Saturday 5 January 2019

Education for Today

By: Bikal Dhungel

पछिल्लो खोज अनुसार यूरोपमा अहिलेनै करिब ८०% मान्छे आफुले अध्यन गरेको भन्दा भिन्न क्षेत्रमा कार्यरत छन्। एसको एउटा कारण, पुरानो शीक्षा नीति र परिबर्तनशील job मार्केट। समयको माग अनुसार शीक्षा नीति परिबर्तन नगर्दा धेरै मान्छेको सैक्षिक योग्यता बेक्कार हुन जान्छ । आज सैक्षिक योग्यता भन्दा बिसयबस्तुमा दक्षता महत्वपुर्ण छ। अर्को एक खोजका अनुसार, अबको १० वर्षमा ५०% jobs अटोमेटाईज हुनेछन्, मतलब मान्छेले गर्ने काम मेसिनले गर्नेछ, एसका उदाहरण, ड्राइभर बिना चल्ने गाडी, वेटरको काम गर्ने रोबोट, खोजमुलक कार्यमा सहयोग गर्ने सफ्टवेर यित्यादी हुन्। एसका साथै, आज बिज्ञान प्रबिधि धेरै अगाडी बढीसकेको छ। इन्टरनेटको तिब्र बिकाश र तेसमार्फत कलेक्ट भएका बिग डाटा को सहयोगले अन्य खोजमुलक काम गर्ने टेक्नोलोजीको बिकाश गर्न मद्दत पुगेको छ। स्मार्ट एल्गोरिदमस् को प्रयोगले मेसिन लर्निङ्ग, आर्टिफिसियल इन्टेलिजेन्सको बिकाश भएको छ। मेसिनले पनि मान्छे जस्तै नया कुरा सिक्न सक्ने भएका छन् । गुगलको डिप ब्लु कम्प्युटर ले बिस्व चेस च्याम्पियन ग्यारी कास्पारोभ लाइ हराउन सफल भयो, एप्पल को होम किट द्वारा घरको पर्दा लगाउने देखि बत्ति बाल्ने, निभाउने गर्न सकिन्छ । स्वास्थ क्षेत्रमा मात्र हेर्ने हो भने 3D Printing, Tissue Engineering, Portable Diagnostics, Digital Tatoos जस्ता कुराको बिकाश हुनुका साथै एसले थप अरु अविस्कार गर्न मद्दत गरेको छ। छिटो भन्दा छिटो परिबर्तनसिल समयले गर्दा Life-long Learning आजको अत्याबस्यक कुरा हो। परिबर्तित समय संग आफु परिबर्तन हुने, आफुले सिकेको कुरा पनि अपडेट गर्दै लैजाने र अन्य क्षेत्रको बिकाश संग आफु एडप्ट हुनु अनिबार्य छ। नेपालका एक जाना शीक्षाविद भिम उपाध्यायले केहि समय अगाडी लेख्नु भएको थियो " आज नेपालको सरकारी क्याम्पसको पढाइ बेरोजगार अल्मल्याउने बाटो मात्र हो, त्यहाको सर्टिफिकेट बिदेशमा आची पुछ्न पनि काम लाग्दैन .." । यो कुरामा सत्यता छ, त्यो किन भयो भन्दा १०० वर्ष अगाडिका कुरा समेटेको, ५० वर्ष अगाडिको पाठ्यक्रम लाइ निरन्तरता दिरहनु, आजको माग केहो, आजको बिकाश केहो त्यो अध्यन नगर्नु यित्यादी हो । जब सम्म त्यहाँ सोचिन्न, पढाईको कुनै अर्थ हुदैन, त्यो बेरोजगार हरुलाई २-४ वर्ष अल्मल्याउने बाटो मात्र हो। आजको शीक्षा नीतिको प्रमुख जोड Universal Skills मा हुनु पर्छ, माने, जुन सुकै बिषयमा होस्, सिकेको कुरा जता पनि लागु गर्न सकियोस, घोकन्ते बिद्या बाट आफै सोच्न सक्ने सिप सिकाइयोस, सिकेको कुरा " हस हजुर " मात्रै भनेर बस्ने हैन कि, तेस्माथी पनि प्रस्न गर्न सिकाइयोस र सबै भन्दा महत्वपुर्ण कुरा , " मैले सिकेको कुरा गलत पनि हुन सक्छ, यो गल्ति हो भनेर पछि थाहा हुन सक्छ, बिज्ञानले एसको ठिक उल्टो कुरा सत्य हो भनेर पत्ता लगाउन सक्छ, यो कुरा लेख्ने मान्छेले आफै पनि गलत हुन सक्छ यित्यादी, " भन्ने सबैले दिमागमा राखून । साथ साथै, बिज्ञान, मानोबिज्ञान, शीक्षा, व्यवस्थापन सबै क्षेत्रमा भएको बिकाश र तथ्य लाइ पाठ्यक्रममा हाल्न ढिला नगरियोस | 
बिद्यार्थी हरुलाई जति सक्दो छिटो Augmented Reality, Virtual Reality, Robotics, Artificial Intelligence, Nano Technology, Smart Algorithms, Automation, Critical Thinking, Networking, Creativity बारे बुझाइयोस | जति चाडै गर्यो, तेती फाइदा। हरेक व्यक्ति आफ्नै आफ्नै कला लिएर जन्मेको हुन्छ, त्यो कलाले धेरै माथि उढेर संसार लाइ नियाल्न सक्ने क्षमता हुदा हुदै पनि गलत शीक्षा र नीतिले बेलैमा उसको प्वाँख काटीदिदा त्यो कला कहिले पनि बाहिर आउन सक्दैन | भबिस्यका महान बैज्ञानिक, राम्रा नेता र अरु क्षमतावान व्यक्ति हरु हामि माझ नै हुन सक्छन, सृफ उचित शीक्षा दिएर मौका दिनु पर्यो, उनीहरु बाहिर आउनेछन् ...... भन्दा कसो होला ?



No comments:

Post a Comment