परिवार हुदा खान
धौ धौ हुन्छ, र उसले
छोराछोरिलाई पनि गाउमा ज्याला
गरि काम गर्न पठाउछ र तेसकारण
उनीहरु सिक्ष्या बाट बन्चित
हुन्छन. मित्तल को
छोरा स्कुल सकेर क्याम्पस
पढ्न बेलायेत जान्छ र उच्च
सिस्छ्या हासिल गरि देश फर्कानछ
र राम्रो जागिर पाउछ जसले उसको
जीविकोपार्जन गर्न का साथै
बचत पनि गर्न पुग्छ. आइते
का छोरा छोरि ज्याला नै गरि
जिबन चलाई रहेका हुन्छन र
उनीहरुलाई जिबन चलाउन धौधौ
नै परि रहेको हुन्छ. उनीहरु
पनि बुवा ले जस्तै आफ्नो बुढेश
काल मा कस्ट नहोस भनेर धेरै
सन्तान जन्माउने निर्णय गर्छन.
मित्तल को छोरा लाइ
भने बौ को जस्तै एउटा मात्र
सन्तान भए पुग्ने विचार आउछ
र उसले तेसै गर्छ.
तेस्को ५ वर्ष पछि
आइते र मित्तल दुवै को देहान्त
हुन्छ. आइते को एउटा
खेत ५ जना सन्तान, नाती
नातिना को लागि बाडफाड गर्दा
केहि पनि बाकि हुदैन र गाउ मा
ज्याला गर्ने काम पनि नभएको
हुदा उनीहरु सहर पस्न बाध्य
हुन्छन. मित्तल को
छोरा ले उसको सम्पति पाउछ,
र तेस्ले उसलाई मनग्येइ
पुग्छ. यसै गरि ४-५
पुस्ता पछि मित्तल क सन्तान
धनि को रुप मा चिनिनछन्. तर
आइते का सन्तान गरिबी मा झन्
झन् धकेलिदै गएका हुन्छन जसलाई
" Poverty Trap „ भनिन्छ.
असमानता को मूल यो हो. ( Note: यो कथा बाट धेरै धेरै अरु कुरा हरु derive गर्न सकिन्छ )
अब यो कथा लाई अलिक
मोडौ, मानौ आइते का
नाति नातिना लाइ गाउ मै काम
गर्ने अवसर नभएको हैन, उनीहरु
सहर पस्न बाध्यता थिएन. गाउ
मै एक ठुलो कारखाना पनि थियो.
तर कारखाना का मालिक
आर्को जात वा धर्म को परेछ र
उसले आफ्नै जात को मान्छे लाई
मात्र काम दिन्छु भनेछ जसको
कारण आइतेको नाती काइते निरास
हुन पुग्यो र अन्त्यमा कि
खेतबारी मै ज्याला गर्ने कि
सहर पस्ने निर्णय लियो.
त्यो कारखाना मा काम
गर्न पाएको भए काइते को कमाई
राम्रो हुन्थ्यो र उसले आफ्ना
छोरा छोरि लै पनि राम्रो स्कुल
मा पढाउ न सक्थ्यो. तर
यो भॆधभाब ले काइते लाई त्यो
मौका दिएन. एसको
मतलब , कुनै पनि
जातिय, धार्मिक
अथवा रास्ट्रीय भॆधभाब ले
असमानता झन् बढाऊछ.
तेसै गरि आइते को
अर्को नाति खाइते पल्लो गाउको
एक अर्को कारखाना मा गएछ र काठ
ओसार्ने काम गर्छु भनेछ.
ति कारखाना का मालिक
जातीय भॆधभाब गर्ने खालका
मान्छे त रैनछन् तर उनले
खाइतेलाई काम दिन आक्मक परेछन्
किनकि खाइते सारै दुब्लो
देखिन्थ्यो किनकि गरिबी को
कारण ले उसले पेटभरि खान
पौदैनाथ्यो. तेइ
कारण ले उसले गरम काम गर्न
नसक्ने देखिन्थ्यो. तेसैले,
त्यहाँ पनि उ चिन्तित
भएर घर फर्कियो. तर
ति दिलदार मालिकले खाइते लाई
अर्को हलुको काम दिए. खाइतेले
काम सुरु गर्यो र ऊ सारै मेहेनत
का साथ् काम गर्न थाल्यो.
