By: Bikal Dhungel
नेपालमा भन्ने गरिन्छ, ‘चीन र भारत जस्ता ठुला देशको बिचमा हामी छौँ, उनीहरुको तीब्र बिकाससँग सँगै हाम्रो त्यसै विकास हुन्छ, चीन को १ अरब मान्छे मध्ये १५ नेपाल घुम्न आइदिए भने पनि हाम्रो काया पलट हुन्छ’ आदि इत्यादी। धनी देस नजिक हुँदैमा हामि त्यसै धनी हुँदैनौ। अमेरिकाको नजिकै रहेका हाइटी र क्युबा अति गरिब छन् । किनकि आन्तरिक अर्थनीति, राजनीति र अन्य कुराले पनि धेरै फरक पर्छ। नेपालले अवैज्ञानिक र अप्रभावकारी नीति लिएर ढोंगी भएर बसिराख्ने हो भने भारत र चीन जति सुकै धनि भए पनि केहि फरक पर्दैन।
साथसाथै छिमेकि हरु असल भएनन् भने पनि हुदैन। नेपालको आर्थिक विकासमा आफ्नो घरेलु नीतिको साथसाथै भारत र चीनको उदारता र असल छिमेकि नीतिले पनि प्रभाब पार्छ। छिमेकि असल भएन भने के कस्ता समस्या भोग्नु पर्छ भन्ने कुरा बिगतको नाकाबन्दी, आन्तरिक मामिलामा संलग्नता र हस्तक्षेप बाट देख्न सकिन्छ। त्यसैगरी छिमेकि असल भयो भने बिगतका केहि राम्रा काम हरु पनि हुन्छन, जस्तै त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल, पूर्व पश्चिम राजमार्ग, वीर अस्पताल, सिदार्थ राजमार्ग र कोशी बाँध बनाउन भारतले गरेको सहयोग र चीनको सहयोगमा बनेका हालको संसद भवन, राष्ट्रिय सभा गृह, भरतपुर क्यान्सर अस्पताल, बाँसबारी छाला जुत्ता र हरिसिध्दि इट्टा कारखाना इत्यादी ।
अन्तरास्ट्रिय रुपमा हेर्दा असल छिमेकि नभएको कारण धेरै युद्धहरु भएका र छिमेकि संग राम्रो मेलमिलाप हुदा सान्ति र आर्थिक समृद्धि भएका उदाहरण प्रसस्तै छन्। त्यस्तै एउटा कथा हो, पोल्याण्ड र यूरोपियन युनियन बिचको।
सन् १००० देखि १९४५ सम्मको यूरोपियन इतिहास हेर्ने हो भने कहिँ न कहिँ युद्ध नभएको बिरलै कुनै वर्ष होला । कतै न कतै ठुला वा साना युद्ध चलिनै रहे । साम्राज्यहरु बने, ढले, फेरी बने, फेरी ढले र यो द्वीतीय विश्व युद्धको अन्त्य सम्म निरन्तर चली रह्यो। त्यसै कारण यूरोपको आन्तरिक सिमाना सयौं चोटी फेरबदल भयो, राजनीतिक अस्थिरता र युद्धले गर्दा आर्थिक विकास खासै उभो लाग्न पाएन । औद्योगिक क्रान्ति पछि पनि लडाई चलिरह्यो । झन् यसले त लडाईको रुप नै बदली दियो । पहिला प्राय युद्ध भाला र तरवारले हुन्थ्यो भने अब बन्दुक, बम र आणविक हतियारले हुन थाले । युद्धको रुप झनै ठुलो हुन थाल्यो । त्यसैका कारण प्रथम र द्वितीय विश्वयुद्धमा १० करोड मान्छेको ज्यान गयो, ठुलो धनजनको क्षति भयो ।
