Sunday, 28 March 2021

आयु बढाउने क्युबाली हरुको चोर बाटो

By: Bikal Dhungel

आधिकारिक तथ्य अनुसार क्युबाको औसत आयु ७९ वर्ष छ। संसारकै बिपन्न मुलुक मद्धेमा पर्ने ठाउँमा धेरै बिकसित मुलुकको भन्दा बढी आयु हुनु आफैमा अचम्म छ। सैद्दान्तिक भ्रातृत्वका आधारमा कतिले 'क्युबा बाट सिक्नु पर्छ', 'क्युबाको मोडेल लागु गरौँ' भन्नु स्वाभाविक हो किनकि यो झट्ट हेर्दा अचम्म लाग्ने नै कुरा हो। तर गहिरिएर हेर्दा भने तेस्मा कति पाटा समाबेस गरिएको छैन र क्युबन मोडेल लागु गर्नु सतही बुझाइ मात्र हो। सन् २०१८ को तथ्यांक अनुसार, सबै भन्दा धेरै औसत आयु जापानको (८५,३ वर्ष) छ भने सेन्ट्रल अफ्रिकन रिपक्लिक को सबै भन्दा कम (५४ वर्ष) छ। लडाई परेका वा कुनै किसिमका द्वन्द चलिरहेको देशमा औसत आयु कम हुने गर्छ किनकि हिम्सात्मक गतिविधिले मृत्यु को दर धेरै हुन्छ । हिम्सा रहित देश हरुको मात्र तथ्यांक लिने हो भने सबै भन्दा कम औसत आयु केन्या, म्यान्मार वा तान्जानिया को ६७ बर्सको हाराहारीमा छ । भन्नुको मतलब, सामान्य समयमा स्वास्थ क्षेत्रमा जतिसुकै खर्च गरे पनि औसत आयु ६७ देखि ८५ बर्सको बिचमा (वा १८ वर्ष) हुने गर्छ। स्वास्थ को लागि प्रति व्यक्ति प्रति वर्ष ९००० डलर खर्च गर्ने अमेरिकामा औसत आयु ८० वर्ष छ भने, २२०० डलर खर्च गर्ने दक्षिन कोरिया मा ८३ वर्ष र आधिकारिक तथ्यांक अनुसार ९०० डलर खर्च गर्ने क्युबामा ७९ वर्ष छ।
अमेरिकाको भन्दा १० गुना कम पैसा खर्च गरेर पनि उस्तै औसत आयु हुनुमा विभिन्न कारण छन्। पहिलो: क्युबन सरकारले स्वास्थकर्मी हरुलाई रिजल्ट राम्रो हुनु पर्छ भनेर पहिलै उर्दी जारी गरेको हुन्छ। राम्रै सोचेर तेसो भनेको होला, स्वास्थकर्मी हरुले हेल्चेकर्याइ नगरुन, गुणस्तरीय सेवा दिउन भनेर। तर रिजल्ट राम्रो नभए कारबाही पनि हुन्छ, तेसैले स्वास्थ कर्मी हरु लाइ डाटा म्यनिपुलेट गर्न इन्सेन्टिभ हुन्छ किनकि नतिजा राम्रो नभए कारबाहीमा परिन्छ। एउटा अध्यन अनुसार प्राय बाल मृत्यु ( under five mortality) लाइ Fetus Death/ फेटस डेथ (गर्भ मै मृत्यु) भएको भनेर डाटा बनाउने गरेको पाइयो। बाल मृत्यु दर धेरै हुनुले औसत आयु घटाउछ, तर बाल मृत्यु लाइ गर्भ मै मृत्यु भएको लेखेपछि यो Statistics मै आउदैन र औसत आयु लाइ घटाउदैन। यो एउटा कृतिम रुपमा आयु बढाउने चोर बाटो हो
दोस्रो: आमाको पेटमा अस्वस्थ बच्चा देखियो भने धेरैले गर्भपतन गर्ने गर्छन। यो समस्या संसार भरिनै हो। अस्वस्थ बच्चा अकालमै मर्ने सम्भावना पनि बढी हुन्छ। तेसैले क्युबन डाक्टर हरुले एस्तो स्थितिमा गर्भपतन गर्न हौसला दिने गर्छन ताकि तेस्ले आफ्नो तथ्यांकमा नकारात्मक असर नपारोस। फलस्वरूप संसारको सबै भन्दा धेरै गर्भपतन हुने देश हरुमा क्युबा पर्छ (श्रोत: https://pubmed.ncbi.nlm.nih.gov/19397182/ ) गर्भपतन धेरै केसमा लुकिछिपी गरिने हुदा प्राय देश हरुको तथ्यांक अनुमानित मात्र हुन्छ तैपनि तथ्यांक अनुसार क्युबामा हरेक १०० जना गर्भवती महिला मद्धे ४१ जनाले थेरापोइटिक गर्भपतन गराउछन्, मतलब डाक्टरको सुझाबले गरिने गर्भपतन (https://www.safeabortionwomensright.org/cuba-abortion.../)