दुर्भाग्य बस, काम
गरेको ४ दिन पछि उसलाई काम मा
रहेको एउटा फलामको किला बिझ्यो
र Titanus भयो. र
उसले काम गर्न नसक्ने भयो.
नेपाल का बिकट ठाउँ
हरुमा जहाँ बच्चा हरु भेला
हुन्छन, त्यहाँ खोप
लाउने काम गरिन्छ, प्राय
त्यो ठाउँ बिद्यालय हुने गर्छ
र स्वास्थकर्मी हरुलाई हाम्रो
भौगोलिक बनोट को कारण ले घर
घर मा गएर खोप लौन सम्वाब हुदैन.
तेसैले जो स्कुल जादैन
, उ Meningitis, Malaria, Titanus
यित्यादी को खोप बाट
बन्चित हुन्छ जसका कारण उसलाई
रोग लाग्ने सम्भावना बढी
हुन्छ. र एसले माथि
उल्लेख गरिएको घटना जस्तै ति
बालबालिका को भबिस्य मा पनि
नकारात्मक असर पर्छ जसले
उनीहरुलाई Poverty Trap बाट
उम्कनै दिदैन. तेस्रो
Lesson : स्वास्थ सुबिधा
बाट बन्चित हुनु असमानता को
अर्को कारण हो.
नेपाल एक गरिब मुलुक
हो, नेपालले चाहेर
पनि कति कुरा गर्न सकी रहेको
हुदैन. हुम्ला मा
स्याउ छ, तेस्लाई
काठमाडौँमा ल्याउनु पर्छ
भनेर सबैलाई थाहा छ तर ल्याउने
चै कसरि कसैलाई थाहा छैन.
पहाडै पहाड मा घुमाउदै
हुम्ला सम्म पुर्याउनु पर्ने
बाटोको लम्बाई मेची देखि
महाकाली सम्म हुन्छ. हामीसंग
भएको थोरै पैसा ले त्यो बाटो
बनाउन सम्वाब हुदैन. र
स्याउ ल्याउन का लागि अरबौ
खर्च गर्नु पनि efficient हुदैन.
प्लेन मा ल्याउनु
महँगो पर्न आउछ तेसैले स्याउ
विदेश बाटै ल्याउनु फाइदा
देखिन्छ. सहर मा
बस्ने मान्छे लाई त्यो स्याउ
हुम्ला बाट आयो कि विदेश बाट,
तेस्को मतलब हुदैन,
गरिब मुलुक मा जहाँ
सस्तो पाउछ त्यो किन्ने
प्रबिर्ती हुन्छ. तेसैले
हुम्ला मा जति स्याउ भए पनि
तेस्को उपयोग गर्न सकिएको
छैन तर त्यो स्रिफ भौगोलिक
कारण ले नै हो र हुम्ला का
मान्छे ले कस्टकर जिबन बिताउन
बाध्य छन्. यो भन्नु
को कारण, नेपाल को
भूगोल बिकाश नहुनु को प्रमुख
कारण हो र एसले पहाड मा बस्ने
मान्छे लाई सहर वा तराई मा
बस्ने भन्दा गरिब र असमान
बनाएको छ.
आइतेको नातिले यो
कुरा बुझेको छ कि सिक्ष्या
ले मान्छे को जिबनस्तर बढाऊछ
तेसैले ऊ अब उसको बच्चा हरुले
भबिस्यमा दुख नपाउन भनेर
उनीहरु लाई उच्चसिक्ष्या
दिलाउन चाहन्छ. तेस्को
लागि उ तराई मा बसाई सर्न राजी
हुन्छ. सुरु मा
उनीहरुसंग पैसा हुदैन र छोरा
छोरि लाई सरकारी स्कुल मै भए
पनि पढाउने निर्णय गर्छ.