युद्धले गर्ने मानवीय र आर्थिक क्षति बारे गहिरो विश्लेषण गरेर द्वितीय विश्वयुद्ध पछि फ्रान्सेली विदेसमन्त्री रोबर्ट सुमान को नेतृत्वमा ६ देशः फ्रान्स, इटाली, नेदरल्यान्ड्स, बेल्जियम, लक्जेम्बर्ग र पश्चिम जर्मनी बीच एउटा आयोग गठन भयो जसको लक्ष अब युद्ध नगर्ने थियो । त्यही आयोगले ‘यूरोपियन कोल एण्ड स्टिल कम्युनिटी’ को गठन गर्यो । यसको प्रमुख उदेस्य एक–अर्काको कोल र स्टिल उत्पादन निगरानी गर्ने थियो । किनकि यी दुई तत्वको प्रयोग हतियार बनाउनमा हुन्छ र एक अर्काको निरिक्षण गरेर युद्ध हुन नदि दिगो शान्ति ल्याउने लक्ष लिएर यो संस्थाले काम थाल्यो । यही संस्था विस्तार हँुदै पछि २८ सदस्यीय यूरोपियन यूनियन बन्यो र एसको स्थापना काल देखि नै यूरोपियन मुलुकहरु बीच कुनै पनि युद्ध भएको छैन । आज २८ वटा सदस्य देशका नागरिकहरुलाई अर्को देशमा गएर बस्न, काम गर्न, पढ्न, ब्यापार गर्न कुनै रोकटोक छैन । यी देशहरु बीच भन्सार तबचषाक पनि कतै लाग्दैन। समग्र रुपमा हेर्दा यूरोपियन युनियनमा शान्ति आउनुका साथ साथै यो नीतिले हरेक देशलाई आर्थिक रुपमा फाइदा गराएको छ । त्यसैको एउटा ज्वलन्त उदाहरण हो पोल्याण्ड ।
४५ बर्सको कम्युनिस्ट सासनमा माथि उठ्न नसकेको पोल्याण्डले यो प्रथा ढलेपछि थोरै समयमा ठुलै फड्को मारेको छ । विगत ३०० बर्सको इतिहासमा पोल्यान्डले धेरै पटक आक्रमण खेप्नु पर्यो, कहिले अस्त्रो–हंगेरियन साम्राज्यबाट, कहिले रुसीहरुबाट भने कहिले जर्मनहरु बाट । इतिहासको कति समयमा त पोल्याण्डको आधा भाग नै जर्मनी को हुन गयो । हालको दक्षिणी पोलिस सहर रोक्ल (Wroclaw ,जर्मनः ब्रेस्लाउ) एउटा ठुलो जर्मन सहर थियो जहाँ सन् १९३९ मा करिब ६,५ लाख जनसंख्या मद्धे ९७५ जर्मन थिए तर युद्ध पछि सन् १९४६ मा केहि सय बाहेक सबै जना ठाउँ छोडेर जर्मनी तर्फ़ गए । सोहि वर्ष अन्य क्षेत्र बाट रोक्ल आइ त्यहाँ बसोबास गर्ने पोलिश को संख्या १७०,००० हुन पुग्यो । युद्धमा नाजीहरुले गरेको अपराधको कारण पोलिशहरुले त्यहाँ बसोबास गर्ने जर्मनहरुलाई बदलाको भावनाले आक्रमण गर्छन कि भन्ने डर ले पोल्याण्ड बाट ठुलो संख्यामा एथ्निक जर्मनहरु भागेर गए । विभिन्न काल खण्डमा युद्धका कारण यत्रतत्र छरिएका पोलिशहरु द्वितीय विश्वयुद्ध पछि बनेको नया देशमा आउने क्रम बढ्यो । समग्रमा हेर्दा द्वितीय विश्वयुद्धमा मात्रै पोल्याण्डले ठुलो मानवीय र आर्थिक क्षति भोग्नु पर्यो । ६० लाखले ज्यान गुमाउनु पर्यो । लाखौ युअहुदिहरुलाई मारिएको कन्सन्ट्रेसन क्याम्प औश्वीच–बिर्केनाऊ पनि पोल्याण्ड मै छ । अन्य ग्यास च्याम्बरहरु र क्याम्पहरु पनि छन् । युद्धपछि पोल्याण्ड सोभियत युनियनको नियन्त्रणमा गयो र कम्युनिजमको चंगुलमा फस्न पुग्यो । द्वन्दका हिसाबले त्यसपछिका ४५ वर्ष शान्तिपूर्ण नै रहे पनि खास प्रगति भने भएन ।
