जून २२ , २००५
. सायद त्यो दिन म
छिट्टै बिर्सन सक्दिन होला.
जर्मनी को फ्रान्क्फर्ट
सहर स्थित एक बस स्टेसन मा बस
कुरी रहेको थिए. म
भन्दा करिब ५ मीटर को दुरी म
उभिरहेकी एक महिला मलाई हेर्दै
टोलाईरहेकी थिन. मैले
सोचे " किन तेस्तरी
हेरेको होला ". एकछिन
पछि उनि मेरो नजिक आयिन र भनिन
" के म तपाइलाई
सोध्न सक्छु कि तपाई कहाँ बाट
आउनु भयो ?" - " म
नेपाल बाट आएको हु " मैले
भने. " कति वर्ष
को हुनु भयो, र यहाँ
के गर्नु हुन्छ ". एकछिन
मिठो कुरा कानी भयो. उनको
नरम बोलि र मिठा आदरणीय सब्द
हरुले गर्दा मलाई राम्रो महसुस
भै रहेको थियो. एकछिन
मा बस पनि आयो. उनि
पनि तेइ बस म चढीन र मेरो संगै
को सिट म बासिन. अनि
ति करिब ७० वर्ष कि महिला ले
मेरो हात माथि हात राखेर भनिन
" तपाई सानो उमेर
मा एक बिरानो देश मा एक्लै
आउनु भएको रहेछ, त्यो
हिम्मत को म कदर गर्छु ".
जब उनले मेरो हात म
हात राखेर भनिन, मलाई
कसैले मुटु मै स्पर्स गरेको
अनुभूति भयो, आफ्नोपन
को आभाष भयो, र उनीलाई
अघि भर्खर भेटेको अपरिचित
व्यक्ति नभई मेरो आफ्नै मान्छे
जस्तो लाग्यो. विदेश
आए देखि नै कसैले आफ्नो कुरा
सुनिदिदा सारै हलुका महसुस
भयो. एकछिन दुख सुख
का मिठा कुरा गरेपछि उनको
ओर्लिने बेला भएछ. उनले
भनिन " मलाई तपाई
संग कुरा गरेर खुसि लाग्यो,
तपाईका सपना पुरा
हुन् " त्यतिकै
मा उनले मेरो ज्याकेट को बगली
मा २० यूरो को नोट हालिदिन.
मैले भने " तपाइले
के गर्नु भएको ?". बाक्य
टुंगग्याउन नपाउदै उनले भनिन
" राखनुस न,
तपाइलाई आवस्यक पर्न
सक्छ. आमा ले दिएको
सम्झिनुस ". अनि
उनि बस बाट ओर्लिन. म
उनलाई टाढा सम्म हेरी रहे र
मन मनै खुसि को आसु ले रोए.
मैले उनलाई फेरी कहिले
पनि भेटिन र आज उनि जीवित छिन्
कि छैनन् त्यो पनि मलाई थाहा
छैन. उनि मलाई जन्म
दिने आमा त थियिनन तर त्यो
प्रेम ले मेरो मन मा बिर्सन
नसक्ने छाप पारेर गयो.
बिरानो देश मा एक
अपरिचित व्यक्ति ले हात मा
हात राखी मन को कुरा सुनिदिदा
र एक आमा ले झैँ माया गरि पैसा
दिदा मेरो मन मा धेरै कुरा
खेल्न थाल्यो. आफु
कुन जात , धर्म ,
संस्कृति भन्दा पनि
मनबता र प्रेम ठुलो हुदो रहेछ.
जर्मनी को बसाई को
क्रम मा मैले जर्मन र अरु
थुप्रै देश का मानिश हरु लै
भेट्ने र संगत गर्ने मौका पाए.
त्यो माया, प्रेम,
सदभाव देखेर मेरो
जिबन मा परिबर्तन आयो. जर्मनी
मा "तिमि त्यो
जात, त्यो धर्म "
भनिदो रहेनछ. त्यहाँ
त एक मानिस लाई मानिश कै रुप
मा हेरिदो रहेछ, चाहे
ऊ धनि होस्, गरिब
होस्, यिसाई धर्मावलम्बि
होस् या हिन्दु, सबैले
उत्तिकै सम्मान पाउने रहेछन.