CIA को एक गोप्य सूचना अनुसार केहि क्याथोलिक पादरी हरुलाई मृत्यु संस्कार कति पटक भए भनेर गोप्य रुपमा लेख्न लगाईएको थियो, जसमा गर्भपतन गरिएका र ५ वर्ष मुनिका मृत्यु भएका हरु जोड्दा हरेक १०० जना मद्धे ७० जनाको मृत्यु संस्कार गरिएको पाइएको थियो। यो तथ्यांक सिमित क्षेत्रको मात्र भएको हुनाले एस्लाई समग्र रुपमा लागु भने गर्न मिल्दैन। तर एस बाट के प्रस्ट हुन्छ भने, अकाल मै मर्ने सम्भावना भएका हरुलाई गर्भ मै तुइयाइदियेर तिनीहरु लाइ गणना मै नल्याउदा तेस्ले पनि औसत आयु माथि राख्न मदत गर्छ
तेस्रो: आर्थिक रुपमा कम्जोर भएको हुदा प्राय क्युबन हरु एक ठाउँ बाट अर्को ठाउमा जादा हिडेरै जाने, साइकल बढी चलाउने हुदा उनीहरु सरिरिक रुपमा एक्टिभ नै हुन्छन, तौल बढ्न पाउदैन र तेस्ले स्वस्थ रहन मदत गरेको छ। औसत रुपमा गाडी हरुको संख्या पनि कम भएको कारण सडक दुर्घटना पनि न्युन छ जुन अरु देशहरुमा मृत्यु को प्रमुख कारण हो।
चौथो: फ्याट, कोलेस्टेरोल, चिनी, प्रोसेस्ड मिट युक्त खाने कुरा तेता पाइदैन। पश्चिमी देश हरुमा सबै भन्दा धेरै अकालमा मृत्यु हुने कारण क्यान्सर, कार्डियो भास्कुलर रोग, स्ट्रोक हुन् । र तेस्को मुख्य कारण पनि यिनै खानेकुरा हुन् । तेस्तो खाने कुरा क्युबा मा निकै कम प्रयोग हुने हुदा तेस्को कारण मृत्यु पनि कम हुने गर्छ।
पाँचौं: मौसम राम्रो र धेरै घाम लाग्ने हुदा भिटामिन डी प्रसस्त मात्रामा प्राप्त हुने गर्छ। विभिन्न अध्यन हरुका अनुसार भिटामिन डी र आयु को सम्बन्ध सकारात्मक छ। मौसम राम्रो हुने, धेरै घाम लाग्ने देश हरुमा मानसिक रोग, आत्महत्याको दर पनि कम छ। क्युबामा धेरै सार्बजनिक पार्क हरु छन्, बिहान, दिउसो, राती जुन सुकै समयमा पनि सार्बजनिक पार्क हरुमा घाम तापेर, नाचगान गरेर, हसिमजाक गरेर बसिरहेका बुडा, बुडी, बच्चा, तरुना सबै मान्छे प्रसस्तै देख्न सकिन्छ। एसले पनि आयु लामो राख्नमा मदत गरेको छ ।
तेस्रो ,चौंथो र पाचौं नेपालमा पुरै लागु गर्न संधर्ब मिल्दैन, यहाँ अर्कै कनटेक्स्ट छ / तेसैले क्युबन मोडेल अनुसरण गर्नु अघि दुवै पाटोको अध्यन गर्नु जरुरि छ। केहि कुरा सिक्न सकिन्छ, जस्तै चौथो र पाचौं तर अरु कुरा लागु गर्न सकिन्न /
तानासाही मुलुक हरुको तथ्यांक प्राय बिस्वसनिय हुदैन। २००२ को चुनाबमा सद्दाम हुस्सेनले १००% भोट ल्याएर जितेका थिए, उत्तर कोरियाका किम जंग इल ले पनि ९९,९% भोट ल्याउथे र क्युबा कै राउल कास्त्रोले २००८ को चुनाबमा ९९,४% भोट ल्याएका थिए । यो झुट हो। भोट जस्तै अरु तथ्यांक पनि धेरै हद सम्म झुटा हुने गर्छन। प्रजातन्त्रमा त्यो गारो कुरा हो किनकि अपोजिसन पार्टी हुन्छन, संस्था हरु हुन्छन, प्रेस हुन्छ र monitoring गर्ने निकाय हरु हुन्छन। बलियो प्रजातन्त्र भएको देशमा डाटा म्यनिपुलेट गर्न असम्भब वा निकै गारो हुन्छ। तेसैले राम्रो र प्रमाणित आधार हरुबाट मात्र सिक्ने गरौँ।