सन् १९९० मा कम्युनिजमको पतन पछि भने पोल्याण्डको आर्थिक विकाशले तिब्र गति लिन पुग्यो । यसमा प्रमुख भूमिका थियो, असल छिमेकि जर्मनीको । १९९० पछि पोल्याण्डको प्रमुख उदेस्य यूरोपियन युनियनको सदस्य हुनु थियो। तेसका लागि चाहिने राजनीतिक, भौतिक र आर्थिक आवश्यकताहरु सुधार्न ९० को दशकमा धेरै परिवर्तनहरु भए । जर्मनीसँग सिमाना जोडिएको कारण दुइ देशबीच व्यापार पनि बढ्यो । तैपनि यी दुइ देशबीच अन्तर भने आकास–पातालको नै थियो । राजनीतिलाई स्थिर बनाएपछि आर्थिक वृद्धि हासिल गर्न पूर्वाधार तयार भएपछि पोल्याण्डले झनै धेरै सहयोग पाउन थाल्यो र अन्त्यमा सन् २००४ मा यूरोपियन युनियनको सदस्य भयो । त्यसपछि पोलिशहरुलाई अरु देशमा काम गर्न जान कुनै रोकटोक भएन । फलस्वरुप लाखौ मान्छे अन्य यूरोपेली मुलुकमा काम गर्न गए । औसतमा सन् २००४ देखि २०१२ सम्म प्रति वर्ष ३ लाख पोलिशहरु बिदेसी रोजगारीका लागि बिदेसिए जसले आजको नेपालको जस्तै स्थिति झल्काउँछ । यूरोपियन युनियनमा आएदेखि हाल सम्म ३० लाख पोलिसहरु जर्मनीमा, १० लाख भन्दा बढी वेलायेतमा र १५–२० लाख अन्य मुलुकमा भएको अनुमान गरिन्छ । सन् २०१३ को तथ्यांक अनुसार देशको १४ प्रतिशत वयश्क जनसंख्या बिदेसमा रहेका जनाइएको थियो । येति ठुलो संख्यामा मान्छेले देश छोडेर जादा तेसका फाइदा बेफाइदा दुवै भएका छन् तर दिर्घकालीन रुपमा पोल्याण्डले यस बाट धेरै फाइदा लिएको देखिन्छ । सन् २००३ अगाडी त्यहाँ निकै मानिस वेरोजगार थिए । प्राय वेरोजगार हरु अन्य देस जाँदा देशभित्र रहेका मान्छेले रोजगारको अवसर पाए, विदेस गएकाले पठाएको रेमिटेन्सले सकारात्मक प्रभाब पार्यो, भौतिक संरचना बने, लगानी भयो र झनै धेरै रोजगारी सिर्जना भयो । अर्को तपÞर्m यूरोपियन विकाश कोषले यूरोप भित्रकै गरिव ठाउँहरुमा पुर्बधार विकाशको लागि भनेर अरवौ यूरो पोल्याण्डमा पनि खन्यायो । त्यहाँ थप बाटो घाटो, पुल, अस्पताल, विस्वविद्यालय र अन्य सामाजिक पुर्वाधारको निर्माण भयो । तेसो हुदा अब पश्चिम यूरोपेली मुलुकहरुका ठुला कम्पनि हरुले पनि ४ करोड जनसंख्या भएको पोल्याण्डलाई एउटा ठूलो बजारको रुपमा हेर्न थाले र त्यहाँ लगानी गर्न थाले । सिमेन्स, फोल्क्सवागन, अल्दी, एडिडास, साप र अन्य कम्पनीहरुले लगानी गरे । त्यता ज्याला खर्च कम भएको हुँदा कति कम्पनीले त आफ्नो उत्पादन नै उता सारे । उत्पादन लागत कम हुदा सामानको मूल्य घट्यो, त्यसले पश्चिम यूरोपका उपभोगताहरुलाई पनि फाइदा गर्यो र पोल्यान्डमा रोजगारी सिर्जना गर्यो । रोजगारीको अवसर धेरै हुँदा त्यहाँ दिइने ज्याला पनि बढ्न थाल्यो । राजनीतिक र सामाजिक स्थिरता भयो भने लगानी गर्न मान्छे आउछन् र लगानीले रोजगारी सिर्जना गर्छ । रोजगारी बढ्दा कर्मचारीलाई त फाइदा हुन्छ नै , राज्यलाई पनि कर धेरै उठ्ने र करको दयारा बढ्दा त्यो पैसा फेरी अर्को भौतिक वा सामाजिक पुर्वाधारमा लगानी गर्न सकिन्छ र त्यसले थप फाइदा हँुदै गर्दा आर्थिक वृद्धि ल्याउने हो ।