तेसैले त उनीहरु कति
बिकसित छन्. जात,
रास्ट्रीयता, वर्ग,
धर्म यित्यादी त मानिश
हरुको बीच मा सदभाब बिगार्न
बनाइएको तत्व रहेछ. तेस्को
आधार मा कुनै पनि मानिश लाई
चिनाउनु गलत रहेछ. ति
कुरा हरु बाट माथि उठेर सबै
मानब एक ठानी अघि बढ्नु उचित
हुने मलाई लाग्यो. अनि
मैले बिबेक श्रेष्ठ को गीत "
जिन्दगि यो उत्सव हो
" याद आयो. उनि
गाउछन् " .... संसारै
आफ्नो, आफन्त हामी
, सानो छ यौटै आकाश
...... "
आज म नेपाली समाचार
पढ्छु र जात का आधार मा राज्य
बिभाजन गर्ने कुरा सुनेर दुख
लाग्छ. म पहिले एक
मानब, अनि बिस्व
नागरिक, अनि नेपाली
भन्नु को साटो म गुरुङ, म
मगर, म लिम्बु,
म बाहुन, यो
मेरो राज्य हो मैले पाउनु
पर्छ, त्यो तेरो
भनेको सुन्दा मलाई लाग्छ कि
एकदिन त्यो समय अवस्य आउछ जब
एक अर्का संग काटाकाट गरि
आफ्नो यितिहास आफै मेटाउने
छन् र नेपाल भन्ने देश नै बाकि
रहने छैन. संसार का
अरु ठाउँ मा जातिय राज्य को
माग गर्नाले के भएको थियो,
कति हद सम्म हिम्सा
भएको थियो तेस्को विचार नगरी
पढे लेखेका राजनितिग्य हरुले
जातिय राज्य नै चाहिन्छ भन्नु
पाखण्ड हो. अहिले
को परिबेस मा लागु हुनै नसक्ने
सिद्दान्त खोकी तेस्को आधार
मा राज गर्न खोज्नु मुर्खता
हो. मार्क्स ले कहिले
पनि जातीय राज्य को वकालत
गरेका छैनन्. कम्युनिजम
भनेको त जात, धर्म
सबैलाई हटाई सबै मान्छे बराबर
हुन् भन्ने सिद्दान्त हो भन्ने
आम बुझाई छ. तर पनि
आजको संधर्ब मा कम्युनिजम ले
आर्थिक बिकाश को बाटो मा लैजादैन
तर आर्थिक बिकाश नै अहिले को
मूल आवस्यकता हो. आर्थिक
बिकाश को लागि कुनै राजनीतिक
सिद्दान्त संग जोडिनु पनि
आवस्यक छैन भन्ने मेरो बुझाई
हो. नेपाल का हरेक
गरिब दाजु भाई दिदि बहिनि को
जिबन स्तर मा सुधार ल्याउन
को लागि पार्टी को स्वार्थ
त्यागी बिकाश मा जोड दिनु
आवस्यक छ.
हो, यो कुरा
सत्य हो कि नेपाल मा पिडित
वर्ग हरु छन्, जात
का आधार मा मानिश लाई अपहेलना
गरिन्छ. येही संधर्ब
मा एक घटना को याद आयो. केहि
समय अघि एक बिदेसी मित्र २
महिने नेपाल भ्रमण गरि फर्किएका
थिए र मलाई भने " नेपाली
हरु त कत्ति मिलनसार, कति
मद्दतिला, पाहुना
लाई सत्कार गर्ने " त्यो
सुन्दा मलाई खुसि त लाग्यो
तर मन मनै सोचे " के
यो साच्चै हो त ? हामी
खैरो छाला भएका बिदेसी आउदा
मिलनसार हुन्छौ, माया
गर्छौ, घर मा खाना
खान बोलाऊछौ तर अर्को तिर भने
एक भारती नागरिक लाई गाली
गर्छौ, कुटपिट गरेको
समाचार सुनिन्छ. बिदेसी
को कुरा छोडौ, आफ्नै
देश को दाजु भाई लाई तल्लो जात
भनि धारा मा पानि थाप्न दिदैनौ,
मन्दिर मा पुजा गर्न
दिदैनौ र अन्य प्रकार का भेदभाव
गर्छौ. जात मात्र
नभई धनि ले गरिब लाई, बलिया
ले कम्जोर लाई हेप्ने प्रचलन
हाम्रो समाज मा अझै जीवित छ.
जीवित मात्र हैन,
यो त जिबन को सैली नै
बनेको छ. जब सम्म
येस्ता प्रथा जीवित रहन्छन
युरोप , अमेरिका
बाट आएका पर्यटक लाई देखाएको
माया झुट हुनेछ. येस्तै
भेदभाब र छुवाछुत को प्रथा
ले गर्दा नै जातिय सदभाब
खल्बलिएको हो . तैपनि
एसको समाधान जातीय राज्य हुन
सक्दैन .
नेपाल मा जातीय प्रथा
कानुनी रुप मा हटी सकेपनि
यथार्थ मा त्यो सबैतिर फैलिएको
छ . यो पाखण्डीपन
को अन्त्य गर्न तिर नलागी झन्
यसै लाई निउ बनायी भाड भैलो
निम्त्याउनु आत्म घातक बाहेक
केहि पनि हुन सक्दैन. माथिको
उदाहरण दिनु को दुइ ओटा कारण
छन्, एक - एउटा
बिदेसी ले हामीलाई नेपाली
भनेर चिनाउछ तर हामी आफै नेपाली
नभई यो जात र ऊ जात भन्छौ.