पहिलो दिन छोरा स्कुल
बाट आयेसी खाइतेले सोध्छ,
" आज के पढ़ेउ त छोरा
?" - " आज त सर नै
आउनु भएन ड्याडी ". तेसै
गरि १ हप्ता स्कुल जादा कुनै
दिन पनि सर आउनु भएन. तेस
पछि सर आउनु भएछ तर केटा केटिलाई
खेल्न जाउ भनेर आफु चिया खाएर
बस्नु भएछ, अनि २
बजे नै छुट्टि दिनु भएछ.
तेसरी १ वर्ष बित्यो,
तर ७०% पनी
सर आउनु भएन, आको
दिन पनि पुरै पढाउनु भएन.
त्यो देखेर खाइतेले
छोरा स्कुल जानुअघि भनेछ,
"आज पनि सर आउनु हुदैन
होला, भैगो, म
संगै काम गर्न हिन“. तेसरी
उसको छोरा पनि कहिले काम मा
जानी, कहिले पढ्न
जानी गर्दा गर्दै एस एल सी को
जाच आएछ. खाइते को
छोरा ले गेस पपेर पढेर जाच दिन
गएछ तर दुर्वाग्यबस उ फेल भयो.
गाउका अरु बिद्यार्थी
हरु जो निजि बिद्यालय मा पढेका
थिए उनीहरु पास भए. उनीहरु
पछि क्याम्पस गए, राम्रो
जागिर पाए, तर खाइते
को छोरा फेरी ज्याला गरेर नै
जिबन गुजारा गर्न बाध्य भयो.
मतलब, सिक्ष्या
नीति ले असमानता लाई निरन्तरता
दी रहेको छ. जब सम्म
सिक्ष्या को क्वालिटी सप्रदैन,
जब सम्म सिक्ष्यक ले
बिद्यार्थी को भबिस्य संग
खेलबाड गर्छन, असमानता
जारी रहन्छ.
बिस्वभरि नै असमानता
एक जटिल समस्या हो. बिस्व
को २०% मान्छे हरु
संग ६०% भन्दा बढी
सम्पति छ र १ अरब भन्दा बढी
मान्छे अत्यन्त गरिबी को रेखा
मुनि पर्छन. तथ्यांकले
जनाउछ कि हरेक दिन खान नपाएर
मात्र करिब १५ हजार मान्छे
को ज्यान जान्छ, हामीसंग
बिस्व भरिका मान्छेलाई प्रसस्त
खाने कुरा हुदा हुदै पनि.
असमानता को सुरुवात
तब भयो जब हाम्रा पुर्खा हरुले
क्रिसि को आविस्कार गरे.
Hunting and Gathering Society का बेला
मानिशहरु एकछाक अथवा एक दिन
का लागि मात्र अन्य जनावर
मारेर खान्थे, अनि
फेरी अर्कै ठाउँमा जान्थे,
आहारा खोज्न धेरै हिडी
रहनु पर्ने हुदा उनीहरु आफु
संग केहि पनि नलिकन हिद्द्ठे
तेसैले कसैको पनि सम्पति भन्ने
कुरा हुदैनाथियो, सबै
बराबर हुन्थे. तर
जब Hunting and Gathering गर्न
छोडेर जब उनीहरु एउटा ठाउँ
बनाएर एउतै ठाउँमा क्रिसि
गर्दै बस्न थाले, त्यहाँ
कार्य बिभाजन हुन थाल्यो,
अनि कामदार र खेत धनि
भनेर बर्गिकरण हुन थाल्यो,
अनि खेतधनि हरुले
कामदार लाई सोसण गर्न थाले र
उनीहरु धनि हुन थाले, एसले
धनि र गरिब भन्ने चिज को आविस्कार
गर्यो. येसरी मानब
समाज बढ्दै गयो र त्यो गाउ,
क्षेत्र हुदै संसार
भरि नै छरियो, अनि
तेस्ले तेरो र मेरो क्षेत्र
भन्ने कुरा को बिकाश गर्यो.