Wednesday, 24 June 2020

भूराजनीति, स्वाभिमान र मासुभात राष्ट्रबाद

By: Bikal Dhungel 

Belt and Road Initiative (BRI) & Indo-Pacific Strategy दुवै रणनीतिक पोलिसी हुन् / चिन बिरुद्ध अमेरिका आइलागे पनि तेस्को सामना चिन आफैले गर्न सक्छ, हामि बम्केर केहि हुदैन र हामि एक-घर -एक- चर्पी पनि बनाउन नसक्ने हैसियत भएको रास्ट्रको त्यो टाउको दुखाइको बिसय बनाउनु जरुरि छैन।४० वर्ष भन्दा बढी निरन्तर भएको अमेरिका र सोभियत युनियन बिचको शीत् युद्द ताका नेपालले दुवै देश संग दैत्य सम्बन्ध कायम राख्यो, दुवै देश संग सहयोग लियो । सोभियत युनियनले भारत संग मिलेर पूर्व पश्चिम राजमार्ग बनाइदियो जसको कारण नेपालका विभिन्न भूभाग सडक संजालमा जोडिए, र अमेरिकाले तेसै समयमा बालाजु औद्योगिक क्षेत्र र अन्य धेरै कुरा दियो। अमेरिकाकै प्रमुख भूमिका रहेको बिस्व बैंक र अन्तराष्ट्रिय मुद्र कोस बाट नेपालमा हजारौं बिकाशका प्रोजेक्ट सम्पन्न भए। भनेको मतलब अरु देशको सम्बन्ध जे जस्तो भए पनि हामीले आफ्नो लागि फाइदा हेर्ने हो। चिन र भारत बीच युद्ध पछि पनि हामीले भारत संग पनि र चिन संग पनि निरन्तर सहयोग लिरहेउं, एउटा संग लिए अर्को छिमेकि रिसाउने भन्ने भएन र छिमेकि मुलुक हरुलाई पनि थाहा छ कि हामी त्यो द्वन्दको पार्ट हैनौं र हामीलाई मतलब भनेको बिकाश हो। तेसैले अहिले पनि एमसीसी लिए चिन कडकिन्छ , एमसीसी चिन बिरुद्ध हो भन्ने तर्क आधारहीन, विचारहिन छन्। चिनले एस बारे केहि बोलेको छैन, नेपाली सिउड़ो-बिस्लेसक हरु मात्र उफ्रिनुको कुनै तुक छैन । तेस्माथी चिन र अमेरिका दुवै न्युक्लिएर पावर हुन् । अहिले सम्म दुइ न्युक्लिएर पावर बीच कुनै सिधै युद्ध भएको छैन। सोभियत संघले अमेरिका भन्दा सृफ १४० माइल टाढा रहेको क्युबामा मिसाइल लगेर तेर्स्याउदा पनि युद्ध भएन । त्यो बेला न्युक्लियेर युद्ध भएको भए बिस्व सखाप हुन्थ्यो । तेस्तो अवस्थामा नभएको युद्ध आज ब्यापार, संस्कृति र अन्य धेरै कुरामा inter-dependent दुइ राष्ट्र बीच युद्ध हुन्छ भन्नु पनि अबुझ्ता नै हो। तेस माथि पनि नेपालमा आर्मी राख्ने कुरा प्राक्टिकल छैन । चिनको ८०% भन्दा बढी मान्छे चेंग्दु को पूर्व पट्टि बस्छन। काठमाडौँ देखि चेंग्दु २००० किलोमिटर छ, बिचमा हिमालय छ , काठमाडौँ देखि शाङ्घाइ ३५०० किलोमिटर छ तर ठुलै अमेरिकी आर्मी बेस भएको लुजोन , फिलिपिन्स चिन बाट ९०० किमि मात्र छ । ३० हजार अमेरिकी सैनिक बसेको दक्षिन कोरिया चिनिया जमिन बाट ४०० किमि मात्र छ, अर्को ५० हजार अमेरिकी सैनिक रहेको देश जापान ८०० किमि मात्र टाढा छ । तैपनि 'चिन लाइ घेर्ने' भन्ने बाक्य जो फुस्केट हरुले प्रयोग गर्नु हुन्छ, कृपया चीनको म्याप हेर्नुस, चीनको सिमाना (boundary line) २०,००० किमि जति छ। २०,००० किमि boundary भएको देशलाई घेर्न अमेरिकी त के बिस्व भरिको सैनिक जम्मा भए पनि पुग्दैन। आज लडाई कस्ता तबरले हुन्छन भन्नेमा नजाउँ। समग्रमा भन्नु पर्दा अरु दुइ देशको कुरामा बढी चासो नराखी हामीले आफ्नो फाइदा मात्र हेरौ। आफ्नो अवस्था कस्तो छ हेरौं। नेपाल सरकारको कुनै आम्दानि छैन , सरकार चलेको रेमिटेन्सले हो। विदेश बस्ने नेपालीले घरमा पैसा पठाउछन् , त्यो पैसाले नेपालमा समान किन्दा तिरिने VAT उठाएर सरकार चलेको छ । पर्यटन अब १-२ वर्ष लाइ ठप्प हुन्छ, १५ लाख नेपाली स्वदेस फर्किने सम्भावना छ, कोरोनाले अर्थतन्त्रमा प्रभाब पारेको कारण बिदेसिले दिने सहयोगमा कटौती अवस्य हुन्छ । फलस्वरूप नेपालमा गरिबी र दरिद्रता फस्टाउने पक्का छ । स्वाभिमानमा आंच ल्याउने सबै भन्दा प्रमुख तत्व गरिबी हो । जब मान्छेले गरिबीको कारण अति आवस्यक तत्वको जोहो गर्न सक्दैन, अनि स्वाभिमानमा आंच आउछ , गरिब देश भएको कारणले नै नेपाली राहदानी बोकेर भिसा भए पनि बिदेसी एरपोर्टमा नेपाली लाइ जुन ब्यबहार गरिन्छ, तेस्ले प्रस्टै झल्काउछ हाम्रो स्वाभिमान कति छ भनेर । येसरी बिदेसिले माया गरेर दिन लाएको अनुदानमा फोहोरी राजनीति गर्नु, स्वाभिमानको गलत ब्याख्या लाइ जोड्नु , झुट, कुण्ठा, भ्रम छर्नु देशप्रेम, बिकाशप्रेम र स्वाभिमान