उता यूरोपका धेरै सहरहरुमा पनि पोलिस मूलका आप्रवासीहरु राम्रो संग जम्न पायो । पसलहरु खुल्न थाले, पोलिस सुपरमार्केट खुल्न थाले, कपाल काट्ने देखि स्वदेशकै कुराहरु फस्टाउन पाए । अब रेमिटेन्स बाहेक, बिदेशमा बस्ने पोलिसले खानेकुरा आफ्नै स्वदेसी समान पाउने सुपरमार्केटमा गर्न थाल्यो, तेसो गर्दा बिदेसमा खाना लागि हुने खर्च पनि पोल्याण्ड आउने भयो किनकि ती सामान पोल्याण्ड बाटै जान्थे । अन्य यूरोपियन सहर बाट पोल्याण्ड जाने प्लेनहरुको पनि ठुलै वृद्धि भयो । राइन एयर जस्ता कम्पनीले सस्तोमा टिकट बेच्न थाले । सस्तो उडान धेरै हँुदा पोलिश मात्र हैन, अन्य मुलुकका नागरिक पनि पोल्याण्ड घुम्न जाने क्रम बढ्यो । त्यसले पर्यटनलाई झनै ठुलो मद्दत गरी झन् धेरै रोजगारी सिर्जना गर्नुका साथसाथै देशको पर्यटकीय महत्व अरुलाई बुझायो । सन् २०१८ मा २ करोड पर्यटक पोल्याण्ड घुम्न आए र तेस्ले अप्रतक्ष रुपमा करिब २० लाख रोजगारी सिर्जना गरेको अनुमान गर्न सकिन्छ । आर्थिक बिकाश सुस्त गतिमा हुन्छ । पोल्यान्डले आफ्नो तुलनात्मक लाभ कता छ त्यसमा ध्यान दिएर अघि बढ्यो । त्यसै एउटा कुरा थियो, अरु देशको भन्दा कम लागत वा निम्न ज्याला दर । स्वास्थ क्षेत्रको उदाहरण लिने हो भने वेलायत, आएरल्याण्ड र अरु केहि मुलुकमा कुर्नुपर्ने समय निकै छ । आकस्मिक उपचार बाहेकका लागी उपचार पाउन कहिले कहिँ निकै समय लाग्ने गर्छ । पोल्याण्डले प्राइभेट क्लिनिकहरु धेरै स्थापना गरेर मेडिकल टुरिजममा ध्यान दियो । १–२ घन्टाको फ्लाइट लिएर सस्तोमा उपचार गर्न बर्सेनी हजारौ मान्छे पोल्याण्ड आउन थाले । प्लास्टिक सर्जरीको क्षेत्रमा पोल्याण्ड महत्वपुर्ण गन्तव्यको रुपमा स्थापित भयो । यूरोपमा सामाजिक स्वास्थ सेवा सिस्टम ले सौन्दर्यता सम्बन्धि सर्जरीहरु व्यहोर्दैन । त्यसको लागि आफ्नै खल्ती बाट पैसा तिर्नु पर्ने हुन्छ । त्यस्ता सेवाहरु प्राय महँगो हुन्छन । तर पोल्याण्डले तुलनात्मक रुपमा सस्तोमा यो सेवा उपलब्ध गराई झनै धेरै मेडिकल पर्यटक तान्न सफल भयो । सेवा क्षेत्रमा पनि कर्मचारी लागत कम भएको हुदा धेरै कम्पनीहरुले आफ्नो ग्राहक सेवा पोल्याण्डमै लान थाले । एप्पल कम्पनीको ग्राहक सेवाको ठूलो हिस्सा पोल्याण्डमै छ । त्यसै गरी अन्य क्षेत्रमा पनि लगानी र विकास भयो र पोल्यान्डले भरपुर फाइदा लिई आर्थिक विकास गर्यो । अर्कोतपÞर्m पोल्याण्डका कम्पनीहरुले सिमानापारि जर्मनीका भूमिमा कम्पनि सारे ताकि आफ्नो उत्पादनहरुमा ‘मेड इन जर्मनी’ लेख्न पाइयोस र बिस्व बजारमा राम्रो मूल्य पाइयोस । पोल्याण्डसंग जोडिएका जर्मनीको पुर्बी भागहरु पनि तुलनात्मक रुपमा सस्तै छन् जसका कारण लागत तेती धेरै पर्दैन ।