कसले ठुलो पर्खाल
बनाउने, कसले राम्रो
हतियार बनाउने यित्यादी कुरा
हुन थाल्यो र मानब हरु एक अर्का
संग लड्न थाले र अर्का को समान,
बस्तु र जनावर प्रति
आफ्नो अधिकार जमाउन खोज्न
थाले. यसै गरि बिगत
५-६ हजार वर्ष मा
धेरै युद्ध भयो. तैपनि
असमानता को दृस्टी ले हेर्दा
करिब ४०० वर्ष अगाडी सम्म पनि
सारा संसार लगभग उत्तिकै गरिब
वा धनि थियो. Per Capita Income को
हिसाब ले हेर्दा, सन्
१५०० भन्दा अगाडी करिब एक हजार
वर्ष सम्म संसार को सबै भन्दा
धनि क्षेत्र हाल को चिन थियो
भने तेस पछि बिस्व ब्यापार
को आधार मा नेदरल्यांड्स सबै
भन्दा धनि थियो कि भन्ने
आर्थसास्त्री हरुको अनुमान
छ. तर Industrialization पछि
भने यूरोपेली मुलुक हरु स्वात्तै
माथि पुगे तर बाकी बिस्व भने
जस्ता को तस्तै बस्यो.
विविन्न आविस्कार क
कारण युरोप धेरै माथि पुग्यो
र तेस्ले असमानता लाई थप वृद्धि
गर्ने काम गर्यो. तर
युरोप भित्रै पनि धनि र गरिब
बीच असमानता उत्पन्न गरायो
र तेस्ले कार्ल मार्क्स /
कम्युनिजम को जन्म
दियो. मार्क्स ले
एस्तो असमानता राम्रो हैन
तेसैले देश मा भएको सम्पति
जत्ति सबै मान्छेलाई बराबर
रुप मा बाढ्नु पर्छ भने.
सुरुमा त सबैलाई यो
आइडिया राम्रो लाग्यो तर समय
बित्दै जादा कम्युनिजम त
खतरनाक हुने रैछ, एसले
त सबै सखाप पार्ने रैछ भन्ने
कुरा पुस्टि भयो. यो
कुरा लाई फेरी गहिरो रुप ले
बुझौ कि कम्युनिजम किन घातक
हुन्छ. एसको लागि
अर्को उदाहरण लिउ.
एउटा देश छ जहाँ २
जना मान्छे बस्छन. मित्तल
र आइते. मित्तल दुख
गरेर काम गर्छ र महिना को ३०००
रुपिया कमाऊछ. आइते
अल्छि छ र काम गर्न जादैन.
कम्युनिजम को नीति
सबैमा उत्तिकै बाड फाड गर्ने
हो. भनेको मतलब,
देश को ३००० रुपिया
मा मित्तल ले १५०० पायो,
आइते ले १५०० पायो.
अनि मित्तल ले सोच्छ,
" म दुख गरेर ढाड
खुस्काइ काम गर्ने, अनि
आधि त्यो अल्छि आइते लाई दिनु
पर्ने ? " कुरा ठिकै
हो. अनि आइते ले
सोच्छ, " मलाई कामै
नगरी १५०० आइराछ, म
किन बेक्कार मा दुख गर्ने ?