को अपमान गर्नु हो। एस्तो दयनिय आर्थिक अवस्थामा एमसीसी जस्ता ५० ओटा प्रोजेक्ट आउनु पर्थ्यो । त्यहाँ लेखिएका सर्त हरु , जसलाई "सच्याउनु पर्छ" भनिएको छ, त्यो अन्तरास्ट्रिय मान्यता अनुसार नै लेखिएका हुन्, नेपालको अन्तराष्ट्रिय सन्धि येन र भियना कन्भेन्सन अनुसार नै छ र एम्सिसिले अरु देशमा गरेको सम्झौता हरुमा पनि तिनै सब्दावाली प्रयोग भएका छन् । नेपालको परिस्थितिमा , सर्त झन् ५ गुणा कठोर बनाइनु पर्थ्यो किनकि नेपाली अल्छिपना, ढिला सुस्ती, समयमा काम नहुने, "भोलि आउनुस" "चिया खाए पछि आउनुस " संस्कृतिको भोगाइ हरेक नेपाली र नेपालमा बस्ने बिदेसी हरुले भोगीसकेका छन्। येस्तै कुराले गर्दा इतिहासमा अहिले सम्म कुनै पनि प्रोजेक्ट भनेको समयमा भनेको लागतमा सम्पन्न हुन सकेका छैनन् । २-४ अर्ब भन्दा बढीका प्रोजेक्ट कुनै टाइममा सम्पन्न भएका छन् भने कृपया भन्नु होला । अरुण ३ लाइ चिट्टी लेखेर रोक्न लगाइएको बामपन्थी राजनीतिको कारण नेपालीले १८ घण्टा सम्म लोडशेडिंग भोग्नु पर्यो, त्यी बेला पनि स्वाभिमानमा खलल हुन्छ भने तर पछि त्यो भारत लाइ सुम्पिए। ६ बर्समा सकाउनु पर्ने मेलम्ची आज २० वर्ष भन्दा बढी भै सक्दा पनि अझ कति लाग्छ थाहा छैन। दिसाको कंड मिसिएको जारको पानि खाएर बर्सेनि धेरै मान्छे मर्छन काठमाडौँमा। हामी विभिन्न बहानामा बिकाशको काम रोक्छौं , "येसो गरे येसो हुन्छ, हुन सक्छ " भनेर भाँजो हल्चौ तर विकास नहुदाको असर बारे सोच्दैनौ। ट्रान्समिसन लाइन र बाटोको स्पिल ओभर इफेक्ट ठुलो हुन्छ, एस्तो प्रोजेक्टले बिसेस गरि अहिलेको जस्तो आर्थिक अवस्थामा रोजगारी सिर्जना गर्छ र दिगो विकासमा सहयोग पुर्याउछ। नेपाल अहिले कर्मचारी लाइ तलब खुवाउन नसक्ने अवस्थामा हुँदा, Hard Currency को अभाबमा विदेश बाट औसधि पनि किन्न नसक्ने अवस्थामा स्वाभिमानको कुरा गर्नु आफ्नो अपरिपक्वता प्रदर्सन गर्नु हो किनकि आफु संग नभएपछि फेरी बिदेसिको अगाडी लम्पसार पर्न जानु पर्ने हुन्छ । त्यो बेला चै स्वाभिमान कहाँ जान्छ? राष्ट्रबाद कहाँ जान्छ? एमसीसी पास नभए बिदेसिले दिने सहयोगमा धेरै नकारात्मक असर त पर्छ नै र भबिस्यमा दिइने अनुदानमा पनि उनीहरु १० पटक सोच्न बाध्य हुन्छन र नेपालको क्रेडिबिलिटी गिर्न जान्छ, बिकाशको गति सुस्त हुन्छ अनि फेरी दिनको ३००० युवा पोको बोकेर खाडी पलायन हुँदा, त्यहाँ हाम्रो स्वाधीनता र राष्ट्रबाद पक्कै मौलाउला। तर नेता लाइ त फाइदै हो , म्यानपावर बाट पैसा कमाउन सकिन्छ, अलि अलि बाकी रहेका युवा लाइ मासु भात र २० रुपिया ज्याला दिएर सडक तताउन सकिन्छ , फाइदै फाइदा / अन्त्यमा एउटा संधर्ब - बिपी कोइराला प्रधानमन्त्री भएपछि पहिला चिनको औपचारिक भ्रमणमा जाने कुरा उनले तेतीबेलाका चिनिया प्रिमियर जु इन्लाई लाइ अनौपचारिक भेटमा भनेछन्। तर जु ले बिपी लाइ भनेछन् " तिमि पहिला भारतनै जाउ , किनकि भारत संग तिमीहरुको आर्थिक र संस्कृतिक सम्बन्ध ठुलो छ तेसैले उसंगको सम्बन्ध गाढा हुनु तिम्रो लागि महत्वपुर्ण छ। तेसपछि अनि चिन आउ। तेसो हुदा भारत र हाम्रो सम्बन्ध पनि राम्रो हुन्छ किनकि भारत हामी संग रिसाउदैन " जु को तर्कले बिपी प्रभावित भए र पहिलो औपचारिक भ्रमन भारतमै भयो । आजका सिउड़ो बिज्ञ हरुको तर्क के छ भने, हामी चाइना कार्ड खेलेर इंडिया लाइ तर्साउन चाहन्छौ तेसैले हामीले एउटा सक्ति संग लिइने सहयोग पनि लिनु हुदैन किनकि अर्को मित्रराष्ट्र रिसाउछ । चिन -भारत युद्द पछि पनि नेपालले दुवै देश संग सहयोग लियो , सम्बन्ध कायमै राख्यो । सुनिएको थियो , प्रचण्ड प्रधानमन्त्री हुदा पहिलो चोटी चिन जाँदा त्यहाका अधिकारीले सबक सिकाएर पठाएरे " तिमि पहिला भारत नगएर किन चिन आएको " भनेर। एस्तो खालको अपरिपक्व विदेश नीतिले नेपाल लाइ फाइदा गर्दैन। हामि अरु देश बिचको भू-राजनीतिक किचलोमा बढी बाठो नहौं। न हाम्रो डिसिजनले उनीहरुलाई प्रभाब पार्छ , न तेस्को कुनै अर्थ छ । त्यो स्थानमा पुग्न आर्थिक हैसियत बढाउनु नै जरुरि छ , तेस्को लागि ५० ओटा अरु एमसीसी भित्र्याउन पहल गरौँ, गृहकार्य गरौँ। मासुभात राष्ट्रबाद लाइ मलजल नगरौं

