Monday 7 January 2019

We need collective well-being, not only growth

By: Bikal Dhungel

हामीलाई आर्थिक वृद्धि भन्दा पनि समृद्धि चाहिएको छ। आर्थिक वृद्धिले एउटा पाटो मात्र हेरेको हुन्छ भने समृद्धिले समग्र बिकाश झल्काउछ, जस्तै स्वास्थ, बाताबरण, सामाजिक सुरक्षा, सान्ति, सीक्षा, मानब अधिकार यित्यादी। जीडीपी (GDP) नै सबै थोक हैन भनेर नोबेल पुरस्कार बिजयी अर्थासस्त्री हरुले पनि स्विकारी सकेका छन् र आजको प्रमुख जोड अमार्त्य सेनको ह्युम्यान डेभलपमेन्ट इन्डेक्स (HDI) मा हुनु पर्छ । तेस्मा पनि समयको माग अनुसार थप अरु index हरु थपिदै जानु पर्छ । बिगत २० बर्समा नेपालीको औसत आय ( पर क्यापिटा इन्कम ) करिब तिन गुनाले बढेको छ , तर अरु सुचाङ्क हेर्दा बाताबरणमा क्षति धेरै बढेको छ, तेस्ले ल्याउने स्वास्थमा असर over propotionally बढेको छ, महंगी तेही अनुसार बढेको छ | परिबर्तनसिल जब मार्केट र जिबनसैलीको कारणले Sedentary Lifestyle र तेस बाट हुने non-communicable diseases हरुको prevalence बढेको छ, असमानता बढेको छ। मतलब, मान्छे हरु संग पैसा त धेरै छ तर फोहोर बाताबरण, खराव स्वास्थ स्थिति, सामाजिक समस्या धेरै भएको हुदा आर्थिक वृद्धिले खासै सकारात्मक असर पारेको छैन। सबै समस्याको कारण आर्थिक वृद्धि हैन तर आर्थिक वृद्धि गर्ने निहुमा बाताबरण बिनास गर्नु , स्वास्थ प्रतिको असर नकार्नु चै राम्रो हैन।

अर्थसास्त्रमा एउटा Kuznets Curve भन्ने सुचाङ्क छ, तेस्ले भन्छ " आर्थिक वृद्धि हुदै गर्दा सुरुमा असमानता, बाताबरणमा हानि धेरै हुन्छ तर देश अति बिकसित भएपछि त्यो घट्दै जान्छ किनकि मान्छे हरु स्वास्थ र बाताबरण प्रति सचेत हुन्छन" तर आज यो सिद्दान्त ढुसी परिसकेको छ, प्रकिर्ती लाइ बिनास गरेर मात्र बिकाश हुन्छ भन्ने हैन, Green Development/Sustainable Development पनि सम्भब छ, एसका कयौ उदाहरण छन्, र यो कुरा नया पनि हैन। आज हामीले १९सौ सताब्दीको Economic Theory हरु फलो गर्नु उचित हुदैन, २१सौ सताब्दी लाइ उचित कुरा सोच्नु जरुरि छ. We need Economics for 21st Century.
आजको आवस्यकता इन्क्लुसिभ बिकाश (Inclusive Development) हो, दिगो विकास ( Sustainable Development ) हो । जनताले पैसा/धन ( अर्थ ) को बुझाइ बदल्नु आवस्यक छ, आजको धन व्यक्तिगत हिसाबमा Human Capital, Social Capital, Good Health, Wisdom, Inter-Personal Skills, General Knowledge, Emotional Intelligence, Critical Thinking Skills यित्यादी हो भने सामाजिक हिसाबमा Good Environment, Good Healthcare System, Inclusive Society, Green Cities, Citizen Engagement, Social Peace, Economic Sustainability, Scientific and Humanitarian rules and system यित्यादी हो |