" त्यो कुरा पनि ठिकै
हो. अनि मित्तल पनि
काम गर्न जादैन, र
देश मा एक पैसा पनि बाकी हुदैन
र दुवै जना भोकै बस्नु पर्ने
हुन्छ. अब यो केस
मा त्यहाँ को सरकार ले intervene
गर्छ र भन्छ "
तिमीहरु दुवै जना काम
गर्न गएनौ भने म गोलि ठोकदिन्छु
" . र उनीहरु दुवै
जना काम गर्न त जानछन् तर कामचोर
भै बिस्तारै गर्छन, जसले
गर्दा Productivity घट्छ
र बिस्तारै बिस्तारै देश को
आर्थिक अवस्था नै डामाडोल
हुन्छ, र तेस्ले
भॊकमरी ल्याऊछ किनकि एउटा ले
सोच्छ , " अर्को
ले काम गरि हाल्छ नि म किन धेरै
गर्ने, अर्को ले
पनि सोच्छ, " खान,
बस्न सबै बाड्ने हो
क्यारे, अरुले काम
गरेकै छन्, म बिस्तारै
गर्छु " हो तेस्ले
समानता त ल्यायो तर सबै लाई
उत्तिकै गरिब बनायो र यो कुरा
सरकार ले बुझेर हरेक कुरा मा
कडा कन्ट्रोल गर्न थाल्यो .
आम मानिस स्वतन्त्रता
चाहन्छ र कसैले पनि आफ्नो
व्यक्तिगत जिबन वा रोजगार मा
हस्तक्ष्यप गरेको हेर्न
चाहदैन, तर कम्युनिजम
मा सरकार ले राम्रो काम नगर्ने
लाई कारबाही गर्ने क्रममा
सरकार आफै तानासाही भएर
निस्कन्छ. र बिस्तारै
मानिस हरु सरकार को बिरुद्ध
बोल्न थालछन्, अनि
गोप्य व्यक्ति हरुको प्रयोग
गरि मारकाट हुन थाल्छ, तेसैले
संसार का जति पनि कम्युनिस्ट
नेता थिए जो पहिले समानता को
नारा ले सत्ता मा आए, सबै
बिस्तारै तानासाही भएर निस्केका
छन्. उदाहरण को लागि
हामी उत्तर कोरिया, रसिया
का लेनिन र स्टालिन अथवा चिन
का माओ लाई हेर्न सक्छौ.
कम्युनिजम ले उभो गति
मा नलैजाने कारण ले नै चिन ,
रसिया र धेरै अफ्रिकी
मुलुक हरुले यो सिद्दान्त
लाई त्यागी सकेका छन्.
अर्को तिर हेर्दा
कम्युनिस्ट देश मा येस्ता
पेसा पनि हुन्छन कि जहाँ मान्छे
हरु प्राय बेरोजगार हुदैनन्,
जस्तै डाक्टर. अब
मानौ डाक्टर ले काम त राम्रोसंग
गर्ला तर उसले त्यो सिप सिक्न
को लागि भनेर ५,६,७
वा त्यो भन्दा बढी वर्ष बिताएको
हुन्छ, तर बराबर
बाड्ने कारण ले उसले एउटा
कनडाक्टर ले जति कमाऊछ तेती
नै कमाऊछ. तेसो हो
भने उसले ७ वर्ष लाएर किन
डाक्टरी पढ्ने ? यो
उदाहरण बाट के प्रस्ट गर्न
खोजेको हो भने, सत
प्रतिसत समानता हुनु हुदैन,
त्यो ठिक पनि हुदैन.
अल्छि गर्ने आइते
भन्दा दुख गर्ने मित्तल ले
बढी पैसा कमाऊनै पर्छ. एस
प्रकार को असमानता राम्रो
पनि हो. हाम्रो नीति
भनेको Fairness हुनु
पर्छ, सत प्रतिसत
समानता हैन. असमानता
केहि हद सम्म राम्रो हो र
स्वार्थ पनि केहि हद सम्म
राम्रो हो किनकि एसले नै बिस्व
लाई चलाई रहेको छ. स्वार्थ
ले बिस्व कसरि चल्छ भनेर बुझ्न
अर्को उदाहरण लिउ: एउटा
चिया पसले बिहान ४ बजे उठेर
चिया बेच्छ. उसले
चाडै उठ्ने, पानी
ल्याउने, दाउरा
बाल्ने, दुध ल्याउने
अनि चिया पकाउने भएको कारण
ले बिहान अरु मान्छे ले तातो
चिया को आनन्द लिन पाउछन्.