Sunday, 12 April 2020

स्वास्थ, अर्थतन्त्र र राजनीतिको कक्टेल

By: Bikal Dhungel

जर्मनीले कसरि कोभिड Pandemic अरु देश भन्दा राम्रो संग म्यानेज गर्न सफल भयो? स्वास्थ, अर्थतन्त्र राजनीतिको कक्टेल बारे केहि धारणा

सन् २००५ को जुलाई तिर Frankfurt am Main को एउटा होटेलमा सानो जमघट भएको थियो। चुनाबी माहोल थियो, एन्जेला मेर्केल Christian Democratic Party, CDU, को उमेद्वार थियिन।  तेही बिसयमा  कुरा हुने क्रममा एक जाना भारती मूलका बुढा बुढा साउले हाम्लाई भने ' अरे भै, ये तो सब कि बाजा बजाएगी , यहाँ रहेने हो तो सादी कर्लो' मेर्केलले जित्ने पक्का पक्कि नै थियो किनकि तेती बेलाका चान्सलर गेरहार्ड स्रोडर (Gerhard Schroeder) को सामाजिक नीति फेल खाएको थियो, अर्थतन्त्र तहस नहस थियो, ६० लाख बेरोजगार थिए। तेसमाथी इराक युद्धमा जर्मनी फ्रान्सले सेना नपठाउने भनेपछि अमेरिका स्रोडर फ्रेन्च रास्ट्रपति ज्याक सिराक संग चिढिएको थियो, धेरै जर्मन फ्रेन्च  सामानमा  Import Tax लगाइदेको हुदा अर्थतन्त्र झनै नराम्रो थियो। चुनाब भयो, मेर्केलले जितिन्सबै मिडिया उनि हरेक क्षेत्रमा कठोर भएको रेपोरटिंग गर्दै थिए।  स्रोडरको पालामा सोसल safety net को नाममा काम गर्नेले भन्दा नगर्नेले बढी पैसा पाउँथ्यो, तेसैले low skilled काम गर्ने लाइ काम गर्नु भन्दा घर बस्नु फाइदा हुन्थ्यो, मेर्केलले तेस्लाई रिफर्म गरिन, अल्छि हरुलाई काम गर्नै पर्ने गरि घोक्रे ठ्याक लगाइन। अरु थुप्रै reforms भए  मलाई पनि मेर्केलको नाम सुन्दै डर लाग्न थाल्यो, घर पठाईदेली भनेर, तेसैले पढाइमा टुप्पी कसेर लागें, केहि समयमा बिस्वबिद्यालय पनि छिरें तर कोलोन बिस्वबिद्यालयका हाम्रा प्रोफेसर हरुले चै मेर्केलको प्रसंसा नै गरेको सुनियो, उनीहरु Evidence सहित प्रसंसा गर्थे। र नभन्दै  २००६  २००७ मा अर्थतन्त्रमा निकै सुधार आयो, Angela Merkel को आर्थिक नीतिमा दम रहेछ.

सबै क्षेत्रमा सकारात्मक बिकाश भए पनि Temporary Visa मा बसेका बिदेसी लाइ चै इमिग्रेसन नीति मात्र मतलब हुने हुदा मेर्केलले घर पठाइदिने हो कि भनेर डराउदा रहेछन। २००६ पछि निकै सुधार आए पनि २००८ को सुरुमा अर्को ठुलो आर्थिक मन्दी आयो, बिसेस गरि Export मा निर्भर अर्थतन्त्र हरु मारमा परे, जर्मनीको अर्थतन्त्र पनि सुरुमै ,% ले खस्कियो, बेरोजगारको संख्या फेरी बढ्न थाल्यो।Consumption घट्यो, सरकारको आम्दानि घट्यो, सोसल benefits धेरै लाइ दिनु पर्ने भयो। 

मेर्केल एक बैज्ञानिक पनि पनि थिइन्तेसै कारणले होला विज्ञानमा जस्तै राजनीतिमा पनि उनले समन्वय लाइ प्रमुख जोड दिइन्  बिज्ञानमा समन्वय अति आवस्यक छ  उनले निजि क्षेत्र, Opposition बिदेसी पार्टनर हरु संग समन्वय गर्न थालिन्। नेपालमा जस्तो सरकारले भनेको निजि क्षेत्रले नटेर्ने, निजि क्षेत्रले लगानी गरेको ठाउँमा सरकारनै गएर प्रतिद्वन्दी भैदिने यता हुदैन, निजि क्षेत्रको अवस्था राम्रो नभए तेस्को नकारात्मक असर सिधै सरकार लाइ पर्छ, फेरी अन्तराष्ट्रिय जगतमा आफ्नो भाउ बढाउने प्रमुख तत्व पनि बलियो अर्थतन्त्र नै हो 

सकारात्मक समन्वय ले नै सरकार निजि क्षेत्र बीच मन्दीमा कुनै कामदार लाइ ननिकाल्ने तर सबैको काम गर्ने समय दैनिक , घण्टा बाट घटाएर घण्टा गर्ने भन्ने कुरामा सहमति भयो, बचेको समय कामदारले थप सिप सिक्ने, सरकारले तेस्मा लगानी गर्ने मदत गर्ने पनि सहमति भयो, तेसो गर्दा कोहि बेरोजगार पनि नहुने, कर्मचारीको स्किल बढ्दा कम्पनि लाइ फाइदा, कर्मचारी लाई पनि फाइदा, तिन्तै हातमा लड्डु।  Financial Sector मा निकै परिबर्तन गरिए, धेरै Banks हरुलाई रास्ट्रीकारण गरियो, Financial sector मोनिटर गर्ने निकाय Bafin ( Bundesanstalt für Finanzdienstleistungsaufsicht) को मातहत बढाइयो, प्रति व्यक्ति प्रति ब्यांक १ लाख यूरो सम्मको डिपोजिट राष्ट्रले ग्यारेन्टी गर्ने भयो, (ब्याङ्क टाट पल्टे त्यो पैसा बचतकर्ता लाइ  रास्ट्र ले दिने ) तेसो हुँदा भबिस्यमा Bank Panic हुन पाउदैन थियो र अर्थतन्त्रमा चाहिने Liquidity ब्याङ्कले सप्लाई गर्न सक्थ्यो, कसैले नसकेको खण्ड माइ पनि inter-bank lending को अबधाराना बढेको हुदा समस्या पर्ने सम्भावना घट्थ्यो, तेस्माथी European Central Bank ले ऋण दिने प्रोसेस पनि सजिलो बनाइयो।  Hedge Funds र Private Equity Funds हरु रिफर्म गरियो र Bafin अन्तर्गत निगरानीमा राखियो ।  वर्ष भित्रमै अर्थतन्त्र फेरी pre-crisis level  मा आयो । तर अरु देशको भने खस्कियेकै स्थितिमा थियो।अर्थतन्त्र चौपट हुदा लगानीकर्ता हरुमा डर हुन्छ, पैसा कता लगाउने भन्ने चिन्ता हुन्छ, फाइदा धेरै आउने ठाउँ भन्दा पनि पैसा नफस्ने ठाउको खोजीमा हुन्छन मान्छे। ब्याङ्कमा राखौं, ब्यांक टाट पल्टीएला, घरमा राखौं चोरी होला, Inflation होला, भौतिक कुरामा लगानी गरौँ, मूल्य घट्देला, इकोनोमीमा nervousness हुनु भनेको तेही हो। तेसैले सबैले जर्मन सरकारको Government Bond मा लगानी गर्ने खोजे। ब्याजदर पहिले निकै कम थियो, अफर धेरै हुदा ब्याज Negative मा गयो, भनेको मतलब ऋण दिनेले लिने लाइ उल्टो ऋण लिए बापत केहि प्रतिसत बुझाउने। जर्मन सरकारले ऋण लिए बापत दिने हरुले उल्टो पैसा दिए सरकार लाइ ७५ अर्ब यूरो नाफा भयो। बिस्वसनिय सरकार र अर्थतन्त्र भएको फाइदा यो रहेछ त्यो पैसा स्वास्थ आर्थिक बिकाशमा प्रयोग भएको थियो 