व्यक्तिले समाज बनाउछ, समाज बने देश बन्छ, देस बनाउनको लागि माथि उल्लेख तत्व हरु आवस्यक छन् | राज्यको काम बाताबरण सुधार्ने, स्वास्थ स्थिति सुधार्नु, असमानता कम गर्नु, जातिय, क्षेत्रिय, बर्गीय र लैंगिक भेदभाब हटाउनु र समग्र बिकासमा जोड दिनु हो । मन्त्रि आफै टाई सुट, माला, क्यामराम्यान सहित कुच्चो लिएर बागमती सफा गर्न जाने हैन, नीति बनाउने हो, प्रबिधि भित्र्याउन पहल गर्ने हो । वर्ष भरि आफै फोहोर गरेर एकदिन तेसो गर्नु सस्तो लोकप्रियता मात्र हो । विदेश बाट सिक्नुस, सिंगापुर, लण्डन, भ्यानक्युभर यित्यादी सहरलाई कसरि एउटा National Park सर बनाउने, कसरि बस्न लायक बनाउने, कसरि Green, Recreational बनाउने भन्ने दौड चलिरहेको छ | सिंगापुर उपचार गराउन जादा एकचोटी हेर्नु पर्यो, अमेरिका जादा नेपालीहरु भाको ठाउँमा जादै भोज भत्तेरमा ब्यस्त हुने मात्रै हैन, सिलिकन भ्याली जानुस, उनीहरुको कुरा सुन्नुस अनि नेपालमा लागु गर्ने प्रयत्न गर्नुस । पैसा छ भन्दैमा विदेशमा उपचार गराउन जान त मिल्छ तर प्रदुसित बाताबरणले बिरामी हुदा पैसा लिएर तपाइको सट्टा बिरामी भैदिने मान्छे किन्न मिल्दैन ।
४० लाख भन्दा बढी बिदेसमा भएका नेपालीको रेमिटेन्सले औसत आय त बढाउछ तर नेपाल भित्रको बढ्दो आर्थिक गतिविधिले ल्याएको बायु प्रदुसन कन्ट्रोल गर्न नसक्दा, असमानता घटाउन नसक्दा, सामाजिक समस्या सुझाउन नसक्दा हुने हानि भने रेमिटेन्सले सुल्झाउन सक्दैन, बिदेसिले पनि गरिदिदैनन, यो आफै सुल्झाउनु पर्छ ।जलबायु परिबर्तनको प्रमुख सिकार पनि हामि नै हो, बर्सौ आउने बाढी, बेलामा नपर्ने पानि, सुक्खा लाग्नु, त्यो सबै येस्कै प्रतिफल हो । कसले कति फोहोर गरे भनेर आरोप लाउदै बस्नु सट्टा आफुले के गर्न सकिन्छ भन्ने सोच्नु बुद्धिमानी हुन्छ । र सामाजिक समस्याका मामिलामा पनि यी कुरा लागु हुन्छन । जहाँ फोहोर हुन्छ, त्यहाँ झिंगा भनकिन्छ, जहाँ झिंगा भंकिंचा, त्यहाँ रोग फैलिन्छ ।जहाँ असमानता छ, थिचोमिचो छ, भेदभाब छ, त्यहाँ द्वन्द हुन्छ । भबिस्यका द्वन्द हरु रोक्न अहिले नै गृहकार्य गर्नु पर्छ । तेसैले, आर्थिक वृद्धिमा जोड दिनुस तर अरुमा बिजोड नदिनुस्, समग्र समृद्धिको नारा बनाउनुस । स्वच्छ हावा, सफा पानि पछि साइकलको प्रयोगमा जोड दिनुस, हरिया पार्क बनाउनुस, सोसल रिक्रियसनल ठाउँ निर्माण गर्नुस, पैदल मार्ग हरु बनाउनुस , सुरक्षित सहर बनाउन प्रयत्न गर्नुस, खेलकुदको लागि ठाउँ बनाउनुस, जनतालाई physically active हुनको लागि infra-structure तयार गर्नुस, इनोभेसन सेन्टर को परिकल्पना र निर्माण गर्नुस, सार्बजनिक सबारी साधन को प्रयोगमा जोड दिनुस , भन्ने बेलामा " हाम्रो देश प्रकृतिको बरदान, गौरीशंकर हिमाल हाम्रो, झ्यामोलोंग्मा हाम्रो भन्ने तर काठमाडौँमा हिड्दा चै बुर्का र सर्जरी मास्क लाएर हिड्नु पर्ने ?

सफल सहर र देस हरुले केके गरिरहेका छन् त्यहाँ बाट सिक्नुस । आर्थिक वृद्धि २-४ जाना लाइ आएर हुदैन, collective समृद्धि आउनु पर्छ ।

No comments:

Post a Comment