तर त्यो चिया पसले ले
अरुलाई सबेरै चिया खुवाएर
समाज सेवा गर्छु भनेर दुख
गरेको हैन, उसले
पैसा कमाउनको लागि दुख गरेको
हो, तर तेही पैसा
कमाउने क्रम मा अरुले पानी
तेस्को फाइदा लिन सके र चिया
पसले र ग्राहक दुवै खुसि भए.
त्यो स्वार्थ ले दुवैलाई
फाइदा गरायो. बिल
गेट्स ले संसार का मानिस ले
कम्प्युटर चलाउन पाउन भनेर
कम्प्युटर आविस्कार गरेको
हैन, पैसा कमाउन
लाई हो, तर तेस्ले
हामीलाई पानी फाइदा पुर्यायो,
लाखौ लाई रोजगारी
दिलायो र उसले पैसा पनी कमायो.
कसैले केहि फ्याक्ट्री
खोल्छ वा पसल खोल्छ भने त्यो
आफ्नो स्वार्थ पुरा गर्न को
लागि हो, तर तेस्ले
अरुलाई पनी फाइदा पुर्याउछ
. बिल गेट्स को उदाहरण
किन दिएको भने उ संसार को सबै
भन्दा धनि मान्छे हो, उ
बिस्व का १०० ओटा देश भन्दा
पनी धनि छ, पुरै
नेपाल भन्दा पनी धनि छ. तर
उसले कसैलाई लुटेर पैसा कमाएर
असमानता बढेको हैन, उसले
आफ्नो Creativity प्रयोग
गरेर तेस्मा जिबन बिताएर,
दुख गरेर कमाएको पैसा
हो र कोइ कसैले पनी बिल गेट्स
ले त्यो पैसा नहुने संग बाड्नु
पर्छ भन्छ भने त्यो गलत हो.
तैपनि बिल गेट्स ले
आफ्नो ९९% सम्पति
सामाजिक कार्य मा दिने भन्ने
बाचा गरेको छ र दिएको पनी छ.
एसको मतलब केहो भने,
हामीले जो कोहि धनि
व्यक्ति लाई हेर्छौ र "
यो येति धनि छ, अर्को
येति गरिब छ " भन्छौ
तर जसले केहि राम्रो काम गरेर
पैसा कमाएको छ, त्यो
असमानता खराब हैन, किनकि
खुल्ला प्रतिस्पर्धा मा आधारित
अर्थतन्त्र जसलाई हामी Social
Market Economy / Market based Economyभन्छौ
येस्मा एउटा लाई गरिब नबनाई
कन अर्को धनि हुन सक्छ जसलाई
हामी Economic Growth को
संज्ञा दिन्छौ
असमानता का कारण हरु
जस्तै सिक्ष्या, सरकारी
नीति, भूगोल ,
व्यक्तिगत जिबन सैली
यित्यादी लाई छोडेर अन्त्य
मा हेरौ, असमानता
किन नराम्रो हो र एस्लाई घटाउन
के गर्न सकिन्छ.
असमानता किन नराम्रो
हो भने, येदि आइते
का छोरा छोरिको आम्दानी भैदेको
भए उनीहरुले देश लाई केहि कर
पनी तिर्थे, र त्यो
देशले तेइ पैसाले बाटो ,
सिक्ष्या वा अन्य ठाउँ
मा प्रयोग गर्न सक्थ्यो.
आइते का छोरा छोरि ले
सिक्ष्या नपाउदा उनीहरुको
Talent पनी खेर गयो.
न उनीहरुको दिमाग मा
क्यान्सर को औसधि पत्ता लाउने
सक्ति थियो कि, न
उनीहरुले पानि बाट चल्ने गाडी
को आविस्कार गर्थे कि. तेस्रो
कुरा उनीहरुलाई विविन्न खोप
हरु नलगाईएको हुनाले रोग
लाग्ने सम्भावना पनी बढी भयो
र तेस्ले क्षेत्र वा देश लाई
नै असर पर्ने भयो. रोग
बारे जानकारी नहुदा पनी रोग
लाग्ने सम्भावना बढ्यो,
तर यो रोग सरेर धनि
मान्छे लाई पनी सर्ने भयो.