शीक्षा नीति तर्फ़ युनिभर्सिटीको पढाइ विस्वका सबैलाई निसुल्क भए पनि शीक्षाको स्तर बढाउन सेमेस्टरको स्टेट अनुसार ५०० यूरो टिउसन fee लगाउने नीति ल्याईयो। तर हरेक स्टेट युनिभर्सिटीले पनि तेस्लाई लागु नगर्न पाउने सर्तका साथ।  ५०० पनि बिद्यार्थीको लागि तेती बेला धेरै नै हुन्थ्यो  तर हाम्रो युनिभर्सिटीमा गरिब देश बाट आएका बिद्यार्थीले सुक्की पनि तिर्नु नपर्ने बस्न खान आर्थिक समस्या भए छात्रवृद्धि पनि पाउने नियम रेछ। तेतिबेला यो बिसयमा चर्को बहस चलिरहेको थियो, मेर्केल कै पार्टीका धेरै नेताले बिदेस बाट पढ्न आउने हरुलाई किन फ्री मा दिने, पढेर आफ्नै देस फर्किदा येताका Tax Payers लाइ घाटा हुने तर्क तियो, जायज पनि हो। तर मेर्केल बैज्ञानिक थियिन, कुनै पनि नीति बनाउन उनीहरुलाई Evidence चाहिन्थ्यो, तेस्बारे रिसर्च हुन थाल्यो। नतिजा आउदा, येदि जर्मन युनिभर्सिटीमा पढेका सबै बिदेसी मद्धेका ३०% मात्रै वर्ष त्यहाँ काम गरिदिएर बसे भने तेतिबेला भर्ना भएका लाख ५० हजार बिदेसी  बिद्यार्थीको खर्च उठ्ने रहेछ, तर रियालिटीमा जर्मनी पढेका ५०% भन्दा बढी कम्तिमा पनि वर्ष बसेको भेटियो, देस छोडेर जाने मद्धे पनि धेरै आफ्नो देसमा गएर जर्मन कम्पनि हरु संग समन्वय गरेर ब्यापार बेबसाय थालेको पाइयो, भनेको मतलब बिदेसी नागरिक लाइ फोकटमा पढाउनु झन् फाइदा रहेछ। तेसरी त्यो च्याप्टर क्लोज भयो, केहि अपबाद बाहेक जसलाई पनि जुन लेभलमा पनि पढ्न फ्री , स्कोलरसिप को धनरासी झनै वृद्धि भएको , बिदेसी लाइ तेही राख्न ब्लु कार्ड को सिस्टम ल्यायो, तहीं पढेका लाइ जब मार्केटमा जर्मन नागरिक जस्तै समान व्यवहार गर्नु पर्ने नीति ल्यायो, पढाइ सकेपछि काम खोज्न मात्रै १८ महिना समय दिने नीति ल्यायो, बिदेसमै पढेकाले पनि काम खोज्न भनेर महिना सम्म जर्मनी आएर बस्न पाउने नियम ल्यायो, हाइ स्किल्ड हरुलाई छिराउन अरु सहज गर्यो, सन् २००० को तुलनामा आकास पाताल को फरक देखियो  

बाताबरण नीति तर्फ़ हेर्दा जब २०११ मा  जापानको फुकुसिमामा आणबिक दुर्घटना भयो, न्युक्लियर पावर प्लान्ट पड्कियो, तेस्ले बिस्व भरि नै nuclear इनर्जीको खतरा बारे प्रस्ट पार्यो। हुनत हामि मद्धे अलिक बुढा पाका लाई Chernobyl दुर्घटनाको स्मरण , अरुले तेस बारे पढेका होलान, कतिले Netflix को डकुमेनट्री हेरेका होलान, (नहेरेकाले हेर्नुस, सारै जानकारी मुलक ) तेस्ले पनि जर्मन राजनीतिमा भुइँचालो नै ल्यायो।  मेर्केलले निर्णय गरिन्, सन् २०२२ सम्म १७ मद्धे ओटा पावर प्लान्ट पुरै बन्द गर्ने, बाकि पनि क्रमै संग बन्द गर्ने,   Industries लाइ चाहिने उर्जा Renewable इनर्जी बाट पुरा गर्ने। उनले यो incentive यूरोपियन पार्लामेंट मा लागिन, अर्को दसकमा ७०० अर्ब बराबरको सोलार इनर्जी farm उत्तर अफ्रिकामा बन्ने भयो, त्यो पावर यूरोप ल्याइने भयो, विण्ड इनर्जीमा धेरै लगानी हुने भयो, सिमेन्स जस्ता कम्पनीले ठुला ठुला ब्याटेरी बनाउने समर्थन आर्थिक सहयोग पाउने भए, बाताबरण नीतिमा रिभोलुसन आयो। हुनत तेस पछिका दिन हरुमा तेल को प्राइसमा उथल पुथल भएको हुदा क्लिन इनर्जी सेक्टर अलिक धरापमा पर्यो तैपनि सफा इनर्जी नै भबिस्यको मार्ग हुनु पर्छ भनेर चै एउटा कन्सेन्सस तयार भयो। खासमा मेर्केल Christian Democratic Party को नेता हो। मेरो राजनीतिक आस्था सोसल डेमोक्रेटिक पार्टी प्रति तर CDU पार्टीको मान्छे भएर पनि मलाई सबै भन्दा मन पर्ने सोसल डेमोक्र्याट लिडर Dr. Angela Merkel हो, ग्रिन बाताबरण पोलिसी ल्याउन उनको जति रोल अरु कसैको छैन होला, मेरो सबै भन्दा मन पर्ने ग्रिन पार्टी लिडर पनि  Dr. Angela Merkel नै हो। उनि ओबामा लाइ पनि मन पर्ने, पुटिन लाइ पनि मन पर्ने, ट्रंप लाइ पनि मन पर्ने। जसको पनि बिरोध गर्दै हिड्ने ट्रंपले मेर्केल को व्यक्तिगत बिरोध गरेको सुनिएको छैन। ' ये तो बाजा बजाएगी' भनेर सरदार जी ले भनेका थिए, बिहेको बाजा पो रैछ