दुइ - जब
सम्म हामी सबै प्रति मिलनसार
र मद्दतिला हुदैनौ, खैरो
छाला प्रति मात्र देखायिने
देखावटी प्रेम कुनै न कुनै
दीन अवस्य बाहिर आउछ र त्यो
दीन हामीलाई संसार मा कसैले
पनि विश्वास गर्ने छैन.
प्रेम का प्रतिक बन्न
चाहने हो भने सबै मान्छे लाई
समान र राम्रो बेबहार गरिनु
जरुरि छ. हामीले यो
पनि बुझ्नु जरुरि छ कि सदियौ
देखि शान्त संग बस्दै आएका
मानिश हरु बीच जात र धर्म का
आधार मा भडकाउने प्रथा बेलायेती
र फ्रान्सेली साम्राज्यबाद
हरुले उन्नाइसऔ र बिसौ सताब्दी
गरेका थिए जसको कारण करोडौ
मान्छे को ज्यान गएको थियो.
अहिले तिनै मुलुक हरु
यो प्रथा लाई घातक मानछन्.
तर हामी त्यो थाहा
हुदा पनि एकाईसौ सताब्दी मा
त्यो चाहिन्छ भन्नु आफ्नो
खुट्टा मा आफै बन्चरो हान्नु
हो.
हामी बुद्ध को देश
भनेर गर्ब गर्छौ तर बेबहार
बुद्ध ले भनेको भन्दा ठिक
उल्टो हुनु भएन. बुद्ध
भगवान ले त कयौ देश का मान्छे
लाई माया, प्रेम र
शान्ति को आधार मा एकिकृत
गर्नु भएको थियो, शान्ति
का प्रतीक हुनु भएको थियो.
आज बुद्ध जन्माउने
जमिन बाट हिटलर जन्मिने आवस्था
आएको छ. जात कै कारण
ले भएको दृतिय बिस्वयुद्ध
मा ७० वर्ष अगाडी मात्र ८ करोड
मान्छे को ज्यान गएको कुरा
हामीले बिर्सेउ ? जातीय
दंगा मा युगोस्लाभिया ,
रुवान्डा, सुडान,
यिथिओपिआ र अन्य देश
मा लाखौ मान्छे को ज्यान गएको,
करोडौ बिस्थापित भएको
हामीले दिनहु समाचार मा हेरेका
छैनौ र ? रास्ट्रीय
अहंकार लाई छोडी अन्तरास्ट्रीय
मित्रता र मानवता का आधार मा
अघि बढेका यूरोपेली मुलुक
हरुले हासिल गरेको शान्ति र
बिकाश हामीले देखेका छैनौ र
?
हो, भॆदभाब
को अन्त्य पूर्ण रुप मा कहिलेइ
नहोला. त्यो युरोप
मा पनि छ, अमेरिका
मा पनि छ, सबै ठाउँ
मा छ तर येदि हाम्रो इच्छा
शान्ति स्थापना गर्ने, दिगो
बिकाश गरि सिर सगरमाथा झैँ
उच्च राख्ने हो भने हामीले
आहंकार, स्वार्थ,
मेरो धर्म र जात ठुला,
र मै खाऊ मै लाऊ भन्ने
जस्ता विचार हरु त्याग्नु
पर्ने हुन्छ.
हाम्रो मूल एक हो,
हामी सबै एक हौ, जात
भन्ने कुरा मान्छे बाटै आविस्कार
गरिएका चिज हुन् जुन आजको युग
मा कुनै अर्थ छैन. हाम्रो
यात्रा एक आपश को माया, सदभाब
र मनबता ले डोर्याउनु उचित
हुनेछ. एक महान रिदय
भएकी सम्पन्न देश कि एक महिला
ले बिरानो ठाउँ मा आल्मलिएको
एक बालक लाई माया देखाई प्रेरणा
को स्रोत बन्न सकिन भने,
बिस्वो को एक कुना मा
जन्मिएकी अर्की महिला अर्को
कुना मा गइ दीन दुखि को सेवा
गर्दै मदर टेरेसा बनिन भने,
एक सुखी सम्पन्न परिबार
को ठिटो सबै कुरा त्यागी शान्ति
का प्रतीक गौतम बुद्ध बने भने,
हामीले यो जात भन्ने
कुरा बाट माथि उठी म एक मानब
अनि एक बिस्व नागरिक तेसपछि
नेपाली भनेर एक जुट भइ अघि
बढ्न किन नसक्ने ? म
फेरी बिबेक श्रेष्ठ को तेही
गीत को अर्को अंस सम्झनछु -
" बाडिए मानिश किन
जात को सरंग मा, मनबता
को खै त चर्चा नबयुग को तरङ्ग
मा, युद्ध ले हैन
बुद्ध ले, भोलि को
दीन हाक्नु छ, सन्तति
ले शान्ति ले, अनन्त
सम्म बाच्नु छ....”
No comments:
Post a Comment