रोग ले धनि गरिब ,
जात , देश
भाषा केहि पनी भन्दैन, यो
फैलिएपछि निरन्तर रुप मा
फैलिन्छ र महामारी ल्याउन
सक्छ. सबै भन्दा
खतरनाक कुरा , जहाँ
कुनै जात वा वर्ग लाई समान
मौका दियिएको छैन, सोसन
गरिएको छ, त्यहाँ
कुनै न कुनै दिन बिद्रोह को
ज्वाला मुखी फुट्छ फुट्छ,
अनि हजारौ वा लाखौ ले
आफ्नो ज्यान गुमाउनु पर्छ.
समान अवसर भैदिएको
भए नेपाली हरु नेपाली कै बिरुद्ध
मा उठेर १४००० को ज्यान जादैन
थियो होला र ६०००० ले अनाथ
हुनु पर्दैन थियो होला.
असमानता कै कारण ले
सक्तिसाली Roman Empire ढलेको
छ, असमानता ले थुप्रै
अरु युद्ध हरु निम्त्याएको
छ.
गरिबी र असमानता दुइ
वटा जोडिएको कुरा हो , तेसैले
असमानता को कुरा गर्दा गरिबी
को पनी कुरा आउनु स्वाभाबिक
हो. गरिबी र असमानता
घटाउने कसरि ? एस्लाई
घटाउन हामीले जो अवसर बाट
पिडित छ, उसमा ध्यान
केन्द्रित गर्नु पर्ने हुन्छ.
गरिबी हटाउनु हाम्रो
उदेस्य हुनु पर्छ अनि असमानता
आफै कम हुन्छ. सबै
भन्दा पहिले मान्छे स्वस्थ
हुनु पर्यो, तेस्को
लागि उसले चाहिने आहार पाउनु
पर्यो. येसैको लागि
भनेर भारत ले ३० अरब डलर को
Nutrition Program अघि ल्याएको
छ ताकी सबै ले सरिर लाई चाहिने
पोस्टिक आहार पाउन. नेपाल
को संधर्ब मा पनी यो पहिले
पाइला हुन्छ किन भने "
बच्चा लाई स्कुल पठाऊ"
भनेर मात्र पुग्दैन,
उसले खाली पेट मा पढ्न
पनी सक्दैन र भोको पेट ले
Cognitive Abilitiesमा पनी असर
पुर्याउछ. तेसैले,
पहिला स्वास्थ, अनि
खाना, अनि मात्र
सिक्ष्या, तेस पछि
हामीले रोजगारी मा कुनै पनी
तरिका को भेदभाब अन्त्य गर्नु
पर्ने हुन्छ नत्र उसले पाएको
सिक्ष्या को पनी कुनै मतलब
हुदैन. येति भनि
सक्दा तपाई हरुको मन मा लागि
सकेको होला, भन्न
त सजिलो छ तर एसको लागि पैसा
चै कहाँ बाट आउछ.
हो, एसको
लागि ऋण लिनु पर्यो. नेपाल
मा पैसा नभाको हैन, पैसा
प्रसस्त छ तर मान्छे हरु ऋण
दिन तयार छैनन् किनकि त्यो
फिर्ता आउने हो कि हैन ठेगान
छैन. येस्ता गरिबी
निवारण का प्रोग्राम मा बिदेसी
संघ संस्था हरुले पनी मद्दत
गर्ने प्रतिबद्दता जनाएकै
छन् तर नेपाल सरकार आफ्नै
संबिधान बनाउने, र
कुर्सि जोगाउने ध्याउन्न मा
ब्यस्त हुदा सिरियस समस्या
हरु तिर सोच्नै पाको छैन.