सन् १९९० मा पोल्यान्डको कुल गार्हस्थ्य उत्पादन करीव ७० अर्ब अमेरिकी डलर मात्र थियो तर अन्तरिक सुधार र यूरोपियन युनियनमा आएपछि सन् २००८ मा त्यो बढेर ५४० अर्ब हुन पुग्यो। सन् २००८ को आर्थिक मन्दी पछि केहि टकराव आएपनि सन् २०१८ को अन्त्यमा अर्थतन्त्र करिब ६०० अरब पुग्यो । प्रतिव्यक्ति आय दर सन् १९९२ मा २००० डलर जति थियो भने आज १५,००० डलर जति पुगेको छ, मतलब अर्थतन्त्र र औसत प्रतिव्यक्ति आएदर झन्डै ७ गुनाले बढेको छ । अर्थशास्त्र वा हिसाबको नियम ‘द रुल अफ ७२’ अनुसार बर्षिक ६ प्रतिशत आर्थिक वृद्धि भएमा अर्थतन्त्र डबल हुन १२ वर्ष लाग्छ वा १० वर्षमा डबल बनाउन बर्सिक ७,२ प्रतिशत वृद्धि हुनु पर्छ। २० बर्समा ६ गुना ठुलो बनाउनु सानो कुरा अवस्य हैन। बलियो अर्थतन्त्र भएकोले आज पोल्याण्डको ज्याला दर पनि निकै बढीसकेको छ । यूरोपियन युनियनको औसत कमाइको ७० प्रतिशत पुगिसकेको छ, जसको कारण विपरित बसाइसराई (रिभर्स माइग्रेसन) सुरु भैसकेको छ । अर्थात, अरु देश सरेका पोलिश हरु पनि देश फर्केर तेहीं काम गर्न थालेका छन् । देस भित्रै विदेशको जतिनै कमाइ हुने भएपछि किन विदेस बसी राख्ने भन्दै आफ्नो शीप देशमै प्रयोग गर्दा त्यसले अर्थतन्त्र झनै माथि लैजाने सम्भावना देखिन्छ र कुनै दिन पोल्याण्ड र अन्य यूरोपियन देशमा ज्याला उत्तिकै हुने सम्भावना छ । अहिले नै तिब्र आर्थिक विकासका कारण कामदारको अभाव भएको देख्न सकिन्छ जसका कारण एसिया र अफ्रिकी मुलुकका मान्छेहरु पोल्याण्ड जाने क्रम बढ्दो छ । हालसालै मात्रै पोल्याण्डले यूक्रेन बाट १० लाख कामदार लैजाने सम्झौता गर्यो । पहिले कम्युनिस्ट सासन पद्दति भएका मुलुक मध्ये सबै भन्दा पहिले विकासशील मुलुक बाट अति विकसित मुलुक हुने पोल्याण्ड पहिलो देश पनि हो । अहिले त्यहाँ सामाजिक खुला अर्थव्यवस्था छ भने ४५ वर्ष कायम भएको कम्युनिस्ट व्यवस्थालाइ पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । कम्युनिस्ट चिन्ह अंकित लुगा लाएर सार्वजनिक स्थलमा हिड्नुलाई पनि गैरकानुनी मानिन्छ । पोल्याण्डको सफलता आफ्नो आन्तरिक नीतिका कारण मात्र नभई जर्मनी, स्क्यानडीनाभियन र अन्य युरोपियन मुलुकहरु जस्ता असल छिमेकि संगको सहकार्यले आएको हो । जर्मनी र अन्य मुलुकले धेरै पोलिस त्यहाँ जादा हाम्रो संस्कृति, राष्ट्रियता धरापमा पर्छ भनेर तगारो लगाएको भए त्यो सम्भब हुदैन थियो । दुवै जनाको हितमा भएको खुला अर्थनीति नलिएको भए यो अवस्था आउने थिएन । कुनै पनि देशको अर्थतन्त्र एउटा बिन्दुमा पुगेपछि अन्तराष्ट्रिय सहकार्यले मात्र अगाडी बढ्न सक्छ । १९५० पछि यूरोप र उत्तर अमेरिकाको बिकास पनि उदार अन्तरास्ट्रियकारणले सम्भब भएको हो । एक आपसमा व्यापार बढ्दा ति दुई देसबीच शान्ति पनि बढ्छ । त्यही कारणले आज युरोपियन युनिनन भित्र लडाई हुने सम्भावना न्युन छ । पोल्याण्डले जस्तै पहिला राजनीतिक स्थिरता कायम गरि आफ्नो गन्तव्य तय गरि तेही अनुसार निरन्तर रुपमा अर्थतन्त्र सुधार्दै, समय अनुसार उचित ढंगले चल्दै, आफ्नो तुलनात्मक लाभ (Competitive Advantage) हेर्दै अगाडी बढेमा १०–१५ वर्षमै पनि ठुलो फड्को मार्न सकिन्छ ।

(Source: Data extracted from World Bank Statistics, 2019)

No comments:
Post a Comment