यी त मेर्केलले गरेका केहि महत्वपुर्ण निर्णय मात्रै थिए। एस बाहेक अरु धेरै क्षेत्रमा मेर्केलको पालामा निकै सुधार आएको छ।उनले बिज्ञ लाइ अघि सार्ने कल्चरको थालनी गरेकी छिन्, तेस्रो मेर्केल क्याबिनेटमा १६ जना मन्त्रि  मद्धे १२ जाना कम्तिमा पनि Phd holder थिए। र उनीहरुको सर्कल पनि बिज्ञ हरुले भरिएको थियो।

Angela Merkel को जन्म जुलाई १७, १९५४ , Hamburg मा भएको हो, तर सानै उमेरमा उनि पुर्बी जर्मनीमा हुर्किन, उनका पिता पादरी थिए। सन् १९६१ मा बर्लिनको पर्खाल बन्यो जर्मनी टुक्रियो, पुर्बी जर्मनी सोभियत संघको influence अन्तर्गत गयो भने पश्चिम जर्मनी अमेरिका को मातहतमा आयो, ५५ हजार अमेरिकी सेना जर्मनी भित्रिए यो एउटा राजनीतिक रणभूमि रह्यो, तैपनि १९५० देखि १९८० को दसकमा पश्चिम जर्मनीमा ठुलो आर्थिक उन्नति भयो , तेसैको सिलसिलामा ४० लाख Guest Workers भित्रिए। पुर्बी जर्मनी भने कम्युनिजमको दलदलमा फस्दा आर्थिक रुपमा ध्वस्त भयो सन् १९९१ मा फेरी बर्लिनको पर्खाल भत्कियो। कम्युनिजम तानासाह भोगेकी मेर्केल खुलेआम भन्छिन कि कम्युनिजम भनेको आतंकबाद हो, यो तानासाहको बिउ हो। आज कम्युनिजम जर्मनीमा प्रतिबन्धित छ। संघर्सपूर्ण जिबनको बाबजुद पनि मेर्केल आफ्नो सिक्षा लाइ उच्च स्तरमा लग्न सफल भाइन, Abitur ( नेपालमा एस एल शी जस्तै महत्व हुने ) परिक्षामा उनि , अंक ल्याएर पास हुन सफल भइन्, , अर्थात् १००,% अंक।भौतिक शास्त्र पढ्न उनि कार्ल मार्क्स बिस्व बिद्यालय लाइपजिग ( आज University of Leipzig) भर्ना भाइन तेस पछिका सबै तह  १००% अंक ल्याई उतिर्ण भईन्। उनले एउटा टिभी अन्तर्वार्तामा भनेको मलाइ याद ' दैनिक १८ घण्टा काम गर्छु, घण्टा सुत्छु, त्यो पनि बिगत २५ वर्ष देखि'। चान्सलर हुनु अघि उनि पार्टीको सभापति थिइन्, तेस अघि बाताबरण मन्त्रि तेस अघि महिला तथा बालबालिका मन्त्रि थिइन्। बिचमा एकचोटी हप्ता बिरामी हुदा बाहेक, जुन समय भियतनामी मूलका भाइस चान्सलर फिलिप रोस्लर ले चान्सलरका भूमिका निभाएका थिए, मेर्केल दिनको १८ घण्टा निरन्तर रुपमा देशको सेवामा लागिरहेकी छिन् , बिगत २५ वर्ष देखि। साधारण जिबन सैली अपनाउने मेर्केल बर्लिन स्थित उनको 2 Bedroom Apartment मा बस्छिन। अन्तरास्ट्रिय म्यागेजिन हरुको अनुसार बिस्वको सबै भन्दा सक्तिसाली महिला भए पनि 