कुनै पनी बिदेसी ले
आएर हाम्रो समस्या सुल्झाई
दिदैन, हामी आफैले
सुल्झाऊनु पर्छ. तेसका
लागि हामी संग नीति हुनु पर्छ.
गरिबी निवारण का लागि
हामीले अहिले ऋण गरेर पैसा
लिदा २० वर्ष मा त्यो पैसा को
लगानी सजिलै उठ्छ.
हामी संग २ ओटा अप्सन
छन्, कि हामीले अहिले
जे जस्तो छ तेस्लाई तेत्तिकै
छोड दिनु पर्छ तर तेसो गर्दा
यो समस्या हामी संग अर्को ५००
वर्ष सम्म पनी यथावत रहन्छ.
कि हामीले अहिले ऋण
लिएर तेस्को ब्याज तिरेरै "
Human Capital अर्थात् व्यक्ति
को सिप मा लगानी गर्नु पर्यो
, वा सिक्ष्या प्रणाली
मा लगानी गर्नु पर्यो जसले
हामीलाई २०-३० वर्ष
मा यो ऋण चुक्ता गर्न मद्दत
गर्छौ र तेस द्वारा यो ऐतिहासिक
समस्यालाई सदा को लागि समाधान
गर्छौ. कुन अप्सन
छान्ने हो त्यो हामी मा भर
पर्छ.
र अन्त्य मा सुरुवात
कसरि गर्न सकिन्छ भन्ने कुरा
बंगलादेश का अर्थासास्त्री
र नोबेल पुरस्कार बिजेता
मोहमद युनुसले देखाई सकेका
छन्. कोइ गरिब ले
आफ्नै सानो ब्यापार गर्न खोजे
पनी बैंक ले उसलाई ऋण दिदैन
किनकि ऊ संग ऋण लिन का लागि
चाहिने Security हुदैन.
तेस्तै गरिब लाई छानेर
मोहमद युनुस ले माइक्रो क्रेडिट
भनिने, थोरै भन्दा
थोरै ऋण दिन थाले. त्यो
पैसा ले गरिब हरुले सानो सानो
काम गर्न थाले जस्तै घडी बनाउने
पसल खोल्ने हुन्छ कि, जुत्ता
सिउने हुन्छ कि, समान
बेच्ने हुन्छ कि , तरकारी
खेति गर्ने हुन्छ कि , चिया
पसल खोल्ने हुन्छ कि जसो गरेर
जीविकोपार्जन गरि आफ्नो जिबन
स्तर सुधारे र छोरा छोरि लाई
पढाउन सफल भए. र
बिस्तारै त्यो ऋण पनी तिरे.
ति माइक्रो क्रेडिट
लिएर सुरुवात गर्ने मान्छे
का छोराछोरि आज ठुलो ठुलो ठाउँ
मा पुगेका छन्. माइक्रो
क्रेडिट ले दसौ लाख मान्छे
लाई गरिबी को रेखा बाट उचालेको
छ र आज यो प्रक्रिया बंगलादेश
मात्र नभई बिस्व भरि नै फैलिएको
छ. एसले गरिबी निवारण
का साथ साथै असमानता पनी घटाएको
छ.
अर्को कुरा, एसले
सान्ति ल्याएको छ. रोजगार
नहुदा गरिब हरुले पेट पाल्न
का निम्ति चोरेर, लुटेर
पनी खानु पर्ने हुन्थ्यो होला,
तेस्ले हिम्सा उत्पन्न
गर्थ्यो होला र धेरै को ज्यान
पनी जान्थ्यो होला तर रोजगारी
ले त्यो सबै कुरा हुन बाट बचाएको
छ. तेसैले नै मोहमद
युनुस लाई अर्थशास्त्र को
नभई सान्ति को लागि नोबेल
पुरस्कार दियिएको थियो किनकि
रोजगारी ले सान्ति स्थापना
गर्यो.
माथि उल्लेख कुरा
हरु मा सुधार गरे र तेही अनुसार
को नीति ल्याए धेरै हद सम्म
असमानता घटाउन सकिन्छ.
No comments:
Post a Comment