अब आउँ स्वास्थ क्षेत्र तिर, बिना सक्तिसाली अर्थतन्त्र, बिना High-skilled workforce, बेस्ट स्वास्थ क्षेत्र हुन सम्भब छैन। स्वास्थ क्षेत्र लाइ सपोर्ट गर्ने नै बलियो अर्थतन्त्र हो। Covid-19 Pandemic मा जर्मनीले कसरि राम्रो गर्यो भन्नेमा धेरै कारण छन्, तर केहि प्रमुख कारण भने पहिलै देखि established स्वास्थ क्षेत्र हो। एउटा उदाहरण लिनु पर्दा, प्रति एक लाख जनसंख्या को लागि जर्मनी मा ३४ ओटा ICU Bed छन्, तुलना गर्ने हो भने बेलायेतमा प्रति एक लाख व्यक्तिको लागि ओटा मात्रै आइसीयु बेड छन् भने नेपालमा , भन्दा कम छ। तर जब कोरोनाको संक्रमण सुरु भयो, थप ३० हजार आइसीयु बेड थपियो, Ventilator हरु पनि प्रति अस्पताल ६० ओटा भन्दा नया थपियो, बढी थप्ने क्रम जारि छ तर तेस्तो उपकरण निर्माण गर्ने प्राय कम्पनि जर्मन नै हुदा उनीहरुलाई तेस्मा समस्या छैन। कोरोना संक्रमणमा इटाली स्पेन जस्ता देशमा मृत्यु हुने औसतमा संक्रमित ब्याक्ति मद्धे १०-१५% छन् भने जर्मनी मा % मात्र छन्। तेस्को कारण धेरै आइसी यु बेड खालि छ। तर उनीहरुले इन्टरनेसनल Solidarity को नारा अन्तर्गत फ्रान्स, स्पेन इटाली बाट आफ्नै मिलिटरी जहाज पठाई बिरामी ल्याएर उपचार गर्दैछन्। हेल्थ स्टाफ तुलनात्मक रुममा धेरै छन्, तिनीहरु Highly Skilled छन्।  अर्को तर्फा धेरै ठाउँमा Covid बिसेस अस्पताल खुल्दैछन्, कति ठाउँमा खुलीसके। जर्मनी एउटा Decentralised देस पनि हो। तुलना गर्ने हो भने जर्मनीमा ८० मिलियन ( करोड) जनसंख्या छन् भने बेलायेतमा ६५ मिलियन छन्।  बेलायेतको सबै भन्दा ठुलो सहर लन्डनमा मिलियन मान्छे बस्चन भने जर्मनीको ठुला सहर लाइ जोडेर पनि मिलियन पुग्दैन। बर्लिन ( जनसंख्या - , मिलियन) ह्यामबर्ग (, मिलियन) म्युनिख (, मिलियन) कोलोन ( मिलियन) तेसमाथी बर्लिन पूर्वमा , ह्यामबर्ग उत्तरमा , म्युनिक दक्षिनमा भने कोलोन पश्चिममा छ। बाकि ७३ मिलियन तेसको सेरोफेरोमा फैलिएका छन्। क्राइसिस म्यानेजमेन्टमा Decentralised बेवस्था सारै महत्वपुर्ण हुदो रहेछ। हरेक अस्पतालले आफ्नो क्षेत्रमा भएको कम्पनि हरु संग समन्वय गरि पीपीइ देखि अस्पताल लाइ चाहिने समानको बन्दोबस्त गर्दै छ, Alcohol कल्चर high भएको हुदा धेरै Hard Drinks companies ले Sanitizers बनाउनमा मदत गरिरहेछन्। जस्तै कोलोन जस्तो १ मिलियन मान्छे बस्ने सहरमा पनि १०० ओटा भन्दा बढी Brewaries छन्, १८०० ओटा नामका एल्कोहोल पाईन्छ, तेस्को अलावा बायार्सडोर्फ़ (Nivea) जस्ता कम्पनीले आफ्नो production स्वास्थका लागि चाहिने कुरामा प्रयोग गरिरहेका छन् । कति अस्पतालले चाहिने समान आफै 3D Print पनि गरेको भेटिएको छ ।   

हरेक अस्पतालमा पनि क्राइसिस म्यानेजमेन्ट टिम (Krisenstab) दिन रात लागि परिरहेछन्, CEO देखि Cleaning Staff सम्म कसरि यो क्राइसिस म्यानेज गर्ने भनेर दिन रात लागि रहेछन। अस्पताल हरु कोरोना non-कोरोना केसमा विभाजित गरिएका छन्। नेपालले अहिले सम्म  २० जाना पनि टेस्ट गरि नसक्दा जर्मनीले प्रति दिन करिब ७५,००० मान्छेको टेस्ट गर्दै छ। पोजिटिब देखिएका लाइ तेही अनुसार उपचार सुबिधा हुन्छ। सबै भन्दा महत्वपुर्ण कुरा लिडरसिप हो। मेर्केलको भासा स्पस्ट हुन्छ, उनि तेही अनुसार कम्युनिकेट गर्छिन, हरेक दिन अपडेट दिनछिन्उनि रेस्पन्सिबिलिटी लिन्छिन, बिज्ञका कुरा सुन्छिन, अर्थतन्त्रमा nervousness नआओस भनेर तेही अनुसारको नीति लिईएको छ। कसैले पनि पैसा नभएर घरबार बिहिन हुन पर्दैन, खान पाइन भन्न पर्दैन, पढ्न पाइन भन्न पर्दैन, सरकार त्यहाँ उसको लागि छ। जनमानसमा राजनीति प्रति जनताको बिस्वास , 'हाम्रो सरकार हाम्रो केयर गर्छ' भन्ने , तर एस्तो समस्या सरकार एक्लैले समाधान गर्न सक्दैन , सरकार, स्वास्थ क्षेत्र, नागरिक समाज नागरिकको दायित्व पनि हुन्छ भन्ने प्राय सबैले बुझेका पनि छन्।  पुंजिबादी अर्थनीति, तर बलियो सामाजिक सुरक्षा भएको जर्मनी देख्दा कहिले काही लाग्छ, वास्तविक समाजबाद यो हो। बिज्ञानमा आधारित नीति निर्माण, उत्तरदायी जनता अन्तरास्ट्रीय मानबताबादी सिद्दान्त। हामीलाई हेलिकप्टरमा बर्थडे केक ल्याउने कथमकदाचित कम्युनिस्ट प्रधानमन्त्री चाहिदैनपिलो निचर्न सिंगापुर जान सक्ने सम्पन्न भैंसी कमल दाहाल चाहिदैन, हामीलाई सार्बजनिक यातायात प्रयोग गरि अफिस जाने Dr. Angela Merkel जस्तो selfless, दुरदर्सि मार्गदर्सक  चाहिन्छ  मेर्केलको कथाले के प्रस्ट पार्छ भने समाजको कुनै पनि समस्या हल गर्न टेक्निकल क्षमता, बलियो अर्थतन्त्र, बलियो र उत्तरदायी लिडरसिप, नागरिक समाज, सबै तहमा समन्वय र बिस्वास चाहिन्छ। बलियो अर्थतन्त्र मात्र भएर हुदैन (अमेरिकामा हेरौं), स्वास्थ क्षेत्र मात्र राम्रो भएर पनि हुदैन, नेता मात्र राम्रो भएर पनि हुदैन, नेपाल जस्तो नेता, जनता, स्वास्थ, राजनीति सबै खत्तम भएर त झनै हुदै हुदैन। मेर्केलको यो अन्तिम Chancellorship हो, उनि ४ पटक भन्दा बढी उठ्न पाउन्नन तर उनले अर्को २० वर्ष राज गर्न पाउनु पर्थ्यो।